August 29, 2021, Sun, 16:08:43
By जीवन सापकोटा, (SND)
पुजारी टहलदास महाराज
पुजारी टहलदास महाराज
पुजारी टहलदास महाराज
By जीवन सापकोटा, (SND)
2021-08-28
पुजारी टहलदास महाराज

Shree Navatan Dham (SND)

पुजारी महाराजको जन्म कालिम्पोङ्गमा भएको थियो ।
पुजारी महाराज नामले कालिम्पोङ्गभित्र र बाहिर चिनिनु भएका सामान्य कृषक परिवारका टहलदासजी इलाम जिल्लाको पूर्वी भाग पान्दाममा वि.सं. १९७४ (इ.स. १९१७ ) मा जन्मनु भइ टीकाराम पोखरेल नामबाट संस्कारित हुनु भएको हो । उहाँको विवाह पश्चात छोरा दातारामको जन्म भएपछि उहाँकी धर्मपली बित्नु भयो । उहाँको गृहस्थ जीवनमा एक प्रकारको वैराग्य आयो । धर्मदास सापकोटा वि.सं. २००९ मा पान्दाम पुग्नु भएको समयमा टीकाराम पोखरेलले उहाँबाट तारतम मन्त्र प्राप्त गरेर श्रीकृष्ण प्रणामी धर्ममा प्रवेश गर्नुभयो । धर्मदास सापकोवबाट कालिम्पोङ्ग रहनु हुने गुरुजी र मन्दिरका बारेमा सामान्य जानकारी पाउनु भएका टीकाराम पोखरेल छोरा दातारामलाई आफन्तका आश्रयमा छाडी गुरुजीका शरणमा पुग्नु भयो । गुरुजीबाट उहाँले सेवा पूजा, बीतक, वाणी, वैराट र चर्चनीको तालिम लिनु भयो । गुरुजीले टीकाराम पोखरेललाई पूजारी टहलदास महाराजका रूपमा स्थापित हुने आधार तयार गरीदिनु भयो । गुरुजीको शरणमा पुगेदेखिका करा उहाँले आफ्नै शब्दमा२०६० सालतिर यसरी भन्नु भयो –

“जीवनदेखि विरक्तिएर कालेवुङस्थित बजारको पुरानो प्रणामी मन्दिरमा गुरुजीका चरणमा शरण लिन पुगेको थिएँ। यो आज भन्दा झण्डै ५३ वर्ष अघिको कुरा हो। गुरुजीले मलाई देख्नासाथ सोध्नुभयो, के कारणले आयौ ? – मैले जीवनदेखि विरक्तिएर धर्मको ज्ञान सिक्न आएको भनेँ । ए त्यसो हो ? भेष गसत्यौ। लौ यो कुचो पत्र अनि यो मन्दिरमा लागेका माकुराका जालहरू सबै सफा गर, गुरुजीबाट आज्ञा भयो । म केही नभनी कुचो टिपेर खुरु खुरु मन्दिर सफाइ कार्यमा लागें । विस्तारै मन्दिरको रेखदेखदेखि सानोतिनो निर्णय कार्यहरू पनि जिम्मा लिएँ । त्यसपछि रेली रोडस्थित (वर्तमानको मंगलधाम) जमिनमा आश्रम, गौशाला आदिको काम सुरु भएपछि र गुरुजीको धाम गमन पछि मंगलधाम निर्माणसम्म ठ्‌लै निर्माण कार्यहरूमा संलग्न भए । तर भवन निर्माण भएर मात्र हुँदैन । त्यसको रेखदेख, व्यवस्थापन र हेरचाह गर्नुपर्छ । गुरुजीको आज्ञाले ५३ वर्ष अघि पक्रिएको कृचो अझै छाडिएको छैन । उमेरको सुई ९० तिर ढल्किदैछ, बूढो हाडमा मासी रहुन्जेल यो कार्य गरिरहुँला । गुरु आजा हो, पालन गर्नै पर्छ ।”
पुजारी महाराज हँसिलो अनुहारका, मिलनसार र सरल स्वभावका हुनुहुन्थ्यो । उहाँ कर्मठ कार्यकर्ताका रूपमा चिनिनु हुन्थ्यो भने कुशल संचालकका रूपमा पनि परिचित हुनुभयो । गुरुजीकानिकटतम शिष्यका रूपमा उहाँले कालिम्पोङ्ग बजारको मन्दिर निर्माणको कार्यसँगै लामो समय पुजारीका रूपमा सेवा गर्नुभयो । उहाँ गुरुजीले निर्माण गर्नु भएका मन्दिर, स्कूल, आश्रम, अस्पताल आदि कामको तत्परताका साथ निरीक्षण र रेखदेख गर्नुहुन्थ्यो । निर्माण सामग्रीको आपूर्ति र संरक्षणमा उहाँको सधैं ध्यान रहन्थ्यो ।

उहाँले विभिन्न धार्मिक संस्थाहरूको सफल नेतृत्व गर्नु भएको छ । उहाँ जीवनको अन्तिम समयसम्म गुरुजी प्रणामी मिशन ट्रस्टको अध्यक्ष र श्रीकृष्ण प्रणामी धर्म सभाको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँबाट सयौँका संख्यामा भारत र नेपालमा जागनी भएको छ।

उहाँको धार्मिक क्षेत्रको योगदानको कदर गर्दै वि.सं. २०६९ मा श्रीकृष्ण प्रणामी विश्व परिषद्ले उहाँलाई “प्रणामी रत’ सम्मानले अलंकृत गरेको हो। ९६ वर्ष लामो जीवनलीलालाई उहाँले वि.सं. २०६९ साल (२८ जनवरी २०१३) मा मंगलधाममा अन्तिम विश्राम दिनुभयो ।
Enable Notifications    Subscribe No thanks