August 29, 2021, Sun, 05:08:07
By तिलकराज पौडेल, चितवन, (SND)
गुरूजी वुन्दावनदास महाराज-एकस्मरण
गुरूजी वुन्दावनदास महाराज-एकस्मरण
गुरूजी वुन्दावनदास महाराज-एकस्मरण
By तिलकराज पौडेल, चितवन, (SND)
2021-08-28
गुरूजी वुन्दावनदास महाराज-एकस्मरण

Shree Navatan Dham (SND)

वृन्दावनदासजीको जन्म वि.सं. १९८२ साल जेठ २२ गतेशनिवारका दिन तनहुँ जिल्लाको राङरुङ्ग भन्ने स्थानमा माता रलमाया सुवेदी तथा पिता हरिप्रसाद सुवेदीज्यूको साहिँलो पुत्रको रूपमा भएकोथियो। उहाँ सानै उमेर देखि सफा सुग्घरभइ बस्ने नुहाइ धुवाइ गर्ने पूजा,भजनरकोर्तनमा भेलाहुनरुचाउनेस्वभावकोहुनुहुन्थ्यो। ज्ञानकोखोजीमालाग्ने प्रवृत्ति उहाँको बाल्यकालमानै देखिएको थियो। वृन्दावनदासजीकरिब चौध-प्न्त्र वर्षको उमेरमा भारत जानुभयो र केही समय भारतीय सेनामा रहेर काम गर्नुभयो । लडाइँ-झगडा, अन्याय-अत्याचार उहाँले देख्न र सुन्न सक्नु हुँदैनथ्यो । तसर्थ सैन्य सेवा परित्याग गरी उहाँज्ञानकाखातिर नेपाल फर्कनुभयो । नेपाल फर्केपछि वि.सं. २००० साल तिरकेलादीघाट भन्ने स्थानमा गइ संस्कृतको अध्ययन गर्न थाल्नु भयो ।केलादीघाटमा रहँदा वैष्णवधर्ममा प्रवेश गर्नु भयो। अध्ययनका क्रममाकुनधर्म सर्व श्रेष्ठ धर्म हो भन्ने चिन्तनमा लाग्दा लाग्दै प्रणामी धर्मकाविद्वान, महात्मा श्री युगलदास महाराजको चरण स्पर्श गर्ने मौका पाउनु भएछर श्रीकृष्ण प्रणामी धर्म सिद्धान्तबारेबुझने अवसर पाउनु भएछ। यसरी सत्संग गर्दै जाँदा वि.सं.२००४ साल असोज महिनामा श्रीकृष्ण प्रणामी धर्ममादीक्षित हुनुभएछ। उहाँका दीक्षा गुरु गृहस्थ सन्त श्री लालदास खनालजी हुनुहुन्थ्यो । श्रीकृष्ण प्रणामी धर्म प्राप्तभएपछि उहाँ धार्मिक तीर्थको भ्रमण गर्नै क्रममा श्री १ पद्मावतीपुरी तथा श्री ५ नवतनपुरी पुग्नु भयो र २००५सालबाट करिब ८ वर्षसम्म श्रीकृष्ण प्रणामी धर्मका तात्कालीन धर्माचार्य श्री १०८ धर्मदास महाराज र वाणीमर्मश बह्मलीन बाबाजी श्री लक्ष्मीदासजीबाट वाणी तथा अन्य धार्मिक साहित्यको अध्ययन गर्नुभयो। त्यसपछिश्री वृन्दावनदासजीले धर्मजागरणमा लाग्ने निश्चय गर्नुभयो। गुरुजी श्री वृन्दावनदास महाराजबाट गरिबी र अज्ञानअवस्थामा रहेका नेपालीहरूलाई धार्मिक ज्ञान दिन थाल्नु भयो।

गुरुजी वृन्दावनदासबाट धर्मप्रचारका सन्दर्भमा गरिएका केही विशिष्ठ कार्यहरू मध्ये सर्वप्रथमजागनीलाई नै लिनु पर्ने देखिन्छ। नेपालका झापा-मोरङ्गदेखि पश्चिम स्याङ्जा, पाल्पा, बुखल, लमजुङ्ग,तनहुँ, गोरखा, नुवाकोट, काठमाडौं आदि जिल्लाहरूमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार र जागनी कार्यलाईअगाडि बढाउनमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ। वि.सं. २०१२ सालको नवतनपुरीको पारायणपछि उहाँ नेपाल फर्केर धर्मप्रचारमा लाग्नुभएको पाइन्छ। उहाँले पहिलो बीतक कथा काठमाडौंको भैंमालमागरेको रहेछ । बिदुर नुवाकोट तथा अन्यत्र रही सातवय स्वरूप साहेब र सातवटा बितक लेख्नु भएको रहेछ । धार्मिक स्थल, सत्संग भवन आदि निर्माण गर्ने कार्यमा उहाँले ठूलो योगदान पुग्याउनु भएको पाइन्छ। गोरखामा प्रणामी धर्मको प्रचारका लागि ठूलो कष्ट उठाउनु भयो । चितवन, मकवानपुर, कास्की, बारा-पर्सा, रौतहट आदि क्षेत्रमा प्रणामी धर्मको प्रचारमा उहाँको योगदान रहेको छ। जिरौना चितवनको श्रीकृष्ण प्रणामी मन्दिरको संस्थापक अध्यक्षको रूपमा रही २०२३ सालमा सत्संग मन्दिर स्थापना गर्नुभयो । यस्तै चितवनकै खैरहनी गा.वि.स.मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको स्थापनाका साथै बृद्धाश्रम आदि निर्माण कार्य उहाँको प्रेरणाबाट सम्पन्न भए । श्री ५ नवतनपुरी धामका धर्माचार्य जगद्गुरु श्री कृष्णमणि महाराजबाट उहाँलाई दोशल्ला ओढाइ सम्मान प्रदान गरियो ।

यस्तै श्रीकृष्ण प्रणामी मन्दिर तनहुँ आबु खैरेनीको संस्थापकको रूपमा रही मन्दिरको निर्माण कार्यलाई अगाडि बढाउनु भयो र पं. हेमप्रसाद दाहाललाई त्यस संस्थाको विकास निर्माणको जिम्मेवारी प्रदान गर्नुभयो । २०१६ साल देखिनै गोरखा जिल्लाका विभिन्न ठाउँमा धर्म प्रचार गर्नुका साथै कास्कीको सयले पाद्यमा संस्था स्थापनार्थ प्रथम पटक प्रणामी झण्डा गाडेर सत्संग भवन बनाउन प्रेरणा दिनु भयो। कास्की जिल्लाको बैदाम बेगवास, बहुमारा, सिर्कुतान आदि स्थानमा बसी स्वरूप साहेब लेखन तथा पारायण लगाउने कार्यगरी धर्म जागनीमा लाग्नु भयो । बाहु मल्याङग, पाल्पामा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरि जागनी कार्य अगाडि बढाउँदै बाँके, बर्दिया, कन्चनपुरसम्म प्रणामी धर्मको प्रचार गर्नुभएको पाइन्छ।

गुरुजी वृन्दावनदास महाराजको सरल स्वभाव र गरिब सुन्दरसाथसँगको हेलमेलबाट तत्कालीन समाज अत्यन्त प्रभावित थियो । उहाँको कथा प्रवचनमा उखान, उपमा आदि जनजिब्रोको भाषाको प्रयोगहुँदा प्रणामी धर्मको प्रचारमा ठूलो योगदान पुगेको थियो । उहाँले कहिल्यै पनि लोभलालच देखाउनु भएन । गुरुआमा केशरमाया सुवेदीज्यूलाई सारा घरको व्यवहार सुम्पेर धर्म जागरणमानै आफ्नो जीवन समर्पित गर्नुभयो।

उहाँले चितवन जिरौनाको आफ्नो घरमा वि.सं. २०६० सालमा १०० श्रीमद्तारतम सागरको सातदिनको पारायण गर्नुभयो । त्यस समारोहमा विभिन्न सन्त, महन्त र विशाल सुन्दरसाथको भेलाले गुरुजीलाई अभिनन्दन गर्दै “परमहंस धर्मप्रचारक महारथीको पद्वी” प्रदान गच्यो । साथै सोही समारोहमा गुरुजीको योगदानलाई जीवन्त राख्न र समाजसेवा तथा धार्मिक सेवाको कार्य गर्न “परमहंस श्री वृन्दावन स्मृति सेवा प्रतिष्ठान नेपाल” गठन गरियो । उहाँका सुपुत्रहरू र चेलाचेली सबैको योगदानबाट “वृन्दावन स्मृति सम्मान” पुरस्कारको स्थापना, एम्बुलेन्सको संचालन आदि सेवामूलक कार्य गर्ने गरी चितवनको ज्यामिरे भन्ने स्थानमा एक ट्स्टको स्थापना भएको छ। यस ट्स्टले धर्मप्रचारक, साहित्यकार, संगीतकार, कलाकार समाजसेवी विद्वान्‌ विदुषीहरूलाई सम्मान गर्दै जाने लक्ष्य राखेको छ । धर्म जागनीका क्रममा करीब दश हजार चेलाचेली बनाउनु भइ वि.सं. २०६४ साल मंसिर २० गते गुरुजी वृन्दावन महाराज परमधाम तर्फ लाग्नु भयो ।
Enable Notifications    Subscribe No thanks