August 28, 2021, Sat, 41:08:23
By टहलदास सिवाकोटी यात्री, झापा, (SND)
कवि श्री ईश्वरदास ओझा
कवि श्री ईश्वरदास ओझा
कवि श्री ईश्वरदास ओझा
By टहलदास सिवाकोटी यात्री, झापा, (SND)
2021-08-28
कवि श्री ईश्वरदास ओझा

Shree Navatan Dham (SND)

उहाँको जन्म वि.सं. १९७१ मा धनकुयको परेवादिनमा माता श्रीमती रेणुका र पिता श्री शिवलाल ओझाका एक मात्र सुपुत्रका रूपमा भएको हो । उहाँ सानै उमेरदेखि धार्मिक साहित्यका अध्ययन र लेखनमा रुचि राख्नुहुन्थ्यो र बडो शान्त स्वभावका, दूरदर्शी र मिलनसार हुनुहुन्थ्यो ।

उहाँका कृतिहरू मध्ये (१)“धर्मोपदेशमाला” २०१२ मा छन्दोबद्धरूपमा छर यस पुस्तकले साँच्चि नै “उपदेश गरेको छ । (२) “श्रीकृष्णतत्वामृत दर्शक” छन्दोबद्धरूपमा २०२२ मा प्रकाशित भयो । यस ग्रन्थको विशेषता के छ भने आरंभमा शास्त्रप्रमाण (संस्कृत श्लोक) मात्र रहेको प्रमाण- ॥ । वक खण्ड छ। त्यसपछि उपदेश-खण्ड र परमधाम-खण्डहरू नेपाली भाषामा शार्दूलविक्रीत छन्दमा छन्‌ । ग्रन्थले अत्यन्त लोकप्रियता प्राप्त गरेको छ । (३) श्रीकृष्णभजनामृत २०२७ मा प्रकाशित भएको छ । यस भजनसंग्रहमा विशेषतः लोकलयमा आधारित यथार्थ र मार्मिक भजनहरू छन्‌ । (४) “गीतामृत’ २०३६ मा प्रकाशित भएको हो । यसमा संस्कृत र कोमलगीताका महत्वपूर्ण श्लोकहरूको चयन गरी आफूद्वारा टिप्पणी दिनुभएको देखिन्छ । (५) “श्रीभागवतरसामृत’ २०४२ मा प्रकाशित भयो । यस पुस्तकमा श्रीमद्भागवत महापुराणका विभिन्न स्कन्धको सार झिकी तिनको सुललित शार्दूलविक्रीडित छन्दमा भावार्थ प्रस्तुत गर्नुभएको छ । श्री ओझाजीका दीक्षा-गुरु गुरुमाता श्रीमती भक्ताबाई गुरागाईं हुनुहुन्छ । उहाँको धामगमन २०४५ साल ज्येष्ठ २१ गते इटहरी मुक्तिधाममा भयो । उहाँले मरणान्त अवस्थासम्म आफ्नो जीवन साहित्य-सेवामै समर्पित गरेको बुझिन्छ । उहाँका सन्तानसित सम्पर्क साध्न सके उहाँका अन्तिम घडीमा लेखिएका अप्रकाशित कृतिहरू पनि प्राप्त हुन सक्लान्‌ ।
Enable Notifications    Subscribe No thanks