August 29, 2021, Sun, 10:08:10
By प्रा. विनोद शर्मा, काठमाडौं, (SND)
लक्ष्मी प्रसाद मैनाली र नरेन्द्र प्रसाद मैनाली
लक्ष्मी प्रसाद मैनाली र नरेन्द्र प्रसाद मैनाली
लक्ष्मी प्रसाद मैनाली र नरेन्द्र प्रसाद मैनाली
By प्रा. विनोद शर्मा, काठमाडौं, (SND)
2021-08-28
लक्ष्मी प्रसाद मैनाली र नरेन्द्र प्रसाद मैनाली

Shree Navatan Dham (SND)

लक्ष्मी प्रसाद मैनाली र नरेन्द्र प्रसाद मैनालीको जन्म तेह्रथुममा भएको थियो ।
नेपालको कोशी अञ्चल तेह्रथुम जिल्ला पल्लो किराँत आठराईको युवा गा.वि.स. वडा. नं. २ सिम्ले गाउँमा जयनारायण तथा बसुन्धरा मैनालीका ७ छोरा र दुई छोरीमध्ये पाँचौ अन्तरे छोराका रूपमा वि.सं. १९८३ साल आषाढमा लक्ष्मी प्रसाद मैनालीको जन्म भयो । पछि उहाँ ठूला साधु मैनालीको उपनामबाट चर्चित तथा मर्यादित हुनुभयो । लक्ष्मी प्रसाद मैनालीजी जगत सबै प्राणीहरूको साझा थलो हो भन्नु हुन्थ्यो । उहाँले आफू गृहस्थ रहेर पनि समाजको निमित्त योगदान दिन सकिन्छ भन्ने कुराको प्रमाण आफूनो व्यवहारबाट पुष्टि गर्नु भएको छ । उहाँ कर्ममा विश्वास राख्ने पुरातन रुढीवादमा अनास्था गर्ने, स्पष्ट वक्ता र आफूले बोलेको पुग्याउने व्यक्ति हुनुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो- “कुदाउमा कुत्ताले काढ्छ दाउमा हात्ती पनि गिर्छ ” उहाँ आफूनो जन्मथलोबाट १७ वर्षको उमेरमा घरबाट निस्की पूर्व भारतको सिलीगुडी हुँदै कालिम्पोङमा श्री कृष्ण प्रणामी मन्दिर (इच्छे मन्दिर) मा गुरुजी श्री १०८ मंगलदासजी महाराज कहाँ पुग्नुभयो । उहाँको समीपमा रही १/६ वर्ष सत्संग, तालिम तथा धार्मिक शिक्षा ग्रहण गर्नुभयो । त्यसपछि भारतका तीर्थस्थलहरू र मुख्य मुख्य शहरजस्तो कि इलाहवाद, बम्नै, दिल्ली, हरिद्वार, क्रषिकेश, वृन्दावन, मथुरा, द्वारिका, जयपुर, पटना, गंगापुर, देहरादुन, आगरा आदि को भ्रमण गर्नुभयो । यसरी घुम्दै श्री कृष्ण प्रणामी धर्मको आद्यपीठ श्री ५ नवतनपुरी धाम जामनगर, श्री १ महामंगलपुरी धाम र श्री ५ पद्मावती पुरीधाम समेतको अवलोकन भ्रमण गर्नुभयो । नवतनपुरी धाममाधार्मिक शिक्षा लिइ २५ वर्षको उमेरमा पुनः नेपाल प्रवेश गरी आफनो जन्म थलोमा फर्किनुभयो ।

फकिआए पछि इवा गा.वि.सं. वडा.नं. ९ निवासी पिता पदमलाल र माता गौरा देवी विमली (साधु विमली) को जेठी छोरी चन्द्रादेवी विमलीसँग वि.सं. २००५ सालमा विवाह गर्नुभयो । पछि फेरि वि.सं. २०२१ सालमा माता इन्द्रमाया र पिता पदम बहादुरकी जेठी छोरी दुर्गादेवी खबाससँग दोस्रो विवाह भयो । हाल उहाँका जेठी तर्फका ३ छोरा र ५ छोरी, कान्छी तर्फका ४ छोरा १ छोरी गरी जम्मा ७ छोरा र ६ छोरी गरी १३ सन्तान सुरुङ्गा गा.वि.स. वडा. नं. ४ माईधाम झापामा २०२१ सालदेखि बसोबास गर्दै आउनु दु भएको छ। ठूला साधुको पहिलो शिक्षा तथा दीक्षा गुरुजी श्री १०८ मंगलदासजी महाराज कालिम्पोङबाटभयो । उहाँले झापा सुरुङ्गा गा.वि.स. वडा. नं. ४ माईधामको महेन्द्र राजमार्गदेखि दक्षिणतर्फको हालको श्री कृष्ण प्रणामी मन्दिरहाताभित्र रहेको करिब ०-१०-० दश कट्टा जति जग्गा २०४६ सालमा श्री कृष्ण प्रणामी सत्संग सेवा समिति सुरुङ्गालाई हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले उहाँको मरणोपरान्तको सम्मान मिति २०६१ असोज ६ गते बुधबारको दिनमा गरेको छ। त्यसैगरी नजिकै रहेको नेपाल आर्यसमाज झापालाई पनि स्वर्गीय कृष्ण प्रसाद खत्री मार्फत्‌ ०-५-० पाँचकट्टा जग्गा झापा सुरुङ्गा गा (वि.सं. वडा.नं. ४ लाई हस्तान्तरण गर्नुभयो । त्यस कार्यको मूल्याङ्गन गरी नेपाल आर्य समाज झापाबाट मिति २०६९ साल मंसिर ९ गतेका दिन मरणोपरान्त एक कार्यक्रमका बीच अभिनन्दन गरी सम्मानपत्र श्रीमती चन्द्रादेवीका परिवारलाई प्रदान गरेको छ। यसरी समाजको सेवामा सँधै अग्रसर हुने साधु मैनालीले वेद, उपनिषद्‌, दर्शनशास्त्र, गीता, तारतम सागर, बीतक, चर्चनी आदिको गहिरो अध्ययन गर्नुभएको थियो । उहाँ दृढविश्वासी, परोपकारी, साहसी, निडर र मेहनती हुनुहुन्थ्यो । साथै उहाँ सादा जीवन, उच्च विचारको धनी हुनुहुन्थ्यो । यसरी विभिन्न संस्थालाई भूदान गर्नु हुने श्री कृष्ण प्रणामी धर्मानुयायी लक्ष्मीदास मैनाली (ठूला साधु मैनाली) को धाम गमन २०४७ साल फागुन १२ गते शुक्ल पक्ष एकादशीका दिन आफ्नो निजी निवास सुरुङ्गा गा.वि.स. वडा. नं. ४ माईधामको घरमा भयो । श्री राजजीको नाम स्मरण गर्दा गर्दै ६४ वर्षको उमेरमा उहाँको धामगमन भयो ।

ठूला साधु लक्ष्मीप्रसाद मैनालीले २०४६ सालमा श्री कृष्ण प्रणामी मन्दिर सुरुङ्गा ४ माइधामलाई हस्तान्तरण गरेको जमिनको नापी कार्यमा २०४६ सालमा स्थानीय सुन्दरसाथ श्री तुलसीदास श्रेष्ठले र २०५०/२०५१ सालको आयोगमा नाप नक्सा गराइ जग्गा कायम गराउन साना साधु लक्ष्मीप्रसाद मैनाली र ठूला साधुका माइला छोरा नरेन्द्र प्रसाद मैनाली समेतबाट महत्त्वपूर्ण योगदान भएको छ।
Enable Notifications    Subscribe No thanks