निवर्तमान अध्यक्ष, (SND)
निवर्तमान अध्यक्ष, (SND)
Shree Navatan Dham (SND)
हिमाल पहाड र तराइ क्षेत्र सम्म फैलिएर रहेको नेपाल प्रकतिले भरिपूर्ण ३३ कोटी देवताहरुको बास
भएको हिन्दु अभिभाज्य सार्वभौम सत्ता सम्पन्न राज्य हो । परापर्वकाल देखि क्रषिमुनिहरुको तपोधामको
रुपमा चिनिने नेपाल आजसम्म कसैको पराधिन रहेन । यो देश धर्म संस्कृति र परम्पराको खानि हो ।
समाज, जात र वर्गको नाममा अलग रहेता पनि नेपाली संस्कार र पहिचानले हामीलाई अनेकतामा
एकता भन्ने भनाईलाई सार्थक बनाउँदै एउटा मालामा उनेको छ ।
आज देशमा संस्कृति र परम्परालाई सुक्ष्म रुपले नियाल्ने हो भने कति संस्कारहरु सुसंस्कतिको रुपमा
देखिन्छन् भने कतिपय अन्ध विश्वास र क्रितिको रुपमा देखिन्छन् । जसमध्ये परम्परा, भाकल र
ग्रहशान्तिको नाममा शक्तिपिठ, मठ मन्दिर र सार्वजनिक स्थलमा बलिको नाममा गरिने अवोध जीवहरुको
हत्या पनि एक हो ।
समाजमा परम्परा र धर्म संस्कृतिको नाममा गरिएका कतिपय गलत अभ्यासहरु त्यागिए । दास प्रथा,
सति प्रथा, बाल विवाह जस्ता मानव हित विपरितका क्रिति त त्यागियो तर हामी जस्तै प्रकतिमा जन्म
लिएका अवोध प्राणीहरुलाइ बलिको नाममा निर्दयता पुर्वक मार्ने संस्कार नत्यागिनु बिडम्बना हो । के
हामी जस्तै तिनको पनि आफना परिवार हुन्न र ? अवस्य हुन्छ । माया ममता समवेदना भएका ति बोल्न
नसक्नेहरुको पनि पिडा हुन्छ उनिहरु पनि रमाइलो गर्छन उनिहरु पनि खेल्छन् आफन्त मर्दा पिडाबोध
उनिहरुलाई पनि हुन्छ । त्यसैले जनवार हाम्रा साथी हुन् उनिहरुलाई विभिन्न बहानामा मन्दिरमा
बलि चढाउनु र हाम्रो भोजन र साधन बनाउनु हुन्न । परिवारका सदस्य सरह पालेर ठुलो भएपछि
परिवारका बालक देखि बृद्धका अगाडि आहारका लागि मारेर पश्पंक्षी प्रति गरिने हिंसाले समाजमा मानव
मस्तिष्कमा हिंसात्मक र नकारात्मक सोचलाई बढावा दिन्छ । आज समाजमा हने चोरी, डकैती निर्मला
पन्त जस्ता कैयौं चेलीहरुको बलात्कार र हत्या जस्ता जघन्य अपराधमा पनि सबैका अगाडि गरिने हिसा
कहिँ न कहिं कारक हो । त्यसैले भनिन्छ, आज प्राणी काट्न उठ्ने हाथहरु भोलि मानव विरुद्ध पनि उठन
पछि पर्दैनन् । त्यसैले हाम्रो आहार र व्यवहारले भविष्यका कर्णधार युवाहरुको मार्ग निर्धारण गर्ने भएकोले
समय मै आम नागरिक र राज्यलाई समेत यो विषयमा गम्भिरता पुर्वक सोच्न हामी आग्रह गर्दछौं ।
अनेक धर्म संस्कृति परम्परा मान्ने विभिन्न समुदायमा आहार, पहिरन र परम्परामा अनेकता पाईन्छ । कनै
समयमा हाम्रा पुर्वजहरुले खानाको अभावमा निरिह पशुलाई मारेर खाए भने आज अन्नपातको भण्डार
प्रशस्त रहे पनि पुर्वजले खाद्य अभावमा खाएको मासुलाई विभिन्न परिकारको रुपमा आजसम्म खाईरहन्
अलिक असान्दर्भिक लाग्छ । आज स्वास्थ्यका हिसावले पनि शाकाहारी खाना प्रतिको जागरुक्ता मान्छेमा
बढ्दै जान आवश्यक छ । औषधी विज्ञानले प्रमाणित गरिसकेका स्वास्थ्य सम्बन्धि तथ्यांकका अनुसार
संसारमा मुटुरोगका कारण १० खर्व डलर बरावरको रकम दबाई पानिमा खर्च भैरहेको एउटा तथ्यांकले
देखाएको छ । नेपालमा समेत उच्च रक्तचाप र मधुमेहका रोगीहरुको संख्या १६.७ प्रतिशत रहेको
देखाईएको छ । आज दक्षिण एसीयाली मुलुकहरुमा नेपाल मासु अत्याधिक मात्रमा सेवन गर्ने म्लुकमा
पाकिस्तान पछि २ नम्बरमा रहेको एक तथ्यांकले देखाएको छ । आज ससारमा क्यान्सरका विरामीहरु
नददै गए । मासु सेवन गरे कै कारण ७० लाख मानिसहरुले बर्षेनि ज्यान गुमाईरहेका छन् । प्रत्येक बर्ष
१० लाख भन्दा बडि ठुलो आन्द्राको क्यान्सरका शिकार भैरहेका छन् । ६ लाख भन्दा ज्यादा यहि समस्याले
बर्षेनी ज्यान गुमाईरहेका छन् । माम्साहारका कारण मोटा मानिसहरुको संख्या बड्दो छ । ससारमा १
अरब ६० लाख बयस्कहरु आवश्यकता भन्दा ज्यादा तौलका रहेका छन् । अत; अत हरकोईले आहारमा
सन्तुलन सहित सात्विकतामा ध्यान दिन अति जरुरी देखिन्छ ।
आज संसार बड्दो विश्व तापमानको बारेमा चिन्तित छ । बड्दो शहरीकरण, कलकारखानाबाट उत्सर्जन
ग्यास विश्व तापमान बड्नाका कारकहरु हुन् । भर्खरै फ्षा0 ले संसारमा मासु उत्तादनका लागि पालिने
पशुर्पक्षि र तिनका लागि आज मानिसले खान प्रयोग हुने अन्न ४९ प्रतिशत र मानिसले पिउन योग्य
पानि ७३ प्रतिशत खर्च हने गरेको तथ्यांक देखाएको छ भने अर्कातिर त्यस्ता पशुपालन ब्यवसाय र
मासु उत्पादन गर्ने गरेका बधशाला अथवा स्लटर हाउसबाट निस्कने फोहोरका कारण उत्सर्जन भएका कार्वन डाईअक्साईड र मिथेन ग्यासले पृथ्वीको तापमान बढ्न ठुलो भूमिका खेलेको पुष्टी भइसकेको
छ । आज विज्ञानका धेरै सोध र अनुसन्धानले देखाएको तथ्यांकलाई आधार मानेर समय मै हामीले यस्ता
संवेदनशिल विषयमा सोचेनौ भने विज्ञानले बताए झैँ भविष्यमा यो धर्ति कनै पनि प्रकारका प्राणीको
लागि बस्न योग्य नहने क्रा तितो सत्य हो ।
स्विकार गर्न नसक्नु माम्साहारि मानवहरुको समस्या हो तर विज्ञानले मांसाहारी र शाकाहारी प्राणी विच
धेरै भिन्नता रहेको देखाएको छ । मांसाहारी प्राणीले पानि जिब्राले चाटेर पिउँछ भने दाँतहरु तिखा,
हातका नंग्राहरु चच्चा, मासु पचाउने पेटको आन्द्रा छोटो हुन्छ तर शाकाहारी प्राणीहरुको नङ, दाँतको
बनावट फरक हन्छ भने आन्द्रा समेत शाकाहारी खाना पचाउने लामो र फरक रहेको हुन्छ त्यस्तै
शाकाहारीले पानि पनि घटघट गरी सिधै पिउँछ । आज मानव शरिर पनि शाकाहारी प्राणी कै जस्तो
रहेको तथ्य विज्ञानले पुष्ठी गरिसकेको छ ।
परम्पराको नाममा हाम्रा पुर्वजहरुले खाद्यान्नको अभावमा पशुपंक्षीहरु मारेर खाए जसलाई पछिल्लो
प॒स्ताले धर्म संस्कारको नाममा भगवान र देविको बहानामा प्रकृतिका देन प्राणीलाइ आफ्नो भलाईको
लागि भाकल र मनोकांक्षाका नाममा मन्दिर र मुर्तिमा आफ्ना दुर्गुण र पशुत्वलाई बलिको रुपमा नचढाई
प्रतिकात्मक रुपमा कामरुपी बोका, क्रोधरुपी बोका, ईर्ष्याको प्रतिक भेडो, तृष्णाकी प्रतिक पंक्षि, लोभको
प्रतिक उँटलाई बलिको नाममा बध गरी आफ्नो आहारा बनाइरहे । चेतनशिल मानवले आहारा र बलिको
बहानामा पशुपंक्षी प्रतिको निर्दयतालाई निरन्तरता दिनु कतिको सान्दर्भिक छ ?
आज राज्यले चाहे के हुन्न ? हिजो दुर्नामको कमाएको बिहार आज बिकासको फड्को मार्न किन सफल
भयो ? अराजक अवस्था र दुर्व्यसनीहरुको अखाडा मानिने बिहार समय सापेक्ष आज पशुहिंसा र मदिरा
निषेध सहित हाम्रा आँखा अगाडि बिकासको मार्गमा अग्रसर भई रहेको छ । %८पशुधन राष्ट्रिय धन हो
र जीवनको आवश्यकता हो” भन्दै गढिमाई मेलामा हुने पशुवलि निषेध सम्बन्धमा भारतिय सर्बोच्च
अदालतको निर्णय बमोजिम भारतिय केन्द्रीय तथा स्थानिय सरकार गम्भिर बनेको क्रा नेपालसंग प्रत्यक्ष
सिमाना जोडिएको बिहार सरकारको पशु एवं मत्स्य संसाधान विभागले नेपालमा भारतका दर्शनार्थी
भक्तजनहरुको तर्फबाट गरिने पशु बलिलाई रोक लगाएको करा तपाईं हाम्रो अगाडि स्पष्ट छ ।
नेपालको सन्दर्भमा समेत २०७३ साल साउन २० गते सर्वोच्च अदालतका सम्माननीय न्यायाधीश द्रय
श्रीमान ईश्वरप्रसाद खतिवडा र श्रीमान अनिलकुमार सिन्हाको संयक्त इजलासले गढीमाई मेलाका नाममा
पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि एउटा समिति बनाइ उचित काम गर्न सरकारका नाममा
निर्देशनात्मक आदेश जारी गरेकोले सम्मानित सर्बोच्च अदालतले हिन्दु धर्म र हिन्दु धर्मालम्बीहरुको
मात्र नभई मानव र जनावर दुबैको पृथ्वीमा बाँच्न पाउने जन्मसिद्ध अधिकारलाई सुनिश्चित गरी सम्पूर्ण
नेपालीको गौरव बढाई दिनु भएकोमा सहभागी अधिवक्ता, न्यायाधीश महानुभावहरूलाई हार्दिक धन्यवाद
साथै उक्त आदेशप्रति स्वागत, समर्थन तथा सम्मान व्यक्त गर्दछौँ र धर्मका नाममा प्रचलित कप्रथा
हटाई विश्व सामु नेपाल र नेपालीको शिर कच्च रहनुपर्छ भन्ने मान्यतामा उक्त गढिमाई मन्दिरमा हुने
लाखौं पशुहरुको बलि दिने प्रथाबाट राष्ट्रिय अन्तराष्ट्रिय पर्यटकहरुको आगमनमा समेत कमि आउने र
वातावरण प्रदुषित भई विभिन्न रोगहरु फैलने हुँदा यो प्रथा रोकिनु पर्दछ भनि बिभिन्न समयमा हामी
बिभिन्न धार्मिक एवं सामाजिक संघ संस्थाहरुको एउटै आवाजलाई सम्वोधन गर्दै कानुन निर्माण र
स्थानिय समुदायमा सचेतना फैलाउन राज्यले समेत अहम् भूमिका खेल्न आवश्यक छ । अव राज्यले नै
नेपालमा रहेका विभिन्न शक्तिपिठ र मठमन्दिर हिंसामुक्त घोषणा गर्नपर्दछ ।
धर्म संस्कृति र परम्परा अवश्य हाम्रा अमुल्य सम्पत्ति हुन् । आजको सन्दर्भमा कनै समयमा हाम्रा
पुर्वजहरुले गरेका कतिपय गलत अभ्यासलाई संस्कृतिको नाम दिएर दोहोस्याई रहेको विषय गम्भिर रुपमा
रहेको छ । धर्मको नाममा अवोध निरिह प्राणीहरुको जीवन मास्ने परम्परालाई ग्रन्थ शास्त्रहरुले कतै
सम्वोधन नगरेको भएपनि वेद, उपनिषद, पुराणलाई शास्त्र उच्चारण र ब्याख्या गर्ने प्रचारकहरुले आफ
अनुकुल व्याख्या गरिरहेको देखिन्छ । संस्कृति र परम्पराको नाममा गरिने यस्ता गलत अभ्यासले हाम्रो
पहिचान र गरिमालाई संसारको अगाडि गिराउने काम त गरिरहेको छैन ? विषय गम्भिर छ । विडम्बना
आज कैयौं शक्ति पिठ, मन्दिरहरुमा भैरहेका पशुवलि परम्परा र यसमा समर्थन गर्ने समूह र कतिपय
अवसर अनि स्थानमा बजेट निकासा गर्दै सरकार समेतको प्रत्यक्ष संलग्नता आज अहिंसाप्रेमीहरुका लागि
दुखको विषय बनेको छ।
धार्मिक पर्यटन र वातावरणमा विश्वमान चित्रमा प्रतिकुल प्रभाव पार्ने विभिन्न शक्तिपिठ र गढीमाई
विभत्स पशुहत्या रोक्न सरकार सम्बन्धित निकाय र आम सचेत व्यक्ति लाग्न जरुरी रहेको छ । यसै
वर्ष मंसिर १७ गतेबाट हरेक पाँच बर्षमा हुने गढिमाई मेला हुने पशुबलि प्रथा बन्द गर्नको लागि सबै
पक्षबाट पहल गर्न आवश्यक छ।
असल संस्कार, मानव स्वास्थ्य, पर्यावरण संरक्षण र यो धर्तिको अस्तित्व संरक्षणका लागि अब सबैको
चासो र चिन्ता हुन आवश्यक देखिएको छ । पर्यावरणसंगै जोडिएका यावत विषयलाई मध्य नजर गर्दै
पृथ्वीको फोक्सो मानिने जंगल पशुपालनका लागि चरणको रुपमा, मानव बसाँई सराई र अत्याधिक
जनसंख्याको कारण मासिंदै गयो । बनजंगल फंडानी र शहरीकरणका कारण पर्यावरण नष्ट हुँदै गयो ।
पानिका श्रोतहरु सुके । बाढी पहिरो जस्ता प्राकृतिक विपत्तीहरु निम्तिदै गयो । ईको सिष्टममा बाँचेका
हामीले प्रकृतिको नियमलाई आफू अनुकुल बनाउँदै लैजानाले एक पछि अर्को गर्दै विभिन्न विपतीको
शिकार आफै भईरहेका छौं । अहिंसा प्रवर्द्धन, बृक्षारोपण, वातावरण अनुकुल कलकारखाना र विद्युतिय
यातायात साधनको प्रयोग जस्ता क्रा प्रति समुदाय र सरकारको ध्यान जान जरुरी छ भने आम
जनतालाई पनि समय अनुकुल वातावरण संरक्षण र प्रकृति अनुकुल सामान प्रयोग र उपभोगमा सरिक
गराउन उपयुक्त वातातरण तयार पार्नु पर्दछ ।
हाम्रो असल धर्मसंस्कार, आहार र व्यवहार प्रतिको सजगताले नै संसार सुख शितल बन्छ । आज श्रीकृष्ण
प्रणामी युवा परिषद् नेपाल सेवा नै धर्म हो, सुखि शितल बनाउँ संसार जस्ता महान वाणिलाई सार्थक
वनाउन नेपालका विभिन्न जिल्लाहरुमा विभिन्न संघ संस्था तथा अहिसाप्रेमी व्यक्तित्वहरुका साथ मिलेर
यस्तै सम्पूर्ण प्राणिसंग सम्बन्धित संवेदनशिल विषय प्रति सचेतना अभियानलाई अगाडि बढाउँदै विभिन्न
म जिल्लाहरुका स्कुल, कलेज, विभिन्न मन्दिर, बिभिन्न गाउँ तथा बजार सडकमा सचेतना कार्यक्रमहरु
म संचालन गर्दै आइरहेको छ । आउनुहोस् आफ् बाचौं, अरुलाई पनि बाँच्न दिऔं, भावि पुस्ता र पृथ्वीको
चिर अस्तित्व