August 6, 2021, Fri, 05:08:41
By लक्ष्मीप्रसाद मैनाली र नरेन्द्रप्रसाद मैनाली, सुरुगा-३, (SND)
गादीपतिँ लक्षिमाबाई
गादीपतिँ लक्षिमाबाई
गादीपतिँ लक्षिमाबाई

By लक्ष्मीप्रसाद मैनाली र नरेन्द्रप्रसाद मैनाली, सुरुगा-३, (SND)
2021-08-06

Shree Navatan Dham (SND)
भारतको कानपुर निवासी गौरेश्वर मैनालीका छोरा बलभद्र र छोरी लक्षिमा गरी दुई
सन्तान थिए । लक्षिमाबाईको जन्म वि.सं. १७७० मा कानपुरमा भएको थियो । उहाँहरू स-
परिवार नेपालको काभ्रे जिल्लामा केही वर्ष बसाइँ सरेपछि पूर्वी नेपालको पल्लो विराँत
आटराइको युवा सिम्लेमा जङ्गल फडानी गरी बसोबास गर्नुभयो । मैनालीका पुर्खाहरू श्री कृष्ण
प्रणामी थिएनन् । वि.सं. १७७१ मा तात्कालीन सरकारको लेफटनेन्ट पदमा जागिर खाएका
गजाघर पाण्डेका छोरा जगन्नाथ पाण्डेसँग लक्षिमा बाईको ७ वर्षको उमेरमा विवाह भएको
थियो । उहाँहरू ८ वर्ष सँगै रहनुभयो । तर कलिलो उमेर मै पतिको देहावसान भएकोले पति
वियोगबाट तड्पी वैराग्य उत्पन्न भइ लक्षिमाबाईले वि.सं. १७८५ मा भारत, गुजरातको श्री १
नवतनपुरीधाम नवानगर स्थित श्री कृष्ण प्रणामी धर्मको उद्गमस्थल जानु भइ चौथो पीढीका
श्री कृष्ण प्रणामी धर्माचार्य गादिपति जगद्गुरु श्री १०० ब्रहमचारी महाराजबाट तारतम मन्त्र
(निजनाम) ग्रहण गर्नु भयो । उहाँले अनवरत रूपमा १४ वर्षसम्म आश्रममा रही गुरुकुल शिक्षा
ग्रहण गरौ भारतको विहार राज्यको गंगापुरस्थित श्री कृष्ण प्रणामी मन्दिरमा केही समय व्यतीत
गर्नुभयो । त्यसपछि हस्त लिखित स्वरूपसाहेब (तारतम सागर) साथमा लिइ पूर्वी नेपालको
मोरङ, सुन्सरी, धनकुटा, तेह्रथुम हुँदै वि.सं. १८०० तिर आठराई फगुवा, ईवा गा.वि.स. वा. नं.
सिम्ले गाउँमा लक्षिमाबाई आफना एकाघरका दाजुभाइ कहाँ पुग्नुभयो । दाजु भाइसँग एके
ठाउँमा बस्न अप्ठयारो हुँदा दाजुभाइले हालको मन्दिर भएको क्षेत्रमा कुटी बनाइ राखी दिए ।
त्यहाँ प्रतिदिन लक्षिमाबाइले ज्ञानोपदेश गर्न थाल्नुभयो । उहाँ प्रदत्त जानबाट प्रभावित भइ दाजु
बलभद्र र बलभद्रका जेठा छोरा विद्यापति, साहिँला लक्ष्मण र कान्छा बैजनाथले श्री कृष्ण प्रणामी
धर्म ग्रहण गर्नुभयो । माहिला छोरा विश्वु चाहीँ धर्ममा सम्मिलित न भई भग्रेडामा गइ वन फडाँनी
गरी बसोबास गर्न थाले । यसरी दिनानुदिन धर्मको प्रचार भयो । सत्संग र ज्ञानको प्रभावमा
म परी वरपरका छर छिमेकी र अन्य धेरै जना प्रणामी धर्ममा दीक्षित भए । यसबाट उत्साही हुँदै
लक्षिमा बाईले वि.सं. १८०० को फाल्गुण महिनाको अन्तिम हप्तातिर श्री कृष्ण प्रणामी मन्दिर सिम्ले आठराई (फुगुवा) को स्थापना गर्नुभयो । सो मन्दिरको रेखदेखका लागि आचार्य मणिराज
महाराज रहनुभयो । उहाँद्वारा धार्मिक प्रवचन, तालिम, सत्संग आदि सञ्चालन हुन गए । आचार्य
श्री मणिराज महाराजद्वारा लक्षिमाबाईलाई त्यसै मन्दिरको गादिपति (महन्त) घोषित गर्नुभयो ।
लक्षिमा बाईले ४९ वर्षसम्म अनवरत रूपमा धर्मको प्रचार गरी जागनी अभियान चलाउनु भयो ।
पूर्वी नेपालमा श्री कृष्ण प्रणामी धर्मको प्रवेश गराइ वि.सं. १८४९ मा लक्षिमा बाई ७९ वर्षको
उमेरमा धाम जानुभयो ।