July 31, 2021, Sat, 18:07:52
By Shree Navatan Dham (SND), (SND)
डा. युवराज नैपाल् सरकार अर्थ मन्त्रालय, नेपाल सरकार
डा. युवराज नैपाल् सरकार अर्थ मन्त्रालय, नेपाल सरकार
डा. युवराज नैपाल् सरकार अर्थ मन्त्रालय, नेपाल सरकार
By Shree Navatan Dham (SND), (SND)
2019-10-15
डा. युवराज नैपाल् सरकार अर्थ मन्त्रालय, नेपाल सरकार

Shree Navatan Dham (SND)

नेपाल सरकार

डा. युवराज नैपाल् सरकार अर्थ मन्त्रालय ९ सिंहदरबार, काठमाडौं

मानवीय चेतना, सत्य, निष्ठा, अहिंसा र सदाचारमा उत्प्रेरणा र जागरणको माध्यमबाट
युवाहरुको सक्षमता र सेवाको भावना जागृत गर्दै सामाजिक विकासको क्षेत्रमा क्रियाशील श्री
कृष्ण प्रणामी युवा परिषद्‌ नेपालको २८ औं वार्षिक साधारण सभाको पूर्ण सफलताको
शुभकामना दिन चाहन्छु । “

मुलुकभर ५६ जिल्लामा कार्यक्षेत्र विस्तार रहेको यस संस्थाले नेपाली समाजमा विद्यमान हिंसा,
विभेद, अन्धविश्वास- र क्रीति विरुद्धको सचेतना एवं दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै
विपद्‌ तथा जोखिममा रहेका समुदायका लागि राहत, उद्धार र सहयोगका कार्यहरु गर्दै आएकोमा
मलाई खुशी लागेको छ । युवाहरुमा दिन प्रतिदिन बढ्दै गएको लागूऔषध, लागूपदार्थ र
धुमपानको प्रयोग विरुद्ध यस संस्थाले सचेतना कार्यक्रम सञ्चालन गर्दै युवाको क्षमता विकास
गरी उनीहरुलाई सामाजिक सेवामा स्वंयसेवाको भावनाले काम गर्न उत्प्रेरित गराउँदै आएको
छ । सामाजिक सेवाका कार्यहरुको अतिरिक्त युवाको क्षमता विकास सम्बन्धी विभिन्न कार्यक्रम
सञ्चालन गरी उनीहरुलाई आर्थिर्क रुपमा समेत सबल र सक्षम बनाउन पहल गर्दै आएको
यस संस्था सामाजिक र सांस्कृतिक विकास तथा सभ्य समाज निर्माणमा नमूना संस्थाको रुपमा
आफूलाई स्थापित गर्ने दिशामा सफल हुँदै ताएको देखिन्छ ।

आजको भौतिक विकासको वैज्ञानिक युगमा युवाहरुलाई पूर्वीय दर्शन र नैतिकतावारे अनुभूत
गराउँदै उनीहरुलाई सामाजिक विकास र सेवाका कार्यमा परिचालन गर्दै मुलुकको समृद्ध
नेपाल सुखी नेपाली को सोचलाई हासिल गर्न समेत यस संस्थाको महत्वपूर्ण योगदान पुग्ने .
अपेक्षा राख्दै संस्थाको २८ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाको निरन्तर सफलताको
शुभकामना व्यक्त गर्दछु ।

२०७६ असोज

डा. युवराज खतिवडा

अर्थमन्त्री

Enable Notifications    Subscribe No thanks