August 29, 2021, Sun, 37:08:42
By अमृतराज , नवतन धाम, काठमाडैँ, (SND)
परमहंस बाबाजी श्री लक्ष्मीदासजीसन्त
परमहंस बाबाजी श्री लक्ष्मीदासजीसन्त
परमहंस बाबाजी श्री लक्ष्मीदासजीसन्त

By अमृतराज , नवतन धाम, काठमाडैँ, (SND)
2021-08-28

Shree Navatan Dham (SND)
नवतनपुरी धामका तेड्रौ गादीपति ब्रह्यलीन आचार्य श्री
108 धर्मदासजी महाराजका कान्छा भाइ श्री लक्ष्मीदासजीलाई
प्रणामी ‘बाबाजी’को नामले जान्दछन् । उहाँका पिताको नाम
पं. श्री लीलादास घिमिरे र माताको नाम छायादेवी घिमिरे हो।
साने उमेरदेखि नै वैराग्यको भावनाले उत्रेरित भइ उहाँ आसाम
आतरीघाटको आफ्नो घरबाट पद्यावतीपुरी धाम आउनुभयो । त्यहाँ
करिव एक वर्ष रहेपछि आफ्ना अग्रज धर्मदासजी नवतनपुरीधाम
हुनुहुन्छ भन्ने क्रा थाहा पाइ उहाँ पनि नवतनपुरी धाम
जानुभएछ।
नवतनपुरी धाममा नै आचार्य श्री १०८ धनीदास महाराजजीसँग श्रीमुखवाणीको तालिम लिनु भएछ । तालिम पूरा भएपछि आचार्य महाराजश्रीकै आजाले विद्यार्थीलाई तालिम दिन थाल्नुभएछ । बाबाजी लक्ष्मीदासजीका समकक्षी साथीहरूमा सबैभन्दा उच्चकोरीको शिक्षा पाएकाले नै श्री धनीदास महाराजजीले उहाँलाई नै तालिम दिने भार सुम्पेको रहेछ।
आज नेपाल भारत सबै ठाउँमा जुन प्रणामी धर्म प्रचारको तीव्र वेग बढेको छ त्यो बाबाजी कै देन हो भनेर हामी मान्दछौं । बाबाजीले करीब ५० वर्षसम्म नवतनपुरी धाममा बसेर हजारौंको संख्यामा पण्डित एवं विद्वान् तयार गर्नुभयो । आज जति पनि ठूला ठूला मठ मन्दिरहरू छन् त्यहाँका मठाधीशहरूलाई बाबाजीले नै प्रशिक्षण दिएर तयार गरेको पाइन्छ। जस्तै श्री नवतनपुरी धामका वर्तमान आचार्य श्री १०८ कृष्णमणिज्यू महाराज, श्री ५ महामंगलपुरी धामका आचार्य श्री १०८ सूर्य नारायण दासजी महाराज, गंगापुरका महाराज श्री नन्दकिशोरजी, पटनाका राजकिशोर दासजी महाराज मुम्बई प्राणनाथ ज्ञान केन्द्रका दीन दयालदास महाराज, भरोडाका श्री १००५ टहल किशोर महाराज साथै म अमृतराज लगायत अरू अरू पनि सन्त महात्मा सबैलाई श्री तारतम सागर, बीतक आदिको प्रशिक्षण दिएर प्रणामी धर्मको प्रचारमाबाबाजीले अलौकिक देन दिनुभएको छ । समाजले उहाँले दिएको देनलाई कहिल्यै बिर्सन सक्दैन । उहाँका शिष्यहरू पनि देश विदेशमा यत्रतत्र फैलिएका छन्। उहाँको दिव्य धर्ममय जीवन थियो। महामति श्री प्राणनाथजीको दिव्य सन्देशलाई देशव्यापी गर्दा गर्दै वि.सं. २०५९ साल मंसिर महिनामा सांसारिक लीलालाई संवरण गरी उहाँ धाम जानुभयो । यस्ता महायोगीका श्रीचरणमा मेरो कोटी कोटी प्रणाम ।