August 29, 2021, Sun, 20:08:49
By जीवन सापकोटा, (SND)
वसन्त प्रशा
वसन्त प्रशा
वसन्त प्रशा
By जीवन सापकोटा, (SND)
2021-08-28
वसन्त प्रशा

Shree Navatan Dham (SND)

अखिल भारतीय गोर्खा लीग भारतमा नेपाली मूलका मानिसहरूको एउय ठूलो राजनेतिक दल थियो । डम्बरसिंह गुरुङ यसका संस्थापक हुनुहुन्थ्यो । यही राजनैतिक परिवारमा वि.सं. १९८६ (इ.सं. १९२९ को मई २९) मा नरबहादुर गुरुङकी जेठी छोरीका रूपमा जन्मिनु भएको बसन्त प्रभा गुरुङ, गुरुजीको निकटस्थ शिष्या हुनुहुन्थ्यो । उहाँका विषयमा सी.के. श्रेष्ठले लेख्नु भएको छ- गुरुजीबाट प्रणामी धर्ममा दीक्षित भइ उहाँकै पदक्षेप अनुशरण गर्दै कालिम्पोङ्गका सम्भ्रान्त गुरुङ्ग परिवारका दुई महिलाहरूले गृहत्याग गरेका थिए । एक थिइन्‌ गोर्खा जातिका सर्वमान्य नेता स्व. डम्बरसिंह गुरुङकी धर्मपली प्रभावतीबाई, जो पछि माताजीको नामले सुपरिचित भइन्‌ । अर्की थिइन्‌ गोर्खा लीगका नेता नरबहादुर गुरुङको सुपुत्री वसन्त प्रभा । भरभराउँदो युवा अवस्थामा केश मुडेर सेतो वस्त्र धारण गरी गृह त्याग गर्ने ती दुई तपस्वीलाई प्रणामी धर्मको पारिव्राजिकाहरूको दर्जामा राख्न सकिन्छ ।

गुरुजीद्वारा संस्थापित प्रणामी बालिका विद्या मन्दिरमा लामो समयसम्म प्रधानाध्यापिका र आध्यात्मिक शिक्षिकाका रूपमा उहाँले सेवा गर्नुभयो । विद्या मन्दिरमा नैतिक शिक्षाका रूपमा गीता लगायत धार्मिक शिक्षाको उहाँ एकमात्र शिक्षिका हुनुहुन्थ्यो । त्यस विद्यामन्दिरबाट अध्ययन गरेका विभिन्न छात्राहरू आज श्रीकृष्ण प्रणामी धर्मका सामान्य अनुयायी मात्र नभएर प्रचारिकाका रूपमा पनि काम गरिरहेका छन्‌। उहाँले सयौं छात्राहरूलाई श्रीकृष्ण प्रणामी धर्म र अध्यात्मको साँचो ज्ञान दिनु भएको छ।

उहाँले तारतम वाणीको सिन्धी ग्रन्थको नेपाली अनुवाद गर्नु भएको छ । उहाँका रचनाहरूमा धर्म प्रकाश र सप्त पुरुष मुख्य हुन्‌ । उहाँले गुरुजीका निकट शिष्यहरूको सामान्य परिचय दिने मंगल परिवार नामक पुस्तकको संयोजन गर्नु भएको छ । प्रणामी परीक्षा परिषद्‌ संचालन गरी प्रणामी समाजमा धार्मिक अध्ययनको परीपाटी बसाल्ने वसन्त प्रभाले धर्मको सामान्य ज्ञान र भजनावली संग्रह तयार गर्नु भएको छ। गुरुजीबाट वाणी, विराट बीतक र वृत्त (चर्चनी) को प्रशिक्षण पाउनु भएको वसन्त प्रभा, पारसमणि प्रधानका जेठा छोरा रुद्र्मणि प्रधान र उहाँकी धर्मपलीलाई प्रणामी धर्ममा जागृत गर्न सकेकोमा गौरव गर्नुहुन्छ।वसन्त प्रभाले वि.सं. २०६१ मा (इ.सं. २००४ को अप्रिल २ तारेखमा) नश्वर शरीर त्याग गर्नुभयो । उहाँले संसार छोडेको थाहा पाएर विमला मेहताले लेख्नु भएको छ- वसन्त प्रभाले शरीर छोडेको सूचनाले हृदयमा पीडा भयो । गुरुजीको हातले लगाएको एउय वृक्ष आफ्नो कार्यकाल पूरा गरेर गयो । अनमोल, व्यस्त, कुशल, व्यवहारिक जीवन बाँचेर वसन्त प्रभाले आफ्नो जन्म र जीवनलाई सार्थक गर्नुभयो । गुरुजीका प्रत्येक काममा – स्कूलको सञ्चालन, बच्चाको पालन र उनीहरूलाई संस्कारित गर्ने आदि शुभ कार्यमा सहयोग गर्ने जस्तो जीवन बाँच्न सौभाग्यप्राप्त गर्नु भयो । जसमाथि गुरुको वरदहस्त रहन्छ, परमब्रहमको कृपा उनीहरूले प्राप्त गर्दछन्‌ । ती व्यक्तिहरू शोकको होइन धन्यवादको पात्र हुन्छन्‌ । उपयोगी जीवन बाँचेर श्री राजजीको चरणमा गएर बस्न पाउनु भन्दा ठूलो र सुखदायी कुरा अरू के हुन सक्दछ ?
Enable Notifications    Subscribe No thanks