August 8, 2021, Sun, 23:08:22
By उद्ठवप्रसाद नेपाल, वनेपा, (SND)
बाब्वाजी प्रेमदास बजगाई (वैरागी)को जीवनी र योगदान
(काभ्रेमा प्रणामीको उदय)
बाब्वाजी प्रेमदास बजगाई (वैरागी)को जीवनी र योगदान
(काभ्रेमा प्रणामीको उदय)
बाब्वाजी प्रेमदास बजगाई (वैरागी)को जीवनी र योगदान
(काभ्रेमा प्रणामीको उदय)
By उद्ठवप्रसाद नेपाल, वनेपा, (SND)
2021-08-07
बाब्वाजी प्रेमदास बजगाई (वैरागी)को जीवनी र योगदान <br>(काभ्रेमा प्रणामीको उदय)

Shree Navatan Dham (SND)

नेपालको राजधानी काठमाडौंदेखि पूर्व काभ्रे पलाञ्चोक अन्तर्गतको होक्से बजगाँई विर्ता गाउँ होक्से भञ्ज्याङ, हाल होक्से गाविस वडा नं. ६ काभ्रे पलाञ्चोक जिल्लामा वि.सं. १९१४ प्रेमदास बजगाँईको जन्म भएको थियो । उहाँ बालककालदेखि नै धर्म संस्कृतिप्रति चासो राख्नुहुन्थ्यो भन्ने कुरा स्थानीय बयोवृद्धहरूबाट थाहा भएको छ । उहाँ समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय रहनुभएको कुरा अभिलेखमा पाउन सकिन्छ । उहाँद्वारा निर्मित होक्से खानेपानी वैरागी धारा यसका उदाहरण हुन्‌ । यस बाहेक तत्कालीन पूर्व १ नं. इलाका हाल काभ्रेपलाञ्चोक जिल्लामा उहाँ श्रीकृष्ण प्रणामी धर्मको मुख्य प्रचारकको रूपमा पनि चिनिनु हुन्छ । केही समय राष्ट्रसेवकको रूपमा नेपाल आर्मी (पल्टन)को जागिर खाएर जंगी प्रशासनको कोत खानामा काम गर्दा मनमा वैराग्य उत्पन्न भएपछि बीचैमा जागिर छोडी हिन्दू धर्मको संरक्षणमा अध्ययन तथा अनुसन्धान गर्न क्रममा भारतका विभिन्न प्रान्तमा पुगी धर्मको खोजी गर्ने शिलशिलामा काशी, गया, वुन्दावन, हरिद्वार लगायत बद्री, केदार जगन्नाथपुरी, द्वारिकापुरी हुँदै श्री ५ नवतनपुरी धाम, श्री ५ महामंगलपुरी धाम, श्री ५ पद्मावतीपुरी धामको तीर्थ यात्रा गर्नुभयो । त्यसपछि नेपाल आउँदा श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायमा प्रवेश गरी, जन्मथलोमा फर्केर आउनुभयो तब आफ्ना दाजुभाइ गुठीयार १४ भाइलाई जम्मा गरि वि.सं. १९४८ जेठ वदि रोज ७ का दिन गाउँको बीच भागमा रहेको साझा बगैंचा फूलवारी होक्से भञ्ज्याङ्‌ ६ को देवलगुठी भन्ने सार्वजनिक जगामा मन्दिर निर्माण गर्ने निधो गर्नुभयो । आफ्ना दाजुभाइहरू जयन जैसी, जगन्नाथ बजगाँइले विर्ता पाएको जगामा पूर्व पिपलको बोट, पश्चिम पट्टि बज्जले हानेको फडिरको बोट, दक्षिण मूलबाटो र उत्तर ठाडो बाटो यति चारकिल्ला भित्रको जगामा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गर्ने उद्देश्यले निम्न अनुसारका आफ्ना भाइ भतिजा दाजुभाइको रोहवरमा कागज तयार गरी मन्दिर निर्माण गर्ने अठोट गर्नुभएछ ।

त्यस कार्यक्रमका सहभागी दाजुभाइहरू यसप्रकार रहेका छन्‌- हरि बजगाई, दत्त बजगार, गौरा बजगाँई, अक्षतानन्द बजगाँई, वसन्त बजगाँई, श्रीलाल बजगाँई, शान्तदास बजगाँई, भक्तवीर बजगाई, रामचन्द्र खत्री, कविराज खत्री, लक्ष्मण खत्री, रमणदास खत्री, रामु बजगाँई, जयमुनि बजगाँई समेत १४ जना र किनारामा रहेका अन्य साक्षीहरू समेतको उपस्थितिमा जयन जैसीले कुशविर्ता पाएको उक्त जमिनमा कृष्ण मन्दिर स्थापना गरी अष्टप्रहरको सेवापूजा प्रारम्भ गर्नुभएछ । त्यहाँ नित्य सेवापूजा, कृष्ण जन्मोत्सव, १२ मेला, बीतक कथा प्रारम्भ गर्नुभएको इतिहासकारहरू बताउँदछन्‌ । पूजारीको रूपमा धुनीवेसी हाल धादिङ पश्चिम १ नं. का हीरालाल पण्डितलाई चयन गर्नुभएको रहेछ। उहाँको धामगमन पछि मण्डन हल्देका मोदनाथ उपाध्याय नेपाललाई समेत उक्त मन्दिरको पूजारीको रूपमा काम लगाउनु भएको कुरा अभिलेखमा पाउन सकिन्छ । भनिन्छ त्यतिबेला बाबाजी ६० वर्षको हुनुहुन्थ्यो । बाबाजीले आफूसँग भएका नगद, जिन्सी, आफ्नो अंशको जग्गा जमिन, गाईवस्तु भाँडाकुँडा सबै श्रीकृष्णार्पण गरि सगोलको जग्गा समेत दाजुभाइसँग सम्झौता गरि श्रीकृष्ण प्रणामी मन्दिरमा दान गर्नुभएको रहेछ । यस सन्दर्भका सम्झौताहरू वि.सं. १९४९, वि.सं. १९७४ साल माघ १७, वि.सं. १९७६ आश्विन ३० रोज ५ मा गरिएका थिए | त्यस बाहेक विभिन्न मितिमा जिल्लावासी आफ्ना दाजुभाइ, काठमाडौं उपत्यकावासी, भक्तपुर, फटकशिला, ढुंखर्क, मण्डनवासी भक्तजन र आफ्ना चेलाहरूको सहयोगमा श्रीकृष्ण मन्दिरको निर्माण गर्न जग्गा खरिद गरी खानेपानीका धारा निर्माणका साथै धर्म प्रचारको कार्य गर्नुभएको देखिन्छ । यसरी सुरुमा स्थापित श्रीकृष्ण मन्दिर, श्रीराधाकृष्ण सार्वजनिक मन्दिर र हाल आएर सो श्रीकृष्ण प्रणामी मन्दिरको रूपमा चिनिन्छ। यस्तो अभिलेखमा तयार गर्नेमा लैनचौर बाँसघारीका लेखनदास कृष्णबहादुर खत्री, लेखनदास ज्योतिखर ढुंगाना, काठमाडौं रामहिटीका लेखनदास भैरव श्रेष्ठ थिए । अभिलेखबाट सो मन्दिरको इतिहास थाहा पाउन सकिन्छ।

यसरी प्रेमदास बाबाजीले घर जगा, घरायसी सामान, गाई वस्तु, खेतबारी सबै मन्दिरलाई दान गर्नुभएर धर्म प्रचारको कार्यमा लाग्नुभएको रहेछ। आफ्ना सन्तान (जेठा बराजु माइला बराजुहरू) गाउँका बुद्धिजीवि अग्रज वा समाजले यस श्रीकृष्ण प्रणामी मन्दिरमा पूजा गर्न एक योग्य मानिस खोजी गरी मेरो शेषपछि मन्दिरमा नित्य सेवापूजा गर्न राख्नू र बगैंचा, बोट विरुवाहरू, मन्दिर, घर, मालसमान, जग्गा जमिन समेतको स्याहार सुसार गरी गुजारा गर्नू, तिमीहरूले गुजारा गरे पनि यो कागज लेख्दा साक्षी बस्नेहरूले लायक मानिस खोजी राख्नू । यसमा लेखिएका कसैले लोभानी पापानी गस्यो भने पञ्चमहापातक लाग्नेछ । गुजारागरे मात्र सबैको जयजय हुनेछ । आफ्नो मनोमानी राजीखुसीले भएको जायजेथा मन्दिरमा अर्पण गर्नुभयो भन्ने कुरा अभिलेखमा पाइन्छ |

यसरी जयान जैसी र जगन्नाथ बजगाँईका सन्तानको साझा बगैंचामा आफ्नो अंशमा पाएको घर जग्गा समेत मन्दिरमा अर्पण गरेको कुरा अभिलेखमा पाइन्छ । जीवनभर धर्मप्रचार गर्नुहुने सन्तबाबा श्रीप्रेमदास वैरागी बजगाँइले दिनुभएका उपदेश (अभिलेख अनुसार) यस प्रकारका छन्‌ः

श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरी नित्य सेवापूजा गर्नू
साधुसन्तलाई खुवाउनू
यसमा गुजारा गर्नू, उजाड नगर्नू
यस स्थानमा गृहस्थ आश्रम नगर्नू
कृष्ण मन्दिरको स्थापना गर्नू
मन्दिर खडा नभए हिजैका रीतमा राख्नू

साधुले अन्हाएको मान्नू, नमाने धर्म नष्ट हुनेछ भनी लेखेको १९४८ जेठ वदि रोज सातको अभिलेख अनुसार जान्न सकिन्छ ।

यसरी जीवनभरि नेपाल, भारतमा धर्म प्रचार गर्दै जाँदा वि.सं. १९९४ साल मार्ग कृष्ण द्वादशीमा उहाँको धामगमन भयो । त्यसपछि गाउँका बुद्धिजीवि, भद्रभलादमी, दाजुभाइको उपस्थितिमा मन्दिर सञ्चालन हुँदै आएको छ । अन्य खेतबारी जग्गा जमिन खरिद गर्दै जाँदा हाल करिव ७० रोपनी जग्गा मन्दिरको गुठीमा रहेको छ।

त्यसपछि काभ्रेको बल्थलीमा जन्मनुभएका पं. कृष्णप्रसाद सापकोटा, वेदान्त दर्शन, भागवत महापुराणमा राम्रो अध्ययन भएका मंगलदास महाराजका चेला (जुरेली पण्डित) त्यहाँ पुग्नुभएछ । त्यहाँ पुगेपछि उहाँले मन्दिरको पूजापाठ गर्ने काम २०१५ सालदेखि २०४५ सालसम्म गरी धर्म प्रचार गर्नुभएछ। २०४५ पौष २३ देखि एकादशीका दिन उहाँको धामगमन भएपछि यस जिल्लामा तल उल्लेखित पण्डितजीहरूबाट धर्मप्रचार गर्ने काम भएको देखिन्छ । कृष्णप्रसाद सापकोटा (जुरेली पण्डित)ले उक्त मन्दिरको सेवा पूजा गर्दै आउनु भयो । यसैको फलस्वरूप रामेछापको धुसालको श्रीकृष्णप्रणामी मन्दिर, कुन्ताबेंसी महादेवस्थान ढोडेनीको

श्रीकृष्णप्रणामी मन्दिर, महाभारत पारी सालधारा नागपानी भन्ने स्थानमा श्रीकृष्णप्रणामी मन्दिरको स्थापना भयो। नुवाकोटको तिगाउँ, सिन्धुपलाञ्चोकको फटकशिला, दोलखाको किराती छाप, सिन्धुलीको भग्ँगाझोली, ढुंखर्क, काभ्रे र बनेपामा श्रीकृष्णप्रणामी धर्म फैलियो । फलस्वरूप काभ्रेबाट बसाँई सर्नेबाट रौतहटको नजरपुर, डुमरिया, बाराको निजगढ, सर्लाहीको राजघाट र मकवानपुरका विभिन्न स्थानमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार भएको बुझिन्छ । यसरी धर्म प्रचार गर्ने क्रममा प्रेमदास बाबाजी, पछाडि बजदास, जउदास घिमिरे, कमलदास आचार्य, कमलकृष्ण बजगाँई, रमणदास अधिकारी, दिलदास तिमल्सिना, राजदास लम्साल, कान्छा बजगाँई, तालढुंगा लाप्चे, धनिदास (साधुबा) सापकोटा, पुजारी (श्री ५ नौतनपुरी धाम) खिकाप्रसाद सापकोटा, भजनदास तिमल्सिना, जोगमाइ तिमल्सिना ढुंखक लगायतका अग्रज सन्तहरूले काभ्रे जिल्लामा धर्मप्रचार गरेको बुझिन्छ । यसरी धर्मको प्रचार हुने क्रममा काभ्रे जिल्लामा श्रीकृष्ण प्रणामी सेवा समितिका १४ वटा शाखा स्थापना भएका छन्‌ । करीब एक दर्जन मन्दिरहरू स्थापना भएका छन्‌ जसमध्ये बनेपा, होक्से, कुन्ताबेंसी, पनौती, पस्थलीमा चारवटा मन्दिर र

८ वय सत्संग भवनको रूपमा काभ्रे, ढुंखर्क, मेथिनकोट ५, जैसीथोक ४, पोखरीचौरी, तीनपिप्ले, नाला, दाप्चा, पनौती त्रिवेणीघाट जस्ता स्थानहरूमा सत्संग भवनहरू रहेका छन्‌ । यसरी काभ्रे जिल्लामा ५१ गा.वि.स. र ३ नगरपालिकामा प्रणामी समुदायहरूको बसोबास रहेको पाइन्छ। यस जिल्लामा परमहंस युगलदास महाराजले २०२४ सालमा श्रीकृष्ण प्रणामी सेवा समितिको शाखाको स्थापना बनेपामा लायकु मञ्चमा पहिलो भेला बोलाई गर्नुभएको बुझिन्छ। २०४७ सालदेखि श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्ने काम मध्यमाञ्चल हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको छ जसको शुभारम्भ प्रेमदास बाबाजी र वृजदास बाबाजीले संयुक्त रूपले सुरु गर्नुभएको थियो ।
Enable Notifications    Subscribe No thanks