July 27, 2021, Tue, 03:07:31
By Shree Navatan Dham (SND), (SND)
अहिंसा परमो घर्म
अहिंसा परमो घर्म
अहिंसा परमो घर्म
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
अहिंसा परमो घर्म

Shree Navatan Dham (SND)

मानव, दानव र देवताको स्वरूप वा आकृतिमा केही फरक छैन

फरक छ त तिनको आचरण, रहनसहन, खानपान, चिन्तन,
बिचार र व्यवहारमा नै । मानव दुष्कर्मले दानव बन्न सक्छ तर उही
मानव सत्कर्मले महामानव र आदर्श व्यक्ति पनि हुन पुग्दछ ।
अहिंसाको कुरा गर्नुपर्दा प्राकृतिक स्वभावले पनि मान्छे हिंसा गर्ने
जातको प्राणी होइन ।शाकाहारी र मांसाहारी प्राणिहरुको भिन्न भिन्नै लक्षणहरु : मांसाहारी
प्राणीसँग शाकाहारी प्राणिको कुनै पनि लक्षण मिल्दैनन्‌ । एक त

मांसाहारीको जमात त्यति ठूलो हुदैन । बाघ, भालु, स्याल, कुकुर,
बिरालो, ब्वाँसो, सर्प जस्ता मांसाहारी प्राणीहरूसँग शाकाहारी प्राणी
गाई, भैंसी, घोडा, मान्छेहरूको शरीरको बनावट र प्राकृतिक स्वभाव
समेतमा फरक पर्छ । मांसाहारी प्राणीका तीखा दाहा, नङ्ग्रा हुन्छन्‌ तर
शाकाहारी प्राणीमा चेप्टा नख खुरहरू हुन्छन्‌ । शाकाहारी प्राणी

गाई, भैंसी, भेडा, च्याङ्ग्राहरूले उज्यालो सहारा विना राति आँखा
देख्दैनन्‌ तर मांसाहारी प्राणी बाघ, भालु, चितुवा, कुकुर, बिराला,
ब्वाँसाहरूले कुनै उज्यालाको सहारा विना पनि राति आँखा देख्दछन्‌ ।
मांसाहारी प्राणी बाघ, भालु, चितुवा, कुक्र, बिरालाहरूले पानी पिउँदा
जिब्राले चाटेर पिउँछन्‌ तर शाकाहारी प्राणी गाई, भैंसी, मान्छेहरूले
मुख लगाएर ओठको सहाराले पानी पिउँछन्‌ । हिंस्रक जानवरहरू
गर्मीमा पसिना फ्याँक्दा जिब्राबाट फ्याँग्दछन्‌ भने शाकाहारी प्राणीहरू
छालाबाट प्याँक्दछन्‌ । हिंस्रक जानवरहरूको शरीरमा पसिना आउँदैन
तर शाकाहारी प्राणीको शरीरमा पसिना आउँछ । हिंस्रक पशुका
बच्चाहरू जन्मदा आँखाहरू बन्द हुन्छन्‌ र केही दिन पछि मात्र खुल्छन्‌
तर शाकाहारी प्राणीका बच्चाहरू जन्मदा आँखा खुला हुन्छन्‌ । यसरी
मांसाहारी र शाकाहारी प्राणीका प्राकृतिक लक्षण र शरीरको बनावटमा
पनि प्रशस्त फरक पाइन्छ । त्यसै कारणले मानिस कुनै हालतमा पनि
मांसाहारी प्राणी भित्र पर्दैन र शाकाहारी नै हो।

अहिंसा परमो घर्म

Shree Navatan Dham (SND)

स्वभाववश मानिस तीन प्रकारका हुन्छन्‌ : सतगुणी, रजोगुणी र तमोगुणी

तमोगुणको वशमा परेर आँसुरी प्रवृत्ति र परम्पराबाट
अज्ञानत: मानवले मांस सेवन गर्दै आएको मात्र हो । मासुलाई
अंग्रजीमा “मीट’ भन्दछन्‌, कुनै पनि प्राणीलाई वध नगरी वा उसको
प्राणलाई नमेटाएसम्म मीट नबन्ने भएकाले मासुलाई मीट भन्नुको
अर्थ संयोगले मिल्न जान्छ । कुनै प्राणीलाई मारेर उसको मासु खानु

क्षणिक स्वाद र भोगका दृष्टिले ठीकै मानिए पनि धार्मिक र नैतिक
दृष्टिबाट यसलाई अपराध नै मानिन्छ, जसलाई शास्त्रले यसरी
दर्शाएको छ:

अष्टादश पुराणेषु व्यासस्य वचन ढ्वयम्‌

परोपकारः पुण्याय पापाय पर पीडनम्‌ ॥

प्राणी मात्रलाई परोपकार गर्नु पुण्य: हो, कुनै पनि किसिमले
उनीहरूलाई पीडा र यातना दिनु पाप हो । स्वार्थवश पशु मारेर
खानुलाई त सबै भन्दा ठूलो पाप मानिएको छ । कुनै पनि हिन्दू
शास्त्रहरूले प्राणीको वध गरेर मासु खानु हुन्छ भनेको छैन । सर्वप्राचिन
ग्रन्थ वेदमा पनि “पशुन्‌ पाहि” भनेर पशुप्राणीहरूको रक्षा गर्नु
भ्ननिएको छ । कसैका सन्तान भएनन्‌, कसैका सन्तान विमारी भए भने
आवेगमा आएर भगवती, काली, दुर्गामाताहरूका माइथान र
क्रेख्थानहरूमा गएर “मलाई सन्तान प्राप्ति होस, मेरा छौरा या
ठ्योरीको विमार जाती होस’ जस्ता कामनाहरू गर्दै म हजुरलाई कालो/
सेतो बोको या कुनै अमुक पशुको भोग दिन्छु, बलि दिन्छु भन्दै भाकल
गर्दै आफ्नो अभीष्ट कामनाका लागि पशुका सन्तान देवी देवताका
मन्दिरहरूमा लगेर वध गर्ने गरिन्छ । आफ्नो मनकामना पुरा गर्नका
लागि निरीह पशुपक्षीहरू बलि दिनु, बध गर्नुलाई तथाकथित धर्म
मान्िदै आएको छ । अनि भन्ने गरिन्छ ‘यो त हाम्रा बाबु बाजेले चलाइ
आएको धर्म हो, हामी त यसलाई छाड्न सक्दैनौं ” यसरी पुर्खाहरूले
जे जे चलन चलाएर आए ती सबैलाई धर्म भन्दै जान मिल्दैन । आफूले
पालेका छोराछोरी समान पशुप्राणीलाई लगेर भगवतीका मन्दिरमा
आफ्नो अभीष्ट पूरा गर्नका लागि बलि चढाइन्छ । यदि कसैले ठाम्रा
सन्तान छोराछोरीलाई लगेर वध गरिदियो भने हाम्रो हालत के होला ?
धर्मको मर्म प्राणीमात्रको कल्यांणसँग सर्वथा गासिएको हुन्छ ।
पुर्खाहरूका कति चलनहरू ठीक पनि होलान्‌, कति चलनहरू रुढी र
अन्धविश्वासले प्रभावित होलान्‌, कतिपय व्यक्ति र जातिगत स्वार्थले
ग्रसित होलान्‌ त्यसतर्फ हामी कतिले विवेक पुग्याएका हुदैनौं । हाम्र।
कुनै पुर्खा पासो लाएर, पानीमा: डुवेर, आगोले जलेर, भीरबाट लडेर
जस्ता अकालबाट मरेका भए के त्यस्ता घटनालाई पनि हामी परम्परा
भनेर थाम्छौं त ? पुर्खाहरूले गरेका कतिपय काम गलत पनि त हुन
सक्छन्‌, कतिपय सही पनि हुन सक्छन्‌, त्यो सत्‌असत्‌को विवेक गरी
ल्नुट्याउनु आफ्नो पनि त कर्तव्य हौ ।

अहिंसा परमो घर्म

Shree Navatan Dham (SND)

एउटा निरीह प्राणीलाई लगेर आमाका अगाडि मार्न यो पाप
नभए धर्म के हो त ? बलि दिँदा निरीह प्राणीको नै बलि दिइन्छ,

बाघ, भालु, सिंह, सर्प, ब्वाँसो, गोहीहरूलाई बलिका रूपमा लगेर
किन भोग दिइँदैन ? यसरी बलि प्रथाभित्र निरीह प्राणीकै घात गर्ने
क्रुद्र चलन देखिन्छ ।

हामी मानिसभित्र पनि हाम्रा धेरै शत्रु छन्‌, आफूभित्र भएका
इन्द्रियरूपी शत्रुलाई दमन-शमन गरी परमात्मामा समर्पण गर्नु
बास्तविक बलि हो । विवेकशील मानवको काम पनि हो । हामीभित्र
भएका शत्रु के-के हुन्‌ त ? काम, क्रोध, लोभ, मोह, मद, मत्सर यी
मानवभित्र भएका पशुपन हुन्‌ । शास्त्रमा भनिएको थियो आफभित्र
भएका गशुत्वरूपी शत्रुलाई देवी देवताका मन्दिरमा चढाक र
आफूभित्र भएका काम, क्रोधहरूलाई बलि दे, तर मान्छेले यसलाई
स्वार्थवबश उल्टा अर्थ लगाएर कामको प्रतीक बोको, क्रोधको प्रतीक
राँगो, इर्ष्या प्रतीक उँट र उँट नपाउँदा हाँस, कुखुराहरूलाई बलिमा
उपयोग गरेको पाइन्छ तर लौभको प्रतीक बिरालो चाहिँ कोही पनि
बलि चढाउँदैनन्‌ । मान्छेले लोभ चाहिँ सबै आफैभित्र लुकाइ राखेको
हुन्छ । यस्ता प्रतीक पशु प्राणीलाई एउटा न एउटा

देवताहरू कामवासना र पराअहंले पतन भएका दृष्टान्तहरू पाइन्छ ।
अत्यन्त कजुस अनावश्यक लोभ गर्ने मानिस संसार सागरबाट तर्न
सक्दैन । सन्त कबीर यसो भन्नु हुन्छ –

कामी तरे क्रोधी तरे पापी तरे अनन्त ।

बिचरा लोभी ना तरे कहे कबीरा सन्त ॥

जसरी माछो एक टुक्रा मासुको लोभले गर्दा बल्छीमा परेर मर्छ
त्यसरी नै मान्छे मासुको स्वादको लोभमा परेर आफूलाई बर्बादीतिर
धकेल्छ । त्यस्तो अविवेकी मानिसलाई उत्कृष्ट जातको पशु मानिन्छ ।
धार्मिक दृष्टिकोणले मात्र होइन वैज्ञानिकहरूको कथन अनुसार पनि
मासु खानाले शरीरमा ७२ घण्टासम्म ताकत दिन्छ तर ७३ घण्टा भन्दा
उता त्यसले अनकौं रोग निम्त्याउन थाल्दछ । प्राय: जो मांसाहारी छ

बाघ, भालु, सिंह, सर्प, ब्वाँसो, गोहीहरूलाई बलिका रूपमा लगेर
किन भोग दिइँदैन ? यसरी बलि प्रथाभित्र निरीह प्राणीकै घात गर्ने
क्रुद्र चलन देखिन्छ ।

हामी मानिसभित्र पनि हाम्रा धेरै शत्रु छन्‌, आफूभित्र भएका
इन्द्रियरूपी शत्रुलाई दमन-शमन गरी परमात्मामा समर्पण गर्नु
बास्तविक बलि हो । विवेकशील मानवको काम पनि हो । हामीभित्र
भएका शत्रु के-के हुन्‌ त ? काम, क्रोध, लोभ, मोह, मद, मत्सर यी
मानवभित्र भएका पशुपन हुन्‌ । शास्त्रमा भनिएको थियो आफभित्र
भएका गशुत्वरूपी शत्रुलाई देवी देवताका मन्दिरमा चढाक र
आफूभित्र भएका काम, क्रोधहरूलाई बलि दे, तर मान्छेले यसलाई
स्वार्थवबश उल्टा अर्थ लगाएर कामको प्रतीक बोको, क्रोधको प्रतीक
राँगो, इर्ष्या प्रतीक उँट र उँट नपाउँदा हाँस, कुखुराहरूलाई बलिमा
उपयोग गरेको पाइन्छ तर लौभको प्रतीक बिरालो चाहिँ कोही पनि
बलि चढाउँदैनन्‌ । मान्छेले लोभ चाहिँ सबै आफैभित्र लुकाइ राखेको
हुन्छ । यस्ता प्रतीक पशु प्राणीलाई एउटा न एउटा

कामी तरे क्रोधी तरे पापी तरे अनन्त ।

बिचरा लोभी ना तरे कहे कबीरा सन्त ॥

जसरी माछो एक टुक्रा मासुको लोभले गर्दा बल्छीमा परेर मर्छ
त्यसरी नै मान्छे मासुको स्वादको लोभमा परेर आफूलाई बर्बादीतिर
धकेल्छ । त्यस्तो अविवेकी मानिसलाई उत्कृष्ट जातको पशु मानिन्छ ।
धार्मिक दृष्टिकोणले मात्र होइन वैज्ञानिकहरूको कथन अनुसार पनि
मासु खानाले शरीरमा ७२ घण्टासम्म ताकत दिन्छ तर ७३ घण्टा भन्दा
उता त्यसले अनकौं रोग निम्त्याउन थाल्दछ । प्राय: जो मांसाहारी छ

त्यसलाई बढी मात्रमा क्यान्सर, क्षयरोग, दम, सुगर, अल्सर पाइएको
कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन्‌ । हिन्दूराज्यमा मासु खाने
प्रथा भारतको असम, बंगाल, विहारमा बढि पाइन्छ, त्यसमा पनि हाम्रो
देश नेपालमा त राज्य भरै अधिक मांस सेवन गर्दछन्‌ । नेपालमा त
लगभग ८० प्रतिशत मानिसहरूले मांस सेवन गर्ने गरेको पाइन्छ ।
भारतको उत्तरी-दक्षिण र पश्चिमी राज्यमा मांस सेवन गर्ने मानिस
एकदमै कम पाइन्छन्‌ । यही अनुपातमा चुरोट र मादक पदार्थ पनि
नेपालमा अधिक मात्रमा सेवन हुन्छ । मनुस्मृतिमा मासुको
प्रयोगकर्ताहरूलाई अष्टघातक भनी बताइएको छ –

अनुमन्ता विशसिता निहन्ता क्रय बिक्रयी ।

संस्कर्ता चोपहर्ता च खादकाचाष्ट घातका ॥

बेच्ने, किन्ने, काट्न अनुमति दिने, काट्ने, पकाउने, पस्किने,
खाने जस्ता आठै जना बराबरी पापका भागीदारहरू अष्टघाती भनेर
निन्दा गरिएको छ । विष्णु पुराणमा पनि यसो भनिएको छ –

याबन्ति पशुरोमाणि तावत्तिष्ठन्ति नारके ।

वृथा मरणवाप्नोति प्रेत जन्मनि जन्मनि ॥

मारिएका पशुका शरीरमा जति रौं हुन्छन्‌, त्यो मासु खान
व्यक्तिहरुले त्यति वर्षसम्म नारकीय यातना भोग्नु पर्छ ।
गीतामा श्रीकृष्णले भन्नु हुन्छ- “ईश्वर सर्वभूतानां हृदयेपर्जुन
तिष्ठति” हे अर्जुन ! सबै प्राणीको हृदयमा आत्मारूपले ईश्वर रहनुहुन्छ ।
महाभारतमा के उल्लेख छ भने सय वर्षसम्म कठोर तपस्या
गरेको पुण्य र केवल हिंसा नगरेको पुण्य बराबर हुन्छ ।

अहिंसा परम यज्ञस्तथाहिँसा परें फलम्‌ ।

अहिंसा परम मित्रमहिंसा परमं सुखम्‌ ॥

अहिंसा नै परम यज्ञ हो । अहिंसाले नै परम्‌ पुण्यफल प्राप्त हुन्छ ।
परम्‌ मित्र पनि अहिंसा नै हो । अहिंसाबाट मोक्ष र परम्‌ सुख प्राप्त
हुन्छ । मांस भक्षण गर्नाले पवित्रता नष्ट हुन्छ, दयालुता नष्ट हुन्छ अनि
सत्यता नष्ट हुन्छ, सत्गति नष्ट हुन्छ, सुमति नष्ट हुन्छ र कोमलता
नष्ट हुन्छ । यति भन्दैमा मात्र पनि अहिंसाको परिभाषा सकिंदैन । सबै
हिंसा छाडेर अहिंसक बनौं त्यसैमा सुख, शान्ति र आनन्द छ ।

अहिंसाबाट नै परम पद मोक्ष पनि पाइन्छ । “अहिंसा परमो धर्म
नामक यो लेख झापाली कवि श्री मोहन प्रसाद घिमिरे शनिश्चरे को
हो । यो सानु पुस्तिकामौ अनरूप भएको हुनाले यसमा स्थान
प्राप्त गरेको छ । किनभने अहिंसा नै हाम्रो परम्‌ धर्म हो।
अलग अलग धर्मावलम्बी र महानुभावहरूले पनि मासु
खानु हुदैन भन्ने विषयमा प्रकाश पारेका छन्‌ । संकलित,
हिन्दू धर्म : यदि तिमीले मारेको जनावरलाई पुनः जीवित पार्न
भने उनीहरूलाई मारेकोमा तिमी दोषी हुने छौ हु । त्यसैले तिमी नर्क
जानेछौ, कुनै हालतमा पनि तिम्रो मोक्ष हुन सक्दैन ।

“जसले अरु प्राणीहरूलाई बध गरेर त्यसको मासु द्वारा आफ्नो-आफ्नो
शरीर पोस्ने ईच्छा राख्छ, उसले जुनसुकै जीव भएर जन्म लिए तापनि
ज्यादै दुर्दशामा बाँच्नु पर्ने हुन्छ ।” ~महाभारत

इस्लाम धर्म : “अन्य प्राणीहरू प्रति दया गर्नेलाई मात्र अल्लाहले पनि

दया गर्नु हुन्छ । तिमीहरूको पेटलाई जनावरहरू चिहान नबनाओ ।”
” प्रोफेट मोहम्मद, हड्यि

सिख धर्म : “गाजा, मादक पदार्थ तथा मासु खाने व्यक्तिहरूले
जतिसुकै तीर्थ, उपवास र पूजा पाठ गरेतापनि तिनीहरू सबै नर्कमा
नै जानेछन्‌ ।” – गुरुग्रन्य

इसाई धर्म : “पेटका लागि मासु र मासुका लागि पेट : तर ईश्वरले
दुवै नष्ट गर्नु हुनेछ । मासु चपाउन नपाउँदै, ईश्वरको क्रोध ती

मानिसहरूको विरुद्धमा जाग्यो र ती मानिसहरूमा भयानक महामारी
ल्याइदिनु भयो ।” 1 बाईबल

बौद्ध धर्म : “जनावरहरूलाई मारेर तिनीहरूको मासु देवी
देवताहरूलाई चढाउनु भनेको आमालाई उनैको सन्तानको मासु बलि
चढाए जस्तै हो र यो भयानक ठूलो भूल पनि हो ।”

यहुदी धर्म : “सबै मानिसहरूसँग मन हुन्छ, जसलाई अरुको कष्ट
देख्दा असह्य दुःख हुन्छ । श्रेष्ठ मानवले आफूले जीवित देखि रहेको

मारेको देख्नु परेमा उसलाई असत्य दु:ख हुन्छ,
उनीहरूको मर्ने बेलाको चित्कार सुनेर पनि फेरि तिनैको मासु कदापि
खान सक्दैन अर्थात्‌ हुदैन ।” – मैन्सियस, अध्याय ४

मासु खाएर गरेको धर्म,कर्म पितृकार्य- तर्पण, पुण्य दानादि भूस कै
समान हुन्छ भन्ने कुरा एक महान्‌ कविले पनि भन्नु भएको छ।

जो मासु खाई पछिबाट गरिन्छ दान,

त्यो दान त हुन गयो भूस कै समान ।

अन्ने बुझी कीर्तन नाच गान,

श्रीकृष्णको अब गरौं शुभ नाम पान ॥

Enable Notifications    Subscribe No thanks