August 8, 2021, Sun, 21:08:18
By मोहन प्रियाचार्य, कालिम्पोङ, (SND)
आचार्य श्री पीताम्बरदास महाराज
आचार्य श्री पीताम्बरदास महाराज
आचार्य श्री पीताम्बरदास महाराज

By मोहन प्रियाचार्य, कालिम्पोङ, (SND)
2021-08-07

Shree Navatan Dham (SND)
सद्गुरु श्री देवचन्द्रजीदेखि लिएर प्रणामी समाजको चतुःशतीको
अवधिसम्ममा धेरै साधु सन्त, भजनानन्दी तथा परमहंस महात्माहरूको
आगमन भएको छ । श्री मन्निजानन्दीय ज्ञानलाई प्रज्वलित राख्नका
लागि महामति प्राणनाथजीले अठार हजार चौपाई युक्त तारतम वाणीको
उपदेश सुन्दरसाथ समुदायलाई दिनुभयो । उहाँपछि तारतमवाणीको
प्रशिक्षण लिने दिने परम्परा चल्यो र आजसम्म चलिरहेको छ। तालिम
प्राप्त गरेपछि केही निवृत्त मार्ग अपनाएर स्वधर्म सेवामा संलग्न भएका
छन् र महामति प्राणनाथको सन्देश सर्वत्र प्रचार गरिरहेका छन् ।
प्रणामी समाजका तीन पुरीहरूमध्ये श्री ५ पद्मावती पुरी धाममा महामति प्राणनाथको गादी परम्परा राखिएन, गादीमा तारतमवाणीलाई प्रतिष्ठापन गराइयो र त्यसै बेलादेखि वाणीको पूजा हुन थाल्यो। तर श्री ५ नवतनपुरी र श्री ५ महामंगलपुरीमा क्रमशः आज पनि सद्गुरु श्री देवचन्द्रजी तथा महामति प्राणनाथको गादी परम्परा चलिरहेको छ जसमा योग्य सन्तहरूलाई प्रतिस्थापन गरिन्छ । यसै परिप्रेक्ष्यमा आचार्य श्री १०० पीताम्बरदास महाराजको नाम श्रद्धापूर्वक लिइन्छ जो श्री ५ महामंगलपुरी धाम सूरतका एघारौं आचार्य रहिसक्नु भएको छ।
श्री पीताम्बरदासको जन्म वि.सं. १९१४ आश्विन कृष्ण चतुर्दशीका दिन काठमाडौँबाट २५ कोशपूर्व सुनकोसी तथा तामाकोशीका बीचमा पर्ने पकरवास नामक गाउँमा पिता भत्ुदास ढुंगेल तथा माता बालकुमारीका साइँला छोराका रूपमा भएको हो । मातापिता ब्राह्यण कुलका, परब्रह्य श्री कृष्णका अनन्य भक्त हुनुहुन्थ्यो । पीताम्बरदासले बाल्यकालमै पं. दयालदास शर्माबाट श्री कृष्ण प्रणामी धर्मको दीक्षा पाउनु भयो । त्यत्तिखेर पं. दयालदास पकरवास छेउको हैवार नामक गाउँमा बस्नु हुन्थ्यो । उहाँ श्री कृष्ण प्रणामी धर्म सिद्धान्तका पूर्ण जानकार हुनुहुन्थ्यो र त्यस क्षेत्रमा प्रशस्त जागनी गर्नुभएको थियो ।
भक्तुदासका सात छोरा र एक छोरी थिए । उहाँ आफ्ना छोराहरूलाई उचित शिक्षा दिन काठमाडौँ पुग्नुभयो । त्यसबेला प्रसिद्ध सेठ भवानी प्रसाद श्रेष्ठ, जसले श्री ५ पद्मावतीपुरी धामको बंगलाजीमातामाको छाना लगाउनु भएको छ, काठमाडौँमा हुनुहुन्थ्यो । भक्तुदास र भवानी प्रसादको गहिरो परिचय थियो । भक्तुदासले आफ्ना तीनजना छोराहरू सेठजी कहाँ छोड्नु भयो । तीनै जना दाजुभाइ सेठजीको मन्दिरमा सेवा गर्नु हुन्थ्यो र दिउँसो संस्कृत पढ्न जानु हुन्थ्यो । वि.सं. १९२० मा भक्तुदास बिरामी पर्नुभयो र आफ्ना छोराहरूलाई घर बोलाउनु भयो । केही दिनमा उहाँ परमधाम जानुभयो । माता बालकुमारीलाई ठूलो संकट आइप्य्यो । त्यसबेला सेठ भवानी प्रसादले तीनै जना बालकलाई आफू कहाँ बोलाएर पढाइमा लगाएर मद्दत गर्नुभयो । सेठले तीनै जनालाई विवाह गरेर गृहस्थ सम्हाल्न आज्ञा दिनुभयो तर
पीताम्बरदास विवाह गर्न कहिल्यै तयार हुनुभएन । पीताम्बरदास महाराज उच्च शिक्षा हासिल गरेर समाजको सेवा र जागनी गर्न चाहानु हुन्थ्यो । त्यसकारण उहाँले सेठका घरमा बसेर आफ्नो अध्ययनलाई अघि बढाउनु भयो । बिहान उठेर मन्दिरको सेवा गर्ने र नित्य नियमपूर्वक दरबार गएर नेपालका तात्कालीन शासक चन्द्र शम्सेरलाई सुगन्धित फूल, चन्दन र प्रसाद दिने गर्नु हुन्थ्यो । चन्द्र शम्सेर पीताम्बरदासलाई सत्कार गरी दक्षिणा दिने गर्दथे ।
पीताम्बरदास महाराजको बाइस वर्ष उमेर पुगेपछि उहाँको मनमा देश विदेश घुमेर आध्यात्मिक शिक्षा प्राप्त गर्ने तीव्र इच्छा जाग्यो । उहाँ आफ्ना गुरु पं. दयालदास शर्मासँग तीर्थ यात्रामा निस्किनु भयो । अत्यन्त कठिन मार्ग तय गर्दै उहाँहरू विन्द्याचल पर्वतस्थित महामति प्राणनाथजीको जागनी स्थल र प्रणामी समाजको एकमात्र मुक्तिपीठ श्री ५ पद्मावतीपुरी धाम पुग्नुभयो । पन्नामा रहँदा उहाँलाई नेपाली मन्दिर (गुमटी)को सेवापूजा गर्ने अवसर प्राप्त भयो । उहाँ अत्यन्त श्रद्धा र प्रेमले सेवापूजा गर्नु हुन्थ्यो । गुमटजी र बंगलाजीमा चढाउने तिलक घोट्ने र आरती सजाउने काम गर्नुहुन्थ्यो । उहाँ बगंलाजीमा नित्यप्रति घिउको दीपक जलाउनु हुन्थ्यो ।
पीताम्बरदास महाराज महामति प्राणनाथ प्रणीत तारतमवाणीको साङ्गोपाङ्ग तालिम लिन चाहनु हुन्थ्यो । त्यस समयका गुमटजीका पूजारी गुलाबदास, एकजना शान्त स्वभावका विद्वान सम्पूर्ण अठार हजार वाणीका ज्ञाताबाट उहाँले तालिम लिन सुरु गर्नुभयो । यसै बीच वि.सं. १९९९ मा गुरु दयालदास शर्माको निधन भयो । गुरुको धामगमनले पीताम्बरदासलाई गहिरो चोट प्न्यो । उहाँले त्यसैबेला संकल्प लिनुभयो- अब गुरुको दायित्व ममाथि आएको छ, त्यसैले राम्ररी तारतम वाणीको तालिम लिएर जागनीको काममा निस्कनु पर्छ ।
तारतमवाणीको पूर्ण रूपमा ज्ञाता भएपछि पीताम्बरदास महाराज धर्म प्रचारका निमित्त निस्कनु भयो । त्यसबेला उहाँ ३६ वर्षको हुनुहुन्थ्यो । उहाँले श्रीकृष्णप्रणामी धर्मको ज्योति पूर्वतर्फ राम्ररी जलेको छैन भन्ने देखेर महामति प्राणनाथको “पसरसी चौधे भुवन’ लाई चरितार्थ गर्न उहाँ सर्वप्रथम इलामको तोरीबारीमा आएर केही दिन धर्म प्रचार गर्नुभयो । त्यसपछि दार्जिलिङ्गको तकभर, सिंग्रीताम, कालिम्पोङ्ग हुँदै आसाम जानुभयो । ती क्षेत्रमा पं. गोवर्द्धनदास शर्मा, महाराज दयालदास तथा राजबाई माताले श्रीकृ्ष्ण प्रणामी धर्मको जग बसाइसक्नु भएको थियो । त्यहाँ धार्मिक शिक्षाको बोध गराउँदै उहाँ ब्रह्यपुत्रको किनारमा रहेको तेजपुर सहरमा पुग्नुभयो ।
तेजपुरमा सर्वप्रथम उहाँले जमानसिंह सुवेदारलाई सपत्नी जागृत गराउनुभयो । तदुपरान्त वि.सं. १९५४ मा उहाँ रांशाली पुगेर ब्रह्मपुत्रको किनारको जंगल कटाएर त्यहाँ बस्ती बसाउनु भयो र जागनी गर्नुभयो । वस्तीको नाम प्रणामी बस्ती राखियो । श्यामदास भट्ट त्यहाँ पहिल्यै दीक्षा लिएर आउनु भएकोले
जागनीको काम सहज भयो । पीताम्बरदास महाराजले त्यहाँ श्री कृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो जुन आज पनि शोभायमान छ। जागनीको सन्देश पूर्वोत्तर भारतका कुना कुनामा फैलाएर पीताम्बरदास महाराज फकर श्री ० पद्मावतीपुरी धाम पुग्नुभयो । त्यसबेला श्री ५ महामंगलपुरी धाम सूरतको महत्वपूर्ण गादी रिक्त थियो। महात्मा पीताम्बरदासको लगनशीलता, निष्ठा र आचरण व्यवहार देखेर सुन्दरसाथले उहाँलाई आचार्य पदले विभूषित गरे । महाराज पीताम्बरदास यसरी ४६ वर्षको उमेरमा श्रीकृष्ण प्रणामी धर्मका आचार्य हुनुभयो । वि.सं. १९६० मा शरद पूर्णिमाको पुनीत अवसरमा उहाँलाई शाल ओडाएर श्री ५ पद्मावतीपुरी धामबाट धुमधामसँग श्री ५ महामंगलपुरी धाम लगियो । त्यही वर्ष फाल्गुन पूर्णिमामा उहाँले त्यहाँ एउटा विशाल समारोहको आयोजना गर्नुभयो । त्यस समारोहमा प्रणामी समाजका अधिकांश सुन्दरसाथले भाग लिए।
श्रीकृष्ण प्रणामी धर्मको आचार्य पदमा प्रतिष्ठित भएपछि श्री १०५ पीताम्बरदास महाराजले सेवाका विविध योजनाहरू बनाउनुभयो । उहाँ श्री कृष्ण प्रणामी मोटा मन्दिर, सूरतको जीर्णोद्धार गर्न र सुन्दरसाथको संगठन निर्माण गर्न चाहानु हुन्थ्यो । कुनै पनि योजना कार्यान्वयन गर्न अर्था भाव सर्वत्र खड्किन्छ। आचार्यश्रीका सम्मुख पनि यही संकट खडा भयो । महापुरुषहरू जस्तै विपत्ति आए पनि धैर्यले काम लिन्छन् । आचार्य श्री १०८ पीताम्बरदासले अब सुन्दरसाथका माझमा धर्म प्रचार, यात्रा (रामत) गर्नुपर्छ भन्ने ठान्नुभयो । उहाँले पञ्जाबका धेरै गाउँ (जो अहिले पाकिस्तानमा पर्दछन्) को यात्रा गर्नुभयो । यस धार्मिक प्रचार यात्रामा पञ्जाबका सुन्दरसाथले आचार्यश्रीलाई यथाशक्य आर्थिक सहयोग गरेर सम्मान गरे जसबाट उहाँले श्री कृष्ण प्रणामी मोटा मन्दिरको व्यवस्था ठीक पार्नु भयो ।
आचार्यश्री १०० पीताम्बरदासले जागनीको अचल स्रोत श्री ५ पद्यावतीपुरी धामको दर्शन आचार्योचित विधानानुसार गर्नु उचित हुन्छ भन्ने निर्णय गरेर वि.सं. १९६४ आश्विन शुक्ल द्वादशीका दिन आफ्ना योग्य शिष्यमण्डलीका साथ सूरतबाट पन्ना जानुभयो । पन्नास्थित मन्दिरदेखि बाजा गाजा, छडी, छत्र चँवर, ढोल निशानका साथ अत्यन्त धुमधामसँग भजन कीर्तन जयजयकार गर्दै उहाँ धाम मोहल्लामा पुग्नुभयो । सर्वप्रथम उहाँले विधिवत श्री गुमटजीको दर्शन, प्रणाम, परिक्रमा आरती गर्नुभयो । त्यसपछि क्रमशः श्री बंगलाजी, श्री सद्गुरु मन्दिर र बाईजुराज मन्दिरको दर्शन गर्नुभयो । पन्ना प्रवासमा उहाँलेदुई सप्ताहव्यापी कथा चर्चा गरेर धाम मोहल्लाका सबै सुन्दरसाथलाई भण्डारा दिनुभयो । यसरी एउय ऐतिहासिक कार्य गरेर उहाँ सूरत फर्किनु भयो ।
देशका कुनाकुनामा फैलिएका हजारौं संख्याका सुन्दरसाथहरूबाट आर्थिक सहयोग संकलन गरी आचार्य श्री १०८ पीताम्बरदास महाराजले श्री कृष्णप्रणामी मोटा मन्दिर सूरतमा एउट नयाँ र भव्य मन्दिरको निर्माण प्रारम्भ गर्नुभयो । यस पुनीत कार्यमा इन्दौरका श्री देवी भण्डारीले उहाँलाई ठूलो सहयोग गर्नुभयो । जयपुरबाट विशेष इञ्जिनियरहरू बोलाएर मन्दिरको भव्य नक्सा बनाइयो । मन्दिर निर्माणमा चार वर्ष लाग्यो । वि.सं. १९७३ माघ शुक्ल पञ्चमीमा देश विदेशका सुन्दरसाथलाई विशेष आमन्त्रण गरेर विशाल रूपमा वैदिक विधानानुसार मन्दिरमा श्री राज श्यामाजीलाई प्रतिष्ठित गराइयो । प्रणामी समाजको यो अभूतपूर्व उत्सव थियो । मन्दिरका साथसाथै सुन्दरसाथलाई बस्नका निमित्त साना ठूला कोठा युक्त भवन पनि निर्माण गरियो ।
आचार्य श्री १०८ पीताम्बरदास महाराजको नित्यकर्म विचित्रको थियो । उहाँ बिहान ३:०० बजे उठेर स्नानदिबाट निवृत्त भएपछि पीताम्बर धारण गरेर एक हजार आठ दानाको माला लिएर निजनामको जप गर्नु हुन्थ्यो ।
श्री राजजीको मंगल आरती र सन्ध्या आरतीमा श्रद्धापूर्वक उपस्थित हुनुहुन्थ्यो । विद्यार्थीहरूलाई तारतम वाणीको आफैं तालिम दिनुहुन्थ्यो । सामान्य आहार गरेर मन्दिरका काममा लाग्नु हुन्थ्यो । चिठीपत्रको आफै जवाफ दिनुहुन्थ्यो र मन्दिरको हरहिसाबको स्वयम् निरीक्षण गर्नुहुन्थ्यो । मध्यान्हमा राजभोग पछि सन्तमण्डलीका साथमा सात्विक मिताहार गर्नुहुन्थ्यो । त्यसपछि छोटो विश्राम गरेर चर्चाका निमित्त बस्नुहुन्थ्यो । उहाँको चर्चा मधुर, मार्मिक र हृदयस्पर्शी हुन्थ्यो । सन्ध्या आरतीपछि सायंकालीन भोजन ग्रहण गरेर शयन आरतीपछि रातको ११ बजे उहाँ विश्राम गर्नुहुन्थ्यो ।
उहाँ स्वभावले अत्यन्त शान्त, धीर, गम्भीर, तेजस्वी, भजनानन्दी र तपस्वी हुनुहुन्थ्यो । उहाँको दया र कोमलताको बयान गर्न सकिँदैन । उहाँ चोर र अपराधीलाई पनि सम्झाएर सही बाटोमा ल्याउनु हुन्थ्यो । उहाँको निष्ठा र लगनशीलता देखेर तत्कालका अंग्रेज शासकहरू पनि उहाँलाई प्रणाम गर्न पुग्दथे । उहाँ नियमका कट्टर पालक हुनुहुन्थ्यो । यात्रा वा मन्दिरमा जहाँ पनि उहाँ नित्यकर्मको समय व्यर्थ जान दिनु हुन्नथ्यो । त्रिकाल स्नान र १००८ मालाको जप उहाँको सदाको नियम थियो ।
आचार्य श्री १०८ पीताम्बरदास महाराजका शिष्यहरूमा गुजराती, पञ्जाबी, बिहारी, मराठी र नेपाली आदि सबै जातिका व्यक्ति थिए। उहाँ जातीयताभन्दा धर्मपरायणतालाई महत्व दिनुहुन्थ्यो । उहाँका शिष्य सेठ साहुकार त थिए नै यसको अतिरिक्त समाजका सन्त महन्तदेखि आचार्यसम्मको पद उहाँका शिष्यले लिएका छन् । यसै बीच कल्याणदासका परिवारमा जन्मिनु भएका गुरुजी श्री १०८ मंगलदास तथा उहाँका माता पिताको जागनी वि.सं. १९५५ मा पीताम्बरदास महाराजबाट आसाम रांशालीमा भएको थियो । पिताको धामगमनपछि गुरुजी आफ्नी आमा र भाइ सहित श्री ५ पद्यावतीपुरी पुग्नु हुँदा उहाँ श्री५ महामंगलपुरी धामको आचार्य पदमा प्रतिष्ठित भइसक्नु भएको थियो । मंगल गुरुजी सूरत जानुभयो र गुरुसेवा एवं मन्दिरको सेवामा लाग्नुभयो । आफ्ना गुरुबाट तारतम वाणीको तालिम लिनुभयो । गुरु शिष्य सम्बन्धी यो प्रसंग गुरुजी मंगलदासको जीवनीमा मर्मस्पर्शी रूपमा पाउन सकिन्छ ।
आचार्यश्री १०८ पीताम्बरदास महाराजले आफ्नो जीवनलीलापूर्ण गर्ने कुरा एक वर्ष अघि नै सोचेर आफ्ना शिष्यहरूलाई संकेत गर्नुभयो । उहाँको स्वास्थ्य कमजोर हुँदै गयो। उहाँले एकवर्ष परमहंस दशामा रहेर सुन्दरसाथलाई दर्शन दिँदै रहनुभयो । वि.सं. १९७४ श्रावण अमावास्याको साँझ उहाँ आफ्नो पाञ्चभौतिक शरीर छोडेर परमधामतर्फ लाग्नुभयो । उहाँको त्यसबेला ६० वर्षको उमेर थियो । कालिम्पोङ्ग बजारको मन्दिरमा र हाल मंगलधाममा हरेक वर्ष आचार्यश्री १०८ पीताम्बरदास महाराजको पुण्य स्मृतिमा विशेष रूपमा महागुरु तिथि मनाइन्छ र उहाँको जामा र खराञको दर्शन गराइन्छ । यस्ता महागुरूप्रति श्रद्धापूर्वक प्रणाम गर्दछु ।