August 29, 2021, Sun, 39:08:44
By पं. गुरुप्रसाद मैनाली, (SND)
खड्डगदास महाराज
खड्डगदास महाराज
खड्डगदास महाराज
By पं. गुरुप्रसाद मैनाली, (SND)
2021-08-28
खड्डगदास महाराज

Shree Navatan Dham (SND)

गोरो अनुहार निख्खर कालो र लामो कपाल तथा दाङही जुङ्गा पालेका, सधै प्रसन्न मुद्रामा रहने ;: साधु भेषका खड्गदास महाराज वि.सं. २०१३।०१४ तिर काठमाडौंमा देखा पर्नुभयो । उहाँ अन्य प्रणामी साधुभन्दा फरक स्वभावको हुनुहुन्थ्यो । तार्किक बुद्धिका धनी खड्गदास, देश, काल परिस्थिति अनुसार बोल्नु हुन्थ्यो । उहाँको जन्म वि.सं. १९७० तिर कालिम्पोङ्मा भएको थियो र उहाँ तिवारी थरका हुनुहुन्थ्यो । उहाँ दयालदास महाराजका चेला हुनुहुन्थ्यो । उहाँले भारतका प्रणामी धर्म पीठमा बसेर प्राणनाथ वाणीको अध्ययन गर्नुभएको बुझिन्छ । उहाँले व्यासासनमा बसेर पाठ परायण गरेको देखिएन । समयानुसार र मानिसको जमात अनुसार बोल्न सक्ने हुनाले उहाँको व्यक्तित्वबाट जो कोही पनि प्रभावित. हुन्थ्यो । उहाँ प्रायशः प्रणामीजनलाई धर्म र आचरण सम्बन्धी अर्ती उपदेश गर्दै परिश्रमण गरी रहनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो– “मानिसमा विवेकजन्य बुद्धि हुनुपर्दछ । पृथ्वीमा आदर्श जीवन जिउन त्यही विवेकजन्य . बुद्धिको प्रयोग गर्नुपर्दछ ।’

वि.सं. २०१५।०१६ साल तिर युगलदास महाराजले डिल्लीबजारमा मन्दिरको लागि किनेको घ सम्बन्धमा मुद्दा पर्दा खड्गदास त्यस मुद्दामा मुछिनुभयो । युगलदास महाराजको नाममा घरपास नगरी दिएर घरधनीले खड्गदासको नाममा पास गरी दिए । खड्गदासले त्यो मन्दिर घर युगलदासजीका नाममा नामसारी गरी दिन मान्नुभएन । पं. देवकृष्ण शास्त्रीले खड्गदासलाई अनेकौं प्रलोभन देखाएर बल्लतल्ल युगलदासजीको नाममा घरको नामसारी भयो । पछि श्रीकृष्ण प्रणामी सेवा समितिको नाममा त्यो घर पास हुनगयो । त्यो घटनाबाट खड्गदासको स्वच्छ छविमा केही आँच आयो । तर जेहोस्‌ आखिर धर्मको प्रचारकै लागि त्यो डिल्लीबजारको घर प्रयोगमा आयो ।

जीवनको उत्तरार्द्धमा खड्गदास महाराज काठमाडौं छोडेर चितवनतिर गै बस्नुभयो । आफ्नो जन्मस्थलबाट बेचबिखन गरेको धनराशि आएपछि उहाँले मकवानपुरको चिसापानीमा दोकान थापी व्यापार गर्नुभयो । त्यस व्यापारबाट उहाँलाई प्रशस्त लाभभयो । तर त्यो व्यापार उहाँले धेरै समय चलाउन पाउनु भएन । उहाँको अन्तिम अवस्था भइसकेको थियो । उहाँका चेलाहरूले अन्तिम समयमा उहाँको सेवा गरे । उहाँले यस धराधामको इहलीला वि.सं. २०४७ श्रावणमा संवरण गर्नुभयो ।
Enable Notifications    Subscribe No thanks