August 29, 2021, Sun, 42:08:19
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
माताजी सुन्दरबाई-एक सम्झना
माताजी सुन्दरबाई-एक सम्झना
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
माताजी सुन्दरबाई-एक सम्झना
माताजी सुन्दरबाई-एक सम्झना
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-08-28
माताजी सुन्दरबाई-एक सम्झना

Shree Navatan Dham (SND)

माताजी सुन्दरबाईको जन्म नेपालको पश्चिम १ नम्बर नुवाकोट जिल्ला भएको थियो ।


माताजी सुन्दरबाईको न्वारन हुँदाको नाम सुमित्रा देवी थियो । उहाँ पिता धर्मदत्त भट्ट र माता सन्त कुमारी भट्टको छोरी हुनुहुन्थ्यो। उहाँ वि.सं. १९७० साल असोज ९ गते नेपालको पश्चिम १ नम्बर नुवाकोट जिल्लाको पीपलदरमा देवीघाट नजिकै जन्मिनु भएको थियो । उहाँ बाल्यवस्थादेखि नै धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । बाल विवाह गर्ने त्यस जमानाको चलन अनुसार स्थानीय नलगाउँका इच्छाराम गजुरेलसँग उहाँको विवाह भयो। बिहान आठबजे सिन्दुर हालेको थियो, विवाह पूरा नहुँदै बिहान १० बजेदेखि ज्वरो आयो । त्यसरी आएको ज्वरो सुन्दरबाई १३ वषकी नपुग्दासम्म आइ नै रहयो । ज्वरो आइरहँदा उहाँ माइती घरमै बस्नुभयो । उहाँ १३ वर्षकी हुँदा पति इच्छारामको स्वर्गबास भयो भन्ने खबर आयो । पतिसँग मिलन हुनै पाएन । काज क्रिया गर्न लाग्दा उहाँ पहिलोपल्ट रजोवती हुनुभयो र काज क्रिया ससुरा मणिनाथ गजुरेलले गर्नु भयो । पतिको निधन भएको ४५ दिनसम्म पतिको घरमै रही लुगा फर्काएर माइतमा उहाँ फर्किनु भयो । माइतमा भाइ नन्दप्रसादलाई पालेर आफूनो २७ वर्षको उमेर नहुञ्जेलसम्म घर व्यवहार गरी दिनुभयो । पति परलोक भएको समयदेखि अर्थात्‌ १३ वर्षको उमेरदेखि नै मनमा वैराग्य उठ्यो । मैले आफूनो यौवन अवस्था भगवानलाई नै सुम्पैँ’ -यो उद्गार थियो सुन्दरबाईको । ।

सुन्दरबाईले २७ वर्षको उमेरमा गृहत्याग गर्नुभयो । त्रिशुली र सूर्यमतिको दोभानमा वरको रुखमुनि बसी उहाँ दिनको ३ पल्ट स्नान गरी, मृगासनमा बसी देवी देवताको पूजा पाठ गर्न थाल्नुभयो । सँगममा जलभित्र रहेको जालपा देवीको दर्शन मिल्दथ्यो । २७ वर्षको उमेरमा पनि कसैले उहाँप्रति कुभावना राखेनन्‌, कृदृष्टिले पनि हेरेनन्‌ । उहाँले १८ वय गौदान गरी सप्ताह आदि लगाउनु भयो । घर र माइत दुवैतिरबाट उलिन्काठ लिएर आउँदा पनि सुन्दरबाईले गृह प्रवेश गर्नु भएन । भाइले कुटी बनाइ दिए । ? गाउँको कप्तान्नीले विरक्तिको पाठ पढाएर राम भक्तिको उपदेश दिइन्‌ । ६ महिनासम्म कुटीमा बसेर उहाँ कप्तान्नीसँग हिडेर ९ दिनमा जनकपुर पुग्नुभयो । त्यहाँ हनुमान दासको मन्दिरमा रामको मन्त्र सुन्नुभयो । तीन महिना पछि त्यहाँबाट फर्केर उहाँ देवीघाटमै फर्केर आउनु भयो ।

देवीघाटमा उहाँ एक वर्ष बस्नुभयो । अर्को एकवर्ष भजन घरमा बस्नु भयो । “सबसे न्यारे राम’ भनेर सीतारामको भजन गर्नुभयो । भगवानको दर्शन नपाउँदा मर्ने विचार पनि आउँथ्यो । दर्शन नपाउँदा रुनु हुन्थ्यो । तिन ताका युगलदास महाराज र कमलकृष्णले विदुरमा पारायण गराउनु भएको थियो। त्यो पारायण उहाँले ५ दिनसम्म सुन्नुभयो । युगलदास महाराजजीले प्रसाद दिनु भएन । साह्रै दुःख मान्नु भयो।पौष महिनामा विदुरमा पुनः ७ दिनसम्म पारायण लगाइयो । त्यसबेला कमलकृष्णजी सानै हुनुहुन्थ्यो । वि.सं. २००७ मा युगलदास महाराजले विदुरमा कण्ठी बाँधी दिनुभयो । तिमी भोग खाने ठाउँमा नबस भन्नुभयो । सुन्दरसाथहरूले कुटी बनाइ दिए । वि.सं. २०१२ सालमा सुन्दरबाई युगलदास महाराज, कमलकृष्णजी र रमणदासजीसँग नवतनपुरी जानु भयो । त्यहाँ पुगे पछि फर्केर आउने पैसा थिएन | उहाँ त्यही नै बिरामी हुनुभयो । आमाले फर्केर आउनु भनेकोले उहाँ नेपाल फर्केर आउनु भयो । आमालाई कमलकृष्णले तारतम मन्त्र सुनाउनु भयो । आषाढमा आमाको देहान्त भयो ।

पारायण लगाएर सुन्दरबाई पूर्वतिर लाग्नु भयो । पूर्वका मादरी, आसाम, तेजपुर आदि स्थानको भ्रमण गर्नु भयो । ठाउँ ठाउँमा प्रवचन दिनु भयो । सुन्दरसाथको जागृति हुँदै गयो । आसामको विहालीमा प्रणामी धर्मको विरोध भयो । पारायण हुँदा २२ जना मानिस विरोध गर्दै मार्ने भनेर समेत आए । पूर्णब्रह्व शास्त्रीले छापेका किताब पनि च्यातेछन्‌ । उहाँलाई भने पीपलको बोट मुनि बस्न दिइएछ र भागवत्‌ सुन्न आउनुहोस्‌ भनेछन्‌ । त्यहाँबाट सुन्दरबाई विहालीमा फर्कनु भयो । त्यहाँ उहाँको ३०० जति चेलाचेली भए।

सुन्दरबाई सिक्किममा ३ वर्ष बस्नुभयो । भुटानमा ५० जना जतिको जागृति भयो । त्यसपछि उहाँ नेपालको धरानमा आउनुभयो । त्यहाँ बनाइ दिएको १७%५१४ (हाते) मन्दिर ढल्यो । अनि उहाँ चितवनको नारायणघाट जानुभयो । त्यहाँ शास्त्रार्थ भयो। १० जना जति जागृत भए। सुब्बा विष्णुलालले एक विगाहा जग्गा दिए । १०८ बोट केरा र मेवाले घेरिएको मन्दिर बनाएर श्रीकृष्णार्पण गर्नुभयो । पछि उहाँ हेखँँडा जानुभयो । त्यहाँ काजीराम बस्नेतले रु. २०००।-(दुई हजार) दिएछन्‌ । साथै त्यहाँ एक विगाहा ११ कठ्ठा जग्गा पनि प्राप्त भयो । सुन्दरबाई त्यहाँ ६, ७ वर्ष बस्नुभयो र सो अचल सम्पत्ति गुरु युगलदासजीलाई अर्पण गरी दिनुभयो । युगलदासजीले त्यो जग्गा भोग चलन गर्न स्थानीय समितिलाई सुम्पी दिनुभयो । समितिले पनि चन्दा उठाएर एक कठ्ठा जमिन किन्यो । सुन्दरबाईले हेटौँडामा मन्दिर बनाउन रु. २०००।- (दुई हजार) दिनु भयो ।

माताजी सुन्दरबाई ६ पल्ट नवतनपुरी धाम र धेरैपल्ट पन्नाधाममा दर्शनार्थ पुग्नुभयो । उहाँले पाँचपल्ट बम्बइको यात्रा गर्नुभयो । उहाँमा श्रीकृष्ण प्रणामी धर्मप्रति गहिरो आस्था थियो । जीवनभरमा उहाँले एकहजार जति चेला चेली बनाउनुभयो । प्रणामी धर्ममा दीक्षित भएपछि सिकिस्त बिरामी हुँदा आफू परमधाम पुगेको र कृष्णको दर्शन पाएको कुरा सुनाउनु हुन्थ्यो । माताजी सुन्दरबाईमा निश्चल, शान्त प्रकृति र सौम्यता भरपूर मौजूद थिए । उहाँले प्रणामी धर्म प्रचारको लागि ठूलो योगदान गर्नुभएको छ। उहाँलाई नेपाली मीराबाई भन्नु अनुपयुक्त नहोला । उहाँको सम्पर्कमा आउने व्यक्ति उहाँका अनुभवले खारिएका कुरा सुन्दा मन्त्रमुग्ध हुन्थे । एउटा संकीर्ण र अशिक्षित समाजमा जन्मे पनि उहाँले कसरी सत्संगको माध्यमबाट भक्ति पथमा लागेर उच्चता प्राप्त गर्नु भयो त्यो प्रशंसनीय छ, अनुकरणीय छ। माताजी सुन्दरबाईको योगदान युगौंसम्म प्रणामी समाजले स्मरण गर्नेछ ।
Enable Notifications    Subscribe No thanks