August 8, 2021, Sun, 30:08:07
By डिल्लीराम निरौला, (SND)
श्री १0८ रंगीदास महाराजजी
श्री १0८ रंगीदास महाराजजी
श्री १0८ रंगीदास महाराजजी
By डिल्लीराम निरौला, (SND)
2021-07-15
श्री १0८ रंगीदास महाराजजी

Shree Navatan Dham (SND)

रंगीदास महाराजको जन्म वि.सं. १९५८ मा काभ्रे जिल्लामा भएको थियो । उहाँले गृह जिल्ला छोडेर श्री ५ नवतनपुरी धाम, जामनगर सूरतको श्री ५ महामंगलपुरीधाम तथा पन्नाको श्री ५ पद्यावतीपुरी धाममा रहेर वाणी, बीतक, विराट, चर्चनी आदिको तालिम लिनु भयो । साथै उहाँले संस्कृतको पनि अध्ययन गर्नुभयो । भनिन्छ, उहाँ संस्कृतका धुरन्धर विद्वान्‌ हुनुहुन्थ्यो । उहाँले एक प्रकारको सिद्धि नै प्राप्त गर्नुभएको थियो । उहाँ यति उदार हृदयका सिद्ध पुरुष हुनुहुन्थ्यो कि उहाँले कहिल्यै हिन्दू, मुसलमान, अछुत भनेर कसैलाई भेदभाव गर्नु भएन । उहाँको दृष्टिमा मनुष्यजाति सबै एक समान थिए । त्यसैले उहाँलाई सबै जातजातिले श्रद्धाको दृष्टिले हेर्दथे, सबैले आदरभाव गर्दथे ।

हरएक श्रावण महिनामा उहाँ बीतक कथा गर्नुहुन्थ्यो । रंगीदासजीले भारतका विभिन्न भागमा गएर

बीतकको अत्यन्त बोधगम्य हिसाबले वर्णन गर्नुहुन्थ्यो । बितक कथाको पूर्णाहुतिपछि रंगीदास महाराज पद्यावतीपुरी धाम जाने तरखरमा लाग्नुभयो । उहाँले आफ्ना साथमा माताजी नर्वदाबाईका छोरा मंगल र जगन्नाथलाई साथै लिएर पन्ना धामतसम्म पुन्याउनु भयो । उदारहृदय भएका रंगीदास महाराजले यसरी नर्वदाबाई र बालकहरूलाई पन्ना धाममा पुग्न ठूलो मद्दत गर्नुभयो । तिनताका पीताम्बरदास महाराज महामंगलपुरी धामका गादीपति हुनुहुन्थ्यो । रंगीदासजी श्रीकृष्ण प्रणामी मन्दिर अहमदावादका गादीपति हुनुभयो । उहाँको वि.सं. २०२८ मा धाम गमन भयो । रंगीदास महाराज जस्ता मूर्धन्य विद्वान्‌को अवशानले प्रणामी समाजमा अपूरणीय क्षति हुनगयो
Enable Notifications    Subscribe No thanks