August 6, 2021, Fri, 00:08:34
By सुश्री मालती ओभझा, काठमाडौं, (SND)
काग्रे ढुंखकका दयालदास महाराज
काग्रे ढुंखकका दयालदास महाराज
काग्रे ढुंखकका दयालदास महाराज
By सुश्री मालती ओभझा, काठमाडौं, (SND)
2021-08-06
काग्रे ढुंखकका दयालदास महाराज

Shree Navatan Dham (SND)

नेपालको काभ्रे जिल्लास्थित दाप्चा गाउँको तिमिल्सिना परिवारमा दयालदास महाराजको जन्मभएको थियो । पिता ब्रह्मज्योतिषका सात जना छोराहरूमध्ये उहाँ साहिँला हुनुहुन्थ्यो । बाल्यावस्थादेखिनै उद्यमको प्रकृति खोज उन्मुख देखिन्थ्यो । मातापिताको काखमा हुर्कदै बढ्दै दयालदास वयस्क हुँदैजानुभयो । यस अवस्थामा उहाँले आफना आमा बाबुसँग जिज्ञासाका अनेकौँ प्रश्नहरू व्यक्त गर्नुहुन्थ्यो ।“आमा म कहाँबाट यस संसारमा आएको ? कसरी मानिस ठूला हुँदै जान्छन्‌ ? वृद्ध भएपछि मानिसहरूकिन मर्छन ? मरेपछि मानिसहरू कहाँ पुग्दछन्‌” आदि दार्शनिक विचारधाराका प्रश्न गर्नुहुन्थ्यो । यस्ता जिज्ञासाको अगाडि कहिलेकाहीं मातापिता पनि नाजवाफ हुनुहुन्थ्यो ।

उमेर बढ्दै जाँदा दयालदासजी नौ वर्षमा प्रवेश गर्नुभयो । त्यही समयमा उहाँका पिताले कृष्ण प्रणामी धर्ममा लागेका असल कुटुम्ब हेरी ढुङ्गाना परिवारकी कन्या राजकुमारीसँग वैवाहिक सम्बन्ध गाँसिदिनुभयो । विवाह पश्चात्‌ चार वर्षकी राजकुमारीलाई माइतीले लगेर पालन पोषण गरी हुर्काउँदै जानुभयो भने दयालदासजीले आफना दाजुभाइसँग खेल्दै विस्तारै घर व्यवहारमा आइपर्ने कामकाज सिक्दै जानुभयो । पुर्खौदेखि नै श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएका ब्रह्मज्योतिषले घरमा सन्त महात्मा बोलाएर पाठपारायण र कथाप्रवचन गराउने जस्ता सत्संगका क्रियाकलाप गरिरहनुहुन्थ्यो । यसको प्रभाव उहाँका सन्तानहरूमा प्रत्यक्ष रूपले परिरहेको थियो । परिवारमा सबै सदस्य धार्मिक प्रवृतिका तथा परिश्रमी देखिन्थे । काभ्रे जिल्लामा त्यस समयमा कृषि र पशुपालन नै प्रमुख पेशा थियो । सोही अनुसार ब्रह्मज्योतिषले खेतीका साथसाथै दाप्चादेखि केही पर ढुंखर्क भन्ने स्थानमा गाई गोठ राख्नु भएको थियो । त्यहाँ दयालदास लगायतका काहिँला र जन्तरे भाइहरू गाई चराउने, दूधबाट दही, घिउ बनाइ सहरमा लगेर बिक्री गरी आयआर्जन गर्ने जस्ता कार्य गर्नुहुन्थ्यो । यसरी नै दयालदासजीको किशोरावस्था व्यतीत हुँदै गयों।

एक समय पिताजी ब्रह्यज्योतिषले आफनै घरमा श्रीमद्तारतम सागरको पारायणको आयोजना गर्नुभएको रहेछ । त्यस पारायणमा सन्त एवं गुरुजनद्वारा प्रवचन गर्ने क्रममा एकजना गुरुजीले परमात्मा प्राप्तिका बारेमा अति नै मार्मिक चर्चा गर्नुभएछ। यस्तो प्रकारको प्रवचनले दयालदासजीको आत्मजागृति भएछ र व्यवहारबाट विरक्ति आएछ । त्यसपछि उहाँले ढुंखर्क गाई गोठमा गइ दुई भाइसँग गोप्य सल्लाह गर्नुभएछ । धेरै समयसम्मको छलफलपछि तीन दाजुभाइ बीच शास्त्र अध्ययन र आध्यात्मिक चिन्तनको लागि तीर्थ जाने निर्णय भएछ । आफूसँग रहेका घिउका टिन बिक्री गरी तीर्थको खर्च जुटाउने आँट गरी तीनै जना दाजुभाइले घरमा राम्रोसँग जानकारी पनि नगराइ गृह त्याग गरेछन्‌ । आफ्नो पासमा रहेको घिउ बिक्रो गरी तीर्थको लागि खर्च जुटाएछन्‌ ।

यसरी तीर्थयात्रामा निस्केका तीन दाजुभाइहरू काभ्रेबाट पनौती, बनेपा, काठमाडौँ हुँदै भारत प्रवेश गरी काशी, वनारस लगायतका विभिन्न स्थानहरूमा केही दिन रही, अनुभव बढुल्दै अन्त्यमा श्री ५ नवतनपुरी धाम जामनगर पुग्नुभएछ ।

नवतनपुरी धाममा पुगेर दर्शन गरे पश्चात्‌ त्यहाँ नै रहेर श्रीमद्तारतम वाणीको अध्ययन गर्नुपर्दछ भनी तीनैजना दाजुभाइले फकिरी वेश धारण गरी प्रशिक्षण कक्षमा भर्ना हुनुभएछ । वर्षहरू बित्दै गए, उहाँहरूले अध्ययनका विभिन्न चरणहरू पार गर्दै जानुभयो । सोही बखत काभ्रे दाप्चाबाट तीर्थ यात्रीसँगै राजकुमारी (राजबाई) नवतनपुरी पुग्नुभयो । राजकुमारीले दयालदास महाराजको परिचय पाइसकेपछि आफ्नो पनि परिचय दिइ बाल्यावस्थामै विवाह भएको सम्पूर्ण वृत्तान्त सुनाउनुभयो । दयालदासजीले सबै घटनाहरू यथार्थ भएता पनि मेरो सन्तजीवनमाथि तिम्रो के विचार छ भन्दा राजकुमारीले दयालदासजीले जे सल्लाह दिनुहुन्छ सोही बमोजिम चल्ने कुरामा सहमति जनाउनुभएछ । त्यसपछि दयालदासजीले राजकुमारीलाई पनि फकिरी वेश दिलाएर अब तिमी राजकुमारीबाट राजबाई भयौ भनी वाणी प्रशिक्षणमा समावेश गरिदिनुभएछ ।

दयालदासजीले प्रशिक्षण पश्चात्‌ धेरै स्थानमा धर्मप्रचारको क्रमलाई अगाडि बढाउनुभयो । राजबाइ पनि क्रमशः आफनो अध्ययनलाई बढाउँदै गएपछि प्रचारको क्षेत्रमा लाग्नुभयो । केही वर्षपछि दयालदासजी महाराजले राजबाईलाई श्रीकृष्ण प्रणामी मन्दिर पटनाको महन्त बनाइ आफू भारतको पश्चिम बंगालको कालिम्पोङ्गतर्फ प्रस्थान गर्नुभयो । कालिम्पोङ्ग बजार नजिक इच्छे नामक गाउँ रहेछ। हरियाली युक्त सुन्दर बस्तीमा विभिन्न जातजातिका व्यक्तिहरू आ-आफूनो कामधन्दा गरेर बसेका थिए । दुवैतर्फ हरियाली डाँडा पाखाहरूको बीचमा समथर फराकिलो जग्गामा बस्ती बसेको थियो । बायाँपट्टि खोलामा कञ्चन पानी बगिरहन्थ्यो । त्यस खोलाबाट कुलो खनेर ल्याउँदा गाउँमा सिंचाइको राम्रो व्यवस्था हुन्थ्यो । इच्छे बस्ती र नजिकैको गाउँ लोलेमा केही व्यक्तिहरू श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएका रहेछन्‌ । लगनशील र धार्मिक भावनाका त्यहाँका बासिन्दाहरू निकै परिश्रमी देखिन्थे । इच्छे बस्ती र वरपरको वातावरण बुझेपछि दयालदास महाराजले त्यही स्थानमा बसी धर्मप्रचार गर्नु पस्यो भन्ने सोच बनाउनुभयो । इच्छे बस्ती वरपरका प्रणामी धर्ममा दीक्षित व्यक्तिहरूसँग कृष्ण प्रणामी मन्दिर बनाउने विषयमा सल्लाह गर्नुभयो । त्यहाँका सुन्दरसाथहरूलाई पनि कसरी सत्संग तथा पाठपारायण सञ्चालन गर्न भन्ने लागिरहेको थियो । उनीहरूले दयालदासजी महाराजको त्यो प्रस्तावलाई सहर्ष स्वीकार गरी उहाँलाई यस कार्यको लागि पूर्ण रूपमा सहयोग गर्ने वचन दिए । त्यसपछि दयालदासजी महाराजले ड्च्छे बस्तीमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो र मन्दिरको सञ्चालन तथा संरक्षण गर्दै मन्दिरमा प्रशिक्षण दिने व्यवस्था समेत गर्नुभयो । इच्छे बस्तीमा धर्मप्रचारको राम्रो प्रभाव पस्यो । धेरै व्यक्तिहरूकोआत्मजागृति भयो । दयालदास महाराजले त्यस मन्दिर वरीपरी तुलसी, रुद्राक्ष जस्ता महत्वपूर्ण वृक्षहरू रोपेर सुन्दर बगैंचा बनाउनु भयो । मन्दिर सञ्चालनको लागि खेतबारीको प्रबन्ध मिलाउनुभयो । सोही खेतको आमदानीबाट मन्दिर सञ्चालन हुने गर्दथ्यो । मन्दिरको जग्गामा खेतीपाती गर्ने, समय-समयमा मन्दिरमा आइ मौसम अनुसारका फूलहरू रोपी फूलबारी तयार गर्ने मन्दिरको सरसफाई तथा सजावट सम्बन्धी सम्पूर्ण सेवा सुन्दरसाथहरूको सहयोगमा हुने गर्दथ्यो ।

यसरी तीर्थयात्रामा निस्केका तीन दाजुभाइहरू काभ्रेबाट पनौती, बनेपा, काठमाडौँ हुँदै भारत प्रवेश गरी काशी, वनारस लगायतका विभिन्न स्थानहरूमा केही दिन रही, अनुभव बढुल्दै अन्त्यमा श्री ५ नवतनपुरी धाम जामनगर पुग्नुभएछ ।

नवतनपुरी धाममा पुगेर दर्शन गरे पश्चात्‌ त्यहाँ नै रहेर श्रीमद्तारतम वाणीको अध्ययन गर्नुपर्दछ भनी तीनैजना दाजुभाइले फकिरी वेश धारण गरी प्रशिक्षण कक्षमा भर्ना हुनुभएछ । वर्षहरू बित्दै गए, उहाँहरूले अध्ययनका विभिन्न चरणहरू पार गर्दै जानुभयो । सोही बखत काभ्रे दाप्चाबाट तीर्थ यात्रीसँगै राजकुमारी (राजबाई) नवतनपुरी पुग्नुभयो । राजकुमारीले दयालदास महाराजको परिचय पाइसकेपछि आफ्नो पनि परिचय दिइ बाल्यावस्थामै विवाह भएको सम्पूर्ण वृत्तान्त सुनाउनुभयो । दयालदासजीले सबै घटनाहरू यथार्थ भएता पनि मेरो सन्तजीवनमाथि तिम्रो के विचार छ भन्दा राजकुमारीले दयालदासजीले जे सल्लाह दिनुहुन्छ सोही बमोजिम चल्ने कुरामा सहमति जनाउनुभएछ । त्यसपछि दयालदासजीले राजकुमारीलाई पनि फकिरी वेश दिलाएर अब तिमी राजकुमारीबाट राजबाई भयौ भनी वाणी प्रशिक्षणमा समावेश गरिदिनुभएछ ।

दयालदासजीले प्रशिक्षण पश्चात्‌ धेरै स्थानमा धर्मप्रचारको क्रमलाई अगाडि बढाउनुभयो । राजबाइ पनि क्रमशः आफनो अध्ययनलाई बढाउँदै गएपछि प्रचारको क्षेत्रमा लाग्नुभयो । केही वर्षपछि दयालदासजी महाराजले राजबाईलाई श्रीकृष्ण प्रणामी मन्दिर पटनाको महन्त बनाइ आफू भारतको पश्चिम बंगालको कालिम्पोङ्गतर्फ प्रस्थान गर्नुभयो । कालिम्पोङ्ग बजार नजिक इच्छे नामक गाउँ रहेछ। हरियाली युक्त सुन्दर बस्तीमा विभिन्न जातजातिका व्यक्तिहरू आ-आफूनो कामधन्दा गरेर बसेका थिए । दुवैतर्फ हरियाली डाँडा पाखाहरूको बीचमा समथर फराकिलो जग्गामा बस्ती बसेको थियो । बायाँपट्टि खोलामा कञ्चन पानी बगिरहन्थ्यो । त्यस खोलाबाट कुलो खनेर ल्याउँदा गाउँमा सिंचाइको राम्रो व्यवस्था हुन्थ्यो । इच्छे बस्ती र नजिकैको गाउँ लोलेमा केही व्यक्तिहरू श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित भएका रहेछन्‌ । लगनशील र धार्मिक भावनाका त्यहाँका बासिन्दाहरू निकै परिश्रमी देखिन्थे । इच्छे बस्ती र वरपरको वातावरण बुझेपछि दयालदास महाराजले त्यही स्थानमा बसी धर्मप्रचार गर्नु पस्यो भन्ने सोच बनाउनुभयो । इच्छे बस्ती वरपरका प्रणामी धर्ममा दीक्षित व्यक्तिहरूसँग कृष्ण प्रणामी मन्दिर बनाउने विषयमा सल्लाह गर्नुभयो । त्यहाँका सुन्दरसाथहरूलाई पनि कसरी सत्संग तथा पाठपारायण सञ्चालन गर्न भन्ने लागिरहेको थियो । उनीहरूले दयालदासजी महाराजको त्यो प्रस्तावलाई सहर्ष स्वीकार गरी उहाँलाई यस कार्यको लागि पूर्ण रूपमा सहयोग गर्ने वचन दिए । त्यसपछि दयालदासजी महाराजले ड्च्छे बस्तीमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो र मन्दिरको सञ्चालन तथा संरक्षण गर्दै मन्दिरमा प्रशिक्षण दिने व्यवस्था समेत गर्नुभयो । इच्छे बस्तीमा धर्मप्रचारको राम्रो प्रभाव पस्यो । धेरै व्यक्तिहरूको यसरी सुन्दरसाथहरूको प्रेम र परिश्रमले सजिएको मन्दिर फूल बगैंचा, रुद्राक्षका वृक्षहरूको हरियाली, मन्दिर भन्दा केही तल रहेको समथरिलो खेत इच्छे बस्तीकै गहना जस्तो बनेको थियो । दयालदासले पाठपारायण तथा प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभयो । अन्त्यमा आफ्नो वृद्धावस्था भएपछि समिति बोलाइ इच्छे बस्तीको श्रीकृष्ण प्रणामी मन्दिरलाई राम्रोसँग सञ्चालन गर्नका लागि पटना मन्दिरकी राजबाई माताजीलाई मन्दिरको जिम्मेवारी सुम्पिनू भनी दयालदास महाराज वि.सं. १९४० मा धाम जानुभयो । उहाँको धामगमन पछि सम्पूर्ण सुन्दरसाथहरू भेला भइ उहाँको पार्थिव शरीरलाई मन्दिर नजिकै समाधिस्थ गरी उहाँको निर्देशन अनुसार राजबाई मातालाई लिन केही सुन्दरसाथहरू पटनातर्फ जानुभयो । पटनाबाट राजबाई माताजीलाई साथ लिइ सुन्दरसाथ श्री ५ पद्यावतीपुरी गइ मातालाई बंगलाजी मन्दिरमा महन्ती टोपी, छडी प्रदान गराइ स्वरुप साहब शिरमा राखी कालिम्पोङ आएर उहाँलाई इच्छे मन्दिरको दोस्रो महन्त घोषणा गरी मन्दिरको वि.सं. १९४० माघ महिनामा सम्पूर्ण जिम्मेवारी सुम्पियो । राजबाई माताजीले दयालदास महाराजले सुम्पेको जिम्मेवारी आफनो काँधमा लिनुभयो । दयालदासजी महाराज संस्थापक भएर स्थापना गर्नुभएको इच्छे मन्दिर आजसम्म पनि उत्तिकै महत्वपूर्ण रूपमा सञ्चालन हुँदै आएको छ।
Enable Notifications    Subscribe No thanks