August 29, 2021, Sun, 45:08:45
By उद्ठुवप्रसाद नेपाल, (SND)
मूर्धन्य विंत्रान पूर्णब्रह्म शास्त्री - (गंगाधर उपाध्याय)
मूर्धन्य विंत्रान पूर्णब्रह्म शास्त्री - (गंगाधर उपाध्याय)
मूर्धन्य विंत्रान पूर्णब्रह्म शास्त्री - (गंगाधर उपाध्याय)
By उद्ठुवप्रसाद नेपाल, (SND)
2021-08-28
मूर्धन्य विंत्रान पूर्णब्रह्म शास्त्री – (गंगाधर उपाध्याय)

Shree Navatan Dham (SND)

पूर्णब्रह्वा शास्त्रीको जन्म गण्डकी अञ्चलमा भएको थियो ।
पूर्णब्रह्वा शास्त्रीको जन्म गण्डकी अञ्चलको बलथुम शन ताला गहिरी गाउँमा वि.सं. १९७१ मा भएको थियो । उहाँले सात वर्षको उमेरमा प्रारम्भिक शिक्षा पाउनु भयो । उहाँको बाल्यकालको नाम गंगाधर थियो । उहाँ सानैदेखि धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । एघार वर्षको उमेरमा उहाँ भागेर भारतको काशी, बनारस पुग्नुभयो । त्यहाँबाट भारतको मध्य प्रदेशको पन्ना धाममा पुग्नुभयो। त्यहाँ रहँदा उहाँले कक्षा आठ सम्मको शिक्षा आर्जन गर्नुभयो। थोर बहुत संस्कृतको पनि अध्ययन गर्नुभयो । लघुकौमुदी पढ्न थाल्नु भयो । शब्द रूपावली र धातु रूपावली पढ्दा खूब गाउ्हो महसुस गर्नुभएछ । संस्कृत शिक्षा आर्जन गर्न गागहो भएपछि पूर्णब्रह्ाजी गुजरात जामनगरस्थित श्री ५ नवतन पुरी धाम जानुभएछ । त्यहाँ धाममा तिनताका पुजारीमा वृन्दावनदासजी हुनुहुन्थ्यो भने श्री धनीदास महाराज गादीपति हुनुहुन्थ्यो । त्यहाँ श्री धनीदास महाराज र श्री दयालदास महाराजको संगत पाउनुभयो । उहाँका दीक्षा गुरु परमहंस दयालदास महाराज हुनुहुन्थ्यो । उहाँले श्री मुखवाणी, बीतक, चर्चनी, वैराट जस्ता ग्रन्थको अध्ययन गर्नुभयो । वि.सं. १९८५ तिर उहाँले आध्यात्मिक ज्ञान प्राप्त गर्नुभयो । बीस वर्षको भएपछि संस्कृतको अध्ययन गर्न उहाँ पुनः काशी जानुभयो । बनारसमा रहेर उहाँले संस्कृत साहित्य, व्याकरण, छन्द, वेदान्त, योग आदि विषयको अध्ययन गर्नुभयो । उहाँले बनारस विश्व विद्यालयबाट वेदान्तमा आचार्य गर्नुभयो । वि.सं. २००२ मा संस्कृत शिक्षाको अध्ययन पूरा गर्नुभयो । ग्रन्थ प्रकाशनमा उहाँको ठूलो रुचि थियो । उहाँले हजारौं रूपैयाँ ग्रन्थ प्रकाशनमा लगाउनु भयो । साथै उहाँले प्रणामी मन्दिरको निर्माणार्थ लाखौं रूपैयाँको आर्थिक सहयोग पनि जुटाउनु भयो ।

पूर्णब्रह्य शास्त्री भारत, मध्य प्रदेश सतनाको श्रीकृष्ण प्रणामी मन्दिरमा धेरै कालसम्म रही धर्म प्रचार गर्नुभयो । उहाँ समय समयमा सतनाबाट नेपाल आउनु हुन्थ्यो । नेपालमा उहाँले बुटवल, पाल्पा,काठमाडौँ, झापा, मोरङ, सुनसरी, बारा, रौतहट, इलाम, पशुपतिनगर, चितवन आदि स्थानमा धर्म प्रचार गर्नुभयो ।

अध्ययन सकेर नेपाल आउँदा पूर्णब्रह्म शास्त्री सर्वप्रथम काठमाडौं नरदेवी र किलागलमा भवानी साहु र उनका भाइले स्थापना गरेका घर मन्दिरमा बस्नुहुन्थ्यो । वि.सं. १९१४ मा जन्मेका सन्त पीताम्बर दास ढुंगेलले धर्म प्रचार र पाठपूजा गरेको त्यस ऐतिहासिक स्थानमा केही दिन बस्नु भयो। ती मन्दिरमा पीताम्बरदास महाराज र दयालदास महाराज समय समयमा आउने गर्नुहुन्थ्यो र उपत्यकाका आसपासमा

प्रणामी धर्मको प्रचार गर्नुहुन्थ्यो । पूर्णब्रह्म शास्त्री महाराजले ‘पीताम्बर प्रवन्ध’ नामक पुस्तकमा उल्लेख गरेअनुसार पीताम्बरदास ढुंगेल फूलमाला र प्रसाद लिएर हनुमान ढोका दरबारमा राजा महाराजालाई चढाउन प्रतिदिन जानुहुन्थ्यो । पीताम्बर दास महाराज पद्मावती पुरी गएपछि दयालदास महाराजले नरदेवी र किलागल मन्दिरको रेखदेख गर्नुभयो । पछि दयालदास महाराजलाई मुद्दा लगाइयो र उहाँ पनि त्यहाँबाट बाँसवारी मन्दिर हुँदै भारत तर्फ लाग्नुभयो । उक्त नरदेवी मन्दिर अहिले भत्केर पाताल भएको छ। प्रणामी सिद्धान्तका वरिष्ठ विद्वान्‌ र संस्कृत तर्फका पनि प्रकाण्ड विद्वान्‌ हुँदा उहाँ धर्म सम्बन्धी कुरामा विवाद हुँदा अग्रसर भइ सबै शंकाको समाधान गरीदिनु हुन्थ्यो । उहाँले लेख लेख्द्वा जहिले पनि सुरुमा कृष्ण प्रणामी नपुनर्भवाय’ भनेर लेख्नु हुन्थ्यो । धरानमा प्रणामीहरूको वैदिक सनातनी पक्षधरका व्यक्तिसँगको धार्मिक वादविवादमा उहाँले भाग लिएर श्री कृष्ण प्रणामी धर्म, सनातन कृष्णलाई मान्ने धर्म हो भनेर पुष्टि गरी दिनुभयो । धरानको ४०९ पारायणमा गोपीदास महाराजलाई विशेष सहयोग गरेर कार्यक्रम सफल पार्न ठूलो योगदान गर्नुभयो । ८० वर्षको उमेरमा “पारायण प्रसंग’ नामक पुस्तकको प्रकाशन गर्नुभयो । वि.सं. २०५६ तिर उहाँले “प्रमाणता’ नामक अर्को पुस्तिका प्रकाशन गराउनु भयो | त्यो पुस्तिका नै सायद उहाँको अन्तिम प्रकाशन थियो । पूर्णब्रह्च महाराजले समय समयमा अन्य ग्रन्थको प्रकाशन गराउँदै जानुभयो । उहाँका मुख्य प्रकाशनमा “प्रेमपाठ’, “पूजा पाठ’, “सनातन धर्म”, ‘कण्ठी महिमा’, “पीताम्बर प्रवन्ध’, “भ्यालखानामा कृष्णभक्ति’, ‘सेवार्चना’, “कृष्ण प्रणामी पद्यति’ आदि छन्‌।

पूर्णब्रह्य शास्त्री भ्रमण गर्न अत्यन्त रुचाउनु हुन्थ्यो । उहाँ जति नेपालका विभिन्न जिल्लाको भ्रमण गर्ने प्रणामीहरू कमै होलान । उहाँमा लोभानी, पापानी केही थिएन । उहाँले धनको संग्रह कहिल्यै गर्नुभएन । दान दक्षिणामा आएका पैसा पनि कसै न कसैलाई राख्न दिनुहुन्थ्यो । कतिले त उहाँले दिएको रूपैयाँ हडप पारे । उहाँको व्यक्तित्व खारिएको सुन जस्तै थियो । उहाँ निडर, स्पष्टवादी, खरो मिजासका, चिन्तनशील, सुधारक, धार्मिक साहित्य प्रेमी र कृष्णका अनन्य भक्त हुनुहुन्थ्यो । उहाँमा तर्क गर्ने र समयोचित शास्त्र सम्मत उत्तर दिने अदभुत शक्ति थियो ।

वि.सं. २०१३ तिर लक्ष्मीकान्त शर्मासँग सहकार्य गरेर छपाएको प्रेम पाठ, पूजा पाठ ग्रन्थलाई प्रणामीहरूको घर घरमा पुग्याइ निशुल्क वितरण गर्ने काम पूर्णब्रह्म शास्त्रीले गर्नुभयो । वि.सं. २०१८ सालमा साप्ताहिक पारायण गरी रहेका समयमा विरोधीहरूले विदेशी मत प्रचार गप्यो भनेर लगाएको अरोप भुट्टा सावित भएपछि उहाँलाई स्वतन्त्र रूपमा धर्म प्रचार गर्न स्थानीय प्रशासनले स्वीकृति दियो । वि.सं. २०५० को दशकमा उहाँ सत्ना छोडेर नेपाल आएपछि महामति प्राणनाथका ग्रन्थलाई नेपालीमा शब्दार्थ तथा भावार्थ सहित प्रकाशन गर्ने काममा पूर्णब्रह्म शास्त्रीज्यूको ठूलो योगदान रह्यो । डा. छविलाल गजुरेल संयोजक रहेको त्यस अभियानमा उहाँले संशोधकको रूपमा काम गर्नुभयो । नेपालमा धार्मिक समिति गठन गर्नुपर्ने कुरा वि.सं. २०१० को दशकदेखि नै महसूस भएको कुरा “प्रणामी समाज-पर्थ’ वि.सं. २०१२ सालमा राजदास बादे श्रेष्ठले लेखी प्रकाशित गर्नुभएको पुस्तिकाबाट स्पष्ट हुन्छ। उक्त पहिलो संगठनका प्रमुख सञ्चालकमा श्री युगलदास महाराज र सभापतिमा श्री पूर्ण ब्रह्म शास्त्री हुनुहुन्थ्यो । उपरोक्त संगठनमा १९ जना महानुभाव हुनुहुन्थ्यो । यसलाई नै हालको ‘ श्रीकृष्ण प्रणामी सेवा समिति’को प्रारूप थियो भनेर मान्न सकिन्छ।

उहाँका मिल्ने मित्रहरूमा डा. स्वामी प्रपन्नाचार्य मुख्य हुनुहुन्थ्यो । पूर्णब्रह्वा महाराज एकै स्थानमा धेरै समय स्थिर भएर बस्न सक्नु हुन्नथ्यो । उहाँमा चञ्चलता थियो । सायद त्यो उहाँको जन्मसिद्ध स्वभाव थियो । उहाँ विद्वानहरूका प्रिय पात्र हुनुहुन्थ्यो । उहाँले जीवनभर प्रणामी धर्म सिद्धान्तको प्रचारमा निस्वार्थ सेवा पुन्याउनु भयो । शारीरिक रूपले अशक्त नहुँदासम्म उहाँले प्रणामी धर्मको प्रचार गर्दै रहनुभयो । अन्त्य अवस्थातिर आइपुग्दा रोगले आक्रान्त उहाँको शरीर जीर्ण भयो। बुखलबाट उहाँलाई काठमाडौं ल्याइयो । वि.सं. २०६१ मा इलाम पशुपति नगर बागबिरेमा उहाँको इहलीला समाप्त भयो । प्रणामी जगतको आकाशमा उदाएको चम्किलो ताराको अस्त भयो । यसबाट प्रणामी जगत्‌मा अपूरणीय क्षति हुन गएको छ।
Enable Notifications    Subscribe No thanks