August 6, 2021, Fri, 09:08:51
By प्रा. डा. छविलाल गजुरेल र लीलाप्रसाद सापकोटा, काठमाडौँ, (SND)
श्रीकृष्ण प्रणामी ध्वर्म दर्शन - एक सिँहावलोकन
श्रीकृष्ण प्रणामी ध्वर्म दर्शन - एक सिँहावलोकन
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
श्रीकृष्ण प्रणामी ध्वर्म दर्शन - एक सिँहावलोकन
श्रीकृष्ण प्रणामी ध्वर्म दर्शन – एक सिँहावलोकन
By प्रा. डा. छविलाल गजुरेल र लीलाप्रसाद सापकोटा, काठमाडौँ, (SND)
2021-08-06
श्रीकृष्ण प्रणामी ध्वर्म दर्शन – एक सिँहावलोकन

Shree Navatan Dham (SND)

प्रस्तावना :
पूर्णब्रह्म परमात्मा अनादि अक्षरातीत श्रीकृष्णलाई विश्व ब्रह्याण्डका एकमात्र स्वामी मानेर प्रणाम गर्नाले श्रीकृष्ण प्रणामी नामाभिधान भएको हो । पूर्णब्रह्म परमात्मा श्रीकृष्णजीले निजानन्दाचार्य श्रीदेवचन्द्रजीको माध्यमद्वारा प्रकट गराएको हुनाले श्रीकृष्ण प्रणामी धर्मलाई निजानन्द सम्प्रदाय पनि भनिएको छ । श्रीदेवचन्द्रजी महाराजलाई पूर्णब्रह्य परमात्मा श्रीकृष्णजीले वि.सं. १६७८ मा दर्शन दिएर पाताल देखि परमधाम सम्मको दर्शन गराउनु भएको, ज्ञान प्रदान गर्नु भएको एवं तारतम महामन्त्र प्रदान गर्नु भएको हो । स्वयं पूर्णब्रह्मा परमात्मा श्रीदेवचन्द्रजी महाराजको दृदयमा बस्नु भएको हुनाले उहाँका शिष्यहरूपनि उहाँको हृदयमा पूर्णब्रह्म परमात्माको दर्शन गरेर प्रणाम गर्ने गर्दथे । प्रणाम गर्नाले प्रणामी अनि पूर्णब्रह्य परमात्मा श्रीकृष्णजीलाई प्रणाम गर्ने हुनाले श्रीकृष्ण प्रणामी भनिएको हो । यद्यपि पूर्णब्रह्म परमात्मालाई प्रणाम गर्ने चलन परमधाममा पनि छ। सृष्टि नियंता स्वयं अक्षरब्रह्वा पनि पूर्णब्रह्व परमात्मालाई नित्य प्रणाम गर्ने गर्दछन्‌ । परमधाममा ब्रह्यात्माहरूदेखि लिएर वन, उपवन, वनस्पतिहरू पनि पूर्णब्रह्मा परमात्मालाई प्रणाम गर्ने गर्दछन्‌ । परमधामको यो परिपाटीलाई नै पूर्णब्रह्म परमात्माले निजानन्दाचार्य श्रीदेवचन्द्रजी महाराजद्वारा यस जगतमा प्रकट गराउनुभएको हुनाले यो परम्परालाई श्रीकृष्ण प्रणामी धर्म भनियो । निजानन्दाचार्य श्रीदेवचन्द्रजी महाराजले पूर्णब्रह्म परमात्माबाट प्राप्त भएको ब्रह्वज्ञानको प्रचार गर्नुहुन्थ्यो । उहाँका अनेक शिष्यहरूमध्ये महामति श्रीप्राणनाथजीले यो ब्रह्वज्ञानको प्रचार प्रसारलाई विश्व व्यापी बनाउनु भयो । उहाँबाट अवतरित भएको ब्रह्यवाणीलाई श्रीतारतम सागर भनिन्छ जसमा १८७५८ चौपाईहरू छन्‌। यो महाग्रन्थलाई नै पूर्णब्रहृम परमात्माको वाङ्मय स्वरूप मानेर श्रीकृष्ण प्रणामी मन्दिरहरूमा स्थापित गरी पूजा अर्चना गरिन्छ । यस महाग्रन्थमा पूर्णब्रह्मा परमात्माको स्वरूप, धाम, लीलाहरू तथा पूर्णब्रह्म परमात्मालाई अनुभव गर्नका लागि विभिन्न उपायहरू बताइएका छन्‌। श्रीकृष्ण प्रणामी धर्मको दार्शनिक स्वरूप मुख्यतः यसै ग्रन्थमा आधारित छ। ।

दर्शनः
ज्ञानको दृष्टिले परमात्माको दर्शन तथा अनुभव गर्ने हुनाले जुन ज्ञानबाट परमात्मालाई जन्नि अथवा अनुभव गर्न सकिन्छ त्यसलाई ‘दर्शनअथव्रा-तत्वःज्ञान भनिएको छ। ‘दृश्यते अनेन इति देशै भनेर यसैकारण भनिएको हो। तत्व ज्ञानमा मुख्य रूपूलैँ ब्रह्म, जीव, जगत अर्थात माया आदिको विवेचन गरेर मायाबाट मुक्त हुनका लागि उपायरूप साधनहरुको वर्णन गरिएको हुन्छ । यस आलेखमा उक्त विषयहरूको अति संक्षेपमा विवेचन गरिएको छ।

ब्रह्म:
ब्रह्मालाई परमात्मा, परमब्रह्वा, परमेश्वर आदि शब्दहरूद्वारा व्यक्त गरिएको छ । उनी सर्वाधार सर्वोपरी एवं सर्वोत्कृष्ट छन्‌ । ब्रह्म एक छन्‌, उनी परम सत्य हुन्‌ । उनैलाई अद्वितीय पनि भनिएको छ। एक हुँदा हुँदै पनि उनको ऐश्वर्य अनन्त रूपमा विस्तृत छ। यसै विस्तारको आधारमा ब्रह्यका क्षर, अक्षर एवं अक्षरातीत स्वरूप मानिएका छन्‌ ।

दारब्रह्यः
यो सम्पूर्ण ब्रह्माण्ड एवं यसको संचालनमा महत्वपूर्ण भूमिका निभाउने विभिन्न विभूतिहरू – देवी देवताहरू देखि लिएर विभिन्न अवतारहरू ब्रह्या, विष्णु, महेश्वर तथा भगवान नारायण पर्यन्त समस्त व्यष्टि – सर्मष्टि स्वरूपलाई परब्रह्म परमात्माको क्षर स्वरूप भनिएको छ । श्रीमद्भगवदगीतामा पनि ‘क्षरः सर्वाणि भूतानि’ भनेर यो परिवर्तनशील स्वरूपलाई परमात्माको क्षर स्वरूप अथवा क्षर ब्रद्य भनिएको छ । एउय ब्रह्माण्ड अथवा त्यसका संचालकहरूमात्रै क्षर नभएर यस्ता अनन्त ब्रहृमाण्ड एवं तिनीहरूलाई संचालित गर्ने सबै स्वरूपहरू परमात्माको क्षर स्वरूपमा समाविष्ट छन्‌ । यसरी अनन्त ब्रह्माण्ड, अनन्त नारायण, अनन्त ब्रह्म, अनन्त विष्णु, अनन्त महेश एवं अनन्त देवी देवताहरू सबै पूर्णब्रह्व परमात्माका क्षर स्वरूप हुन्‌ ।

अक्षरब्रह्म:
उपर्युक्त अनन्त ब्रह्याण्डहरूको सृजना गर्नेवाला पूर्णब्रह्म परमात्माको स्वरूपलाई कार्यब्रह्व अथवा अक्षरब्रह्य भनेर भनिन्छ । उपर्युक्त परिवर्तनशील विश्व ब्रह्माण्डको मूलमा रहेको परमात्माको अविनाशी स्वरूपलाई श्रीमद्भगवद्गीतामा पनि अक्षरब्रह्बा अथवा कूटस्थ ‘कूटस्थोकक्षर उच्यते’ भनेर भनिएको छ। मूलतः अक्षरब्रह्य एउटै भएता पनि मुख्य रूपमा उनका चार विभाग भएकाले उनलाई चतुष्पाद विभूति भनिन्छ । अक्षरब्रद्यको अर्न्तगत प्रणव ब्रह्म, गोलोकधाम, केवल ब्रह्म, सत्स्वरूप आदि सबै समाविष्ट छन्‌।

अक्षरातीत ब्रह्
अक्षरब्रह्मलाई उनका कार्यका लागि प्रेरणा एवं निर्देशन प्रदान गर्नेवाला परमात्माको मूल स्वरूप छ जो अक्षर भन्दा पनि उत्कृष्ट ‘अक्षरात्परतः पर;’ भएकाले उनलाई अक्षरातीत, उत्तम पुरुष, परम सत्य, परम ब्रह्म, पूर्णब्रह्ा आदि शब्दद्वारा पुकारिएको छ। श्रीकृष्ण प्रणामी धर्ममा यी अक्षरातीत पूर्णब्रह्वा परमात्मालाई सबैको मूल हुनाले श्रीकृष्ण एवं सबैका एक मात्र राजा हुनाले श्रीराज नामले पुकार गरिएको छ। म ब्रह्माको क्षर, अक्षर एवं अक्षरातीत स्वरूपको विषयमा श्रीमद्भगवद्गीतामा यसप्रकार भनिएको छ,

द्वाविमौ पुरुषौ लोके, क्षरश्चाक्षर एव च ।
क्षरः सर्वाणि भूतानि, कृटस्थोञ्क्षर उच्यते ।।
उत्तमः पुरुषस्त्वन्यः परमात्मेत्युदाहृतः ।
यो लोकत्रयमाविश्य, विभर्त्यव्यय ईश्वर; ।।
यस्मात्क्रादतीतो हम्‌, अक्षरादपि चोत्तमः ।
अतोSस्मि लोके वेदे च, प्रथितः पुरुषोत्तम: ।।

यस जगतमा दुई प्रकारका पुरुषहरू प्रसिद्ध छन्‌ । तीहुन्‌ क्षर एवं अक्षर । क्षर भन्नाले यो सम्पूर्ण सृष्टि अथवा परिवर्तनशील जगत एवं यसका अधिष्ठाता देवी देवताहरू देखि लिएर भगवान नारायण पर्यन्तका सबै शक्तिहरू मानिन्छन्‌ । ती सबैका मूलमा हुनेलाई अक्षरब्रह्म अथवा कृटस्थ भनिन्छ। उक्त दुबै स्वरूप देखि परमात्माको मूल स्वरूप भिन्न छ जसलाई उत्तम पुरुष अथवा परमात्मा भनिएको छ। यसरी श्रीमद्भगवद्गीतामा भनिएका क्षर, अक्षर र उत्तम पुरुषलाई नै श्रीकृष्ण प्रणामी धर्ममा क्षर, अक्षर र अक्षरातीत भनिएको हो ।

जीवः
ब्रह्माको अंश अथवा अंगलाई जीव भनिएको छ। मूल रूपमा जीव दुई प्रकारका हुन्छन्‌ । तिनीहरू मध्ये (१) ब्रह्याण्डमा भएको सृष्टिलाई अगाडि बढाउने अथवा ब्रह्याण्डरूपी नाटकको पात्र एवं (२) नाटकलाई हेर्नेवाला अथवा द्रष्टा । नाटकका द्रष्टा जीवहरू पनि पुनः २ प्रकारका मानिएका छन्‌। तिनीहरू (१) ईश्वरी सृष्टि (२) ब्रहृमसृष्टि मानिन्छन्‌ ।

यी द्रष्य जीवहरू मध्ये ईश्वरी सृष्टि अक्षरब्रह्यको अन्तरंग लीलाका पात्रहरू हुन्‌ भने ब्रह्यसृष्टि पूर्णब्रह्म परमात्माका अन्तरंग लीलाका पात्रहरू हुन्‌ । यसरी मुख्य २ प्रकारका चेतनाहरू हुंदाहुँदै पनि ३ प्रकारका मानिएका छन्‌ । ती हुन्‌ – जीव सृष्टि, इश्वरी सृष्टि एवं ब्रह्वा सृष्टि ।

जीव सृष्टि;
उक्त तीनै प्रकारका जीवहरू अविनाशी हुन्‌ । तिनीहरू मध्ये नश्वर जगतको खेल सम्पादन गर्नका लागि प्रकट गरिएका चेतनाहरूलाई जीव सृष्टि भनिएको छ। अक्षरब्रह्मको चतुर्थपाद अव्याकृत ब्रह्वका अनेक विभागहरू मध्ये एक विभाग प्रणव ब्रह्वद्वारा उनीहरूलाई प्रकट गरिन्छ अनि आवश्यकता अनुसार विभिन्न ब्रह्माण्डहरूमा पठाइन्छ । विभिन्न ब्रह्याण्डका क्षर पुरुषद्वारा यिनीहरूको नियन्त्रण हुन्छ। प्रत्येक ब्रह्याण्डमा मुख्य रूपमा भगवान नारायणलाई क्षर पुरुष भनिन्छ। उनी स्वयं अव्यक्त हुन्‌ र ब्रह्या, विष्णु, महेश, उनीहरूका विभिन्न अवतार तथा विभिन्न देवी देवताहरूका रूपमा व्यक्त हुन्छन्‌ । त्यसकारण उक्त जीवात्माहरूको नियन्त्रण देवीदेवताहरू, अवतारहरू तथा ब्रह्या, विष्णु, महेशद्वारा हुने गर्दछ। संसाररूपी नाटकका पात्र हुनाले यी जीवसृष्टिहरू उनीहरूद्वारा गरिएका उत्तम, मध्यम र निम्न कर्मका फल भोग्नका लागि विभिन्न लोकमा जाने गर्दछन्‌ तथा मृत्यु लोकमा पनि विभिन्न योनीहरूमा जन्म लिने गर्दछन्‌ । बहुस्याम प्रजायेयम्‌) तब उनी स्वयं ब्रह्याजी, भगवान, विष्णु एवं भगवान शंकरको रूपमा प्रकट हुन्छन्‌। त्यसपछि विभिन्न देवी देवताहरूलाई प्रकट गर्दछन्‌। यी देवी देवताहरूदेखि लिएर भगवान नारायण पर्यन्तका सबै विभूतिहरूलाई ब्रह्मको क्षर स्वरूप मानिएको छ। यिनीहरू नै ब्रह्माण्डका शासकहरू हुन्‌ |

प्रत्येक ब्रह्माण्डमा १४ प्रकारका लोक मानिएका छन्‌। ती विभिन्न लोकहरूमा रहने चेतनाहरूलाई जीव सृष्टि भनिन्छ। उनीहरू अक्षरब्रह्मका चतुर्थपाद अव्याकृत ब्रह्म अर्न्तगत स्थित प्रणव ब्रह्वद्वारा प्रकट गरेर ब्रह्माण्डमा पठाइएका हुन्‌ । यिनै जीवहरूद्वारा यो जगतको सृष्टि चक्र चलेको हुन्छ, जसलाई हेर्नका लागि ब्रह्यसृष्टि आएका हुन्‌ । उनीहरूकै सेवाको लागि इश्वरी सृष्टि आएका हुन्‌ ।

यो मिथ्या जगतको खेल (नाटक) यस्तो विचित्र छ कि यसलाई हेर्नका लागि यहाँ आएका अखण्ड धामका आत्माहरू पनि स्वयंलाई बिर्सन्छन्‌ अनि सृष्टिलाई चलाउनका लागि आएका जीवहरू पनि मायाका चक्रमा परेर जन्म-मृत्यु, जरा एवं व्याधिद्वारा ग्रस्त भई ८४ लाख योनिहरूमा भड्किने गर्दछन्‌ । अनि ती ती योनिमा रहेर गरेका पुण्य कार्यका प्रतापले मनुष्य जीवन प्राप्त गर्दछन्‌ । मनुष्य जीवनमा रहेर गरेका कर्म अनुसार फल भोग्नका लागि ब्रह्याण्डमा भएका १४ लोकमा परिश्रमण गर्दछन्‌ । यदि उनीहरूलाई मनुष्य जीवनमा हुँदा अविनाशी ब्रह्म तथा बह्यधामको ज्ञान प्राप्त भयो भने उनीहरू जन्म-मृत्युको चक्रबाट छुटकारा पाउँदछन्‌ । यो जीवसृष्टिहरूको नियम हो भने इश्वरीसृष्टि तथा ब्रह्वार्सृष्टिहरू ब्रह्व ज्ञान प्राप्त गरेर आ-आफ्ना धाममा जागृत हुन्छन्‌ ।

मुक्ति :
जब आत्माहरू मायाको चक्रबाट छुटेर आफ्नो मूलमा पुग्दछन्‌ त्यसैलाई मुक्ति अथवा मोक्ष भनिएको छ । यसको लागि उनीहरूलाई ज्ञानको आवश्यकता पर्दछ, त्यस कारण सृष्टिको आदिकाल देखिनै यस जगतमा समय समयमा ज्ञान प्रकट हुँदै गयो जसको द्वारा जन्म मृत्युको चक्रबाट छुटेर ब्रह्याण्डलाई पार गरेर जाने मार्ग प्रसस्त भयो । जब ब्रह्यात्माहरू नश्वर जगतको खेल हेर्नका लागि जगतमा आउछन्‌ । उनीहरूको साथमा तारतम ज्ञान एवं प्रेम लक्षणा भक्ति पनि प्रकट हुन्छ । तारतम ज्ञानद्वारा जीवसृष्टिलाई मुक्तिको मार्ग प्राप्त हुन्छ भने ब्रह्यात्मा तथा इश्वरी सृष्टिहरू आ-आफ्ना धाममा जागृत हुन्छन्‌ । नश्वर जगतको खेल (नाटक) हेर्दा हेर्दै पनि जीवसृष्टिले अखण्ड भूमिको अनुभव गर्न सकुन्‌, इश्वरी सृष्टि एवं ब्रह्वासृष्टिहरू कमशः अक्षरधाम तथा परमधाममा जागृत भए जस्तो अनुभव गर्न सकुन्‌ त्यसका लागि प्रेम लक्षणा भक्तिको उपदेश भएको हो ।

श्रीकृष्ण प्रणामी धर्ममा तारतम ज्ञान एवं प्रेम लक्षणा भक्तिको विशेष महत्व बताइएको छ। तारतम ज्ञानद्वारा आत्मा, परमात्मा एवं परमधामको पहिचान हुन्छ भने प्रेम लक्षणा भक्तिद्वारा आत्मा परमात्मा एवं परमधामको अनुभव हुन्छ । तारतम ज्ञान यर्थाथ ज्ञान हो । यसको द्वारा नै मुक्ति प्राप्त हुन्छ । त्यसैले शास्त्रमा भनिएको छ ‘क्रते ज्ञानान्न मुक्ति; ।

ज्ञान र भक्ति दुबैलाई मुक्तिको साधन मानिएको छ । ज्ञानले जान्न सकिन्छ अनि भक्तिले प्राप्त गर्न सकिन्छ । आफूलाई आत्माको रूपमा जान्नु आत्र ज्ञान र आत्माका स्वामी परमात्मालाई जान्नु ब्रह्वज्ञान हो । आत्म ज्ञानले स्वयंको र ब्रह्यज्ञानले परमात्माको पहिचान हुन्छ। तारतम ज्ञान आत्ष ज्ञान पनि हो र ब्रह्वज्ञान पनि हो । परमात्मालाई जाने पछि नै उहाँलाई प्राप्त गर्न भावना प्रकट हुन्छ। यसैको लागि भक्तिको उपदेश भएको हो ।

भक्ति;
भक्ति मुख्यतः ३ प्रकारको मानिएको छ। १. सगुण भक्ति २. निर्गुण भक्ति तथा ३. परा भक्ति । शास्त्रमा भनिएको पनि छ,

भक्तिस्तु त्रिविधा प्रोक्ता सगुणा निर्गुणा परा ।
सगुणा नवधा प्रोक्ता, निर्गुणाश्चाष्टधा स्मृता ।।

नवधा भक्ति सुगुण भक्ति हो, अष्यंग योगलाई निर्गुण भक्ति मानिएको छ । यी दुबै प्रकारका भक्तिहरूदेखि उत्तम भक्ति परा प्रेम लक्षणा भक्ति हो जसको लक्षण नै प्रेम हो, “प्रेमैव लक्षण यस्या सा भक्ति; प्रेम लक्षणा’ ।

प्रेमले एकै क्षणमा परमात्माको अनुभव गराउन सक्दछ । साधनाका अन्य मार्गहरूबाट यस प्रकारको अनुभव प्राप्त गर्न समय लाग्दछ । यथा, ‘पन्थ होवे कोटि कलप, प्रेम पहोचावे मिने पलक’ (श्री तारतम सागर)प्रे

ममा त्यो क्षमता छ जसले यसै शरीरद्वारा परमात्माको प्राप्ति हुन सक्दछ । आज सम्म जति महापुरुषहरूले पूर्णब्रह्म परमात्मा अथवा उहाँका अक्षर एवं क्षर स्वरूपका विभिन्न विभूतिहरूको दर्शन गरे त्यो प्रेमबाट नै संभव भएको हो । त्यसैले भनिएको छ, “प्रेम ऐसी भांत सुधारे, ठौर बैठे पार उतारे’ (श्री तारतम सागर) । प्रेमको अतिरिक्त अन्य सबै साधनाहरू अन्त:करणको शुद्धिका लागि हुन्‌ । यसका लागि अहार शुद्धिले पनि ठूलो भूमिका निभाएको हुन्छ । शास्त्रमा भनिएको पनि छ,

आहारशुद्धौ सत्त्वशुद्धि:सत्त्वशुद्धौ ध्रुवास्मृतिः ।
आहारको शुद्धिले सत्व अर्थात्‌ अन्तःकरणका चारै वृत्तिहरू मन, बुद्धि, चित्त र अहंकारको शुद्धिहुन्छ । अन्तःकरणको शुद्धि भएपछि स्मृति स्थिर हुन्छ । हामीले आफूलाई नै बिर्सिएका छौं । जब हामी आफूलाई आत्माको रूपमा चिन्न सक्छौं तब मात्र हाम्रो स्मृति स्थिर भएको भन्न सकिन्छ । आफूलाई चिने पछि मात्र हामी परमात्मालाई चिन्न सक्छौं । अन्तःकरणको शुद्धि पछि हृदयबाट प्रेम प्रकट हुन्छ, यसै न प्रेमले परमात्माको दर्शन तथा अनुभव गराउन सक्दछ ।

ब्रह्म लीलाः
ब्रह्म सच्चिदानन्द स्वरूप छन्‌ उनलाई शास्त्रले लीलापुरुष पनि भनेको छ “लीलामयोश्यं पुरुष: साथैमा शास्त्रले ‘एकाकी न रमते’ अर्थात एक्लै लीला हुन संभव हुँदैन भनेर ब्रह्माले आफूबाट नै आफ्ना शक्तिहरूलाई प्रकट गर्दछन्‌ । उनैको सत्‌ अंगबाट प्रकट भएर अक्षर ब्रह्यले ऐश्वर्य लीलाको विस्तार गर्दछन्‌ । अक्षरब्रह्यलाई चतुष्पाद्‌ विभूति भनिएको छ। अक्षरब्रह्यको अन्तर्गत विभिन्न अवान्तर विभागहरू छन्‌ । यो सम्पूर्ण ऐश्वर्यको विस्तार हो । यसै गरी अक्षरब्रह्माले असंख्य ब्रह्याण्डहरूको रचना गरेर सृष्टिको विस्तार गर्दछन्‌ । यस्तो प्रकारको ऐश्वर्यको विस्तारलाई स्वप्नवत्‌ मानिन्छ ।

परमात्माको अर्को लीला नित्यलीला अथवा प्रेमलीला हो । यसको विस्तारका लागि उनको आनन्द अंगबाट शक्ति स्वरूपा श्रीश्यामाजी एवं उनका अंग स्वरूपा ब्रह्यात्माहरू प्रकट हुन्छन्‌ । यसै आनन्द अंगबाट लीला भूमि परमधाम पनि प्रकट हुन्छ। यी सबै पूर्ण ब्रह्म परमात्माको इच्छाले नै प्रकट हुन्छन्‌ । यी सम्पूर्ण लीलाहरू ब्रह्मकै हुन्‌ अनि ब्रह्म कै अर्न्तगत हुने गर्छन्‌ । त्यसैले ब्रह्मलाई स्वलीलाद्वैत – भनिएको हो । पूर्णब्रह्वा परमात्माको प्रेम लीलाको विस्तार नै स्वलीला हो । ऐश्वर्य लीलाको विस्तार भने अक्षरब्रह्वद्वारा भएको हो ।

श्रीकृष्ण प्रणामी धर्ममा पूर्णब्रह्य परमात्मालाई श्रीकृष्ण अथवा श्रीराज नामद्वारा पुकारिएको छ। पूर्णब्रह्म परमात्मा नै सबैको मूल आधार हुनाले उनलाई श्रीकृष्ण शब्दद्वारा व्यक्त गरिएको हो । श्रीकृष्ण शब्दको व्याख्या यसरी गरिएको छ।

कृषिर्भूवाचकः शब्दःणश्च निवृत्तिवाचकः ।
तयोरैक्यं कृष्णनाम पूर्णब्रहम सनातनम्‌ ।।

कृष्ण शब्दको कृष्‌ सत्तावाचक एवं “ण’ निवृत्ति अर्थात आनन्द वाचक हो । यसरी सत्‌ एवं आनन्दको ऐक्य लाई श्रीकृष्ण भनिएको छ । पूर्णब्रह् परमात्मा स्वयंप्रकाश हुन्‌ । उनकै प्रकाशले सबै कुराहरू प्रकाशित हुन्छन्‌ (तस्या भासा सर्वमि्द विभाति) यसरी स्वयंप्रकाश हुनाले परमात्मालाई “राज’ (राजते स्वयमेव प्रकाशते इति राजः) भनिएको छ । श्रीकृष्ण प्रणामी धर्ममा पूर्णब्रह्ललाई सम्मानका साथमा श्री लगाएर श्रीकृष्ण अथवा श्रीराज भन्ने गरिएको हो ।

श्रीकृष्ण प्रणामी धर्ममा पूर्णब्रह्म परमात्मालाई श्रीकृष्ण भनिएकोले पूर्णव्रह्लको लीलालाई नै श्रीकृष्ण लीला भनिएको छ । दिव्य परमधाममा निरन्तर श्रीकृष्ण लीला भइ रहन्छ। पूर्णब्रहृम परमात्माले प्रेम लीलाका पात्र ब्रह्मात्माहरूको साथमा नश्वर जगतमा प्रकट भएर मायामा पनि लीला गर्नुभयो । यसरी मायामा भएका श्रीकृष्णजीका लीलाहरूमा व्रजमण्डलका लीलाहरू सर्वप्रथम हुन्‌ । उनीहरूलाई व्रजलीला भनिएको छ। मायामा भएका भएता पनि पूर्णब्रह्म परमात्माका यी लीलाहरूलाई ब्राह्यी लीला _- भनिन्छ । व्रजको लीला पछि रासका लीलाहरू भए । ब्रह्यात्माहरूलाई मायाको खेल देखाउनका लागि भएका लीलाहरू व्रजका लीला हुन्‌ भने अक्षरब्रह्यलाई परमधाका जस्ता लीलाहरू देखाउनका लागि रास लीलाको व्यवस्था भएको हो । रास लीलाका समयमा मायाको संचालन स्वयं पूर्णब्रह्मा परमात्माले आफ्नो हाथमा लिनु भएको थियो । व्रज लीलामा मायाको संचालन अक्षरब्रह्वद्वारा भएको हो । जब अक्षरब्रह् मायाको नियन्त्रण गर्दछन्‌ तब त्यो माया कालमाया कहलाउँछ । जब स्वयं पूर्णब्रह्य परमात्माले मायाको नियन्त्रण गर्नुहुन्छ तब त्यो माया योगमाया कहालाउँछ। यसरी व्रज र रासको लीला भए पछि जागनी लीला हुन्छ। यी तीनै प्रकारका लीलाहरूका लागि विशेष व्यवस्था गरिएको थियो । त्यसकारणले उक्त तीनै – लीलाका लागि तीन प्रकारका ब्रद्याण्डको चर्चा श्रीकृष्ण प्रणामी धर्ममा गरिएको छ। यथा,

तीन ब्रह्माण्ड हुए जो अब, ऐसा हुआ न होसी कब ।
इन तीनोमे ब्रह्म लीला भई, व्रज रास और जागनी कही ।॥।

श्रीकृष्ण त्रिधा लीला;
यस नश्वर जगतमा पूर्ण ब्रह्म परमात्मा श्रीकृष्णजीका नाममा भएका ३ प्रकारका लीलाहरूलाई श्रीकृष्ण त्रिधा लीला भनिन्छ । पूर्ण ब्रह्म परमात्मा श्रीकृष्णजीले मायामा प्रकट भएर व्रज र रासको लीलाहरू गर्नु भयो । मायामा भएता पनि यी लीलाहरुलाई ब्राह्मी लीला भनिन्छ। व्रजमा भएका ११ वर्ष म र ५२ दिन पर्यन्तका लीलालाई श्रीकृष्णजीको व्रज लीला भनिन्छ । अन्तिम दिनको रातमा रासको लीला सम्पन्न भएको हो । व्रज र रास यी दुबै लीला पूर्णब्रह्य परमात्माका लीलाहरू हुन्‌ । त्यस पछि कंस उद्वार आदि मथुराका लीलाहरू श्रीकृष्णजीको अक्षर स्वरूप गोलोकीनाथद्वारा भएका लीलाहरू हुन्‌ । कंसको अत्याचारले त्रस्त भएकी पृथ्वीको प्राथना सुनेर ब्रह्मा, विष्णु, महेशले यो ब्रह्माण्ड देखि पर गोलोक धाममा गएर श्रीकृष्णजीको स्तुति गरे अनि कंसको अत्याचारबाट पृथ्वीलाई मुक्त गराउनका लागि प्रार्थना गरे । गोलोकीनाथ श्रीकृष्णजीले उनीहरूको प्रार्थना सुनेर भने, पूर्णब्रह्मा परमात्मा आफ्ना आत्माहरूलाई नश्वर जगतको खेल देखाउन आउदै हुनुहुन्छ। त्यसै बेलामा म पनि आएर तिमीहरूलाई सहयोग गर्ने छु। अब तिमीहरू व्रजमंडलमा गएर सम्पूर्ण व्यवस्था गर। ज्ञात होस्‌ कि विभिन्न ब्रह्याण्डमा भएका संचालक ब्रह्मा, विष्णु, महेशलाई प्रशासन व्यवस्थामा आउने कठिनाईलाई दूर गर्नका लागि अक्षरब्रह्लले आफ्ना विभिन्न विभागहरू मध्ये विशेष गरेर गोलोकधामको व्यवस्था गरेको हो । गोलोकधामका अधिपतिले अक्षरातीत पूर्णब्रह्मको तर्फबाट सहयोग पुग्याउने हुनाले उनी अक्षरातीतकै नामबाट कार्य गर्ने गर्दछन्‌ । त्यसकारण गोलोक धामका अधिपति लाई पनि श्रीकृष्ण भनिएको हो |

अक्षरातीत श्रीकृष्णजीले व्रज र रासको लीला गरे पछि गोलोकीनाथ श्रीकृष्णजीले सात दिन गोकुलको लीला र चार दिन मथुराको लीला गरेका हुन्‌ जसमा कस उद्धार, देवकी एवं वसुदेवलाई जेलबाट मुक्ति तथा उग्रसेनलाई मथुराको राजा बनाउन सम्मका लीलाहरू समाविष्ट छन्‌। यी लीलाहरूका साथमा गोलोकोनाथ श्रीकृष्णजीका लीलाहरू पनि पूर्ण हुन्छन्‌ । त्यसपछि विद्याध्ययन, जरासन्ध संगको युद्ध आदि मथुराका लीलाहरू र द्वारका लीलाहरू सबै भगवान विष्णुको अवतारको रूपमा भएका लीलाहरू हुन्‌ । अन्य अवतारका समयमा भगवान्‌ विष्णुका अंश तथा कला आदि प्रकट हुने गर्दछन्‌ भने श्रीकृष्ण अवतारमा भगवान विष्णु पूर्णरूपले भूमंडलमा प्रकट भएको कुरा श्रीमद्भागवतमा यसरी उल्लेख छ,

‘एते चांशकला पुंसः कृष्णस्तु भगवान स्वयम्‌’ ।

यो कुरालाई हामी यसरी बुझन सक्छौं कि भगवान विष्णु पनि जब पूर्णरूपमा यस भूमण्डलमा प्रकट हुन्छन्‌ तब श्रीकृष्णको नामले नै प्रकट हुन्छन्‌ । किनकि पूर्णब्रह्मा परमात्मालाई श्रीकृष्ण भनिएको छ, गोलोकोनाथले पनि पूर्णब्रह्य कै तर्फबाट कार्य गर्ने हुनाले उनीलाई पनि श्रीकृष्ण भनिएको हो अनि भगवान विष्णु पनि जब पूर्ण रूपले भू-मण्डलमा प्रकट हुन्छन्‌ तब उनी पनि श्रीकृष्णकै नामले कार्य गर्दछन्‌ ।यसरी श्रीकृष्णजीको नामले यस जगतमा तीन प्रकारका लीलाहरू सम्पन्न भए । व्रज र रासका लीलाहरू पूर्णब्रह्म परमात्माका लीलाहरू हुन्‌ भने कसका उद्वार आदि लीलाहरू गोलोकीनाथका लीलाहरू हुन्‌ । तत्पश्चात्‌ मथुरा र द्वारकाका लीलाहरू भगवान्‌ विष्णुका लीलाहरू हुन्‌। श्रीकृष्णजीको नाममा यस भूमण्डलमा भएका ब्रह्यका अक्षरातीत, अक्षर अनि क्षर स्वरूपका लीलाहरूलाई श्रीकृष्ण त्रिधा लीला भनिएको हो ।

स्वलीलाद्वैत; ब्रह्मा र जीवको ऐक्य प्रतिपादित गर्ने परम्परामा विभिन्न वादहरू देखिन्छन्‌ । तिनीहरू निम्न छन्‌,
१. आचार्य शंकरको केवलाद्वैत वाद
२. आचार्य रामानुजको विशिष्डद्वैत वाद
३. आचार्य निम्बार्कको ट्वैताद्वैत वाद
४. आचार्य मध्वको ट्वैत वाद
५. आचार्य वल्लभको शुद्वाद्वैत वाद आदि

उपरोक्त विभिन्न प्रकारका वादहरूमा जीव र ब्रह्यको ऐक्यको प्रतिपादनको शैलीमा भिन्नता भएकाले परस्पर विरोधाभास देखिन्छ । यर्थाथमा हेर्ने हो भने यी सबै वादहरू एउटै कुरालाई भन्न चाहिरहेका छन्‌। तर सबैले एउटै तत्वको आंशिक प्रतिपादन गरेकाले यी विरोधाभासहरू देखिएका हुन्‌ । श्रीकृष्ण प्रणामी धर्ममा ब्रह्लको अनुभूतिका लागि एउय समग्र दृष्टि प्रदान गरिएको छ जसले गर्दा उपरोक्त सबै वादहरूमा विरोधाभास देखिंदैन अपितु उनीहरू एक अर्काका पूरकको रूपमा सिद्ध हुन सक्छन्‌ । यसरी उक्त आंशिक वादहरूलाई एक सूत्रमा सूत्रित गर्ने कार्य श्रीकृष्ण प्रणामी धर्मका आदि आचार्य निजानन्दाचार्य श्रीदेवचन्द्रजी महाराज एवं महामति श्रीप्राणनाथजीले गर्नु भएको छ । उहाँहरूले जीव र ब्रह्माको ऐक्यलाई हेर्ने जुन समग्र दृष्टि प्रदान गर्नु भएको छ त्यसलाई नै स्वलीलाद्वेत भनिन्छ ।

स्वलीलाद्वैतको व्याख्या यसरी गरिएको छ ‘स्वास्मिन या लीला स्वलीला’ अथवा ‘स्वस्य या लीला स्वलीला तया सह अद्वैत॑ इति स्वलीलाद्वैतम्‌’

हामीले पूर्वमा जानिसक्यौं कि ब्रह्म लीलामय छन्‌ । उनको ब्रह्माधामको लीला नित्य लीला अथवा प्रेमलीला कहलाउँछ । यसै गरी उनको ऐश्वर्य लीलाको विस्तारमा प्रकृतिको उपाश्रयले व्यक्त भएको नश्वर जगतको परिवर्तनशील लीला पनि मूलतः ब्रह्वद्वारा व्यक्त भएको हो । नित्य अथवा अनित्य यी दुबै प्रकारका लीलाहरूमा जीवहरूको अस्तित्व पृथक देखिएता पनि यी सबै ब्रह्वद्वारा नै प्रकट भएका हुन्‌ र सबै ब्रह्यकै अंश हुन्‌ अनि लीला भूमि ब्रह्मधाम पनि ब्रह्यमै आधारित छ । त्यसै गरी प्रकृतिको उपाश्रयले व्यक्त भएको नश्वर जगत पनि मूलतः ब्रह्यममै आधारित छ । यी लीलाहरूलाई हामीले समग्र दृष्टिले हेस्यौं भने हामीलाई यो ज्ञान हुन जान्छ कि यी सबै लीलाहरू ब्रह्यका हुन्‌ र ब्रह्ममै आधारित छन्‌ । लीला मात्रमा यिनीहरूको पृथक अस्तित्व देखिन्छ तर मूल रूपमा कुनै पृथकता हुँदैन । यो समग्र दृष्टिकोणलाई स्वलीलाद्वैत भनिएको छ । यस दृष्टिले हेर्दा उपरोक्त आचार्यहरूद्वारा व्यक्त गरिएका सबैवादहरूमा पनि परस्पर विरोध देखिँदैन साथै यी सबै मिलेर समग्र रूपमा एकत्वको प्रतिपादन गरिरहेका छन्‌ भन्ने बुझिन्छ ।

स्वलीलाद्वैत दर्शनमा ब्रह्मको सगुण साकार अथवा निर्गुण निराकार जस्तो विरोधाभास पनि मूलबाट नै मेटिन्छ । ब्रह्मलाई साकार या निराकार मान्नु मात्र लौकिक दृष्टि हो यथार्थमा ब्रह्य साकार या निराकार देखि भिन्न हन्‌, जुन भौतिक आकृतिहरूलाई लिएर ब्रह्मलाई साकार मानिन्छ ती सबै परिवर्तनशील हुन्‌ तर ब्रह्म परिवर्तनशील हुँदैनन्‌ यसै गरी ब्रह्यलाई निराकार अथवा शून्य जान्नु पनि अज्ञानता अथवा भ्रान्ति मात्र हो । आचार्य शंकरले पनि यस कुराको पुष्टयाईं गर्नु भएको छ । यथा,

साकारस्य विनाशो३स्ति निराकारस्य शून्यत्वाद्‌ शुन्यस्य
चावस्तुत्वाद्‌ तदुभयपक्षविभिन्ने वस्तुज्ञाने मोक्षाः ।

भन्नुको तात्पर्य हो, साकारको नाश हुन्छ निराकार शून्य हुनाले त्यसको अस्तित्व नै हुँदैन । त्यस कारण ब्रह्ालाई साकार तथा निराकार देखि परको वस्तु बुझेर मात्र मुक्त हुन सकिन्छ । वस्तुको विषयमा वेदान्तमा यसरी भनिएको छ,

‘वस्तुस्तु सच्चिदानन्दानन्ताद्वय ब्रहम ।अर्थात्‌ सत्‌, चिद, आनन्द, अनन्त, अद्वैत ब्रह्म नै वस्तु हुन्‌ ।स्वलीलाद्वैत दर्शनमा ब्रह्मलाई साकार निराकार देखि भिन्न शुद्ध साकार मानिन्छ । यथा,

आकार न कहिए तिनको, जो होत है कालको ग्रास ।
काल सो निराकार है, आकार सदा अविनाश ।। ( श्रीतारतम सागर)

कालक्रममा नष्ट हुने वस्तुलाई साकार भनिदैन किनभने कालको नै कुनै आकृति छैन । त्यसकारण नाश हुने अथवा परिवर्तनशील पदार्थहरू देखिएका मात्र हुन्‌, यथार्थमा उनीहरूको अस्तित्व हुँदैन । जसको अस्तित्व छ त्यो अविनाशी हुन्छ । मात्र परमात्माको अस्तित्व छ त्यसकारण परमात्मा अविनाशी हुन्‌ । उनी मन र वाणी देखि पर भएकोले हामीले उनको यथार्थ स्वरूपलाई जान्न न सकेको मात्र हो । यथार्थमा उनको अस्तित्व छ, त्यो हो सचिदानन्द स्वरूप ।
Enable Notifications    Subscribe No thanks