August 6, 2021, Fri, 09:08:01
By श्याममाया बादे, वनेपा, (SND)
दानवीर श्रीरामदास श्रेष्ठ
दानवीर श्रीरामदास श्रेष्ठ
By श्याममाया बादे, वनेपा, (SND)
2021-08-06
Shree Navatan Dham (SND)
नरदेवीका भवानीदास श्रेष्ठ र किलागलका रामदास श्रेष्ठ सहोदर दाजुभाइ थिए । दुवै दाजुभाइ
धर्मपरायण र उदार दिलका थिए। सुरुमा दुवैको आर्थिक अवस्था राम्रो थिएन। उनीहरू सानोतिनो व्यापार
गरेर गुजारा गर्दथे । पछि परमात्माको अनुग्रह हुँदा उनीहरू दुवै जना धनाढ्य भए । भनिन्छ रामदास श्रेष्ठले
सानो तिनो व्यापार गरिरहेको ठाउँमा एक दिन अकस्मात् एउटा महात्माको आगमन भयो । ती महात्माले
रामदासलाई “व्यापार गर्दै गर, यसबाट तिम्रो भविष्य राम्रो हुनेछ भनेर गए । नभन्दै रामदासको व्यापार
बढ्दै गयो र उनी आर्थिक रूपले सम्पन्न भए ।
वि.सं. १८८० तिर जन्मेका रामदासजीले प्रणामी धर्ममा दीक्षित भएपछि आफ्नो दाजु भवानीदासले जस्तै श्रीकृष्ण प्रणामी मन्दिर किलागलमा स्थापना गरे । पहाड तिरको एकसय रोपनी जमिन मन्दिर सञ्चालनार्थ गुठी राखी दिए । मन्दिरको पूजा निरन्तर रूपमा चलोस्, कसैले मासेर खान नपावस भनेर शिलापत्र राखे । रामदासका तीन वटी श्रीमती थिए । जेठी श्रीमतीबाट चरणदास र निर्मलदासको जन्म भयो । माहिलीबाट एउटी छोरी मात्र जन्मिइन् । कान्छी श्रीमतीबाट छोरो गोकुलदासको जन्म भयो । गोकुलदासकीो छोरी प्रेमकुमारीको छोरो कर्णबहादुर भए । रामदासकीो नातिनी प्रेमकुमारीको छोरो कर्णबहादुर र निजको श्रीमती विद्याले उक्त कृष्ण प्रणामी मन्दिरको पूजा चलाइ आउनुभएको छ।
रामदास श्रेष्ठको किलागल मन्दिर र भवानीदासको नरदेवी मन्दिरमा प्रणामी साधु सन्तहरूको आगमन भइरहन्थ्यो । सन्त महात्माहरूको आगमन र उहाँहरूको प्रवचनले धेरै मानिसको आत्म कल्याण भएको थियो । ती दुवै मन्दिरमा प्रतिदिन सेवापूजा, भजन, कीर्तन, अध्ययन, अध्यापनका कार्य अनवरत रूपमा चल्दथे। काठमाडौँ उपत्यका र दूरस्थ पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रबाट काम विशेषले काठमाडौं आउने सुन्दरसाथको अस्थायी वासस्थान पनि यिनै दुई मन्दिर थिए । यी दुई मन्दिरलाई काठमाडौँ उपत्यकाका सबभन्दा पुराना मन्दिर भन्नु अत्युक्ति नहोला । वि.सं. १९०२ मा रामदास श्रेष्ठले राखेको शिलालेखबाट किलागलको मन्दिर आजभन्दा १६८ वर्ष पुरानो देखिन आउँछ । नरदेवीको कृष्ण प्रणामी मन्दिर पनि संभवतः यत्ति नै पुरानो हो ।
रामदास श्रेष्ठ यत्ति धर्मनिष्ठ थिए कि साधु सन्त एवं महात्माहरूलाई प्रतिदिन भोजन नगराइ आफू खाँदैनथे । भनिन्छ एकदिन किलागल मन्दिरमा कुनै साधु, सन्तको आगमन भएन । साधु, सन्तलाई खुवाएर मात्र खाने नियममा बसेका रामदास दिनभर भोकै परे। बेलुकी पख दाजु भवानीदास कहाँ नरदेवी येलमा जाँदा त्यहाँ साधु सन्तको ठूलै जमघट रहेछ । रामदासको समस्या दाजु भवानी दासले बुझेर दुई तीनजना सन्त महात्मालाई किलागलको मन्दिरमा पठाइ दिएछन् । ती सन्तजनलाई तृप्त गराएपछि मात्र रामदासले आफ्नो व्रत तोडे भन्ने कुरा उहाँका परिवारजनले सुनाउँछन् ।
यसरी दानवीर रामदास श्रेष्ठद्वारा स्थापित किलागलको मन्दिरले डेढसय वर्ष भन्दा बढी समयसम्म काठमाडौं उपत्यका र आसपासका पहाडी क्षेत्रमा श्रीकृष्ण प्रणामी धर्म प्रचारमा महत्वपूर्ण योगदान गरेको देखिन्छ।