July 31, 2021, Sat, 58:07:04
By स्वामी श्री १०८ लक्मणदेवजी महाराज , (SND)
श्री कृष्ण प्रणामी धर्मको संक्षिप्त परिचय
श्री कृष्ण प्रणामी धर्मको संक्षिप्त परिचय
श्री कृष्ण प्रणामी धर्मको संक्षिप्त परिचय
By स्वामी श्री १०८ लक्मणदेवजी महाराज , (SND)
2021-07-31
श्री कृष्ण प्रणामी धर्मको संक्षिप्त परिचय

Shree Navatan Dham (SND)

प्रतिनिधि महन्त – श्री ५ नवतनपुरी घाम

जामनगर (गुजरात) भारत

श्री कृष्ण प्रणामी धर्म-निजानन्द सम्प्रदाय पूर्णब्रहम परमात्मा अक्षरातीत श्री कृ्‌ष्णजीको उपासना तथा आराधना
गर्ने शुद्ध सनातन परम धर्म हो । पूर्णब्रहम परमात्माको साक्षात्‌ दर्शन तथा प्रत्यक्ष मार्गदर्शनद्वारा निजानन्दाचार्य
सद्गुरु श्री देवचन्द्रजी महाराजले यस दिव्य परपराको शुभारंभ गर्नुभएको हो । श्री तारतम सागर ग्रन्थमा यस
दिव्य परपराको मूल सिद्धान्त एवं उद्देश्यको उल्लेख भएको छ “सुख शीतल करू संसारञ तथा “पसरसी चौदे
भवन । अर्थात्‌ पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णद्वारा संप्राप्त श्री तारतम महामन्त्र-ब्रहमज्ञानको अलौकिक
आभाद्वारा विश्व ब्रहमाण्डमा परिव्याप्त अज्ञानरूपी अन्धकारलाई समूल नष्ट गरी “सर्वजन हिताय,सर्वजन सुखाय”
पातालदेखि परमधामसम्मको श्रेष्ठ एवं सुस्पष्ट ज्ञान प्रदान गरी विश्व ब्रहमाण्डलाई नै सुख, शैतल्य एवं अखण्ड
आनन्दको आस्वादन मात्र होइन अनुभूति पनि गराउने ।
उपरोक्त उत्कृष्ट उद्देश्यलाई सफल बनाउनका लागि निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजी महाराजले परमात्माको
प्रत्यक्ष प्रेरणा एवं मार्गदर्शन अनुरूप वि.सं १६८७ कार्तिकी पूर्णिमाको पवित्र दिनमा, भारतको गुजरात प्रान्तमा
स्थित जामनगरको पवित्र भूमि-आफूले १४ वर्ष पर्यन्त तपस्या एवं साधनाको साथ एक निष्ठाले श्रीमद्भागवत्‌
कृष्ण कथा श्रवण गरी श्री कृ्‌ष्णजीको साक्षात्कार गरेर महामंत्र प्राप्त गरेको पावन भूमि) मा श्री कृष्ण प्रणामी
धर्म-निजानन्द संप्रदायको आचार्यपीठ, प्रमुख तीर्थ एवं गुरुस्थानको रूपमा श्री ५ नवतनपुरी धामको स्थापना
गर्नुभयो । सद्गुरुजीले यही पावन भूमिमा बिराजमान भई स्वयंलाई भुलेका, बिर्सिएका, विस्मृत भएका सयकडौं
आत्माहरूलाई श्री तारतम महामंत्र-ब्रहमज्ञान प्रदान गरी आत्मा, परमात्मा एवं परमधामको परिचय प्रदान गरेर
जागृत गर्नुभयो । तारतम ज्ञानद्वारा आफ्नो आत्मालाई जागृत गरी जीवनलाई हरेक प्रकारले सुन्दर तथा सफल
बनाउने दिव्य आत्माहरूलाई सद्गुरुजीले ‘सुन्दरसाथ’को संज्ञा प्रदान गर्नु भयो । अत; आज पनि सद्गुरुजीको
पदचिन्हमा चल्ने, श्री कृष्ण प्रणामी धर्मका अनुयायी व्यक्ति वा समूहलाई ‘सुन्दरसाथ’ भनेर संबोधन गरिन्छ ।
श्री ५ नवतनपुरी धाममा सद्गुरुजीद्वारा तारतम महामन्त्र-ब्रहमज्ञान प्राप्त गरी आफ्नो आत्मालाई जागृत गराउने ती
दिव्य आत्माहरूमध्ये महामति श्री प्राणनाथजी महाराज सर्वोपरि हुनुहुन्छ । महामति श्री प्राणनाथजीले सद्गुरुजीको
आज्ञानुरूप यस ब्रहमञ्ञानद्वारा संप्रदायको मूल उद्देश्य “सुख शीतल करू संसार” तथा “पसरसी चौदे भवन” जस्ता
पुनित प्रकल्पलाई विश्व ब्रह्माण्डमा फैलाउने सुदृढ संकल्प लिएर देश परदेशमा परिभ्रमण गर्दै ब्रहमज्ञानको
ज्योतिलाई चारैतर्फ फैलाउनु भयो । उहाँले आफ्नो जीवनकालमा बिना रूके, बिना थके अविरल गतिले जन
जनलाई सनातन धर्मको, मूल्य, मान्यता, संस्कार एवं संस्कृतिको महत्व दर्शाउने तथा जिज्ञासु, पिपासु एवं मुमुक्षु
आत्माहरूलाई ब्रहमज्ञानको अलौकिक आलोकले आलोकित गर्दै आत्मा, परमात्मा तथा परमधामको अनुभव
गराउने परमोत्कृष्ट कार्य गर्नु भयो ।
यस प्रकार निजानन्दाचार्य सद्गुरु श्री देवचन्द्रजी महाराजको कठिन त्याग, तपस्या एवं साधना तथा महामति श्री
प्राणनाथजी महाराजको दूरदर्शिता, विकल्परहित संकल्प तथा प्रचण्ड पुरुषार्थको परिणाम हो आजको यो सुन्दर
एवं सुदृढ श्री कृष्ण प्रणामी समाज । जुन समाज प्रेम, सेवा, साधना एवं समर्पण जस्ता चतुष्पादमा दृढताको
साथ खडा छ।

सदगुरु श्री देवचन्द्रजी महाराज तथा महामति श्री प्राणणाथजी महाराजका परवर्ती अनेक श्रेष्ठ आचार्यजन,
संतजनहरूले समयानुरूप यस दिव्य ज्ञानलाई देश परदेशमा व्यापक रूपले फैलाउने कार्य गर्नुभयो । उपरोक्त संपूर्ण
गुरुहरूको परिश्रमको नै प्रतिफल हो कि आज श्री कृष्ण प्रणामी धर्म (निजानन्द संप्रदाय) मा दीक्षित अनुयायी
सुन्दरसाथ करोडौंको संख्यामा विश्वभरी फैलिएका छन्‌ भने लगभग ११ सय मन्दिर, सय कडौँ आश्रम तथा हजारौँ
सेवाकेन्द्रहरू संचालित छन्‌ । यसको प्रमुख केन्द्रको रूपमा श्री छ नवतनपुरी धाम विद्यमान छ ।
नेपालमा श्री कृष्ण प्रणामी धर्मको प्रचार-प्रसार वि.सं १७३५ मा परमहंस सन्त श्री कृ्‌ष्णदासजीद्वारा शुभारंभ
भएको भन्ने इतिहास जिउँदो छ । सन्त श्री कृष्णदासजीले वि.सं १७३५ मा हरिद्वारमा आयोजित कुंभमेलाको
पावन अवसरमा महामति श्री प्राणनाथजीद्वारा श्री तारतम महामन्त्र प्राप्त गरी उहाँकै आज्ञा तथा आशीर्वादानुरूप
आफ्नो जन्मभूमि नेपालमा आई श्री कृष्ण प्रणामी धर्मको प्रचार एवं प्रसार शुभारंभ गर्नुभएको उल्लेख पाईन्छ ।
नेपालमा पूर्वदेखि पश्चिमसम्म (७७ वटै जिल्लामा) सुन्दरसाथहरू हुनुहुन्छ । लगभग १० लाखभन्दा अधिक
सुन्दसाथको संख्या छ । यसैगरी श्री कृष्ण प्रणामी मन्दिरको संख्या लगभग १६५ भन्दा बढी छन्‌ जहाँ पूर्णरूपले
अष्टप्रहर सेवापूजा, भजन, कीर्तनका साथ साथ निरन्तनर विविध सेवाकीय कार्यहरू हुने गर्दछन्‌ । उपरोक्त
मन्दिरका अतिरिक्त हजारौं सेवा इकाईहरू पनि नेपालमा चलिरहेका छन्‌ । नेपालमा धर्मको यो सुन्दर स्वरूपका
लागि सर्वप्रथम सन्त श्री कृष्णदासजी महाराज, उहाँपछीका अनुगामी अनेकानेक ब्रहममुनिजन, सन्तजन, विद्वृदूजन
तथा सुन्दरसाथजीको ठूलो योगदान रहेको छ । उहाँहरूको पावन चरणमा शत्‌ शत्‌ प्रणाम ।
हामीहरू सबैलाई ज्ञात नै छ कि परमहंस जुगलदासजी महाराजद्वारा स्थापित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल,
नेपालको प्रथम रजिस्टर्ड धार्मिक संस्था हो । यसका भातृ संस्थाको रूपमा श्रीकृष्ण प्रणामी युवा परिषद्‌ एवं
भगिनी संस्थाको रूपमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति कार्यरत छन्‌ । उपरोक्त संस्थाहरूको माध्यमले
हुने सेवाकीय कार्यहरूले समाजमा गौरवताको स्थान प्राप्त गरिरहेको छ ।
नेपालमा स्थित संपूर्ण मंदिर, संघ, संस्था तथा सेवा केन्द्रहरूलाई अझै अधिक व्यवस्थित रूपले सर्वागीण विकास
तर्फ लिएर जानको लागि श्री कृष्ण प्रणामी धर्मका वर्तमान धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य
श्री कृष्णमणिजी महाराजश्रीले समाजका अग्रज सुन्दरसाथ एवं लाखौँ अनुयायीहरूको इच्छा एवं आकांक्षालाई
ध्यानमा राखेर वि.सं २०५५ सालमा काठमाण्डौमा नेपालको केन्द्रीय धामको रूपमा श्री कृष्ण प्रणामी मन्दिर-श्री
नवतनधामको स्थापना गर्नुभएको कुरा हामीलाई विदित नै छ।
नेपालको राजधानीमा स्थित यो सुन्दर धाम श्री ५ नवतनपुरी धाम कै प्रतिकृतिरूप मानिन्छ । आज यस धामले
विराट रूप लिई रहेको छ यो हामी सबैको लागि गौरवको कुरा हो । यो धाम प्रणामी समाजको मात्र नभै नेपालकै
एक दर्शनीय धार्मिक एवं पर्यटकीय स्थलको रूपमा चर्चित भै सकेको छ । यसको अझै चतुर्दिक विकास हुनु
आवश्यक छ । यद्यपि यो धाम नेपालको केन्द्रीय धाम हो तर यसको विकासले नेपाली सुन्दरसाथको मात्र होईन
समग्र प्रणामी समाजको नै महिमा एवं गरिमा बढाउँछ यसमा कुनै सन्देह छैन ।
अतः यसको विकासका लागि संपूर्ण धर्मप्रेमी सुन्दरसाथ तथा भक्तजनहरूलाई आफ्नो श्रद्धा एवं सामर्थ्य अनुरूप
तन, मन तथा धनले योगदान गर्नुहुन म हार्दिक अनुरोध पनि गर्दछु ।
अन्तमा श्री नवतनधामको विशिष्ट एवं विराट विकास योजनालाई मूर्तरूप दिन सक्ने नेतृत्व शक्ति संचयन गर्नको
लागि यही माघ २४ गतेका दिन हुन गई रहेको दशौं साधारण सभाको पूर्ण सफलताको लागि सह्दृदय शुभकामना

Enable Notifications    Subscribe No thanks