August 6, 2021, Fri, 52:08:51
By दुर्गाप्रसाद अधिकारी, भरतपुर र होमनाथ बराल, कोटेश्वर, (SND)
श्री राधावल्लभ अध्यिंकारी
श्री राधावल्लभ अध्यिंकारी
श्री राधावल्लभ अध्यिंकारी
By दुर्गाप्रसाद अधिकारी, भरतपुर र होमनाथ बराल, कोटेश्वर, (SND)
2021-08-06
श्री राधावल्लभ अध्यिंकारी

Shree Navatan Dham (SND)

अस्लाम कास्कोबाट बसाइँ सरि वल्थुङ लमजुङमा बसोबास गर्ने श्री द्वारिकादास अधिकारीको माहिला पुत्रको रूपमा वि.सं. १८८५ मा श्री राधावल्लभ अधिकारीको जन्म भयो । सानैदेखि धर्मपरायण र लोक परलोकको जिज्ञासु उहाँले अध्ययन र आध्यात्मिक ज्ञानको खोजीमा काशी, गुजरात तथा भारतका अन्य तीर्थस्थानहरूको साथै श्रीकृष्ण प्रणामी धर्मका तीनै धामको दर्शन/यात्रा गर्नुभयो ।

आचार्य श्री धनीदास महाराजभन्दा अगाडि श्री ५ नवतनपुरी धामका गादीपति आचार्य श्री १०८ सुखलाल दासजी महाराजबाट १६।१७ वर्षको उमेरमा वि.सं. १९०१ ताका नवतनपुरीमा नै प्रणामी धर्ममा दीक्षित उहाँले वीतक, वाणी, बिराट, चर्चनीको तालिम लिनु भएको थियो वा थिएन भन्ने बारेमा आधिकारिक रूपमा प्रमाणित गर्ने आधारहरू नभेटिए तापनि धेर थोर अध्ययन पक्कै गर्नुभएको थियो । उहाँ सेवा पूजामा पारङ्गत हुनुहुन्थ्यो भन्ने कुराको दावी ८४ वर्षिय श्री चूडामणि बराल गर्नुहुन्छ ।

गृहस्थ जीवनमा रहेका श्री राधा वल्लभ अधिकारीको नाम खुल्ने ४ छोराहरूमा गंगाधर, चतुराखर यज्ञनिधि (भजनदास) र धर्मदत्तको इतिहास परमहंस दयालदास महाराजसँग जोडिएको छ। एक भाइ अञ्चात छन्‌ । श्रीकृष्ण प्रणामी धर्म र नीतिसँग असहमत केही नास्तिकले निजानन्द सम्प्रदाय र महाराजलाई “हिन्दू धर्म विरोधी” हुन भन्ने आरोप लगाइ नजरबन्दमा समेत पुच्याउने कुकार्य गरे । त्यसको सामना गर्न यिनै श्री राधाबल्लभ अधिकारीका चारभाइ छोराहरू कर्णाखर बराल, दाहाल परिवार र अन्य हितेषीहरू एकजुट भई कटक बहादुरको नेतृत्वमा १७ जनाको समुहले दयालदास महाराज हिन्दु धर्मका संरक्षक भएको बयान सप्रमाण प्रस्तुत गरी साक्षी समेत बसी नजरबन्दबाट मुक्त गरे ।

बल्थुङ्‌मा श्रीकृष्ण प्रणामी धर्मको विस्तार कार्यमा श्री राधावल्लभ अधिकारीको स्थान सबैभन्दा अगाडि थियो । तात्कालीन अवस्थामा जागनी कार्य गर्नु र जागनी भइसकेका सुन्दरसाथहरूलाई सुरक्षा दिनु र प्रचार कार्यलाई निरन्तरता दिलाउनु चुनौतीपूर्ण थियो । त्यस कार्यमा उहाँको अत्यन्त ठूलो योगदान रह्यो । परमहंस दयालदास महाराजको अगुवाइमा वि.सं. १९४५ मा स्थापित श्रीकृष्ण प्रणामी मन्दिर, बल्थुङको निर्माणमा दाहिने हातको रूपमा श्री राधाबल्लभ अधिकारी, कर्णाखर बराल र दाहाल परिवार थिए । यस मन्दिरलाई नेपालमा श्रीकृष्ण प्रणामी धर्म जागनी र विस्तारको केन्द्र बिन्दु मान्न सकिन्छ ।

समाजसेवी धर्मपरायण तथा बलथुङ, लमजुङका तात्कालीन अग्रज तथा बुद्धिजीवी श्री राधाबल्लभ अधिकारीको वि.सं. १९६७ मा ८२ वर्षको उमेरमा धामगमन भयो । उहाँको निस्वार्थ सेवा भावले प्रणामी समाजमा प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षाका साथ उहाँको स्मृतिमा लेखिएका केही शब्दलाई यहीँ विश्राम दिइन्छ ।

प्रणाम ।
Enable Notifications    Subscribe No thanks