August 8, 2021, Sun, 02:08:48
By हर्ष थापा, ललितपुर, (SND)
महागुरु सुरतबाईको जीवनी र योगदान
महागुरु सुरतबाईको जीवनी र योगदान
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
महागुरु सुरतबाईको जीवनी र योगदान
महागुरु सुरतबाईको जीवनी र योगदान
By हर्ष थापा, ललितपुर, (SND)
2021-08-08
महागुरु सुरतबाईको जीवनी र योगदान

Shree Navatan Dham (SND)

काठमाडौँ उपत्यकामा श्रीकृष्ण प्रणामी धर्म जागनीको प्रमुख श्रोतका रूपमा रहनुभएको महागुरु सुरतबाई एक विशिष्ठ साध्वी हुनुहुन्थ्यो । उहाँ आफनो जीवनलाई सांसारिक व्यवहारबाट अलग राख्न चाहनुहुन्थ्यो । उहाँको व्यक्तिगत जीवनको बारेमा कसैले केही सोध्यो भने मेरो घर परमधाम हो भनेर कसैलाई पनि बताउन चाहनु हुन्नथ्यो । किम्बदन्ती अनुसार उहाँको जन्म वि.सं. १९६० सालतिर काभ्रेको फूलबारी, दाप्चामा भएको हो । सानै उमेरमा नै घर परिवार छाडेर साध्वी भएर हिँड्नुभयो । यसक्रममा भारतको दार्जीलिङ्गमा श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभयो । अध्ययन र सत्संग गर्दै श्री ५ नवतनपुरीधाम, श्री पद्मावतीपुरीधाम हुँदै धेरै समयसम्म श्री ५ महामंगलपुरीधाम सूरतमा बसी वाणी तालिमहरू लिएका कारण आफू काठमाडौँ आउँदा कहाँबाट आउनुभएको हो भनी अरूले सोध्दा सूरतबाट भनेका कारण सुरतबाई नाम रहेको भन्ने भनाइ छ। आफू २०२५ वर्षको उमेर हुँदादेखि नै धर्म प्रचारका लागि हिँड्नुभयो ।

काठमाडौँ लाजिम्पाट निवासी कुलबहादुरको मामाघर भारतको दार्जीलिङ्गमा थियो । उहाँको आमा महागुरुबाट दीक्षित हुनुहुन्थ्यो । सुरतबाई वि.सं. १९९० सालतिर लाजिम्पाट, काठमाडौँ आउनु भइ कुलबहादुरको घरमा बस्नुभएको थियो । कुलबहादुर राणाको दरबारमा ड्वाइभरको काम गर्दथे । राणाकालीन अवस्थामा प्रणामी धर्मलाई हेर्ने दृष्टिकोण राम्रो थिएन । कुल बहादुरलाई पनि राणाको संगतको कारण धर्मप्रति विश्वास थिएन । तर उनकी श्रीमती भने पतिले थाहा नपाउने गरी प्रणामी धर्ममा दीक्षित भएकी थिइन । एकदिन महागुरु र कुलबहादुरजी घरमा भएको बखत उनको श्रीमती सेवापूजाको लागि जल लिन गएकी थिइन्‌ । त्यसबखतमा मन्दिरको सरसामान फ्याँकी दिन्छु र सेवापूजा बन्द गराइ दिन्छु भनी कुलबहादुर पूजा कोठा खोल्न लागे । तर जति धकेलेर कोसिस गरेता पनि ढोका खुलेन बरु भाँचिने डर भयो । उनी छक्क परे र कसरी बन्द गरिछ हेरौँ भनि लुकेर श्रीमती पानी लिएर नआउन्जेल कुरेर बसे । पानी लिएर आइ एक हातले श्रीमतीले ढोका खोल्दा सजिलैसँग खुलेको देखेपछि उनी आश्चर्य चकित भए । अवश्य पनि यी साध्वीसित केही शक्ति छ भन्ने उनलाई लाग्यो तुरुन्तै महागुरुसमक्ष आफूले गरेको गल्ति स्वीकारेर माफी मागी आफू पनि दीक्षित भए । त्यसबेला देखि महागुरुलाई उपत्यकामा बस्न तथा आउन जान सहज भयो ।

कुलबहादुरकी एकजना दिदी पनि श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित थिइन । महागुरुकी चेली भएका कारण १९९२ सालतिर गुरुजी लगनखेलमा आउनुभएको थियो । एकदिनको कुरा हो, गुरुजी एकाबिहानै लगनखेलको ढुङ्गेधारामा नुहाउँदै हुनुहुन्थ्यो । त्यससमयमा एकजना नारी पानी लिन धारामा आउनुभयो । उहाँ हुनुहुन्थ्यो जमुनाबाई खड्का । उहाँ लेफटीनेण्ट पदम बहादुर खड्काकी धर्मपली हुनुहुन्थ्यो । उहाँहरू दुवैजना कबीर पंथी भएका कारण धर्ममा विश्वास थियो । धारामा नुहाउने क्रममा महागुरुले यस्तो चौपाई उच्चारण गर्नुभयो –

वह घर सतगुरु मोही लखाया, जहाँ बसे पुरुष पुराणा ।
अगम अगोचर सब से न्यारा, परमहस मन माना ।।

यी पंक्ति जमुनाबाईले सुन्नु भएपछि उहाँ स्तब्ध हुनुभयो । आफूले सुनेका कुराहरू भन्दा भिन्न खालको भजन भर्खर २८-३० वर्षकी साध्वीबाट सुनेपछि उत्सुकता झन्‌ बढ्यो । यी नयाँ साध्वीलाई घर लैजान पाए हुन्थ्यो भन्ने भयो । उहाँले घर पुगेर धारामा भएको वृत्तान्त आफना पति पदमबहादुरलाई सुनाउनु भयो । आफूनी धर्मपलीको कुरा सुनीसकेपछि गुरुजीका शब्दहरूमा केही नविन रस छ भन्ने लाग्यो र घरमा डाकी ल्याउन अस्हाउनु भयो । यसपछि महागुरुलाई विशेष सन्तको रूपमा युगल जोडीले घरमा प्रेमले स्वागत गर्नुभयो । महागुरुद्वारा परालको आसनमा बसेर “धाम तलाउ कुन्जवन जो है” भन्दै परमधामको वर्णन गरी, यो संसार भनेको दुःखरूपी खेल हो, हामी यहाँ खेल हेर्न आएका हौं भनेर व्रज, रास एवं जागनीको व्याख्या गर्नुभयो । त्यो परम आनन्दमयी क्षण व्यतीत भएको कसैलाई यादै भएन । यति कुरा सुनिसके पश्चात दुवैजनाले हामीलाई पनि त्यो धामको हकदार बनाइ दिनुहोस्‌ भनी दुवै जना धर्ममा दीक्षित भइ श्री निजानन्द सम्प्रदायको अनुयायी बन्नुभयो । एकातिर राणा सरकारको लप्टनको जागिर, अर्कोतिर नयाँ किसिमका विचार र मान्यताका विरोधी राणाहरूको दवावको बाबजुद पनि उहाँ आफूनो स्वधर्म पालनका लागि नियम र अनुशासनमा रहनुभयो । आफनो जागनी पछि गुरु पदम बहादुरले ललितपुरको इमाडोल, बसुण्डोल, सुनाकोठी, महतगाउँ, लुभु, दमाइँयर, धापाखेल, कुसन्ती, चुनिखेल, बोसन, नैकाप, थानकोट, दैदह, लगायत उपत्यकाका अधिकांश क्षेत्रमा धर्मपत्नी जमुनाबाई मार्फत्‌ जागनी अभियान प्रारम्भ गर्नुभयो । पदमबहादुर गुरुजीले सबैलाई सम्झाइ बुझाइ दिक्षा दिने सम्पूर्ण जिम्मेवारी धर्मपतीलाई दिनु उहाँमा रहेको विशेष गुण हो। धनको संरक्षण महिलावर्गले जति गर्न सक्छन्‌ पुरुषवर्गले त्यति गर्न सक्दैनन्‌ भन्ने मान्यता अनुरूप परमधामको अमूल्य धनको पनि संरक्षण र बाँडफाँड गर्ने जिम्मेवारी आफूनी धर्मपतीलाई दिनु भएको बुझिन्छ ।

सुरतबाईबाट उपत्यकामा भएको जागनीका क्रमको सुरुवातको निरन्तरता पदमबहादुरबाट भइ पदमबहादुरका इमाडोल तर्फका शिष्यहरूमध्येका नानीकाजी बस्नेत (इमाडोल मन्दिरका संस्थापकअध्यक्ष) बाट हजारौं सुन्दरसाथको जागनी भएको छ । त्यस्तै गरि ले. गणेश बहादुर खत्रीले धेरै व्यक्ति लाई जागृत गराउनु भयो । उहाँले महागुरुलाई वि.सं. २०२० सालदेखि आफूनो घरमा राखी सेवा सुश्रुषा गर्नुभयो । ले. पदम बहादुरबाट इमाडोलका अग्रणी चेलाचेलीहरूमा माइली मैया के.सी., डिल्लीजङ्ग | सुवेदी, कुलबहादुर पौडेल, चक्रबहादुर घिमिरे (जसले महागुरुलाई केही समय आफनो घरमा राखी सेवा गर्नुभएको थियो) भारतमान थापा लगायत धेरै सुन्दरसाथहरूको जागनी भएको थियो । यस प्रकार सुरतबाईबाट सुरु भएको जागनी ले.पदम बहादुरबाट फैलिइ पदम बहादुरज्यूका शिष्यहरूबाट पुनः फैलावट भएका कारणले उपत्यकामा सुरतबाईलाई महागुरुका नामले चिनिन्थ्यो । महागुरुका चेलामध्ये भक्तपुर कटुन्जे निवासी ले.तेजबहादुर के.सी. पनि एउय विशेष शिष्य हुनुहुन्थ्यो जसले भक्तपुर तर्फका धेरै सुन्दरसाथको जागनी गर्नुभएको छ ।

यसरी सुरतबाईले आफूनो सम्पूर्ण जीवन समाजका लागि समर्पण गरी व्यक्तिगत पारिवारिक झमेलाबाट आफूलाई अलग राखी सधै आत्माका मालिक परमात्मा र आफ्नो मूल घर परमधामको धनी र धामको अटल चिन्तन गर्दै वि.सं. २०४६ साल माघ ५ गतेका दिन आफनो स्वलीला पूरा गरी परमधाममा श्रीराजजीको चरणमा लीन हुनुभयो ।
Enable Notifications    Subscribe No thanks