August 6, 2021, Fri, 26:08:02
By श्रीराज विहारी शर्मा, पन्नाधाम, (SND)
ब्रह्मम्जनि साह श्री भवानीदास
ब्रह्मम्जनि साह श्री भवानीदास
ब्रह्मम्जनि साह श्री भवानीदास
By श्रीराज विहारी शर्मा, पन्नाधाम, (SND)
2021-08-06
ब्रह्मम्जनि साह श्री भवानीदास

Shree Navatan Dham (SND)

श्री भवानीदासको जन्म काठमाडौंको नरदेवी येलमा वि.सं. १८७६ मा भएको थियो । उहाँ सानैदेखि धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो उहाँ परोपकारी तथा सेवा परायण हुनुहुन्थ्यो । आफ्नो पुर्ख्यौली सम्पत्तिमा प्रशस्त जग्गा जमिन भएकोले त्यसैको आम्दानीबाट उहाँको घर व्यवहार चल्दथ्यो । उहाँको एकमात्र छोरा थिए । भवानीदासले छोराको विवाह हाङ, . वनेपाकी भीमबहादुर वादे श्रेष्ठकी दिदी जमुनासँग गरिदिनुभयो । यसरी काठमाडौँ र वनेपाका बीच वैवाहिक सम्बन्ध गाँसियो। भवानीदासको अचल सम्पत्ति प्रशस्त भए पनि उहाँको मनमा शान्ति थिएन । उहाँ आध्यात्मिक क्षेत्रको खोजी गर्न चाहनुहुन्थ्यो । उहाँ तीर्थ, व्रत, पूजा, पाठ गर्ने, प्रतिदिन जस्तो देवालय, शिवालय आदि गइ दर्शन गर्ने गर्नुहुन्थ्यो । उहाँको विरक्त मन परमात्माको चिन्तनमा लागीरहन्थ्यो । भवानीदास विरक्तमनले यता उता भट्की रहनुभएको थियो । भनिन्छ एक दिन उहाँ बाटो बिराएर काठमाडौँ नजिकको जंगलमा पुग्नुभयो । यस्तैमा उहाँलाई एउय दिव्य पुरुषको दर्शन मिल्यो । ती दिव्य पुरुषले भावनीदासलाई श्री ५ पद्यावतीपुरी धाम, पन्नामा महामति प्राणनाथले बोलाएको छ भनेर सूचित गरे । दिव्य पुरुषको दर्शन पाएर उहाँ रोमाञ्चित हुनुभयो । उहाँको शरीर प्रशन्नताले भरियो र त्यसको केही दिनमै पन्नाधामको लागि नेपालबाट उहाँले प्रस्थान गर्नुभयो ।

तिनताका नेपालबाट पन्नाधामसम्म पुग्नु अत्यन्त गाउ्हो थियो । पैदल यात्रा गरेर नै बाये पार गर्नुपर्थ्यो । पैतालामा कपडाले मोरेर यात्रा गरिन्थ्यो । यातायातका कुनै साधन थिएनन्‌ । बयलगाडा नै सवारीको एक मात्र श्रोत थियो । भारतमा पनि कुनै कुनै ठाउँमा मात्र रेल सेवा थियो । भवानीदास धेरै दिन लगाएर काठमाडौँबाट पन्नाधाम पुग्नुभयो । श्री बंगलाजीमा स्वामी श्री प्राणनाथजीको गुमटको दर्शन पाउँदैमा उहाँको आत्मामा दिव्य प्रकाश प््यो । त्यसबेला श्री बंगलाजीमा सुन्दरसाथको ठूलो समूह थियो । भवानीदासले श्री धामधनी र सुन्दरसाथलाई प्रणाम अभिवादन गरेर परमात्माको चरणमा ध्यान गर्दै एक कुनामा बस्नुभयो । पन्नाधाममा बस्दा उहाँले तारतम मन्त्र प्राप्त गरेपछि श्रीमुखवाणीको विधिवत अध्ययन गर्न थाल्नुभयो । उहाँ श्री गुमटमन्दिरको पछाडि बसेर निजनाम मन्त्रको जप गर्नु हुन्थ्यो। यसरी निजनाम मात्र जप्दाजप्दै भवानीदासलाई आध्यात्मिक सिद्धि प्राप्त भयो ।

श्री वंगलाजी मन्दिरको छानामा खपडा लगाइएको थियो वर्षात्‌को समयमा छानोको विभिन्न भागबाट पानी चुहिन्थ्यो । त्यो देखेर भवानीदासले , त्यो छानोको खपडा हटाएर त्यसको | क ठाउँमा तामाका पाताले छाउने विचार नेपाली श्री भवानी शाहुद्वारा ताग्रपत्र लगाइएको बर्गलाजी मन्दिर गर्नुभयो। भवानीदासको त्यो संकल्प सुनेर

पन्नाधामका सुन्दरसाथ अत्यन्त खुशी भए । उहाँलाई मुरीमुरी धन्यवाद दिए । त्यसपछि व्यवस्था मिलाउन उहाँ नेपाल फर्किनु भयो । नेपाल फर्किने बेलामा भवानीदासलाई दोशल्ला ओढाएर सुन्दरसाथले विदा गरे । गुमटजीमा साधना गरेर सिद्धी प्राप्त गर्नुभएका भवानीदासलाई नेपाल फर्केपछि अपार धन सम्पत्ति मिल्न थाल्यो । उहाँ साहू नामले प्रसिद्ध हुनुभयो । आफ्नो संकल्प पूरा गर्न भवानीदास पुनः भारततर्फ लाग्नुभयो । उहाँ भारतको कलकत्ता पुगेर तामाका पाता किनी गाढामा लदाएर पूरा दश दिन लगाएर पन्ना धाम पुग्नुभयो । पन्नाधाम पुगेर आफ्नो संकल्पअनुसार श्रीबंगलाजीको छाना लगाउन थाल्नुभयो । छानाको खपडा हटाएर तामाको पाताले छाउँदा श्री बंगलाजीको स्वरूप नै बदलियो । भवानी साहुमा यत्ति सेवा भाव थियो कि उहाँ स्वयं काममा खरिनु हुन्थ्यो । उहाँ परम धार्मिक र उदार हृदयका धनी हुनुहुन्थ्यो । उहाँको बोली वचनमा माधुर्यता छचल्किन्थ्यो । साच्ची नै उहाँ प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । पन्नाधाममा रहँदा उहाँको धामी भाइहरूसँग अत्यन्त सुमधुर सम्बन्ध थियो । उहाँ सबैलाई ठूलो सम्मान गर्नुहुन्थ्यो । बंगलाजीको छानामा तामाका पाता लगाउञ्जेल प्रत्येक दिन उत्सव जस्तै हुन्थ्यो र भोज भण्डारा गरिन्थ्यो । उदारमना भवानी साहूको त्यो निस्वार्थ योगदानबाट प्रभावित भएर पद्यावतीपुरी धाममा उहाँलाई ‘ब्रह्ममुनि’ भनेर सम्बोधन गरियो । उहाँ पन्नाधामबासी सुन्दरसाथको प्रियपात्र हुनुभयो । पन्नाधाममा दर्शन गर्न आउने सुन्दरसाथ श्री बंगलाजीमा लगाएको तामाको छाना र तीनवय स्वर्ण कलश देखेर भवानीदासको त्यस कार्यलाई धन्यधन्य भन्दछन्‌ । भवानीदासजीको त्यो पुनीत कार्यले उहाँलाई अमर बनाएको छ । श्री बंगलाजीको पूर्व दरबाजामा राखिएको ताम्रपत्रमा भवानीदासले गरेको योगदानको विस्तृत विवरण स्वयं उहाँले लेखाउनु भएको छ। यस सम्बन्धी थप इतिहास एवं फोटो श्री १०८ प्राणनाथजी मन्दिर ट्रष्टको कार्यालयमा अझै सुरक्षित छ।

साभार- मुक्ति पीठ, अप्रिल २०१३
श्री १०८ पद्मावतीपुरी धाम, पन्ना
Enable Notifications    Subscribe No thanks