August 8, 2021, Sun, 23:08:07
By टहलदास शिवाकोटी “यात्री, झापा, (SND)
अन्त श्री दयालदास पौडेल
अन्त श्री दयालदास पौडेल
अन्त श्री दयालदास पौडेल
By टहलदास शिवाकोटी “यात्री, झापा, (SND)
2021-07-15
अन्त श्री दयालदास पौडेल

Shree Navatan Dham (SND)

समय-समयमा हामी हाम्रो समाजमा सन्त-महात्मा, महापुरुषहरूको जीवनलीलालाई लेख्ने गर्छौं, हेर्ने गछौँ । उनीहरूका दिनचर्याबाट सही मार्गनिर्देश हुन पुग्छ । त्यसबाट आफ्नो जीवनलाई परिवर्तन गरी सार्थक जीवनको गोरेयोतर्फ उन्मुख भइन्छ । यसो त सन्तहरू भनेका यस धर्तीका रलहरू हुन्‌ । यिनैको सत्वले यो संसारको गति चलिरहेछ । सन्तले समुद्रजस्तै सधैँ आफू शान्त र सन्तोषी भइ जगत्‌ लाई शीतलता प्रदान गरेको हुन्छ । शाश्वत वस्तुको खोजी गरी सत्धर्मको पालना गर्दै सन्मार्ग फैलाउ( “छन्‌ । धनी-गरिबको पर्वाह नगरी सत्स्वरूपको पहिचान गराउँछन्‌ । भ्रमित व्यक्तिलाई दिशाबोध गराउँदै आत्मा र परमात्माबीचको तादात्म्यलाई जोड्दछन्‌ । सद्जानद्वारा स्वधामलाई चिनाउँछन्‌ । सत्‌-असत्‌को निरूपण गर्दै सत्य वस्तुको पहिचान गराउँछन्‌ । यस्ता सन्त भने वैरागी, ब्रह्यचारी, भेषधारी वा गृहस्थ, जुन आश्रमका पनि हुन सक्छन्‌ किनकि सन्त, वैरागी, निरहङ्कारी, निर्मोही, सन्यासी, परमहंस भन्ने एउट अवस्था हो । त्यो एउटा दशा हो । यसमा कुनै जाति, वर्ण, आश्रम, मान-सम्मान, विभूषण हुँदैन, एउटा सद्विचार मात्र हो । तर आज यसलाई जबर्जस्ती कतै जोड्न खोजिएको छ।

यहाँ यस्तै एक सद्गहस्थ सन्तको चिनारी दिन लागेको छु। ती हुन्‌ सन्त श्री दयालदास पौडेल । उनी एक साँच्चै संयमी, नियमी, सरल, सरस, शान्त, निर्मोही, सबैमा समभाव राख्ने र इच्छारहित सन्त थिए । महामति प्राणनाथले सुन्दरसाथलाई जगाउने क्रममा भन्नु पनि भएको छ कि जलमै नुहायिए कोरे रहिए’ अर्थात्‌ भवरूपी संसार-सागरमा रहेर पनि ओभानै बस । फेरि अर्को ठाउँमा भन्नुभएको छ ‘“इतही बैठे घर जागे धाम’ अर्थात्‌ यहीँ रहेर पनि तिमी आफ्नो घरमा (परमधाममा) जाग्न सक्छौ । उहाँले भन्नुभए अनुसार यी सन्तले पनि गृहस्थ आश्रम अँगालेका थिए ।

पूर्वी नेपालको छथर फुलेक, हालको धनकुटा जिल्लाअन्तर्गतको फुलेकमा नेपालकै पुरानो जागनीकेन्द्र मानिने श्रीकृष्णप्रणामी मन्दिर तेह्रथुम जिल्लाको पुवासिम्लेबाट उन्नाइसौँ शताब्दीतिरै जागनी भएको यस क्षेत्रमा वि. सं. १९१५-२० तिर नै यहाँ श्रीकृष्णप्रणामी मन्दिर रहेको कुरा थाहा पाइन्छ। यो लेखक २०३५ सालमा त्यो ठाउँमा पुग्दा त्यहाँका वृद्ध पितामहहरूसँग कुराकानी गर्दा त्यहाँ एक घरको भग्नावशेष मात्र रहेको स्थान देखाउँदै त्यहाँको धर्मजागनीका बारेमा यसरी बताए — “हामीले हाम्राबाजेहरूबाट सुनेको कुरा हो। वि. सं. १९०१-२ सालतिरको कुरा हो, नेपालमा राणाहरूले शासन नगर्दै यहाँ श्रीकृष्णप्रणामी धर्मावलम्बीहरू थिए । तिनताका यहाँका श्रीकृष्णप्रणामी धर्ममा लागेका पौडेल थरका दुई-चार ठिटाहरू आध्यात्मिक शिक्षा आर्जन गर्न भनी यहाँबाट हिँडे । पछि बुझ्दा उनीहरू हिन्दुस्तानको मध्यप्रदेशस्थित पन्नाधाम गएछन्‌ । तीमध्ये कोही चाँडै फर्किए, कोही त्यहाँबाट अन्यत्रै लगी एकजनाच( हीं दुई-चार वर्षको अध्ययनपछि सन्तभेषमा फर्किए । ती सन्तले घर फर्कदा सामाजिक सेवा गर्ने भावना ‘लिएर आएछन्‌ । त्यसैले होला सन्त आएको दुई-चार दिनपश्चात्‌ नै आफ्नो गाउँ फुलेकमा खानेपानीको धारो, त्यहाँ पुग्ने सजिलो बाये अनि एउय मन्दिर बनाए ।” अहिले पनि त्यहाँ सन्तधारो, सन्तगल्ली छँदैछ र त्यो मन्दिरमा बस्ने पौडेल परिवारलाई मन्दिरघरे भनेर चिनिन्छ । यी सबलाई हेर्दा र मन्दिरघरे पौडेल परिवारको पुस्त्यौली केलाउँदा पनि यो कुरालाई पुष्टि हुन पुग्छ। यसो त २०१०-१५ सालसम्म पनि श्री ५ नवतनपुरीधामबाट प्रकाशित हुने प्रणामी धर्म पत्रिकामा श्रीकृष्णप्रणामी मन्दिरहरूको नाम आउँदा श्रीकृष्णप्रणामी मन्दिर छथर फुलेकको नाम उल्लेख भएको पाइन्छ। यसो त २०२५-३० सालसम्म पनि श्रीकृष्णप्रणामी मन्दिर फुलेकका नाम तीनै पुरीका पत्रिकाहरूमा आउने गर्थे । कुनै एक समयमा निकै राम्रो जागनी भएको यो क्षेत्र अहिले ५ दशक यता पूरै सेलाएको छ।

यसै स्थानमा वि. सं. १९५३ साल माघ २७ गते पिता दीननाथ पौडेल तथा माता ईश्वरादेवी पौडेलका एक मात्र सुपुत्रका रूपमा जन्म लिएका सन्त दयालदास पौडेलको शैशवकाल यहाँ बित्यो । कर्मको लेखा दुःखदायी रहेछ, बाल्यावस्थामै उनी मातृविहीन हुन पुगे । तर पिताजीको संरक्षणचाहिँ राम्रै रह्यो । क्रमशः शिक्षारम्भको समय भयो । पिताबाटै शिक्षारम्भ गरे । केही समय स्थानीय गुरुकुलमा गइ अध्ययन गरे । थप शिक्षाका लागि हिन्दुस्तान जाने विचार पिताजीसँग प्रकट गर्दा पिताजीले आफ्नो कर्म चाँडै पूरा गर्ने विचारले होला आठराईका दुलालकी छोरी मागी विवाह गरिदिए । छोरा दयालदासको विवाह गरेको वर्षदिन नपुग्दै दीननाथको चोला उठ्यो । त्यसपछि पलीसहित दयालदासजी आठराईको पुवासिम्लेमा रहेको वि. सं. १८०० सालमा स्थापना भएको नेपालको हालसम्म रहेको सम्भवतः सबैभन्दा पुरानो श्रीकृष्णप्रणामी मन्दिर संरक्षणविहीन रहने अवस्थामा पुगेको रहेछ, त्यसैको संरक्षण गर्न लागे । त्यहीँ रहँदा एउटी छोरीले जन्म लिइन्‌, तर आमाको देहान्त भयो । केही वर्ष बितेपछि उनी नाबालक छोरीलाई लिई कालेबुङतर्फ लागे । सिम्लेबाट हिँडी कालेबुङको इच्छेमा पुगे । इच्छे जाने माध्यम बने जानकीदास लिम्बू (सुब्बा) । जानकोदास सुब्बाको श्रीमतीको माइतीघर आठराई र उनले तारतम लिएको मन्दिर पुवासिम्ले रहेको कुरा ईश्वरदास सुब्बा (लिम्बू) ले यो लेखकलाई बताएका हुन्‌ इच्छेमा श्रीकृष्णप्रणामी धर्मप्रवेशको कृरा बुभदा ।

सन्त दयालदासले श्रीकृष्णप्रणामी मन्दिर इच्छेमा केही वर्ष पूजा गरे । यिनैताका कालेबुङमै रहँदा-बस्दा गुरुजी मङ्गलदाससँग भेट भएछ । गुरुजी मङ्गलदासबाट केही समय आध्यात्मिक शिक्षा पनि लिएछन्‌ । गुरुजीको आज्ञाअनुसार छोरीलाई गुरुजीकै रेखदेखमा सुन्दरसाथका साथ छाडी श्री ५ नवतनपुरीधाम गई श्रीमुखवाणीको तालिम लिइ पुनः कालेबुङ फर्क । आफूले तीर्थ जाँदा छोडेकी छोरीफर्किएर आउँदा जवान भइसकेकी रहिछन्‌ । कुटुम्बको खोजी गरी छोरी कुटुम्बलाई जिम्मा लगाइ आफू गुरुजी मङ्गलदासका साथमा साथ दिएर बस्न लागे । केही वर्षपछि अर्थात्‌ २००६ सालमा माता मानूवाईको सहयोगले गुरुजीको आज्ञाअनुसार नेपालको सङ्खुवासभास्थित मादी विर्ताबाट कालेबुङ गइ बसेका दाहाल परिवारकी चेली डम्बरकुमारीसँग विवाह गरि पुनः गृहस्थ आश्रममा प्रवेश गरे । २००८ सालमा पुवासिम्लेको प्रणामी मन्दिर सम्हाल्ने मानिसको अभाव रहँदा जिम्दार देवीप्रसाद उप्रेती कालेबुङ गइ सन्त दयालदासलाई सिम्ले गइ मन्दिर सम्हालिदिन अनुरोध गर्दा दयालदास दम्पतीद्वय नै पुवाको सिम्ले आई मन्दिर सम्हाल्न लागे । २०१० सालमा छोरा पुष्पको जन्म भयो ।

जिम्दार देवीप्रसाद उप्रेतीको बसाइ विशेष गरी झापामा भएको हुँदा सन्त दयालदासलाई सँगै राख्ने इच्छा गरी सिम्ले मन्दिरमा अन्य पुजारीको व्यवस्था गरी जिम्दारले २०१३ सालमा सन्त दयालदासका सबै परिवार झापाको चकचकीमा ल्याउनुभयो । यसो त जिम्दारजी धेरैलाई आफ्नो समीपमा ल्याएर राखे गर्नुहुन्थ्यो । त्यसमा पनि विशेष साधुसन्त र साहित्यकारहरू उहाँका लागि अति प्रिय पात्र थिए। त्यसमा पनि नामै लिनुपर्दा भाषाशास्त्री महानन्द सापकोय, जनकवि गोकुल जोशी र सन्त दयालदास पौडेलको नाम आउँछ। जनकवि गोकुल जोशीको अधिकांश जीवन जिम्दारजीकैमा बित्यो । महानन्द सापकोय पनि पूर्वमा रहँदा प्रायः जिम्दारजीकैमा बस्ने गर्नुहुन्थ्यो । सन्त दयालदासजीलाई त झन्‌ जीवनको अन्त्यकालसम्म आफ्नै साथमा राख्नुभयो । जिम्दारजी आश्रय दिनुपर्नेलाई आश्रय र आदर दिनुपर्नेलाई आदर दिएर आफ्नो समीप राख्ने गर्नुहुन्थ्यो । उहाँद्वारा धेरैले आश्रय पनि पाए, आदर पनि ।

जिम्दार देवीप्रसाद उप्रेतीकै कुरा गर्ने हो भने उहाँ एक अनुपम व्यक्ति हुनुहुन्थ्यो । उहाँमा दूरदर्शिता, समभाव, पारखीय क्षमता, विवेकशीलता र उदारभाव जस्ता विचित्र गुण थिए । तर के गर्ने, त्यो कुरा राज्यले जान्नुपर्ने हो, खोज गर्नुपर्ने हो, जानेन, चिनेन । उहाँले आफूले आर्जन गरेको धेरै सम्पत्ति शिक्षा, स्वास्थ्य र धार्मिक-सामाजिक क्षेत्रमा खर्च गर्नुभयो । तर त्यो आज कति सही उपयोग भयो र कति भएन, त्यो आफ्नै ठाउँमा छ। उहाँले १ हजार ८० विगाह जमिन त शिक्षणसंस्थालाई दान गर्नुभएको कुरा जिम्दारजीको स्मृतिग्रन्थ र स्मृतिमा देवीप्रसाद उप्रेती! बाट बुभन सकिन्छ । त्यति मात्र होइन, जिम्दारजीले आफ्नो जन्मस्थान तेह्रथुमको पुवासिम्लेमा प्रणामी प्राथमिक विद्यालय (हाल उच्च मा. वि. भएको छ), झापाको घैलाडुवामा घैलाडुवा प्रा. वि. (हाल उच्च मा. वि.) लगायत विभिन्न ठाउँमा विद्यालय र अस्पताल खोली सञ्चालनका लागि पर्याप्त जमिन राखिदिनुभएको छ । यसै गरी धार्मिक क्षेत्रमा भने आफ्नो जन्मस्थान पुवासिम्लेमा रहेको श्रीकृष्णप्रणामी मन्दिर सञ्चालनका लागि आफ्नो त्यहीँ रहेको सम्पूर्ण पैतृक सम्पत्ति, घर, जमिन मन्दिरलाई दान गर्नुभयो । त्यसै गरी निजानन्द आश्रम नामक संस्था स्थापना गरी त्यस संस्थाको नाममा झापाको दुर्गापुर बजारमा ५ विगाह १० कठ्ठा जमिन राखिदिनुभएको छ। तर दुर्भाग्यको कुरा, यो निजानन्द आश्रम उहाँको इच्छाअनुसार चलेको पाइँदैन । यो कुरा उहाँका परिवारले पनि बुभनुपर्ने हो ।

भग्गपा आएपछि सन्त दयालदासजी धर्मप्रचारतर्फ लागे । त्यस समयमा पनि हाम्रो समाजबाट ं जातीय भेद पूर्ण रूपमा नहटिसकेकोले यस्तो अमानवीय कुप्रथालाई हटाइ सुन्दर समाजको निर्माण गनेमहामति प्राणनाथजीको दीर्घ सोच अनुसार सबै जातजातिहरूलाई एकै परिवार भइ रहने सुसंस्कारित शिक्षा दिँदै सुन्दरसाथको एक परिवार बनाए । क्षर, अक्षर र अक्षरातीतको परिचय दिँदै आत्मा, परात्मा र परमात्माको अन्तर्बोध गराउँदै हाम्रो आत्माको मूल ठेगाना अक्षरातीत र आत्माका मालिक एक मात्र ं पूर्णब्रहम परमात्मा श्रीकृष्ण हुनुहुन्छ भन्दै सुन्दरसाथ जगाए । यसरी जागनी हुनेहरूमा कुनै जातिर वर्णको भेद नगरी सबै जातजातिबाट आएका आत्माहरूले जागृत हुने अवसर पाए । त्यसमा विशष जागृत हुनेहरूमा मगर जाति धेरै भए, जो अहिले पनि झापाको शरणामती, सुरुङ्गा, गौरादह र उदयपुरको साउने लगायत धेरै ठाउँमा सयकडौँको सङ्ख्यामा छन्‌ । सन्त दयालदासजीको अगुवाइमा सबै सुन्दरसाथको सक्रियतामा २०१६ सालमा शरणामती गा. वि. स. वडा नं. ४ मा श्रीकृष्णप्रणामी मन्दिर निर्माण गरी सोही सालको भाद्र तृतीयाका दिन उनीबाटै उद्घाटन गरियो । त्यस मन्दिरको पूजासामग्रीसहित सम्पूर्ण भौतिक सामग्री ल्याइ शरणामतीकै वडा नं. ८ मा पुनः श्रीकृष्णप्रणामी मन्दिरको निर्माण गरियो । उक्त मन्दिर दयालधाम नामक वि.सं. २०५५ मा स्थापित संस्थाले निर्माण गरी वि. सं. २०६६ साल माघ २२ गतेदेखि २८ गतेसम्म श्रीकृष्णप्रणामी सेवा परिषद्को सक्रियतामा १०० श्रीमत्तारतमसागर पाठपारायण लगाइ सन्त श्री १०८ जगतराज महाराज, सन्त श्री १०८ मोहन प्रियाचार्य महाराज कालेबुङ, सन्त श्री सदानन्दजी महाराज वृन्दावन लगायत भारतका विभिन्न स्थानबाट सन्त-महात्मा र भक्त सुन्दरसाथहरूको वृहद्‌ उपस्थितिमा उद्घाटन गरियो ।

सन्त दयालदास साँच्चै सन्त थिए । दुःख-सुख, मान-अपमान, निन्दा-स्तुति कुनै पनि कुराको पर्वाह नगर्ने, शान्त, सिद्ध, भजनानन्दी, प्रभुभजनमा मग्न रहने, एक्लै एकान्तमा बस्न रमाउने, कहीँ कसैसँग कहिल्यै केही कुराको अपेक्षा नगर्ने, निर्मोही सन्त थिए । यतिसम्म कि उनलाई आफ्ना शिष्य वा अरू कसैले केही दियो भने त्यो आफ्नो व्यावहारिक काममा कहिल्यै लगाउँदैनथे । यो समाजको सम्पत्ति हो, मन्दिरको हो, मन्दिर बनोस्‌, मन्दिरमा रहोस्‌ भनी जेजति नगद वा सामान आएका छन्‌, ती सबै जिम्दारजीलाई सुम्पिन्थे । त्यही पैसामा जिम्दारजीले पनि केही थप गरी शरणामती मन्दिरका लागि चार विगाहा जमिन छुट्याइदिनुभयो । त्यो जमिनमा पछि गएर मोहीहरूले झमेला पनि गरे । दयालदासजीके शिष्यद्वय श्री रामचन्द्र सिटौला र श्री रामबहादुर थापा मगरहरूले केही समय मुद्दा खेपी सो जमिन मन्दिरको बनाए । हाल त्यही जमिनको आम्दानीले मन्दिर चलिरहेको छ।

विनप्रता भावलाई हेर्ने हो भने यी सन्त आफू कहीँ कतै जाँदा जोकोही सुन्दरसाथ भेटियो भने चाहे त्यो आफ्नै शिष्य किन नहोस्‌, पहिले आफैँ उसको चरणमा दण्डवत प्रणाम गर्थे । म गुरु हुँ भन्ने भाव कहिल्यै कहीँ पनि अलिकति राखेनन्‌ । एक समयको कुरा हो, म आफू सानै छँदा आमाका साथमा दशैँको टीका लगाउन पुगेको थिएँ जिम्दार बुबाकोमा । टीकाको केही दिनपछिको कुरा हो, साधुसन्तजस्ता केही ठूला मान्छे, अहिले सम्प्झिँदा सन्त श्री कृष्णमणि महाराज उप्रेती सतना, भेटिया टहलदास भारद्वाज आसाम लगायत अरू केही सन्तहरू हुनुहुँदो रहेछ । उहाँहरूसँग सन्त दयालदासलाई देखाउँदै श्री जिम्दारजीले भन्नुभयो — “यी सन्त सच्चा सन्त हुन्‌ । तर के गर्ने, समाजले जान्दैन, चिन्दैन । किनकि यिनको स्वभावअन्य साधुको भन्दा पृथक्‌ छ। यी गुरु हुन्‌ कि शिष्य हुन्‌, केही थाहा हुँदैन । किनकि यी सन्तबाट पहिले आफूले प्रणाम गर्ने अवसर कसैलाई पनि मिल्दैन । आफ्नै शिष्य होस्‌ या अन्य कोही सुन्दरसाथ होस्‌, कही पनि भेट हुनासाथ पहिले आफैँ दण्डवत गरिहाल्छन्‌ ।”

जिम्दारजीले भन्नुभयो – “यो शिक्षा आजका सम्पूर्ण धर्मप्रचारकहरूले बुझी आफूभित्र रहेको अहंभाव मेटाउनुपर्दछ । कसैको दिल जिलुछ भने प्रेमभावले उसको सेवा गर त्यसो गन्यो भने मात्र । सबैलाई आफूनो बनाउन सकिन्छ ।”

सन्त दयालदासको एक अर्को प्रसङ्ग ल्याउँ । उनको सेवाभावमा पनि बढो प्रेमभाव थियो । हाम्रो निजानन्द सम्प्रदायका चाडपर्व र मेलाहरूमा त्यस क्षेत्रका सबै सुन्दरसाथहरूलाई आफैँ गएर बोलाउने गर्दथे । कतिपय सुन्दरसाथहरू उपस्थित हुन्थे, कतिपय हुन सक्तैनथे । ती उपस्थित हुन नसक्नेका लागि आफैँ प्रसादको भाँडो र प्रसाद दिनका लागि सालको पात धोएर डोकामा हाली गाउँगाउँ घुमी खेत जोत्दैछन्‌, रोप्तैछन्‌ भने पनि त्यहीँ गएर अर्थात्‌ काम गर्दै गरेकै ठाउँमा गएर प्रसाद वितरण गर्दथे ।

यस्ता परमात्मामा पूर्ण रूपमा समर्पित सन्त श्री दयालदासजीको जीवनलीला शिक्षाप्रेमी, समाजसेवी जिम्दार देवीप्रसाद उप्रेतीको सान्निध्यमा २०२८ साल माघ २८ गते आफू जन्मेको भोलिपल्ट ‘फापाको चकचकीमा समाप्त भयो । उनको पार्थिव शरीरलाई श्री जिम्दारजीकै निर्देशनमा उनकै जमिनमा समाधिस्थ गराइयो ।
कुर्म पुराण

Shree Navatan Dham (SND)

Enable Notifications    Subscribe No thanks