August 6, 2021, Fri, 38:08:51
By लीलाप्रसाद सापकोटा, धुलाबारी, (SND)
पहिलो नेपाली प्रणामी सन्त: कृष्णदास भण्डारी

2021-08-06
Shree Navatan Dham (SND)
नेपालको एकीकरणको प्रयास वि.सं. १८२५ अगाडिदेखि शुरु भएको मानिन्छ । शुरुमा नेपाल
बाइसे चौबिसे, काठमाडौँ, भक्तपुर, ललितपुर, विजयपुर, चौदण्डी लगायतका स-साना ९४ भन्दा बढी
राजा रजौटाहरूमा विभाजित थियो । विपन्नता, कठिन जीवन र व्यापक असुविधाका बावजुद यहाँका
मानिस महिनौ लगाएर भारतवर्षका विभिन्न हिन्दू तीर्थहरूको पैदल यात्रा गर्दथे । यसरी तीर्थयात्रा गर्ने
क्रममा वि.सं. १७३५ मा पश्चिम नेपाल, दैलेखका ब्राह्मणहरू हरिद्वार, बद्रीनाथ, केदारनाथ तीर्थ यात्रामा
निस्के । हरिद्वारमा त्यस वर्ष महाकुम्भको मेला लागेको थियो । महाकुम्भमा हिन्दूधर्मका विभिन्न साधु, सन्त,
महन्त, योगी, संन्यासीहरू र विभिन्न सम्प्रदायका विद्वान विदुषीहरू दर्शन तथा स्नान गर्न उपस्थित थिए ।
यसै अवसरमा महामति प्राणनाथ आफ्ना विशेष शिष्य मण्डलीका साथ हरिद्वार पुग्नुभयो । उहाँले विभिन्न
हिन्दूधर्मशास्त्रको प्रमाण दिएर एक पूर्णबह्य परमात्मा र उहाँका विभूतिहरूका विषयमा, पातालदेखि माथि
क्षर ब्रह्मयाण्डका विषयमा, क्षर ब्रह्माण्डदेखि पर अक्षरब्रह्मका विषयमा र अक्षरदेखि पर स्थित अक्षरातीतब्रह्वाका
विषयमा आफ्नो व्याख्या दिदैभन्नुभयो- क्षर ब्रह्माण्ड अनित्य छ, अक्षरब्रह्य अविनाशी छ र अक्षरातीत ब्रह्म
अक्षरभन्दा पर छन् । सात्विक आहार, सदाचार र अनन्य भक्तिबाट परब्रह्य परमात्मा प्राप्त गर्न सकिन्छ ।
महामति प्राणनाथको दिव्यज्ञान सुनेर र उहाँको शास्त्रज्ञानबाट प्रभावित भएर धेरैले महामति प्राणनाथको शिष्यत्व ग्रहण गरे । हिन्दू धर्मका विभिन्न सम्प्रदायका विद्वान् सन्तहरू र अन्य विद्वान्हरूले उहाँको निष्कलंक ज्ञानलाई सम्मान गर्दै उहाँ हिन्दूशास्त्रले भविष्यवाणी गरेको बुद्धावतार हुनुहुन्छ भन्ने ठहर गरी उहाँलाई निष्कलंक विजयाभिनन्द बुद्धावतार पदले सम्मानित गरे ।
महामति प्राणनाथको अलौकिक र अपूर्व ज्ञानबाट प्रभावित भएर दैलेखबाट त्यसबेला हरिद्वार पुगेका कृष्णप्रसाद भण्डारीले उहाँबाट शिष्यत्व ग्रहण गर्नुभयो । त्यसपछि उहाँका साथमा रहेका पुरुषोत्तम र लक्ष्मीप्रसादले पनि महामति प्राणनाथको शिष्यत्व ग्रहण गरे । कृष्णप्रसादजी त्यसपछि कृष्णदास नामले सम्बोधित हुनुभयो । कृष्णदासको जीवनकाल र जीवनीका विषयमा खोजबिन हुन बाँकी छ। भनिन्छ, उहाँ त्यसपछि दैलेख फर्किनुभयो। गाउँमा थको सन्देश सुनाउनुभयो । पछि महामति प्राणना गाउँमा महामति प्राणनाथको सन्देश सुनाउनु थले मुक्तिपीठको स्थापना गर्न लाग्नु भएको थाहा पाएर उहाँ पन्ना जानुभयो । पन्नामा महामति प्राणनाथ आफ्ना [ पाँच हजारभन्दा बढी सुन्दरसाथलाई साथ लिइ श्री कृष्णप्रणामी धर्म निजानन्द सम्प्रदायको प्रचार २ विस्तारमा लागिरहनु भएको थियो । महामति प्राणनाथको जीवनको अन्तिम समयसम्म कृष्णदास पन्नामै रहनुभयो । कृ्ष्णदासले महामति प्राणनाथको अष्टप्रहर सेवामा गर्मीका समयमा शीतल पार्ने प्रक्रियामा आफूलाई सहभागी बनाउनु भएको प्रसंग स्वामी लालदासले बीतकमा यसरी चर्चा गर्नुभएको छ–
टटिया बाँधनेको, एक ओका गंगाराम ।
सेवा कृ्ष्णदास दयाल, रहे महम्मद खाँ इन काम ।।४।।
बीतक ७३४
महामति प्राणनाथलाई गुमटजीमा समाधिस्थ गरेपछि उहाँको आसनमा उहाँद्वारा प्रणीत तारतमवाणी (स्वरूप साहेब) राखी अष्टप्रहर पूजा पद्धतिको परम्परा कायम गरियो । यसरी परम्परा विकसित गर्दा । आशादास, प्रयागदास, मुकुन्द, परमानन्द, छत्रसाल (साकुण्डल), जसोमति/नवरंग आदि विभिन्न ,.: सन्तहरूले प्रार्थना, गौरी, आरतीहरूको रचना र गायन गर्न प्रारम्भ गरे । त्यो परिस्थितिमा कृ्ष्णदासले केही गौरी आरतीको रचना गर्नुभएको छ। उहाँले रचना गर्नुभएको गौरीहरूमा एउटा अत्यन्त प्रिय गौरी आरती यस्तो छ–
नाम माला उर धारो, साधो भाइ नाम मालाउर धारो ।
संझा समय शुद्ध चित्त करके, प्रभुको नाम चितारो ।।१।।
चार पदारथ पाए अमोलक, सो वृथा नहाँ हारो ।
मनुष्य तन दुर्लभ है साधो, सो क्यो भूल गुजारो ।।२।।
कृष्णा कृष्ण मुख रटत रातदिन, स्वाँस ही स्वाँस पुकारो ।
जिस देही प्रभु पूरन मिली है, सोई जन्म तुम्हारो ।।३।।
कृष्णदास मुख कृष्ण वखानत, द्षर अक्षर से न्यारो ।
पूरन ब्रह्म सनातन दोय भूज, मोहन मित्र हमारो ।।४।।
यसरी नै उहाँले रचना गर्नुभएको पौढावनी (शयन गराउने भजन) पनि प्रणामी जनजनमा अत्यन्त प्रिय छ। सो पौढावनी यस प्रकारको छ–
मदन मोहन श्याम पौढो पिया, मदन मोहन श्याम ।
आनन्द होय के चरणारविन्द॒ भजो, सकल पूरण काम ।॥।१।।
अष्ट सिद्धि नव निधि द्वारे, राजभोग विश्राम ।
उमापति सुकदेव नारद, रटत निशदिन नाम ।।२।॥।
सकल कला प्रवीण मोहन, संग श्यामाजी श्याम ।
कहत कृष्णदास गिरधर, अखण्ड है परमधाम ।।३।।
भनिन्छ, कृष्णदासको धामगमनपछि उहाँलाई चबूतरामा (चौतारोमा) समाधिस्थ गरियो । उहाँ नेपाली हुनु भएका कारणले उहाँको समाधि स्थललाई नेपाली ओडी (मन्दिर)को नाम ‘दिइयो । पछि त्यहाँ पूजापद्धति चल्न शुरु भयो र नेपाली ओडीका नामबाट पछिसम्म पूजा हुँदै रह्यो । श्री कृष्णप्रणामी सम्प्रदायका पहिलो नेपाली आद्यपीठाधीश धनीदासजी महाराज र महामंगलपुरीका प्रथम नेपाली पीठाधीश पीताम्बरदास महाराजहरूले उक्त नेपाली मन्दिरमा सेवापूजा गरेको प्रसंग पाइएको छ भने दैलेखका दयालदास महाराजले नेपाली मन्दिरमा रहेर काठका टुक्रा कुँदेर परमधामको नमुना तयार गर्नुभएको छ। पछि पूजारी भवानी लम्सालसँग धाम मोहल्लाका केही युवकको विवाद हुँदा नेपाली मन्दिरको स्वरूप (सिंहासन) बंगलाजीमा पुन्याइयो र नेपाली मन्दिर शून्य पारियो । पूजारी भवानी लम्साल र ती युवकको विवाद केही समयपछि अन्त्य भयो तर नेपाली मन्दिरको अस्तित्व लुप्त पारियो ।
महामति प्राणनाथ जामनगरको मन्त्री रहनु भएकोले उहाँमा राजनैतिक चेतना पनि थियो । महामति प्राणनाथ पछि प्रणामी धर्मको विस्तार गर्ने क्रममा महाराज छत्रसाल राजनैतिक रूपमा निःसन्देह अनुकरणीय हुनुहुन्थ्यो । महाराजा छत्रसालले गुजराती, राजस्थानी, पञ्जाबी, सिन्धी आदि विभिन्न स्थानका सुन्दरसाथहरूलाई हिन्दुस्थानी मान्नु भयो । उहाँले स्वतन्त्र हिन्दू राज्य नेपालका सुन्दरसाथको छुट्टै परिचय खुलाउने नेपाली मन्दिर पुनः सञ्चालन गराउनुभयो । तर पछि यस कुरामा ध्यान नदिएर नेपाली मन्दिरको अस्तित्व पुनः लुप्त पारिएको छ। यसबाट नेपाली सुन्दरसाथको मन धुरु धुरु रोएको छ। महाराजा छत्रसालको नेपालीप्रतिको सदभावनापूर्ण दृष्टिको अवहेलना भएको छ।
कतिपय विद्वान्हरूले कृष्णदास भण्डारीलाई इलाम जिल्लाको पान्दाममा जन्मेको र उनैले नेपाली ओडी बनाएको भनेका छन् । दैलेखमा २०० वर्षभन्दा पुरानो कृष्णप्रणामी मन्दिर रहेको कुराको पूर्णब्रह्य शास्त्रीले जानकारी दिनुभएको छ । दैलेखबाटै पाल्पा लम्जुङतिर प्रणामी धर्मको विस्तार भएकोले कृष्णदास भण्डारी दैलेखकै हुनुहुन्थ्यो भन्ने आधार तथ्ययुक्त देखिन्छ । इलाम पान्दाममा दैलेखको जति लामो प्रणामी धर्म परम्परा पाइएको छैन । भविष्यको अध्ययन अनुसन्धानले कृष्णदास भण्डारीको जीवनीबारेको तथ्य स्पष्ट गर्ने ने छ।