July 31, 2021, Sat, 59:07:53
By सन्त श्री सुरेन्द्रजी, निजानन्दधाम, नजरपुर, (SND)
विश्व धर्मका प्रणेता - महामति श्रीप्राणनाथजी
विश्व धर्मका प्रणेता - महामति श्रीप्राणनाथजी
विश्व धर्मका प्रणेता - महामति श्रीप्राणनाथजी
By सन्त श्री सुरेन्द्रजी, निजानन्दधाम, नजरपुर, (SND)
2021-07-31
विश्व धर्मका प्रणेता – महामति श्रीप्राणनाथजी

Shree Navatan Dham (SND)

अंग्रेजीमा एउय सुन्दर भनाइ विश्व प्रसिद्ध छ, अर्थीत्‌
पहाडको चुचुरोमा पुग्नको लागि धेरै मार्गहरू हुन सक्छन्‌ तर माथि पुगेर तलतिर हेर्दी दृष्य एउटै देखिन्छ । विलकुल
त्यही दृष्टिकोण महामतिजीले सम्पूर्ण विश्वलाई दिनु भएको छ । कुनै पनि प्रकारको विभेदरहित दृष्टिकोण ।
आज विश्व कुनै न कुनै रूपले अशान्त देखिन्छ । विज्ञानलाई आत्मसात्‌ गर्न नसक्दा धर्म – सम्प्रदाय भित्र धार्मिक
अन्धता बढ्दै जाँदा आपसी असहिष्णुताले स्थान ओगट्दै गएको छ भने अर्कोतर्फ विज्ञानका आविष्कारहरूको
समुचित सदुपयोग हुन नसक्दा यति सुन्दर धर्ती पलभरमा नै विनाश हुन सक्ने खतरा पनि पैदा भएको छ । यस्तो
परिस्थितिमा सत्रौँ शताब्दीका विश्व विभूति, विश्व वन्दनीय महामति श्री प्रानानाथजीले भौतिक तथा आध्यात्मिक
रूपले उन्नत, शान्त, स्वस्थ र सुन्दर विश्व निर्मीणका लागि पस्किनु भएका अमूल्य सूत्रहरू अति नै सान्दर्भिक
महसूस भएका छन्‌ । उहाँले विश्वधर्म स्थापनाको लागि प्रस्तुत गर्नु भएको मार्गचित्रलाई ई.सन्‌ १८९३ मा
अमेरिकाको सिकागो शहरमा आयोजित विश्व धर्म सम्मेलनले समेत पछ्याएको पाइन्छ । आउनुहोस्‌, ती वैश्विक
सन्देशहरूको चिन्तन, मनन गर्दै आफनो जीवनमा उतार्ने प्रण गरौँ !
१. समानता (Equality) :
हरेक प्रकारका विभेदहरूबाट मुक्त सुन्दर समाज निमीणको महाअभियानमा नै महामतिजीले आफूनो आम जीवन
अर्पण गर्नु भयो । वास्तवमा मनुष्यले जन्मको आधारमा न भै कर्मको आधारमा ब्रामणत्वको उचाई प्राप्त गर्नु
पर्दछ । आत्माको दृष्टिमा सबै समान छन्‌ कोही पनि सानो वा ठूलो जात भन्ने हुदैन । महामतिजी भन्नु हुन्छ,

जात एक खसमकी, और न कोइ जात ।

एक खसम एक दुनियाँ, उड गइ दुजी बात ।।

यस जगतमा व्याप्त आपसी विभेद तथा द्वन्दहरू मेवाउनको लागि वि.सं. १६७५ मा गुजरात राज्यको छोटी काशी
नामले सुपरिचित जामनगर शहरमा महामति श्रीप्राणनाथजी प्रकट हुनु भएको थियो ।

म साहेब आए इन जिमी, कारज करने तीन ।

सो सबका झगडा मेटके, या दुनियाँ या दीन ।।

अथीत्‌ महामतिजी मूलतः तीन विशेष कार्यहरू सम्पादनका लागि यस जगतमा प्रकट हुनु भएको हो ।

क) सामाजिक विभेदको अन्त्य: जाति, पाती, वर्ग, वर्ण, उंच-निंच, रंगभेद आदि उन्मूलन गरी सुन्दर
समाजको निर्मीण गर्नु ।

ख) राजनैतिक झगडा को अन्त्य: आध्यात्मिक र सामाजिक चेतनाको माध्यमद्वारा समाज र राष्ट्रका बीचमा
आपसी भाइचाराको विकास गर्नु ।

ग) धार्मिक झगडाको अन्त्यः सम्प्रदाय र पन्थहरूको आपसी अहंकार र अञज्ञानताका कारण उत्पन्न
मनोमालिन्य भाव मेटाई सबैका एक मात्र स्वामी पूर्णब्रहम परमात्माको मार्गमा अगाडि बढ्न अभिप्रेरित
गर्नु ।

२. विश्व बन्धुत्व (Universal Brotherhood):
अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले आफूनो राष्ट्रपतित्व कालमा वैज्ञानिकहरूको एक समुहलाई एउय
महत्वपुर्ण जिम्मेवारी सुम्पेका थिए । Human genome project ले प्रसिद्ध उक्त अनुसन्धानमूलक परियोजनाका
प्रमुख अनुसन्धानकती जीव रसायन वैज्ञानिक Dr. Richard Dawkins ले आफनो अनुसन्धानको सार समेट्दै
Language of God नामक पुस्तक माफत यो स्पष्ट पार्ने प्रयास गरेका थिए कि विश्वको कुनै पनि कुनामा
रहने मानवको मूल एउटै छ । आफू बसोबास गरेको स्थानको हावापानी र वातावरणले उसको रंग रूपमा परिवर्तन
भएको हुन सक्छ तर मूलभूत रूपमा केही अन्तर छैन । सो अवसरमा राष्ट्रपति क्लिन्टनले भनेका थिए, “आज
हामीले DNA को अनुसन्धान पश्चात्‌ त्यो भाषाको विषयमा जानकारी प्राप्त गरी सकेका छौं, जुन भाषामा ईश्वरले
जीवन सृजना गरेका थिए । यसबाट हामी ईश्वरीय शक्तिबाट, ईश्वरको सुन्दर सृजनाबाट र उनले गरेका जटिल
कार्यबाट अत्यन्त प्रभावित भएका छौं ”” । त्यसपछि ती महान वैज्ञानिक Dr. Richard Dawkins पूर्ण रूपले
आस्तिक भएका थिए ।
प्रिय सुन्दरसाथजी !
विश्वका सम्पूर्ण मानव जातिहरूलाई एउटै परिवारका अभिन्न अंग मानेर सबैको कल्याण र सुख – शान्तिको
लागि महामति श्रीप्राणनाथजी निरन्तर प्रयत्नशील रहनु भयो ! उहाँ भन्नु हुन्छ, ‘सुख शीतल करु संसार’ अथाीत्‌
सारा संसारलाई नै सुख र शीतलताले भरिएको सुन्दर र पवित्र स्थान बनाउनु पर्दछ जहाँ सबै जात जातिहरू मिलेर
निर्भयताका साथ एकै ठाउँमा बस्न सकून्‌ ।

३. समान रूपले भौतिक तथा आध्यात्मिक प्रगति (Harmonious Development):
हामी २१ औं शताब्दीमा छौं । यो शताब्दी विज्ञान र अध्यात्मको हो । पश्चिमको जगत भौतिक प्रगतिको
पराकाष्ठातर्फ उन्मुख छ तर भित्र भित्रै अशान्त र तनावयुक्त जीवन बाँच्न बाध्य छ । पूवीय जगत तुलनात्मक
रूपमा शान्त र आध्यात्मिक छ तर भौतिक प्रगतितर्फ यथेष्ट ध्यान दिन नसक्दा अभाव नै अभावको जिन्दगी
बाँच्न विवश छ । यी दुवै नै अधुरा छन्‌, अपूरा छन्‌ । त्यसैले यी दुबैको मिलन बिन्दु खोज्नु आवश्यक छ ।
पश्चिमको धर्ती भौंतारिएको बिचलित मनलाई शान्त पार्नको लागि पूर्वतर्फ दृष्टि गरिरहेको छ भने पूवीय जगत
गरिबी र अभावग्रस्त जीवनबाट माथि उठ्नको लागि पश्चिमले गरेको भौतिक प्रगतिलाई आत्मसात गर्दै अगाडि
बढी रहेको छ । शाकाहारी जीवन शैली अपनाउँदै, आपसी बैर भावलाई मेटाई एक मात्र पूर्णब्रहम परमात्माको
उपासनाको माध्यमद्वारा भौतिक तथा आध्यात्मिक रूपले समृद्ध विश्वको परिकल्पना साकार पार्ने करुणाका सागर
महामतिजीको वन्दनीय अभियान अत्यन्त सार्थक सिद्ध भएको छ । उहाँ भन्नु हुन्छः

एक सृष्टि धनी भजन एकै, एक गान एक आहार ।
छोडके बैर मिले सब प्यारसाँ, भया सकलमे जै जै कार ।।
तिजानमा आधारित घर्म :
विज्ञान र धर्मका आ-आफ्नै दृष्टिकोण रहेका छन्‌, सतही रूपमा हेर्दी दुबैको अलग अलग यात्रा जस्तो पनि लाग्न
सक्दछ । धर्म र विज्ञानका केही महत्वपूर्ण अवधारणाहरूलाई बुझने प्रयास गरौँ है त !

धर्म-अध्यात्म अन्तर्मुखी र इन्द्रियातीतको खोजीमा छ भने विज्ञान बहिमुखी र भौतिक सुख सुविधाको
लागि प्रकृतिको दोहन गर्दै प्रकृतिजन्य पदार्थहरूको अनुसन्धानमा केन्द्रित छ ।

धर्ममा भाग्यवादी दृष्टिकोण मात्र हाबी हुँदा भौतिक प्रगतिमा ठूलो बाधा देखा परेको छ भने विज्ञान
कर्मशील, साहसी र व्यावहारिक हुँदा हुँदै पनि विलासिता केन्द्रित भएको हुनाले स्नेहरहित, असुरक्षित
तथा तनावपूर्ण यात्रा गरी रहेको छ ।

वेज्ञानिक जेम्स जिन्सका अनुसार एक हातमा पेनिसिलिन र अर्को हातमा बम लिएर यात्रा गर्ने विज्ञान
लादो र बहिरो छ।

मन र बुद्धिका आफनै सीमाहरू छन्‌ । वास्तवमा चेतन तत्वको ज्ञान अतिन्द्रियको ज्ञानबाट मात्र
सम्भव छ।
चन्द्रमाको धरातलमा पुग्ने एघारौँ वैज्ञानिक एवं Noetic Science का संस्थापक Edgar Mitchell
का अनुसार “ब्रह्माण्डको संरचना जुन पदार्थबाट भएको छ, त्यो कुनै चेतना प्रवाहको उद्गमबाट
आविर्भूत भएको हो । ”
भोतिक विज्ञानले परमाणुका घटकहरूelectron, proton र neutron को अध्ययन गरेको छ भने
चेतनाको घटक psychotron को अनुसन्धान गर्दै psychotronics विज्ञानले पदार्थ सत्ता र चेतन
सत्ता बीचको दूरी कम गरेको छ ।
यो २१ औं शताब्दीमा धर्म र विज्ञान अर्थीत्‌ आत्मा- अनात्मा, परमात्मा-माया, इहलोक-परलोक
आदिको समुचित योगको अत्यन्त आवश्यकता छ ।

जव बुद्धिदेखि परको कुरा आउँछ, विज्ञान कच्चा ठहरिन्छ र त्यहीँबाट अध्यात्मको शुरुआत हुन्छ ।
वास्तवमा Fritjof Chapra तथा Garry Zukav जस्ता महान वैज्ञानिकहरूका
कारणले नै विज्ञान र अध्यात्म अत्यन्त नजिक आएका छन्‌ ।

The tao of physics मा (7904 ले पूर्व र पश्चिम, प्राचीन र अवीचीन तथा अध्यात्म र विज्ञान
को बीचमा अदभूत समन्वय दशीएका छन्‌ भने A new science of life of Sheldrake ले
अस्तित्वका कैयौँ सूक्ष्म प्रदेशहरूको खुबी प्रस्तुत गरेर उत्करान्ति, पुनर्जन्म तथा सृष्टिका अनेक
रहस्यहरूलाई morphic resonance जस्ता अभूतपूर्व संकल्पनाहरूको माध्यमद्वारा सम्झाउने प्रयास
गरेका छन्‌ ।

शव चेतन सृष्टि त देख्न सकिन्छ तर जब चैतन्यशीलताको कुरा आउँछ त्यतिखेर विज्ञान मौन हुन्छ ।

बीसौं शताब्दीका महान बैज्ञानिक अलबर्ट आइन्स्थइनले पूर्व र पश्चिमका विचारधाराहरूको समायोजन गर्दै

अत्यन्त सान्दर्भिक मिलन बिन्दु प्रस्तुत गरेका छन्‌ । उनी भन्दछन, without religion is lame अर्थात्‌ धर्म बिनाको विज्ञान लंगडो हुन्छ र विज्ञान बिनाको धर्म

अन्धो हुन्छ । यसले के स्पस्ट पार्दछ भने धर्म-अध्यात्म र विज्ञान एक अर्कीका परिपूरक हुन्‌, बिरोधी हैनन्‌ ।
आउनुहोस्‌, उदाहरणको लागि केही महत्वपूर्ण प्रसंगहरूमा भौतिक तथा अध्यात्म विज्ञानका दृष्टिकोणलाई
तुलनात्मक रूपमा बुझने प्रयास गरौँ ।
आत्मा :
बव आता कुने न कुनै देहसंग सम्बन्धित भए जस्तै भभिअतचयल पनि एचयतयल र ल्भगतचयल संग
मिलेर परमाणु बनाउन मद्दत गर्दछ । जसरी आत्मा एरेक प्राणीमा हुन्छ, त्यसै गरी भंभअतचयल पनि हरेक परमाणुमा हुन्छ ।
आत्मा परमात्माबाट अलग भएर ब्रहमाण्डमा विचरण गर्दछ त्यसै गरी Electron पनि Electron
Reservoir बाट अलग भएर परमाणु बन्न सहयोगी हुन्छ ।
ध देह नाश भएपछि आत्मा परमात्मामा विलीन भए जस्तै Proton र Neutron नाश भए पछि
भभिअतचयल स्वत; भभअतचयल च्भकभचखयष्च मा मिल्दछ ।
॥ उदात्य, अछ्द्य, अशोष्य, नित्य, सर्व व्यापक, अजर, अमर जस्ता आत्माका गुणहरू भभअतचयल
मा पनि पाइने कुरा वैज्ञानिकहरूले व्यक्त गरेका छन्‌ ।
बध सबे प्राणीमा आत्मा भए पनि चैतन्यको मात्रा फरक भए जस्तै भभअतचयल लाई विकसित र
अविकसित भनेर वर्गीकरण गरिएको छ । काठ वा ढुंगामा अविकसित र मानिसमा Highly evolved electron
thinking electron को रूपमा भौतिक विज्ञानले आत्माको व्याख्या गर्न
खोजेको पाइन्छ ।
बा वतेसानिकले आत्मा र परमात्मालाई अत्यन्त विकसित र परम विकसित (super electron) को रूपमा
हेर्न खोजेको छ ।

शव सृष्टिर प्रलय :
बा अध्यात्म विज्ञानका अनुसार अण्डाकार विन्दुबाट विराट पुरुष प्रकट भए अनि ब्रह्माण्डको निर्मीण हुँदै
गयो र महाप्रलयमा सबै ब्रह्माण्डहरू एक अर्कामा लिन हुँदै अन्तमा परम तत्वमा समाहित हुन्छन ।
बा भौतिक विज्ञानले सृष्टि लाई Big Bang Theory र प्रलयलाई Big Crunch Theory को रूपमा
वर्णन गर्न खोजेको पाइन्छ । विन्दुको आफ्नै दबाब र उजीको कारण महाविष्फोट भएर सृष्टिको
प्रारम्भ भएको मानिन्छ र समयको प्रारम्भ पनि विष्फोटको साथ नै शुरु हुन्छ । त्यसै गरी ब्रहमाण्ड र
तारामण्डलहरू पनि एक अर्कामा विलीन हुँदै मान्द्रो बेरिए झै बेरिएर विन्दु रूपमा पुग्दछन । विश्वको
सालाखाला घनत्व, critical भार भन्दा बढी हुन थाले पछि यसको फैलिने क्रम रोकिन्छ, विश्व
खुम्चिन थालदछ र अन्तमा विन्दु रूपमा आइपुग्छ ।
यस्ता उदाहरणहरूबाट के स्पष्ट हुन्छ भने विज्ञान र अध्यात्म एक अकाका परिपूरक हुन्‌ । तारतम सागरमा
महामतिजी भन्नु हुन्छ,
“अज्ञान ग्यान ले विज्ञान, यों कै विध खेल खेलत । “
अथीत्‌ अज्ञानी, ज्ञानी तथा भौतिक जगतलाई बुझन खोज्ने अनेकौं वैज्ञानिकहरू समेत यस अनित्य मायाको
खेलमा नाना प्रकारले खेली रहेका छन्‌ तर अन्तमा सबैको मिलन बिन्दु एक मात्र पूर्णब्रहम परमात्मा हुनुहुन्छ ।
शाश्वत प्रेम.

अब कह रे इसक की बात, इसक सबदातीत साख्यात ।

जो कदी आवे मिने सबद, तो चौदै तबक करे रद ।।

अथात्‌, दिव्य प्रेमको विषयमा महामतिजी भन्नु हुन्छ, हे प्रिय सुन्दरसाथजी ! अब म दिव्य प्रेमको कुरा गर्दछु ।
प्रेम त साक्षात शब्दातीत छ । यदि त्यो दिव्य प्रेम शब्दको सीमामा आयो भने चौद लोक ब्रहमाण्डलाई नै निरसत
पारी दिन्छ ।
शाश्वतको अर्थ सनातन अर्थीत्‌ जो कहिल्यै पनि परिवर्तन हुँदैन । राधा र कृष्णको प्रेम शाश्वत मानिन्छ ं
संसारको प्रेमलाई मोह भनिन्छ, त्यसमा कुनै न कुनै रूपले स्वार्थ लुकेको हुन्छ तर परमात्मासंगको प्रेम निस्वार्थ
हुन्छ, अपेक्षारहित हुन्छ, मात्र पिया मिलनको उत्कट चाहना हुन्छ ! जगतका जड पदार्थ, पशुपक्षी, मानव आदि
सचराचार प्रति सेवा करुणा, र दयाको भाव हृदयमा विकसित गर्न सके मात्र परमात्माको प्रेमको अनुभूति गर्न
सकिने कुरा महापुरुषहरूले स्पष्ट पारेका छन्‌ । महामतिजी भन्नु हुन्छ, प्रेमले क्षर, अक्षर र अक्षरातीतका सबै
द्वारहरू खोलि दिन्छ, प्रेमको कारणले नै धामधनीको प्रति अथाह श्रद्धा उत्पन्न हुन्छ । यसैले नै प्रेमलाई परमात्माको
सर्वश्रेष्ठ अंग मानिएको छ ।

प्रेम खोल देवे सब द्वार, पारैके पार जो पार ।

प्रेम घाम धनी को विचार, प्रेम सब अंगो सिरदार॒ ।

परमात्मा संगको सनातन प्रेमको विषयमा Armstron Wiliams पनि भन्दछन, जीवनको अत्यन्त कठिन र
विकट परिस्थितिमा समेत हामीले परमात्मा संगको प्रेममा अद्भूत शान्तिको अनुभव गर्न सक्दछौं ।
“Even during the worst hardship, when the other things in life seems to fall apart, we can still find the peace in the eternal love of god.”
जगतको एक मात्र शीतल छहारीको रूपमा विश्वधर्म स्थापना गर्न महामतिजीले प्रस्तुत गर्नु भएका यी अनमोल
सूत्रहरू आजको विश्वमा अझ बढी सार्थक सिद्ध भएका छन । आउनुहोस्‌, महामति श्रीप्राणनाथजीको विश्व धर्म
स्थापनाको यस महाअभियानमा हामी सबै एकजुट भएर सहभागी बनौँ !

प्रणाम ।

Enable Notifications    Subscribe No thanks