August 29, 2021, Sun, 22:08:34
By जसोदा सापकोटा, काठमाडौँ, (SND)
मित्रलाल (माणिकदास) सापकोटा
मित्रलाल (माणिकदास) सापकोटा
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
मित्रलाल (माणिकदास) सापकोटा
मित्रलाल (माणिकदास) सापकोटा
By जसोदा सापकोटा, काठमाडौँ, (SND)
2021-08-28
मित्रलाल (माणिकदास) सापकोटा

Shree Navatan Dham (SND)

मित्रलालको जन्म इलामको हुतुलुङ्गमा भएको थियो ।
मित्रलालको जन्म वि.सं. १९७५ आश्विन २ गते इलामको हुतुलुङ्गमा भएको हो । उहाँले आमा एरिप्रियाबाट साँवा अक्षरको ज्ञान प्राप्त गर्नु भएको हो । हुतुलुङ्गबाट पिता ब्रह्मलाल इलामको दक्षिणपूर्वको गाउँ सलकपुरमा बसाइँ सर्नुभयो । सलकपुरबाट फेरि सिद्धिगाउँमा बसाइँ सरेपछि वि.सं. २०२२ सालसम्म मित्रलालको स्थायी बसोबास सिद्धिगाउँमै रह्यो । आफ्ना दाजुका छोराहरू कृष्ण प्रणामी मतको प्रचार गर्दै कालिम्पोङ्ग आइपुगेको कुरा ब्रह्ललालले थाहा पाएर साहिला छोरा मित्रलाललाई साथमा लिई कालिम्पोङ्ग इच्छेस्थित श्री कृष्ण प्रणामी मन्दिरमा पुग्नुभयो । यो वि.सं. १९९३ सालतिरको कुरा हो । आफ्नी भाउजु साध्वी नर्वदाबाई र भतिजा गुरुजी मंगलदास तथा कान्छा गुरुजी जगन्नाथलाई भेटेर केही दिन धार्मिक सत्संग गरी नेपालमै योग्य गुरुका हातबाट कण्ठी धारण गर्ने आज्ञा पाई ब्रह्मालाल, छोरा मित्रलाल सहित सिद्धिगाउँमा फर्कनु भयो । गुरुआमा राधाबाईलाई घरमा बोलाई विशेष कार्यक्रम गरी सपरिवार श्री कृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभयो । मंगल गुरुजीले वि.सं. १९९४ तिरै कालिम्पोङ्ग बजारमा केही जमिन लिइ श्री कृष्ण प्रणामी मन्दिरको निर्माण सुरु गर्नुभयो । सो मन्दिर निर्माणको समयदेखि मित्रलाल, माता नर्वदाबाई र गुरुजी मंगलदासको साथमा रही निर्माण सेवाको काममा लाग्नुभयो । गुरुजीले मित्रलाललाई नाम दिनुभयो- माणिकदास । कालिम्पोङ्ग बजारको श्री कृष्ण प्रणामी मन्दिरको पहिलो पुजारीका रूपमा माणिकदासले विवाह नहुञ्जेल माता नर्वदाबाईबाट प्रशिक्षण पाइ सेवापूजा गर्नुभयो । उहाँले केही समय बजार र इच्छेको मन्दिरमा एकै साथ सेवा पूजा गर्नुभएको कुरा बुढापाकाहरू सुनाउँछन्‌ ।

गृहस्थी व्यवहार सुरु गरेपछि कहिले सिद्धिगाउँ र कहिले कालिम्पोङ्गमा बस्दै गुरुजीले आयोजना गर्नु भएका मेला पर्व र निर्माणको काममा सहयोगी बन्दै आउनुभएका माणिकदासले वि.सं. २००३ सालतिर कालिम्पोङ्गमा डेरा लिएर सानो तिनो कपडाको व्यवसाय गर्नुभयो । नेपालमा राणा शासन अन्त्य गर्न गठित नेपाली काँग्रेसका नेता र कार्यकर्ताको संगतमा पर्नु भयो । कपडा व्यवसाय गर्दै इलामको हँ पशुपतिनगरमा पुग्दा राणा सरकारले पक्राउ गरी सदरमुकाम इलाम पुस्यायो । घरको खानतलासी भयो । है… घरमा श्री कृष्ण प्रणामी धर्मको उपास्य ग्रन्थ तारतमवाणी लगायतका हस्तलिखित ग्रन्थहरू भेटिए । हँ, मित्रलाललाई राजनैतिक र धार्मिक दोहोरो मुद्दा लाग्यो । उहाँलाई धनकुटा कारागारमा सरुवा गरियो । हर धनकृय कारागारमा डेढ वर्ष बिताउनुभयो । त्यसबेला जेलभित्र कण्ठीमाला लगाउन पाइँदैनथ्यो । उहाँलेदाउराको चोइटा र भटमासको माला बनाइ धनकुय कारागारमा सवालाख निजनामको जप पूरा गर्नुभयो । भयालखानमा कृष्णभक्ति नामक पुस्तकमा पूर्णब्रह्म शास्त्रीले यो कुरा उल्लेख गर्नुभएको छ । क्रान्तिको रापले पोलेका मोहन शम्सेरले राजबन्दी छोड्न हुकुम दिएपछि वि.सं. २००७ साल मंसिरतिर उहाँ जेलबाट छुट्नु भयो तर धार्मिक मुद्दामा भने पछिसम्म इलाममा तारेख खेपिरहनु फ्यो ।

कण्ठी धारण गरेको समयमा मित्रलालले तीर्थहरूको विषयमा सुन्नु भएको थियो । जेठा दाजु धर्मदास कण्ठी धारण गर्नासाथ तीर्थ जानुभयो । घरबाट बाआमा र बहिनीहरूको पनि दशैँताका तीर्थ जाने कुरा तय भयो । मित्रलाललाई घरको जिम्मेवारी दिइयो । बाआमाहरू खरसाङ्‌ हुँदै सिलिगुडी झरेर रेलबाट तीर्थ जाने कुरा मित्रलालले सुन्नु भएको थियो । मित्रलालले गाईवस्तु गाउँका मानिसहरूलाई जिम्मा लगाएर सलकपुरको बाटो नक्सलबारी गइ रेल चढी तीर्थ जाने निर्णय गर्नुभयो । तीर्थको नाम मात्र सुन्नु भएको थियो बाटो थाहा थिएन । रेलका यात्रुहरूले वृन्दावनको बाटो बताइदिए, वृन्दावन पुग्नु भयो । औलोले भेट्यो । बाँचेर ६ महिनापछि घर फर्किदा ठूली आमाले माग्ने ठानेर चामल ‘दिनुभयो तर आमा हरिप्रियाले भने धेरैबेरपछि चिन्नु भयो । आमा छोरा अँगालो मारेर धेरैबेर रुनुभयो । औलोले मित्रलालको रूप नै अर्कै बनाएको थियो ।

नेपालमा क्रान्ति सफल भएपछि उहाँ सिद्धिगाउँ फकनु भयो । गाउँमा प्राथमिक पाठशाला खोल्न लागि पर्नुभयो । पली विष्णुमाया, छोरा लीलाप्रसाद र छोरी कमलालाई सिद्धिगाउँमै बोलाउनु भयो । यस बीचमा गुरुजीले कालिम्पोङ्गमा आयोजना गर्नु भएका निर्माण र मेलापर्वहरूमा उहाँले अटुट रूपमा सेवा गरिरहनु भयो । कान्छा गुरुजीले इलाम र झापामा धर्म प्रचार गर्दाका अवस्थामा उहाँ कान्छा गुरुजीका साथमा रहनु भयो । एकपटक फेरि औलोले भेट्यो । उपचारका निमित्त कालिम्पोङ्ग गएर पुनः मन्दिरको निर्माण सेवामा लाग्नु भयो । छोराहरू गोपाल र मोहनको जन्म भइसकेको थियो । उहाँ फेरि सिद्धिगाउँ आएर हुहरेमा मिडिल स्कूल खोल्न लाग्नुभयो । राजनीतिले पिछा गर्न छोडेन। आफ्नोर अन्य प्रणामीहरूका घरबाट राणा सरकारले जफत गरेका धार्मिक ग्रन्थहरू फिर्ता लिन प्रधानमन्त्रीदेखि राजाहरूसम्म निवेदन गरिरहनु भयो तर सफल हुनु भएन। इलामका तात्कालीन बडा हाकिम सन्तवीरले शान्ति सुरक्षाका नाममा पक्राउ गरे । नौ दिनसम्म खानपिउन नदिइ, यातना दिएर मात्र राखियो । कोते सरदारलाई जस्तै पार्ने धम्की दिएपछि उहाँले अड्डाले तयार गरेको कागजमा सही गर्नुभयो । उहाँलाई इलाम कारागारमा राखियो । कारागारमा सवालाख निजनामको जप पूरा गर्नुभयो । जेलरलाई चित्त बुझाएर कैदी बन्दीहरूलाई मुडा बनाउने काम सिकाउनु भयो । २०१५ सालको आम निर्वाचन अघि राजनैतिक बन्दी छोड्ने गृहमन्त्रीको आदेशले उहाँ छुट्नु भयो । घर फर्कदा इलाम कारागारमा बनेका दुई सय भन्दा बढी मुडाहरू विन्देश्वरी बाबु साहेबको पेट्रेल ट्रकमा राखेर फिक्कलतिर ल्याउँदा इलाम वासीले बजारमा रमिता हेर्न पाए। यस अघि कारागारमा मुडा बनाउने चलन थिएन ।

आम निर्वाचन पछि पनि बडा हाकिमले पक्राउ गर्ने थाहा पाएर उहाँ दार्जिलिङ्‌तिर लाग्नु भयो । बडा हाकिमबाट पीडित नरेन्द्रनाथ बाँस्तोलासँग परिचय भयो । नरेन्द्रनाथ बाँस्तोलासँग काठमाडौँ गएरगृह मन्त्रालयमा आफुविरुद्धको कागज झिकाउन सफल हुनुभयो । राणा सरकारले जफत गरेका धार्मिक ग्रन्थहरू फिर्ता लिन अनेक प्रयल गर्नुभयो तर पार लागेन ।

२०१७ सालमा संसदीय सरकार र संसद विघटन गरी राजाले सत्ता आफ्नो हातमा लिएपछि उह राजनीतिमा सक्रिय रहनु भएन, आस्था मात्र राख्नुभयो । सिद्धिगाउँको उब्जनीले नपुग्दा झापाबाट अन्न लैजानु पर्थ्यो। उहाँले झापातिर भर्ने विचार गर्नुभयो । २०२२ सालमा झापा धुलाबारीमा बसाइँ सर्नुभयो । यस अवधिमा कान्छा छोरा जीवनको जन्म भइसकेको थियो ।

झापा आएपछि मंगल गुरुजीका धार्मिक कामहरूमा सहयोग गर्न पुग्नुभयो । गुरुजीले सिलगुडीमा मन्दिर निर्माणको काम सुरु गर्नुभएको थियो । माणिकदासले मन्दिर निर्माणमा सेवा गर्नुभयो । २०२४ सालमा श्री कृष्णप्रणामी धर्माचार्यलाई गुरुजीले पूर्वाञ्चल भ्रमणको निमन्त्रणा गर्नुभयो । मणिकदासले पूरै समय धर्माचार्यको सेवामा अर्पण गर्नुभयो । २०२५ सालदेखि गुरुजी मातृभूमि नेपालमा प्रचारको क्रममा आउनुभयो । धुलाबारी, बुधबारे, शनिश्चरे र दुहागढी (चन्द्रगढी)मा संगठन खोलिदिनु भयो ।

माणिकदासले ती स्थानहरूमा गुरुजीलाई निरन्तर साथ दिनुभयो । गुरुजीले २०३५ सालमा सुनसरीकोइटहरीमा मुक्तिधामको स्थापना गर्नुभयो । केही समयपछि आफ्नो गृहस्थ व्यवहार छोराहरूलाई जिम्मा दिएर सन्त वेशमा पूरा समय सेवामा लाग्नुभयो र २०४६ सालसम्म लगभग दश वर्ष मुक्तिधाममा रहेर मन्दिर निर्माण गर्दै सवालाख निजनामको जप पूरा गर्नुभयो । माणिकदासले मुक्तिधामको काम सन्त कृष्णदासलाई जिम्मा दिएर धुलाबारी आउनुभयो र धुलाबारीको मन्दिर निर्माणमा लाग्नुभयो । २०३८ सालबाट निर्माण सुरु भएको उक्त मन्दिरको २०५० सालमा पूरा भइ श्रीकृष्ण प्रणामी धर्मको धमाचार्य जगतगुरु श्री १०५ कृष्णमणि महाराजबाट कलश अनावरण भएको छ। माणिकदासले कमाउनु भएको मोहियानी जग्गाबाट प्राप्त एकबिधघा खेत पाँच धुर घडेरी मन्दिरलाई अर्पण गर्नुभएको छ ।

मुक्तिधामबाट धुलाबारी आएपछि माणिकदासले धार्मिक साहित्यको रचना गर्नुभएको छ। जम्मा ९३ पृष्ठमा उहाँले धर्म, धाम आदिको वर्णन तारतम ज्ञानमाला नामको पुस्तिकामा गर्नुभएको छ। उहाँले भन्नु भएको छ- “गुरुबाट पाएको अनुभव कविताको रूपमा लेख्ने प्रयास गरेको छु। छन्द र अलंकारको ज्ञान नहुँदा सादा शब्दमा भावना पोख्ने प्रयास भएको छ। गुरुज्ञान अथाह छ। सबैले यस ज्ञानको महिमा आफ्नो शक्ति र भक्ति अनुसार बुभन सक्छन्‌ भने मैले मेरो श्रद्धा र भाव अनुसार यस रूपमा गाउने हिम्मत गरेँ ।” तारतम ज्ञानमालाका धेरै श्लोकहरू आज भजन र प्रार्थनाका रूपमा मन्दिरहरूमा गाइने गरेको छ।

उहाँले सिद्धिगाउँमा छँदादेखि नै गुरुको आदेश लिएर जागनीको काम गर्नुभयो । इलाम, झापा, मोरङ, सुनसरी र अन्य स्थानहरूमा उहाँबाट लगभग एक हजार जनाले तारतम मन्त्र लिएका छन्‌। उहाँले साध्वी माता नर्वदाबाईबाट लिनु भएको सेवा पूजाको परिपाटीलाई आजीवन पालन गर्नुभयो । त्यही परिपाटी आज पनि इटहरी, धुलाबारी आदि स्थानहरूमा पालना भइआएको छ।

माणिकदासजी जीवनको अन्तिम वर्षहरूमा परमहंस दशामा पुग्नु भयो । हामी छोरा बुहारीहरूले उहाँको त्यसै बेला सेवा गर्ने विशेष अवसर पाएका हौं। जेठी बुहारी बनाएर मलाई भित्र्याएपछि सुन्दरसाथ भइ गुरुको संगत तारतमवाणीको चिन्तन मनन गर्न पाएकोले म उहाँप्रति क्रणी छु।

उहाँको धार्मिक सेवाको सम्मान गर्दै श्री कृष्णप्रणामी सत्संग सेवा परिषद्‌ झापाले उहाँलाई मंगल सम्मानले सम्मानित गरेको छ । वि.सं. २०५९ वैशाख २३ गते उहाँको धामगमन भयो । ८४ वर्ष लामो जीवन यात्रामा उहाँले गर्नुभएको धार्मिक सेवाबाट हामी परिवारले मात्र होइन समाजले पनि प्रेरणा पाएको महसुस भएको छ । अन्त्यमा उहाँको तारतम ‘जञानमाला’बाट चार हरफ उद्धृत गरेर म कलम रोक्न चाहन्छु।

आत्मा ज्योति अखण्ड धाम सुखमा, मेरो पुग्याइदिनू ।
प्राणी मात्र यहाँ छ चेतन भने, सबको चरणमा लिनू ।।
विन्ती गर्छु प्रभु चरण कमलमा, आशा गुरुको लिई ।
तन मन जीवन धन उनै चरणमा, चित्तबुद्धि अहम्‌ दिई ।।
Enable Notifications    Subscribe No thanks