July 31, 2021, Sat, 49:07:51
By Shree Navatan Dham, (SND)
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ११औं केन्द्रीय साधारण सभा
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ११औं केन्द्रीय साधारण सभा
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ११औं केन्द्रीय साधारण सभा
By Shree Navatan Dham, (SND)
2021-07-31
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ११औं केन्द्रीय साधारण सभा

Shree Navatan Dham (SND)

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ११औं केन्द्रीय साधारण सभामा अध्यक्ष श्री मदनकृष्ण शर्मा बाट भएको सम्बोधन

श्रीश्यामाजीका अंग सुन्दरसाथज्युहरु:

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले एक संगठीत संस्थाको रुपमा ५१वर्ष पुरा गरी
सकेको छ । हाम्रा श्रद्धेय अग्रजहरुले देश भरका सुन्दरसाथहरुलाई संगठित गरि श्रीकृष्ण
प्रणामी धम सिद्धान्तलाई आम-जनमानसमा पुस्याई सवैको कल्याण गर्ने उदेश्यले स्थापना गर्नु भएको यस संस्था आजसम्म आइपुग्दा राष्ट्रको धार्मिक सामाजीक सेवा क्षेत्रको एक महत्वपूर्ण अंगको रुपमा स्थापित हन गएको छ । अन्तराष्टिय रुपमा समेत श्रीकृष्ण प्रणामी समाजमा यस संस्थाले आफनो साँगठानीक पहिचान पुग्याउन सफल भएको छ । यस्का लागि श्रीकृष्ण प्रणामी धर्म सिद्धान्तलाई सयौ वर्ष पहिला देखि असहज परिस्थतिमा समेत नेपालका विभिन्न भागमा पृस्याउनु हुने अग्रज संन्त, पण्डित, प्रचारक, एव सुन्दरसाथज्यूहरु, संस्था स्थापनामा योगदान पुच्याउने अग्रज सुन्दरसाथ एंव संस्थापक अध्यक्ष श्री युगलदाश महाराजजी, स्थापना काल देखि हालसम्म संस्थाका विभिन्न तहमा जिम्मेवारी पूर्ण सेवा पुस्याउनु हुने पदाधिकारी एवं सदस्यज्यूहरु, प्रमुख संरक्षक, बिशिष्ठ संरक्षक, विशेष संरक्षक एवं सल्लाहकारज्युहरु,
लगायत सम्पूर्ण सुन्दरसाथजीहरुका चरणकमलमा सप्रेम प्रणाम अर्पण गर्न चाहान्छु ।
२०६८ चैत्र १५ गते सम्पन्न केन्द्रीय साधारण सभाबाट मलाई «ूवबौं अध्यक्षको जिम्मेवारी दिइएकोमा थप तीन वर्ष सेवागर्ने जिम्मेवारी २०७१ साल चैत्र २१ गते सम्पन्न साधारण सभाले प्रदान गर्यो । यस ५१वौं साधारण सभाको अवधि समाप्तीका साथै मेरो तथा मौजुदा केन्द्रीय कार्य समितिको पदावधी समाप्त हुदैछ । यस अवधि सम्म आईपुग्दा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल एक सुसंगठीत संस्थाको रुपमा स्थापित भई सकेको यहांहरुलाई अवगत नै छ । श्रीकृष्ण प्रणामी समाजलाई संगठित बनाएर लैजाने क्रममा सबै को सहयोग एवं सकय सहभागिताबाट केहि उल्लेख्य कार्यहरु सम्पन्न हुन सकेकोमा खुसी लागेको छ ।

१. संरक्षक परिषदको बैठक : श्रीकष्ण प्रणामी सेवा समिति नेपाल एक यस्तो संस्था हो जस्ले आध्यधर्मपीठ
श्री ५ नवतनपूरीधाम, श्री ५ महामंगलपूरीधाम, श्री ५ पदमावतीपूरीधाम एव्‌ परमहंस पीठको
संरक्षकत्व बैधानीक रुपमा प्राप्त गरेको छ । विधानमा ब्यवस्था भए अनुरुप सरक्षक परिषदको बैठक
३ पटक र धर्मसभाको बैठक एक पटक सम्पन्न भएबाट श्रीकृष्ण प्रणामी धर्मका आद्यपिठाधिश्वर म
आचार्य एवं शिर्षर्थ सन्त गुरुजनहरुको संयुक्त बैठकबाट धर्म र समाजको विकासको लागि विचार म
विमर्ष एवं दिशा निर्देश गर्नै ऐतिहासिक परिपाटी सुरु भएको छ।

२. संस्थागत सवलिकरण: नीतिसंगत ढंगले संस्था संचालनको लागि आवश्यक पर्ने नीति, नियम, विनियमहरुको
व्यवस्था (आर्थिक नियमावली, मन्दिर संचालन नियमावली, बैठक संचालन नियमावली, कार्यगत विभाग
संचालत नियमावली, निर्वाचन नियमावली, सम्मान नियमावली, विधान-२०२३ मा समसामयीक संसोधन
२०६९ र २०७३) गरि सो सम्बन्धी जानकारी इकाई, जिल्ला एंव केन्द्रीय कार्य समितिका पदाधिकारीहरुमा
प्रशिक्षण गवं अभिमुखिकरणको माध्यमबाट पुस्याउने परिपाटि सुरु गरिएको छ ।

३. सांगठनीक विस्तार : यस अवधिमा देशका विभिन्न स्थानमा मन्दिर इकाई एवं सत्सग समितिहरु
र जिल्ला समितिहरु गठन भएका छन । श्रीकष्ण प्रणामी सत्सग परिषद भझापा र श्रीकृष्ण प्रणामी
प्रतिष्ठान सुनसरीले जिल्ला समितिको रुपमा कार्य गरि रहेको छ । त्यस्तै बर्दिया, मोरङ्ग, नवलपरासी,
कैलाली तथा रामेछापमा थप जिल्ला समिति स्थापना भई १९ जिल्ला कार्य समिति संचालनमा
रहेका छन्‌ । २०६८ सालसम्म ९५ वटा मन्दिर सत्सग समिति इकाइको रुपमा रहेकोमा हालसम्म
३५ वटा इकाई थप भइ १३० पुगेको छ भने संस्थागत सदस्य संस्थातर्फ यसै अबधिमा मूलसंस्था
१७ र दुई ठला संस्थाका एकाई ३० समेत ४७ वटा आवद्धता भएकोमा यसैबर्ष देखी थप १२ वटा
सदस्य संस्थाका इकाई र सेवा समितिका ८ इकाई शाखा थप भइ आएकोमा अध्याबधिक गरिएको
छ । भात्‌ भगिनी संस्थाका रुपमा समानन्तर २ ठुला संस्था श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल
र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल सशक्त रुपमा कार्यरत रहेका छन । बाईजुराज
महिला समिति पूर्ण रुपमा सेवा समितिकै विधान बमोजिम सचालनमा रहेको छ । तीन वटै केन्द्रीय
समितिको समन्वयमा देशभर कार्यक्रमहरु संचालन भैरहेका छन । फलस्वरुप आज यो संस्था प्रणामी
समाजको एकल छाता संगठनको रुपमा स्थापित भएको छ।

४. ठुला पारायण एवं महोत्सव सम्पन्न: विगत ६ वर्षको अवधिमा देश भरका विभिन्न मन्दिरहरुमा ७
वटा १०८ पारायण सहित जागनी महोत्सव आयोजना भएका छन । ४०० पारायण सहित महामती
प्राणनाथजी चतुर्थ शताब्दी महोत्सव २०७५ बैशाख ७ देखी १३ गते सम्म नवतनधाममा पूर्ण सफलताका
साथ सम्पन्न भएको सुखद अनुभव ताजानै छ ।

५. मन्दिर निमार्णमा प्रगतिः देशका बिभिन्न स्थानमा सुन्दरसाथहरुको सकृयतामा मन्दिर एवं आश्रमहरु

निर्माण कार्य यस अवधिमा पनि कायम रहयो । मुख्यतया झापाको विर्तामोडमा सद्गुरु देवचन्द्रजी
सदनको स्थापना, बिराटनगर एवं नजरपुरमा नयाँ मन्दिर निर्माण सम्पन्न भई कलस अनावरण,
देवघाटमा मन्दिर एवं आश्रम निमार्णको थालनी, जिरौनामा सुन्दर एवं भब्य आकर्षक मन्दिरको निमार्ण
सम्पन्न एवं सम्माननीय राष्ट्रपतिज्युबाट समुद्रघाटन स्मरण योग्य रहेका छन ।

६, केन्द्रीय धाम श्री नवतनधाममा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा सम्माननीय राष्ट्रपतिज्यु बाट २०७३ र
२०७४ सालमा लगातार आगमन भई दर्शन गर्ने परिपाटी सुरुभएको छ । मुक्तीधाम परिसरमा निर्मित
बुढिगंगा जमुना घाटको समुदघाटन तत्कालीन प्रधानमन्त्री ज्युबाट १०८ पारायणको आयोजनाकासाथ
२०७१ सालमा भएको थियो ।

७. प्रचारकहरुलाई परिचय पत्र वितरण: धर्म प्रचार प्रसारमा संलग्न हुनु हुने सन्त, पण्डितजी, प्रचारक
एव पुजारीज्यहरु श्रीकृष्ण प्रणामी सेवा समितिको नेपालको मुख्य अंग भएको र वहाहरुको संस्थागत
पहिचान आवश्यक भएकोले संरक्षक परिषदको निर्णयलाई कार्यान्वयन गर्दै धर्म प्रबर्धन तथा सांस्कृतिक
विभागको अगुवाईमा हालसम्म १६२ जनालाई यो परिचयपत्र वितरण गरिएको छ भने १४जनालाई
प्रशिक्षण प्रमाण पत्र समेत उपलब्ध गराइ सकिएकोछ ।

८. मन्दिर एवं प्रणामी झण्डामा एकरुपता ल्याउने प्रयास: श्रीकृष्ण प्रणामी मन्दिरको डिजाइनमा एकरुपता
ल्याउने तर्फ आवश्यक कार्य गर्न संरक्षक परिषद बाट निर्णय भए बमोजिम अब उप्रान्त बन्ने श्रीकृष्ण
प्रणामी मन्दिरको नक्सा डिजाइन समितिको केन्द्रीय विकास निर्माण विभाग मार्फत अन्तिम रुप दिने
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल
र मन्दिरको एक रुपतामा जोड दिने कार्य थालनी भएको छ । जिरौनामा निर्माण सम्पन्न मन्दिर र
देवघाट तथा हेटौडामा निर्माणाधीन मन्दिरहरु डिजाइन अनुरुप भएका छन । त्यस्तै झण्डाको एकरुपता
देश भरी कायम गर्ने निर्णय भई कार्यान्वयन भएको छ ।

९. केन्द्रीय कार्य समितिका बैठकहरु क्षेत्रगत रुपमा: विगत ६ वर्षको अवधिमा देशका विभिन्न स्थानमा
केन्द्रीय कार्य समितिका पूर्ण बैठकहरु सम्वन्धित क्षेत्रका सल्लाहकार, जिल्ला समिति एवं मन्दिर इकाई
समितिका पदाधिकारीहरुको समेत उपस्थितिमा सम्पन्न भएका छन्‌ । काठमाडौको अलवा हेटौडा,
सुर्खेत, सिमरा, इटहरी, देवघाट, बिराटनगर, फिक्कल, बुधवारेमा सम्पन्न पूर्ण बैठकहरुबाट संस्थाको
पहुंच देशब्यापी पुग्याउन थप टेवापुगेको छ । यस अवधिमा केन्द्रीय समितिका २८ वटा पूर्ण बैठकहरु
र केन्द्रीय कार्य सम्पादन समितिका ५० वटा भन्दा बढी बैठकहरु सम्पन्न भएका छन । बोलाइएको .
सवै बैठकहरुमा पदाधिकारी एवं सदस्यज्युहरुको सकृय एवं सेवाभावका साथ गणपुरक संख्यामा कम
नहुने गरि उपस्थिति हुनुबाट श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल एक ससक्त संस्थाको रुपमा स्थापित
भएको प्रमाणित भएको छ ।

सद्गूरु श्री देबचन्द्रजी र महामती श्री प्राणनाथजीबाट नृसृत “सुखसितल करु संसार” एवं ”पसरसी चौ

दे भुवन” जस्ता मूल लक्ष प्राप्त गर्ने तर्फको लामो यात्रामा विगतको ट वर्षको समयमा भएका कार्यहरु

सिमित र अपुरो हुनु स्वभाविक नै हो । केन्द्रीय कार्य समितिका पदाधिकारी ज्यू, सदस्यज्यूहरुबाट संस्थाको

उदेश्य प्रति समर्पित भई सेवा पुस्याउन सक्दो योगदान गर्नु भएको अनुभव गरेको छु । हाम्रा प्रमुख संर

क्षक जगदगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज, विशिष्ठ संरक्षक आचार्य श्री १०८ सुर्यनारायण

दासजी महाराज बिशेष संरक्षक गुरुजी श्री १०८ मोहन प॒याचार्यजी महाराज, नवतनधाम गादिपति एंव

विशैष संरक्षक सन्त श्री १०० अमृतराजजी महाराज एवं सन्त महन्त, पण्डितज्यूहरु, प्रचारकज्युहरुबाट
समितिलाई प्राप्त निर्देशन, सहयोग एवं स्‌दभावको लागि हामी कृतज्ञ छौ ।

केन्द्रीय कार्य समितिबाट संस्थागत विकासको माध्यमबाट हाम्रो मूल लक्ष्य प्राप्ती गर्न आवश्यक पर्ने धेरै महत्वपूर्ण

निर्णयहरु कार्यान्वयनका प्रकृ्‌यामानै रहेका छन । यस ५१औ साधारण सभाबाट गठन हुने नयां कार्य समितिले

संस्थालाई अझ अरु बढि सवल र बृहत बनाउदै लैजानेमा म पूर्णरुपमा विस्वस्त छु । केन्द्रीय कार्य समितिमा

सेवा गर्ने उत्साह देश भरिका योग्य सुन्दरसाथहरुबाट प्रकट भएको छ । यो खुसिको करा हो।

यस सभामा कार्य समितिका तफबाट प्रस्तुत हुने महासचिवको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक

प्रतिवेदन मार्फत विगत वर्षमा भएका तथा आगामी वर्ष गरिने कार्य योजनाहरुको प्रस्तुति हुने नै छन्‌ ।

विगतको ससिक्षा एवं आगामी वर्षको कार्य योजना उपर यहाँहरुको विश्लेषण एवं सुझावहरु उपयोगी हुने

छन्‌ । उपस्थित सबै प्रतिनिधिहरुले सक्‌य रुपमा सहभागी भई यस सभालाई प्रणामी समाजको विकासमा

एउटा कोसेढुंगाको रुपमा स्थापित गर्नु हुने छ भन्ने विश्वास लिएको छु।

। प्रणाम !

मदनकृष्ण शर्मा

अध्यक्ष

२०७५

Enable Notifications    Subscribe No thanks