July 31, 2021, Sat, 02:07:06
By विष्णुप्रसाद चौलागाइ, (SND)
श्री नवतनधाममा वर्तमान संचालक समितिबाट तयार गरिएको प्रतिवेदनहरू
श्री नवतनधाममा वर्तमान संचालक समितिबाट तयार गरिएको प्रतिवेदनहरू
श्री नवतनधाममा वर्तमान संचालक समितिबाट तयार गरिएको प्रतिवेदनहरू
By विष्णुप्रसाद चौलागाइ, (SND)
2021-07-31
श्री नवतनधाममा वर्तमान संचालक समितिबाट तयार गरिएको प्रतिवेदनहरू

Shree Navatan Dham (SND)

श्रीकृष्ण प्रणामी मन्दिर, श्री नवतनधाम नीति योजना तथा कार्यक्रम

विष्णुप्रसाद चौलागाइ

अध्यक्ष

श्री नवतनधाम संचालक समिति

साक्षात श्री राज्जै महाराजश्यामाजी,

परम पूज्य, परम बन्दनीय, प्रातः स्मरणीय

बर्तमान जगदगुरु, श्रीकृष्ण प्रणामी धर्माचार्य श्री कृष्णमणिजी महाराजश्री

श्री नवतनधाम गादीपति, बाबाजी श्री १०८ अमृतराज महाराज

श्रीचरणमा साष्यङ्ग दण्डवत प्रणाम ।

परा-पूर्वकालदेखि श्रीकृष्ण पूर्णब्रह्म परमात्माको सत्‌-चित्‌- आनन्द-स्वरूपको खोज, चिन्तन, मनन एवं ध्यानको
माध्यमबाट यस नश्वर जगतमा नै दिव्य परमधामको ज्ञानको पुञ्ज विश्व जगतमा अवतरण गराउनु हुने आध्य
धर्मपीठाधीश्वर प्रातः स्मरणीय आत्मा जागृतिको प्रतिमूर्ति, शान्तिका पथप्रवर्धक, धामका धनी निजानन्दचार्य
सद्गुरु श्री देवचन्द्रजी महाराजबाट प्रतिपादित श्रीकृष्ण प्रणामी धर्म रहेको छ ।
गुरुको ज्ञानलाई आत्मसात्‌ गर्दै भौतिक आनन्दबाट टाढा भई दिव्य धामको अनवरत रूपमा ध्यान, निष्ठापुर्वक दिव्य
ब्रह्म ज्ञानलाई श्री तारतम वाणिको माध्यमबाट सिंचित गराउँदै विश्वलाई जागनी गराउने ( पसरसी चौधे भूवन)
महाअभियान गर्नुहुने श्रीकृष्ण प्रणामी धर्मका द्वितिय गादीपति महामति श्री प्राणणाथजी तत्‌ पश्चात्‌ विभिन्न
काल खण्डमा धर्मको जागनी अभियानलाई आजको अवस्थामा ल्याउनु हुने आचार्यश्रीहरू तथा धर्मप्रचारक
गुरुहरूको मार्ग निर्देशनलाई आत्मसात गरी जागनी अभियानमा वर्तमान सद्गुरु श्री ५ नवतनपुरी धाममा गुरु
गादिमा विराजमान श्रीकृष्ण प्रणामी धर्माचार्य, अनन्त श्रीविभूषित जगद्गुरु आचार्यश्रीज्यूको प्रत्यक्ष अशीर्वाद,
मार्ग निर्देशन तथा प्रेरणाबाट नेपालको केन्द्रीय धामको रूपमा श्री ५ नवतनपुरीधामको प्रतिकृति स्वरूपको रूपमा
श्री नवतनधाम स्थापना भएको हो ।

नति:
भक्तजनहरूको आवश्यकता, अन्तर चाहनामा स्थापना भएको यस धामले आत्मा जागृतिको माध्यमबाट आत्मा
परमात्माको अनन्य प्रेम लक्षण भक्तीको आनन्द दिन सफल भएको छ । दिव्य परमधामको स्व 5 द्धैत लीला
अखण्ड धामञको झल्कने र्चचनी विराट पटले दिशाबोध गरेको धामको आनन्दलाई भक्तजनमा सिंचित गर्न

सकिने किसिमले यसको विकास गर्ने विराट विकास योजना यसको नीति रहेको छ ।

कार्यत्रम

यस धामको विराट योजना पूरा गर्नलाई विभिन्न स्तरबाट प्रत्यक्ष तथा परोक्ष सहयोगको उत्माह दिन
प्रतिदिन बढी रहेकोले धामको विकासमा गुणात्मक रूपमा आत्मबल बढी रहेको छ।
श्रद्धालु धार्मिक पर्यटकको पर्यटकीय गन्तव्यको रूपमा आकर्षण दिन प्रतिदिन अघि बढी रहेको छ|
दैनिक साप्ताहिक, मासिक तथा बार्षिक कार्यक्रमहरूले भक्तजनहरूलाई आनन्दले प्रफुल्लित मनमोहक
गराउने कार्यक्रमहरूको व्यवस्थापन गरिदै आएको छ ।

धव यस धाममा आवागमन तथा बसाईलाई सहज र व्यवस्थित गर्न धामको तर्फबाट विभिन्न प्रकारको
भोजन प्रसाद तथा आवासको उचित व्यवस्था गरिएको छ ।

लालबालिका तथा बृद्धहरूको सहारा ( अभिभावक) बन्न यस धाम सफल भएको छ ।

अध्यात्म सहितको भौतिक शिक्षा प्रदान गर्न निशुल्क रूपमा शिक्षा प्रदान गर्दै आएको छ ।

योजना

श्री नवतनधामको विराट विकास योजनाले निर्दिष्ट गरेका अल्पकालीन तथा दीर्घकालीन विकास कार्यक्रमहरूलाई
निरन्तरता दिन विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दाता, सरकारी निकायको सहयोग तथा भक्तजनहरूमा सेवाकोय
आव्हान गरी प्राप्त सेवाको उचित मूल्यांकन गरी कार्यक्रहरू संचालन गर्ने र यस धामबाट सवै वर्गमा लाभ
पुन्याउने योजना बनाइएको छ ।

अन्तमा, यस धामको गरिमा बढाउनका लागी आवश्यक राय सुझावसहित सबै प्रकारको सेवाको लागि सबै
पक्षसँग हातेमालो गर्न म यस संस्थाको तर्फबाट सहृदय आव्हान गर्दछु ।

।। प्रणाम ।।

Enable Notifications    Subscribe No thanks