August 8, 2021, Sun, 39:08:33
By बद्री बहादुर कार्की, ललितपुर, (SND)
गुरूजी श्री तेजबहादुर खत्री (लप्टन ब्वुबा)

2021-08-08
Shree Navatan Dham (SND)
“मार, रीसलाई मार किनभने सबै चीज मार्दा पाप लाग्छ तर रीस मार्दा पाप लाग्दैन ।” यसरी आम
जनसमुदायमा धर्म प्रचारगरी आफ्नो विशिष्ट स्थान बनाउनु भएका गुरुजी लप्टन तेजबहादुर खत्रीको
जन्म भक्तपुर जिल्ला कटुञ्जे गा.वि.स. वडा नं. ८५ मा विक्रम सम्वत १९६१ साल आश्विन शुक्ल चौथी
बुधवारका दिन भएको थियो । पिता रणबहादुर तथा माता कृष्ण कुमारी खत्रीको कोखबाट जन्मनुभएका
उहाँको न्वारानको नाम तोरण दास थियो । उहाँ सानै हुँदा पिताजी रणबहादुर धामगमन भएका कारण माता
कृष्णकुमारीको रेखदेख र लालन पालनमा उहाँको बाल्यकाल बितेको थियो । पिताजीको वियोग भएका
कारण उहाँको पढाई अधुरो नै रहन गयो । तर “हुने विरुवाको चिल्लो पात’ भने जस्तै सानै उमेरदेखि उहाँ
अत्यन्तै मेधावी र प्रतिभाशाली हुनुहुन्थ्यो । उहाँ धार्मिक प्रवृत्तिको समेत हुनुहुन्थ्यो भन्ने कुरा सात वर्षकै
उमेरमा संन्यासी गुरुसँग दीक्षा ग्रहण गरि धार्मिक यात्राको शुभारम्भगर्नु भएको व्यहोराबाट थाहा पाउन
सकिन्छ।
पिताजीको अनुपस्थिति अनि घरको एउटै छोरा भएका कारण १३ वर्षको कलिलो उमेरमै अर्थात् वि.सं. १९७४ सालमा उहाँले देवानी अदालतमा तेश्रो तहबाट जागिर सुरु गरी चार वर्षपछि १९७८ सालमा जंगी तर्फ सिपाहीमा भर्ना हुनुभएको थियो । १९८१ सालमा हवल्दारमा पदोन्नती भइ निरन्तर सेवामा रहनुभयो । १९९६ सालमा पल्टनसँग हिन्दुस्तान जानुभयो । सोही अवधिमा अफगानिस्तानको कावुल, इरानको तेहरान, पाकिस्तानको लाहौर, कराची, रावलपिण्डी, भुसावल लगायत भारतको दिल्ली, बम्बई, पुना, पञ्चवटी, नासिक लगायत विभिन्न स्थानमा कार्यरत रहनुभयो । त्यहाँ कार्यरत रहेकै बेलामा उहाँ सुवेदार मेजरसम्म हुन सफल हुनुभयो । ६ वर्षपछि अर्थात् २००२ सालमा नेपाल फर्किउञ्जेल उहाँले वृत्ति विकासका अतिरिक्त अनेक तक्माहरू, प्रशंसा पत्र अनि पुरस्कारहरू समेत प्राप्त गर्नुभएको थियो । नेपाल फर्केको एक वर्षपछि २००३ सालमा विराटनगरमा सरुवा हुनुभयो । त्यहाँ रहँदा विभिन्न दौडाहाको काममा मेची र कोशी अञ्चलका प्रायः सम्पूर्ण जिल्लाको भ्रमण गर्नुभयो । २००७ सालको क्रान्ती ताका वीरगंजमा खटिनु भएका उहाँ त्यहाँ रहँदा नारायणी र लुम्विनी अञ्चलका अधिकांश जिल्लाहरूमा खटिनु भयो। २००८ सालमा उहाँ पुनः विराटनगरमा सरुवा भइ त्यहीँ उहाँको सेकेण्ड लेप्टिनेन्ट (हालको सहायक सेनानी) पदमा पदोन्नती भयो । २००९ सालमा लेफ्टीनेन्ट -उप-सेनानी)मा पदोन्नती भई १० वर्ष सेवाबाँकी रहँदै सेवाबाट निवृत्तिभरण अवकास लिएर १९७८ देखि २००९ सम्म जंगी तर्फको ३१ वर्ष लामो जागिरे जीवनबाट विश्राम लिनुभएको थियो ।
१९७८ देखि २००९ को ३१ वर्ष लामो जंगी तर्फको नोकरी अवधिमा उहाँ सिपाहीबाट लेफ्टीनेन्टसम्म हुन सफल भइ देशविदेशको भ्रमण गर्ने अवसर प्राप्त गर्नुभएको थियो । उक्त नोकरीको समयमा पनि उहाँ धार्मिक गतिविधि अर्थात् अध्ययन सत्संग आदिमा सक्रिय हुनुहुन्थ्यो । फुर्सद पाउना साथ साधुसन्तहरूको संगत अनि आफ्ना जिज्ञासाको समाधानार्थ आतुरता पूर्वक लाग्नुहुन्थ्यो ।
त्यस बेलाको चलन अनि परिवारको एक्लो छोरो भएकाले पनि उहाँको विवाह कलिलै उमेरमा कृष्णमाया खत्रीसँग भएको थियो । उहाँबाट सात जना संतान ठूलीमैयाँ, माइली मैयाँ, अथु मैयाँ, रामदेवी, सीतादेवी समेत पाँचजना छोरी, नेत्रबहादुर र केशव सहित दुईजना छोराहरू जन्मिएका थिए । उहाँहरू सबैजना सपरिवार श्रीकृष्ण प्रणामी धर्ममा आवद्ध भई आ-आमनो क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । हुनत अहिले उहाँका सातजना छोराछोरी मध्ये दुईजना मात्र जीबीत हुनुहुन्छ जसमा उहाँकी माहिँली छोरी, मैयाँ के.सी. कृष्णप्रणामी मन्दिर इमाडोलको जग्गा दात्री हुनुहुन्छ भने कान्छा छोरा केशवराज के.सी. श्रीकृष्ण प्रणामी मन्दिर ब्रह्वसभा भवन, कटुञ्जेको निर्माण समितिका संयोजक हुनुहुन्छ ।
धर्मतर्फ सात वर्षको उमेरमा संन्यासी गुरुबाट दीक्षा लिए पनि उहाँको धर्मप्रतिको जिज्ञासा र खोजी रोकिएन । नोकरीकै अवधिमा समेत उहाँले संन्यासी, दशनामी, ब्रह्यचारी, वैष्णव र वैरागीहरूको संगत गर्नुभयो । नानक, जैन, आर्य, तान्त्रिक, कवीर आदिसँग पनि उहाँको गहिरो सम्बन्ध थियो । रामायण, महाभारत, भागवत, पुराण, गीता आदि शास्त्रको गहिरो अध्ययन गर्नुभएका उहाँ अनेकौं साधु, सन्त, विद्वान्, विदुषीहरूको संगत गरी सत्संग, प्रवचन, मन्त्र, साधना, उपासना आदिमा सक्रिय भइ लाग्नुभएको थियो, तर उहाँको मन कतै अडिएको थिएन । वेदान्तमा उहाँ निकै समय अडिनुभएको थियो, – तथापि मनको समाधान हुन सकेन । त्यसकै खोजीमा लामो समय बितेको थियो ।
जागिरबाट निवृत्त भएपछि उहाँ सक्रिय रूपले धर्मको खोजीमा लाग्नुभएको थियो । आत्मा के हो ? परमात्मा के हो ? ब्रह्मा के हो ? जीवन के हो ? विश्व के हो ? ध्यान के हो ? नाशिने के हो ? अविनाशि के हो ? द्रष्ण के हो ? देखिने के हो ? वेद उपनिषद््ले बताएको तत्त्व के हो ? आदि जस्ता प्रश्नहरूको समाधानार्थ उहाँले अनेकौं गुरुहरू मान्नुभएको र अनेकौं कर्म उपासना, योग, ध्यान आदि समेत गर्नुभएको थियो । मनको शंकाको निवारण नभएकाले अझै गहिरो ढंगले उहाँ आत्माको मोक्षको लागि निरन्तर सक्रिय भइ लागि रहनुभएको थियो । नोकरीबाट निवृत्त भएको ६ वर्षपछि अर्थात् २०१५ साल मार्ग २ गते उहाँकी जीवनसंगिनी कृष्णमाया खत्रीको धामगमन भयो । उहाँ अझै विक्षिप्त भएर जीवन र जगत्को वास्तविकताको खोजीमा लागी नै रहनुभएको थियो । त्यतिञ्जेल उहाँका दुई जना छोरीहरू माहिली मैयाँ के.सी. र अथुमैयाँ कार्की निजानन्द सम्प्रदायमा आवद्ध भइसक्नु भएको रहेछ । बुबाकोएकलोपन अनि जोगीको जस्तो चाला देखेर छोरीहरूले उहाँलाई आफ्नो धर्म भित्रका त्यस बेलाकासक्रिय र अगुवा महानुभावहरूसँग भेट गराउनुभएको थियो । खासगरी इमाडोल निवासी नानीकाजी बस्नेतसँग उहाँको निकै दिन भेटघाट अनि सत्संग समेत भएको थियो । केही दिनको सत्संग पश्चात् उहाँले नानीकाजी बस्नेतज्यूलाई सोध्नुभएछ, “मैले तपाईको धर्म लिएँ भने तपाइँ मलाई के दिनुहुन्छ, भन्दा प्रत्युत्तमा नानीकाजी बस्नेतज्यूले हामी तपाइँलाई निजनाम तारतम ज्ञान दिन्छौं” भन्नुभएछ । निजनाम र तारतम ज्ञान भन्ने शब्दले उहाँलाई भित्रसम्म छोएछ र उहाँ भाव विहव्ल हुनुका साथै रोमाञ्चित पनि हुनुभएछ । किनभने ती दुवै शब्द उहाँले पहिलोपटक सुन्नुभएको थियो । त्यसपछि धर्म ग्रहणगर्न आतुर हुनुभएछ । अनि उहाँलाई आफ्ना छोरीहरूका अलावा नानीकाजी बस्नेत लगायतले तात्कालीन गुरुआमा जमुनाबाईज्यूको निवास लगनखेल पुग्याउनु भएछ | त्यहाँ पनि धर्म र सिद्धान्तको विषयमा राम्रै छलफल भएपछि उहाँले २०१५ साल माघ महिनामा गुरुआमा जमुनाबाईसँग तारतम ग्रहण गर्नुभएको रहेछ ।
तारतम ग्रहण गरेपछि उहाँ निरन्तर गुरुको समीपमा रहेर धर्मको विषयमा बढीभन्दा बढी जान्ने र अध्ययनलाई एकनासले बढाउनु भएकाले छोटै अवधिमा निजानन्द धर्म र सम्प्रदायको विषयमा राम्रो ज्ञान हासिल गर्नुभएछ । उहाँले तारतम प्राप्त गरेको एकवर्ष भित्रै गुरुआमा जमुनाबाईको धामगमन भएकोले उहाँमाथि ठूलो व्रजपात परेछ तर पछि उहाँलाई महागुरु सुरतबाईज्यूको सामु पुन्याइएछ । महागुरुको सामीप्यता प्राप्त भएपछि उहाँ अझ सक्रियता पूर्वक धर्मको कार्यमा लाग्नु भएछ । निरन्तरको अध्ययन, सत्संग, प्रवचन अनि अन्य धर्म र सिद्धान्तको विषयमा पहिल्यै उहाँमा राम्रो ज्ञान भएका कारण धर्ममा प्रवेश गरेको छोटो समयमै उहाँ त्यसबेला सबै सामु एक प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित हुनुभएछ।
यसैबीच उहाँकी ममतामयी आमा कृष्णकृमारी गोतामे गंभीर बिरामी पर्नुभयो । उहाँको सेवामा पूर्ण रूपले समर्पित भइ लाग्दालाग्दै २०१८ साल फागुनमा आमाको धामगमन भएको थियो । आमाको धामगमन पश्चात् उहाँले आफ्नो पीडा कम गर्न झनै अध्ययन र सत्संगको कार्यलाई बढाउनु भएछ । फलस्वरूप आफ्नो पूर्व अध्ययन, अनुभव अनि लगातार तीस वर्षको गहन अध्ययन र सत्संग समेतले गर्दा धर्म प्रचारको कार्यमा जुट्नु भयो। २०१० सालतिर उहाँले बोडे धुन्चेपाखाका दुईजना महिलालाई तारतम प्रदान गरी जागनीको अभियान सुरु गर्नुभएको थियो । त्यसपछि कटुञ्जे निवासी भीम बहादुर खड्कालाई तेश्रो शिष्यको रूपमा तारतम प्रदान गर्नुभएको थियो । उहाँ भीमबहादुर खड्का हाल ९३ वर्षको उमेरमा पनि धर्ममा सक्रिय हुनुहुन्छ। यसरी सुरुभएको जागनीको अभियानमा उहाँलाई सुरुमा नानीकाजी बस्नेत, पं. कमलदास आचार्य, पं. कमलकृष्ण शर्मा, पं. रमणदास अधिकारी, पं. दिलदास तिमिल्सिना, पं. गंगाप्रसाद अधिकारी, मोहन मुकुन्द महाराज, पं. कृष्णप्रसाद सापकोटा आदिको ठूलो सहयोग रहेको थियो |
उहाँको एक्लोपन अनि घरको समस्या देखेर छोरीहरूकै अनुरोध र सल्लाहमा २०२० सालमा पहिल्यैदेखि धर्ममा सक्रिय रहनुभएकी सावित्री थापासँग दोश्रो विवाह भयो । त्यसपछि उहाँहरू दुवै जना साथसाथै सक्रिय रूपले धर्मको कार्यमा लाग्न थाल्नुभयो । उहाँको प्रचारको गतिले अझै तीव्रतापायो । यसै बीच दोश्रो परिवारका तर्फबाट दुई छोरीहरू इन्द्रावती रायमाझी (हाल वेलायत), संगीता आचार्य तथा एक छोरा पदमराज के.सी.को जन्म भयो । उहाँहरू तिनैजना आ-आफ्नो क्षेत्रबाट धर्मको कार्यमा सक्रिय रूपले लाग्नुभएको छ।
गुरुको वाक्य, शास्त्रको वाणी अनि आफ्नो अध्ययनबाट प्राप्त अनुभव समेतका आधारमा धर्म प्रचारमा लाग्नुभएका उहाँ छोटो अवधिमै कटुञ्जे लप्टन गुरुबाको नामले प्रख्यात हुनुभएको थियो । भक्तपुर जिल्लाको कटुञ्जेलाई कर्मथलो बनाई धर्म प्रचार अर्थात् जागनीको अभियानलाई अघि बढाउने क्रममा भक्तपुर जिल्ला भित्र कटुञ्जे, गुण्डु, सिपाडोल, दधिकोट, नाला, दुवाकोट, नखेल, बोडे, घुन्चेपाखो, गठ्ठाघरका अतिरिक्त सिनामंगल, वानेश्वर, सुनाकोठी, नैकाप, दहचोक, किटिनी, काभ्रे, पर्सा, वीरगंज आदि स्थानमा समेत धर्मको प्रचार गरि राम्रै संख्यामा अनुयायीहरू तयार गरी योग्य गुरुको रूपमा स्थापित हुनुभएको थियो । २०१८ सालबाट उहाँले सुरु गर्नुभएको जागनीको अभियान उहाँको जीवनको अन्तिम समयसम्म कायम रहेको थियो ।
जागनीको अभियानलाई अघि बढाउने क्रममा उहाँले २०३१ सालदेखि प्रत्येक महिनाको पहिलो शनिवार आफ्नै निवासमा ब्रह्मसभाको कार्यक्रम सुरु गर्नुभयो । उक्त कार्यक्रम अत्यन्त प्रभावकारी र लोकप्रिय समेत रह्यो । त्यसैको माध्यमबाट अनेकौं विद्वान् विदुषीहरूको जमघट हुने गरेकोले समेत ब्रह्मसभाको कार्यक्रमले लोकप्रियता मात्र हैन व्यापकता समेत पाएको थियो । जसको फलस्वरूप आम जनसमुदाय बीच श्रीकृष्ण प्रणामी धर्म-निजानन्द सम्प्रदायलाई व्यापक रूपले लैजाने सफलता प्राप्त भएको थियो । त्यसका अलावा उहाँले २०३४ सालदेखि १२ महिने सेवा आरम्भ गरी प्रत्येक महिना पालैपालो विभिन्न सुन्दरसाथको घरमा सेवा, पारायणको आरम्भ गर्नुभएको थियो । यसरी महिनाको दुई पटक ब्रह्मसभा तथा सेवा, पारायण गर्ने कार्यक्रम आज पर्यन्त निरन्तर चलिरहेको छ। सस्तो, हलुका र प्रचारमुखी कार्यक्रमभन्दा भित्री, गहिरो ज्ञानवर्धक कार्यक्रम नै उहाँको प्राथमिकतामा रह्यो । उहाँले सुरु गर्नुभएको कार्यक्रममा धामवासी पं. कृष्णमणि दाहाल, धामवासी पं. दिलदास तिमिल्सिना, धामवासी बलीदास बस्नेत, पं. नवल किशोर आचार्य, पं. कृष्णप्रसाद सापकोद, पं. हेमप्रसाद दाहाल, धामवासी प्रेमदास उप्रेति “’पीडित’, गुरुआमा अमृता अधिकारी, पं. तुलसीप्रसाद कोइराला आदिको पनि सक्रिय सहयोग र साथ रहेको थियो जुन आज पर्यन्त कायम छ।
उहाँबाट तारतम प्राप्त गरेका कतिपय युवाहरू आज पनि प्रणामी समाजमा सक्रिय रहि महत्वपूर्ण जिम्मेवारी लिन सफल भएका छन् । प्राणनाथजीको सिद्धान्तलाई अत्यन्त कडाइका साथ लागू गर्ने उहाँको शैली थियो फलस्वरूप उहाँका अनुयायीहरू आजसम्म पनि आफ्नो आचरण तथा व्यवहारमा अग्रपंक्तिमा उभिन सफल भएका छन् । त्यस्ता महान् गुरुको चेलो हुने सौभाग्य प्राप्त भएकोमा आफूलाई गौरवान्वित ठान्दै श्रीराजश्यामाजीको आफूप्रति असीम कृपा भएको ठान्दछु । नयाँ मन्दिर बनाउने भन्दा भएका मन्दिरहरूको संरक्षण र सम्वर्द्धन गर्नुपर्दछ भन्ने कुरामा सधैं जोड दिने उहाँ, जीवनको अन्तिम क्षणसम्म पनि उक्त अडानमा कायमै रहनुभयो ।
सत्, चिद्, आनन्दमय परमधाम छाडी असत, जड, दुःख रूपी यस संसारमा आएका कारण अन्य मान्छेहरू जस्तै उहाँमा पनि त्यसको प्रभाव पर्ने नै भयो । २०४६ साल मार्ग १९ गते उहाँको बुढेस कालको एकमात्र सहारा सहयोगी गुरुआमा सावित्री के.सी.को असामयिक धामगमनले व्यावहारिक रूपमा उहाँलाई ठूलो समस्या परेको थियो तथापि उहाँले आर्जन गरेको ज्ञान र त्यसप्रतिको समर्पणका कारण उहाँ कहिल्यै विचलित हुनु भएन । उहाँ सदा झैं आफ्ना धार्मिक गतिविधिहरूमा निरन्तर सक्रिय रहनु भएको थियो । तर २०५१ साल आश्विन सप्तमीका दिन उहाँकी छोरी सीता के.सी. तथा उहाँका अनेकौ चेलाचेलीहरू मध्ये अत्यन्त अव्वल र अग्रपंक्तिमा रहनुभएकी बोडे धुन्चेपाखाकी सीता पौडेलको एकैदिन भएको धामगमनको खबरले उहाँ अत्यन्त भाव विह्व्ल हुनुभएको थियो । उहाँ आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै भक्कानिएर रोएको देख्दा यो लेखक पनि उहाँसँगै रोएर आफ्नो मनको वह पोखेको थियो। १फण्डै ३० वर्ष लामो सम्बन्ध सम्पर्कमा उहाँलाई पहिलो पल्ट रोएको देखेको थियो यो पंक्तिकारले । सायद त्यस बेला उहाँ निकै कमजोर भैसक्नु भएको रहेछ । त्यसको झण्डै तीन महिना पश्चात् अर्थात् २०११ साल पुष २६ गते मंगलबार केही दिनको बिमारी भए पश्चात् ९० वर्ष ४ महिनाको उमेरमा उहाँ यस धराधामबाट हामी सबैलाई टुहुरो बनाइ परमधाम प्रस्थान गर्नुभयो ।
उहाँको सक्रिय धार्मिक जीवनकालमा आफ्ना चेलाचेलीहरू मात्र हैन, अन्य असंख्य भक्त सुन्दरसाथहरू समेत उहाँबाट अति नै प्रभावित भएका थिए । सादा जीवन र उच्च विचारका वास्तविक अनुयायी अगुवा उहाँ धर्मको सिद्धान्तलाई अत्यन्त स्पष्टसँग राख्ने गर्नुहुन्थ्यो । फलस्वरूप उहाँका कार्यक्रमहरूमा धार्मिक सुन्दरसाथ मात्र हैन ठूलो संख्यामा जिज्ञासु भक्तजनहरूको समेत उपस्थिति रहन्थ्यो । ९० वर्षको उमेरमा पनि उहाँको स्वास्थ्य एकदमै राम्रो थियो । उहाँसँग हिँड्न जोकोहीलाई हम्मे पर्दथ्यो । त्यस्ता महान कर्मयोगी गुरु तथा प्रचारकको वियोगले उहाँका अनुयायी मात्र नभै समग्र श्रीकृष्ण प्रणामी समाज निजानन्द सम्प्रदाय समेतमा ठूलो रिक्तताको महसुस गरियो । हुन त यस संसारमा मान्छेहरू जन्मन्छन, मर्छन् तर महापुरुषहरूको गमन र उहाँहरूसँगको विछोड अत्यन्त पीडादायक हुने गर्दछ । त्यसै कोटीमा पर्नुहुन्थ्यो गुरुजी लप्टन तेजबहादुर खत्री ।
असल गुरुका असल चेला भनेजस्तै उहाँको धाम गमन पश्चात् पनि उहाँले चलाउँदै आउनुभएको ‘ब्रह्चसभा’ तथा १२ महिने सेवालाई निरन्तर रूपले सञ्चालन गर्न सबै एकमतले तयार भए । २० वर्ष अघिदेखि उहाँकै निवासमा चल्दै आएको ब्रह्मसभाको कार्यक्रमलाई निरन्तरता दिइ चिरस्थाइ बनाउने आम सुन्दरसाथको चाहना र भावना अनुसार स्थानको खोजी सुरु गरियो । कटुञ्जे गा.वि.स.को सिफारिसमा कटुञ्जे गा.वि.स. वडा नं. ८ स्थित कुञ्ज वन परिसरमा जग्गा प्राप्त गरी सम्बन्धित निकायबाट दर्ता समेत गराई २०५७ साल वैशाख १७ गते सन्त हंसदासजी महाराजबाट शिल्यान्यास भई छोटै समयमा दुई तल्लाको श्री मन्निजानन्द ब्रद्चसभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिर, कुञ्जवन, कटुञ्जेको निर्माण भई अठै प्रहरको सेवा चल्दै बृद्ध तथा बालबालिकाहरूको समेत संरक्षण र सम्बर्द्धन हुँदै आएको छ । नियमित बाह्र मेला तथा ब्रह्यसभाको कार्यक्रम भव्य रूपले सञ्चालन हुँदै आएको छ। २०७२ सालसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी गजुर अनावरण तथा १०० पारायण समेत गर्ने लक्ष्यका साथ श्रीकृष्ण प्रणामी सेवा समिति भक्तपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् भक्तपुर, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति तथा मन्दिर सञ्चालक समिति, समेत सबै एक मतले अघि बढीरहेकाले समयमा कार्य सम्पन्न गरी १०८ पारायण सहित गजुर अनावरण हुने कुरामा सबै विश्वस्त छन्।
गुरुजी लप्टन अर्थात् तेजबहादुर खत्रीको विषयमा र उहाँले प्रणामी धर्म जागनीको अभियानमा पुच्याउनु भएको योगदानको चर्चा जति गरे पनि कम हुन्छ। तथापि उहाँ आफैंले लेख्नुभएको अप्रकाशित तत्त्व ज्ञान भन्ने ग्रन्थ प्रकाशित गर्न सकिएमा धेरै सुन्दर साथ लाभान्वित हुने थिए । उहाँसँग निकट रहेर धर्म कार्यमा लाग्नुभएका उहाँका सहयात्री, सहयोगी उहाँका परिवार समेतबाट प्राप्त जानकारी अनि आफू स्वयंले उहाँसँग बिताएका क्षण र उहाँसँगको आत्मीय अनि पारिवारिक सम्बन्धमा आधारित भएर तयार पारिएको यो छोये लेखले उहाँको विषयमा जान्न खोज्ने जिज्ञासुहरूको थोरै मात्र भएपनि जिज्ञासा पूरा हुने विश्वास लिएको छु। उहाँ मेरो धर्म गुरु मात्र नभएर सांसारिक नातामा हजुरबा समेत हुनुहुन्थ्यो । त्यसैले पनि उहाँलाई जान्ने र बुझ्ने क्रममा आफूलाई केही सहज भएको हो । अस्तु !