August 6, 2021, Fri, 36:08:16
By पं. हेम प्रसाद दाहाल र तुतुकाजी प्रणामी श्रेष्ठ, काठमाडौं, (SND)
श्री ५ महामंगलपुरी धाम सूरतको गादी परम्परा
श्री ५ महामंगलपुरी धाम सूरतको गादी परम्परा
श्री ५ महामंगलपुरी धाम सूरतको गादी परम्परा
By पं. हेम प्रसाद दाहाल र तुतुकाजी प्रणामी श्रेष्ठ, काठमाडौं, (SND)
2021-08-06
श्री ५ महामंगलपुरी धाम सूरतको गादी परम्परा
पं. हेम प्रसाद दाहाल
तुतुकाजी प्रणामी श्रेष्ठ
काठमाडौं

श्रीकृष्णप्रणामी धर्मका द्वितीय धर्माचार्यमहामति प्राणनाथ वि.सं.१७२२मा श्री ५ नवतनपुरीधामबाट जागनी यात्रामा निस्किनुभयो । उहाँ सामुद्रिक तटका वस्तीमा जागनी अभियान चलाउँदै अरब देशसम्म पुग्नुभयो । पछि फर्केर वि.सं. १७२९ मा उहाँ सूरत नगरमा पुग्नुभयो । विहारीजीसँग धर्म प्रचार सम्बन्धमा मतैक्य हुन नसकेपछि सूरतमा सुन्दरसाथहरूले उहाँलाई गादीमा राखी मंगलोत्सव मनाए। सबै सुन्दरसाथमा भीमभाइ र श्याम भाइ ठूला विद्वान्‌ र सम्माननीय व्यक्ति थिए । उनले श्रीजीलाई सिंहासनमा राज गराउने सेवा लिए । उनले प्रथम श्रीजीको श्रृंगार र पूजा गरे । श्री बाईजूराजको हातबाट आरती गराए । फेरि दुवै स्वरूपलाई सिंहासनमा राखेर सुन्दासाथले आरती गरे । यही भावमा व्रजभूषणजी लेख्नुहुन्छ–

साथी भाई भीमजी, दीर्घ सु शोभा लीन्ह । –
सिंहासन बैठारी कै, नीराजन सजि कीन्ह ।।३०।।
कर बाईजू राजके, आरति प्रेम कराइ ।
युग बैठाइ आपुन करी, कल्मष दये हराइ ।।३१।।
प्र. ४९३०-३१

वि.सं. १७३५ मा दिल्लीमा रहँदा एकातर्फ लालदास र अर्कोतर्फ गोवर्धन भट्ट, मुकुन्ददास र भीमजी भट्ट बीच कुरान पक्षलाई समेट्ने कि नसमेट्ने भन्ने विषयमा वादविवाद भयो । लालदास र गोवर्धन भट्ट बीच यसै विषयमा परिचर्चा भयो । त्यो विवाद साम्य पार्न श्रीजीले कामको विभाजन गरेर गोवर्धनलाई सूरत गएर धर्मप्रचार गर्ने आदेश दिनुभयो । यस सम्बन्धमा व्रजभूषणजी लेख्नुहुन्छ–

भट गोरधनको सौं कही, जाहु सूरतहि नीत ।
जइ हैं शहर अनूप हम, हुकुम कयो या रीत ।।२१।।यस विषयमा स्वामी लालदासजी कृत वीतकमा यस प्रकार उल्लेख गरिएको [रिएको छ-

गोवरधन भट्टको क्या, सूरत जाओ तुम ।
अनुप सहर हम जातहै यह हुआ हुकुम ||
लालदास कृत वीतक प्र. ३ ९।चौ 18

श्रीजीले गोवर्धनलाई स्रत जानु भन्नुभयो र आफू अनूप सहर जान्छु भन्नुभयो गोवर्धनला सूरत जानु भन सबैलाई उहाँले भाग भयो श्रीजीको आदेश भयो । उहाँले सबैको अलग अलग विभाग बनाउनुभयो । यसरी श्रीजीको आज्ञा बमोजिम गोबर्द्धन

उहाँले वि.सं १७३५ ,सं.१७६० सम्म जागनीको कार्य सम्हाल्नु भयो। उहाँको श्यामदासजी आदि सन्त महात्माहरूले गादीपतिको रूपमा रहेर धर्म प्रचारको साथै श्री ५ महामंगलपुरी धामको भयो धामको भौतिक विकासमा सहयोग पुस्याउनुभयो । बीच बीचमा गादी योग्य आचार्य नमिल्दा गादी रिक्त देखिन्छ थजी नका हुन गएको पनि देखिन्छ। महामति श्रीप्राणनाथजी पछि उक्त गादीमा अहिलेसम्म भएका गादि पतिहरूको नामावली र कार्यकाल निम्न प्रकारको छ–
Enable Notifications    Subscribe No thanks