August 29, 2021, Sun, 31:08:26
By सुरेन्द्र दाहाल, निजानन्दधाम, नजरपुर, (SND)
ध्ामवासी श्रीसूर्यनाथ दाहाल
ध्ामवासी श्रीसूर्यनाथ दाहाल
ध्ामवासी श्रीसूर्यनाथ दाहाल
By सुरेन्द्र दाहाल, निजानन्दधाम, नजरपुर, (SND)
2021-08-28
ध्ामवासी श्रीसूर्यनाथ दाहाल

Shree Navatan Dham (SND)

श्री सूर्यनाथ दाहालको जन्म ललितपुर जिल्लाको चन्दनपुर गा.वि.स. अन्तर्गत खानीडाँडा गाउँमाभएको थियो ।
श्री सूर्यनाथ दाहालको जन्म ललितपुर जिल्लाको चन्दनपुर गा.वि.स. अन्तर्गत खानीडाँडा गाउँमा वि.सं. १९७७ साल आश्विन शुक्ल तृतीयाको दिनमा भएको थियो । उहाँ पिता दधिलाल दाहाल तथा मैयाँ दाहालको जेष्ठ सुपुत्र हुनुहुन्थ्यो । उहाँको बाल्यकालमा गंगामाईसँग विवाह भइ धेरै समयसम्म उहाँ ललितपुरमा रहनुभयो । उहाँले गुरुजी श्रीरमणदास अधिकारीसँग तारतम मन्त्र ग्रहण गर्नुभएको हो । त्यसपछि सूर्यनाथ दाहालजी श्रीकृष्ण प्रणामी धर्ममा मेला, पर्व, उत्सव मनाउन तथा धर्मप्रचार गर्न एकै स्थानमा धेरै सुन्दरसाथहरूको बस्ती बसाउने उद्देश्यले वि.सं. २०२० सालमा रौतहट जिल्लाको डुमरिया गा.वि.स. अन्तर्गत नजरपुरमा बसाइँ सर्नुभयो । सूर्यनाथ दाहाल लगायत भवनाथ तिमल्सिना, जीवनाथ तिमल्सिना, पं. शुकदेव अधिकारी, लीलानाथ दुलाल आदिको अगुवाइमा नजरपुरमा सुन्दरसाथहरूको बस्तीले वृहत रूप लियो ।

दुई वर्षको अन्तरालमा विभिन्न स्थानबाट बसाइँसरी आएका सुन्दरसाथहरूको बस्ती घना भएपछि नजरपुरमा श्रीकृष्ण प्रणामी मन्दिरको आवश्यकता महसुस भयो । सूर्यनाथ दाहालजीले मन्दिर निर्माणको लागि जग्गा प्रदान गरी आफू स्वयं उक्त मन्दिरको संस्थापक हुनुभयो । पछि मन्दिर सञ्चालक समिति बन्यो र समितिको पहलमा मन्दिरको लागि अरू जग्गा थपिँदै गयो । हाल श्रीकृष्ण प्रणामी मन्दिर परिसर नजरपुरमा सुन्दरसाथहरूको बस्ती नेपालकै एक नमूनाको रूपमा रहेको छ।

सूर्यनाथ दाहालजीका पं. हेमप्रसाद दाहाल लगायत पाँच छोरा र एक छोरी हुनुहुन्छ । पाँचै जना छोराहरू श्रीकृष्ण प्रणामी धर्म प्रचारमा लाग्नुभएको छ।

सूर्यनाथ दाहाल समय-समयमा तीर्थाटन गर्नुहुन्थ्यो । आफ्नो गाउँमा सोचे अनुसारको विकास भएपछि उहाँलाई उत्साह बढ्दै गयो । आफ्नो गाउँमा श्रीकृष्ण प्रणामी मन्दिर वरिपरि एक सय भन्दा बढी घरधुरीमा सुन्दरसाथहरूको बस्ती हुनु र आफ्ना सम्पूर्ण छोराछोरीहरू धर्मप्रचारमा संलग्न रहनुले उहाँलाई सन्तोष भएको महसुस हुन्थ्यो । हरेक मेलापर्वमा हर्षोल्लासको साथमा सक्रीय सहभागिता जनाउने सूर्यनाथजी वि.सं. २०६४ साल फागुन १९६ गते आफ्नै नजरपुर मन्दिरको ४२ औं वार्षिक उत्सव कार्यक्रमको प्रथम दिनको पुष्पाञ्जलि कार्यक्रम पश्चात्‌ धाम तर्फ लाग्नुभयो । छर डन न्नडम्छ डक. ङ सन्त ढ्शनि वि 000३

धुम्रपान, मद्यपान, जुवातास तथा पशुपक्षिको शिकार जस्ता समाजलाई अधोगति तर्फ लैजाने तत्त्वहरू देखि पूर्णतः मुक्त रहेको निजानन्दधामले शुप्रसिद्ध श्रीकृष्ण प्रणामी सुन्दरसाथहरूको मात्र बसो वास रहेको सुद्ध शाकाहारी गाउँ नजरपुरको स्वर्ण वर्षको उपलक्ष्यमा १४ देखि २० फागुन २०७१ सम्म श्रीकृष्ण प्रणामी धर्म महोत्सव जगदगुरु आचार्य श्री १०५ कृष्णमणिजी महाराज लगायत सम्पूर्ण सन्तजन, विद्वतजन एवं हजारौं संख्यामा उपस्थित भक्तजन सुन्दरसाथहरूको सहभागितामा सु-सम्पन्न भएको थियो । यसका साथै सोहि फागुन १३ गतेका दिन मन्दिर परिसरमा नव निर्मित वृद्धाश्रमको समुदघाटन पनि नेपालका प्रथम सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूद्वारा सम्पन्न भएको थियो ।
Enable Notifications    Subscribe No thanks