August 6, 2021, Fri, 01:08:09
By श्री १०८ अमृतराजजी महाराज, नवतनधाम, काठमाडौं र सन्त श्रीसुरेन्द्रजी, निजानन्दधाम, नजरपुर, (SND)
श्रीकृष्ण प्रणामी धर्मको आचार्य परम्परा
श्रीकृष्ण प्रणामी धर्मको आचार्य परम्परा
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
श्रीकृष्ण प्रणामी धर्मको आचार्य परम्परा
श्रीकृष्ण प्रणामी धर्मको आचार्य परम्परा
By श्री १०८ अमृतराजजी महाराज, नवतनधाम, काठमाडौं र सन्त श्रीसुरेन्द्रजी, निजानन्दधाम, नजरपुर, (SND)
2021-08-06
श्रीकृष्ण प्रणामी धर्मको आचार्य परम्परा

Shree Navatan Dham (SND)

श्रीकृष्ण प्रणामी धर्मका आदि आचार्य निजानन्दाचार्य श्रीदेवचन्द्रजी महाराजले पूर्णब्रह्मा परमात्माअनादि अक्षरातीत श्रीकृष्णजीको दर्शन प्राप्त गरेर उहाँकै आज्ञाले श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठकोरूपमा वि.सं. १६८७ कार्तिकी पूर्णिमाको दिन श्री ५ नवतननपुरी धामको स्थापना गर्नु भएको हो। यसधामको लोकोत्तर महिमा महामति श्रीप्राणनाथजीले यसरी गायन गर्नु भएको छ,

पहले बीज उदय हुआ, पुरी जहाँ नवतन ।
सब पुरियाँमे उत्तम, हुई जो धन धन ।।
ए मध्ये जे पुरी कहावे, नौतन जेहनु नाम ।
उत्तम चौदे भुवनमां, जिहां वालानो विश्राम ।।

श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठ श्री ५ नवतनपुरीधाम भएकोले श्रीकृष्ण प्रणामी धर्मकोआचार्य परम्परा नै श्री ५ नवतनपुरीधामको आचार्य परम्परा बनेको छ।

यस धर्मका आदि आचार्य निजानन्दाचार्य श्रीदेवचन्द्रजी महाराज हुनुहुन्छ । उहाँले आफ्ना प्रमुखशिष्य महामति श्रीप्राणनाथजीलाई आफ्नो उत्तराधिकार सुम्पिएर आचार्य बनाउनु भयो । त्यसपछिमहामति श्रीप्राणनाथजीले परम तपस्विनी साध्वी माता श्रीकेसरबाईज्यूलाई आफ्नो उत्तराधिकार सुम्पिएरधर्मको आचार्या बनाउनु भयो । त्यसपछि यस परम्परामा आजसम्म कमशः आचार्य श्रीतेजस्वी बाबाजीमहाराज, आचार्य श्रीब्रह्वचारीजी महाराज, आचार्य श्रीध्यानदासजी महाराज, आचार्य श्रीमोहनदासजीमहाराज, आचार्य श्रीफकीरचन्द्रजी महाराज, आचार्य श्रीअमरदासजी महाराज, आचार्य श्रीजीवरामदासजीमहाराज, आचार्य श्रीविहारी दासजी महाराज, आचार्य श्रीसुखलालदासजी महाराज, आचार्य श्रीधनीदासजीमहाराज, आचार्य श्रीधर्मदासजी महाराज, आचार्य श्रीकृष्णमणिजी महाराज (वर्तमान) प्रभृति आचार्यहरूहुनु भएको छ। उहाँहरूको संक्षिप्त जीवन परिचय तल दिइएको छ। कतिपय आचार्यहरूको जन्मतिथि र स्थान उपलब्ध न भएकाले उहाँहरूको आचार्यकाल मात्र उल्लेख गरिएको छ।

निजानन्दाचार्य श्रीदेवचन्द्रजी महाराज
श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका आदि आचार्य निजानन्दाचार्य श्रीदेवचन्द्रजी महाराजको जन्म वि.सं. १६३८ आश्विन शुक्ल चतुर्दशी बुधवार तदनुसार ११ अक्तुबर १५०१ ई. को तत्कालीन भारतवर्षको मारवाड क्षेत्र उमरकोट गाँउमा भएको थियो । माता कुवरबाई एवं पिता मत्‌ मेहताको एकमात्र पुत्रको रूपमा श्रीदेवचन्द्रजी महाराजको बाल्यकाल सुखी एवं सम्पन्न रूपले व्यतीत भयो । तर उहाँको रुचि भौतिक वस्तुहरू प्रति नभएर अध्यात्म तर्फ थियो । म को हुँ, कहाँबाट आएको हुँ, परमात्मा को हुन्‌, कहाँ बस्दछन्‌ आदि जिज्ञासाहरू उहाँका मनमा उत्पन्न भई रहन्थे । ती जिज्ञासाहरूलाई शान्त गर्नका लागि उहाँले खोज आरंभ गर्नु भयो । परमात्माको खोजमा विभिन्न स्थानमा विचरण गर्दै उहाँ भारतको गुजरात राज्य स्थित जामनगर पुग्नु भयो । विभिन्न स्थानमा विचरण गर्दा गर्दै पनि उहाँको अध्यात्म साधना निरन्तर बढी रहेको थियो । जामनगरमा उहाँले चौदह वर्ष सम्म श्रीमद्भागवत कथा श्रवणको साथमा निरन्तर एकनिष्ठ साधना गर्नु भयो । यस बीच परमात्माले परीक्षा पनि लिनु भयो । उहाँ शुद्ध हृदयले परमात्माको प्रेममा निमग्न हुनुहुन्थ्यो । विभिन्न परीक्षाहरूमा उत्तीर्ण भएपछि एकदिन उहाँलाई पूर्णब्रह्म परमात्माले प्रत्यक्ष दर्शन दिनुभयो । साथमा पातालदेखि परमधाम सम्मको ज्ञान गराएर त्यसको अनुभव पनि गराउनु भयो । अनि तारतम महामन्त्र प्रदान गरी ब्रह्यात्माहरूको जागनी गर्ने दायित्व सुम्पिदै स्वयं पनि श्रीदेवचन्द्रजीको हृदयमा विराजमान हुनु भयो ।

पूर्णब्रह्व परमात्मा हृदयमा आसीन भए पछि श्रीदेवचन्द्रजी महाराजलाई पाताल देखि परमधाम सम्मका विभिन्न कुराहरूको प्रत्यक्ष अनुभव हुनथाल्यो । उहाँ सधैं नै पूर्णब्रह्म परमात्माको साथमा भई रहेको अनुभव गर्नु हुन्थ्यो । परमधाम तथा परमात्माको वर्णन गर्दा उहाँ प्रत्यक्ष दर्शन गर्दै वर्णन गर्नु हुन्थ्यो।

श्रीदेवचन्द्रजी महाराजले पूर्णब्रह्म परमात्मा श्रीकृष्णजीको दर्शन प्राप्त गरेर उहाँबाट श्रीतारतम महामन्त्र (श्रीनिजनाम) प्राप्त गरेको दिन वि.सं. १६७८ आश्विन कृष्ण चतुर्दशी थियो । दर्शन प्राप्त भए पछि परमात्माकै आज्ञाले ञहाँले आफूले प्राप्त गरेको ब्रह्वज्ञान अन्य जिज्ञासुहरूलाई प्रदान गर्न थाल्नु भयो । दिन प्रतिदिन सत्संग चर्चा बढ्न थाल्यो । त्यस समयका जामनगरका नगर शेठ श्रीगांगजी भाईले श्रीदेवचन्द्रजी महाराजबाट मंत्र दीक्षा प्राप्त गरी उहाँका प्रथम शिष्य बन्ने सौभाग्य प्राप्त गरे । श्रीदेवचन्द्रजी महाराज आफ्नै घरमा सत्संग गर्नु हुन्थ्यो । जब गांगजी भाईलाई उहाँको पूर्ण पहिचान भयो तब उनले सद्गुरुलाई आफ्नो घरमा बोलाएर सत्संग एवं बस्ने दुबै व्यवस्था गरे । कालान्तरमा यी दुबै घरहरू मन्दिरकोरूपमा प्रसिद्ध भए । आज सद्गुरुको आफ्नो घरलाई राज मन्दिर एवं गांगजी भाईले अर्पण गरेको घरलाई चाकला मन्दिर भनिन्छ।

नित्यप्रति सत्संग बढ्दै गयो अनि सद्गुरु श्रीदेवचन्द्रजी महाराजका शिष्यहरूको संख्या पनि बढ्दै गयो । सद्गुरुले देखाएको परमधामको मार्गलाई बुझ्ने र अनुसरण गर्ने व्यक्तिहरूलाई सुन्दरसाथ भनियो । दिन प्रतिदिन सुन्दरसाथको संख्या बढ्न थाल्यो । एक दिन पूर्णब्रह्मा परमात्माले सद्गुरुलाई ध्यानमा भन्नु भयो, “अब धर्मपीठको स्थापना गर्नुपर्दछ, त्यसको लागि तयारी गर” । साथमा स्थान पनि देखाई दिनु भयो। केही समयपछि सद्गुरु महाराजले श्रीगांगजी भाई एवं अन्य सुन्दरसाथहरूसंग पूर्णब्रल्म परमात्मा श्रीकृष्णजी – धामधनी श्रीराजजीको धर्मपीठ बनाउने आदेशको कुरो गर्नु भयो । पूर्णब्रह्य परमात्माको आजा भएता पनि गांगजी भाईको भावना थियो कि आफुले अर्पण गरेको घरमा नै रहेर सत्संग चर्चा होस । केही समय पछि सद्गुरुले धर्मपीठको कुरा पुनः गर्नु भयो । यसरी बारबार सम्झाएता पनि श्रीगांगजी भाईको भावपूर्वक आग्रह बनी नै रहयो । एकदिन पूर्णब्रह्म परमात्माले यस्तो निमित्त(कारण) उपस्थित गरिदिनु भयो कि श्रीगांगजी भाईले यो कुरो मान्न बाध्य हुनु पर्यो ।

श्रीदेवचन्द्रजी महाराजले पूर्णब्रह्ा परमात्मा अनादि अक्षरातीत श्रीकृष्णजीको आज्ञाले वि.सं. १६८७ कार्तिको पूर्णिमाको दिन श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठ श्री ५ नवतनपुरीधामको स्थापना गर्नु भयो र पच्चीस वर्ष सम्म यसै धाममा रहनु भयो । आरंभमा पर्णकुटी बनाइएको थियो । केही महिना पछि मन्दिरको योजना बनाई पोरबंदर क्षेत्रमा पाइने चुन ढुंगा ॥॥16 1०१6) द्वारा मन्दिर एवं मन्दिरका चारै तर्फका कोठाहरूको निमार्ण भयो । श्री ५ नवतनपुरीधामको मूल मन्दिर पाँच तलाको छ। मन्दिरको पृष्ठ भागमा अवस्थित गादी मन्दिर (सद्गुरुको गादी), सद्गुरुको शयन खण्ड एवं श्रीप्राणनाथजीको चिन्तन कक्ष आदि मूलरूपमा त्यही समयमा बनिएका हुन्‌ । मन्दिरको दायाँ, बायाँ र अग्रभागमा भएका दुई तले भवन पनि उसै समयका हुन । ती मध्ये आज बायाँ तर्फको भवन मात्र जीर्ण अवस्थामा रहेको छ।

श्री ५ नवतनपुरीधामको स्थापना हुने वित्तिकै महामति श्रीप्राणनाथजीका अग्रज गोवर्धन भाई सद्गुरुका शरणमा आएका हुन्‌ । त्यस पछि मार्गशीर्ष शुक्ल नवमीका दिन महामति श्रीप्राणनाथजी पनि सद्गुरुका शरणमा आउनु भएको हो।

यसरी धर्मपीठको स्थापना भए पछि धर्मकार्यहरू (सत्संग-चर्चा आदि) पनि द्रुत गतिले बढ्दै गए । सद्गुरुले जब धर्मचर्चा आरम्भ गर्नु भयो त्यसवेला देखि धेरै चामत्कारिक लीलाहरू हुन थाले । नवतनपुरीधामको स्थापना पछि सुन्दरसाथहरूको अभिवृद्धि हुँदै गयो । सद्गुरु जब व्रजलीलाको वर्णन गर्नुहुन्थ्यो त्यसवेला सुन्दरसाथहरूलाई व्रजलीलाको आभास हुन्थ्यो । यसैगरी रास लीलाको वर्णन गर्दा रासलीला कै अनुभव हुन्थ्यो । कुनै समयमा श्रीकृष्णजी व्रजलीलाका सखीहरूलाई लिएर प्रकट हुनुहुन्थ्यो त कुनै समयमा सखीहरू नवनीत (नौनी घीउ) राखि दिएर जाने गर्दथे । सद्गुरुको भोजन बनाउने सुन्दरसाथ माता हीराबाई लाई श्रीकृष्णजीले सुनको कसौंडी (भात पकाउने भाँडो) पनि दिनु भएको थियो । परमधामको वर्णन गर्दै जाँदा जब सद्गुरुले श्रीयमुनाजीको वर्णन गर्नु भयो त्यसवेला उपस्थित सुन्दरसाथहरूलाई श्रीयमुनाजीमा स्नान गर्ने, यमुनाजलको आचमन गर्ने इच्छा भयो । सद्गुरुले आफ्नो औंलाले भूमिमा नक्शा कोरेर देखाउंदै गर्दा श्रीयमुनाजीको धारा त्यहाँबाट प्रकट भयो । सुन्दरसाथहरू आचमन, स्नान आदिबाट तृप्त भए । श्रीयमुनाजीको धाराको प्रवाहलाई कुलो जस्तो बनाएर मन्दिर देखि बाहिर लगेर उत्तर तर्फमा स्थित कूपमा स्थापित गर्ने आज्ञा धामधनी श्रीराजजीबाट प्राप्त गरेर सद्गुरुले त्यसै अनुसार कार्य गराउनु भयो । श्री १ नवतनपुरीधाम स्थित श्रीयमुनाजीको कृप यसरी बनिएको हो । पछि गएर त्यस कृपलाई अझै गहिराइयो । वसन्त क्रतु पछि जब यो कृपको पानीको सतह घट्न लाग्छ त्यसवेला हामी देख्न सक्दछौं कि मन्दिरको तर्फबाट जलको सानो प्रवाह आजपनि बगिरहेको छ। मन्दिर भित्र श्रीयमुनाजीको दर्शन कुण्डका रूपमा गरिन्छ । धामधनी श्रीराजजीको असीम कृपाले आज पनि सुन्दरसाथहरू श्री ५ नवतनपुरीधाममा यमुनाजलबाट नै स्नान गर्ने लाभ प्राप्त गरी रहेका छन्‌।

सद्गुरुको सत्संग चर्चामा व्रज, रास एवं परमधामका लीलाहरूको दर्शन हुने गर्दथ्यो । धेरै यढा-यढा बाट पनि ब्रह्यात्माहरू सद्गुरुको शरणमा पुग्ने गर्दथे । ती मध्ये सुरत, दीव, ठट्यनगर आदिबाट आउनेहरूको उल्लेख वीतकमा राम्ररी गरिएको छ । सद्गुरु आफ्ना शरणमा आएका ब्रह्यात्माहरूलाई उनीहरूको आत्माको नामबाट नै बोलाउने गर्नु हुन्थ्यो ।

महामति श्रीप्राणनाथजीले जामनगरलाई नै नवतनपुरी भनेर भन्नुभएको छ, यसरी हेर्ने हो भने सद्गुरु ४९ वर्ष सम्म नवतनपुरीमा रहनु भएको हो तर धामधनी श्रीराजजीको आज्ञाले धर्मपीठ स्थापना गरे पछि पच्चीस वर्ष सम्म निरन्तर त्यहाँ रहनु भयो। अन्तमा आफ्नो प्रमुख शिष्य महामति श्रीप्राणनाथजीलाई धर्मको सम्पूर्ण दायित्व सुम्पिएर वि.सं. १७१२ भाद्रकृष्ण चतुर्दशी (अनन्त चतुर्दशी) को दिन उहाँले ईहलीलाको संवरण गर्नु भयो। उहाँले आफ्नो शिष्य महामति श्रीप्राणनाथजीलाई धर्मको सम्पूर्ण दायित्वको साथमा श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठ श्री ५ नवतनपुरीधामको दायित्व सुम्पिनु भयो । पछिगएर श्रीप्राणनाथजी तथा बालबाईले श्रीराज मन्दिर तथा श्रीचाकला मन्दिरको सम्पत्ति श्रीविहारीजीलाई सुम्पिएको थियो।

महामति श्रीप्राणनाथजी
श्रीप्राणनाथजीको बाल्यकालको नाम श्रीमिहिरराज थियो । उहाँको जन्म वि.सं. १६७५ भाद्र कृष्ण चतुर्दशी रविवारको दिन भएको हो । उहाँको माताको नाम धनबाई एवं पिताको नाम केशवरायजी थियो । श्रीकेशवरायजी जामनगर राज्यको मन्त्रि पदमा थिए ।

महामति श्रीप्राणनाथजीले वि.सं. १६८७ मार्गशीर्ष शुक्ल नवमीको दिन बाह्र वर्षको आयुमा श्रीकृष्ण प्रणामी धर्मका आदि आचार्य निजानन्दाचार्य सद्गुरु श्रीदेवचन्द्रजी महाराजको शरणमा गएर उहाँबाट श्रीतारतम महामन्त्रको दीक्षा प्राप्त गर्नु भएको हो । त्यसका केही दिन अगाडि नै सद्गुरुले श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठ श्री ५ नवतनपुरी धामको स्थापना गर्नु भएको थियो । सद्गुरुले आफ्नो वरदहस्त महामतिको शिरमा राखेर जब तारतममन्त्र प्रदान गर्नु भयो त्यही बेला उहाँको बुद्धिमा जागृति आयो । श्री लालदासजीले वीतकमा उल्लेख गर्नु भएको छ,

आएके चरणौं लगे, तबहीं दई निध।
तत छिन तिहाँ हिरदे मिने, आई जागृत बुध ।॥।

धेरै दिन देखि कुनै योग्य व्यक्तिको प्रतीक्षा गरिरहनु भएको सद्गुरुलाई पनि महामतिलाई पाएर सन्तोष भयो कि धामधनी श्रीराजजीको इच्छानुसार अब जागनीकार्य विश्वव्यापी बन्ने छ। महामतिजी आफ्ना अग्रज गोवर्धनज्यू संग नित्य प्रति सद्गुरुका चरणमा आएर सत्संग, ज्ञान चर्चा श्रवण गर्न लाग्नु भयो । सत्संग चर्चा पूर्ण भएपछि पनि सद्गुरुले महामतिलाई हात पक्रिएर आफ्नो गादी तफ लिएर जाने गर्नु हुन्थ्यो अनि स्वयं गादीमा विराजमान भएर महामतिलाई आफ्नो अगाडि बसाएर ज्ञानका रहस्यहरू सम्झाउने गर्नु हुन्थ्यो । महामतिले स्वयं यस विषयमा भन्नुभएको छ,

कर पकड बैठाएके, आवेश दियो मोहे अंग ।
ता दिनथे दया पसरी, पल पल चढते रंग ॥।

सद्गुरुको संगत प्राप्त गरेर महामतिले सत्संग चर्चा श्रवणका साथ साथमा धेरै प्रकारका साधनाहरूपनि गर्नु भयो । अग्रज गोवर्धनजीको धामगमन पछि त उहाँले देहको चिन्ता नै नगरिकन साधनालाई अगाडि बढाउनु भयो । फलतः शरीर दिन प्रति दिन जीर्ण हुँदै गयो । यो देखेर बालबाईले सद्गुरुलाई विन्ती गरिन्‌ कि दाजु त धाम गई सके अब भाईले पनि जान खोज्दै गरे जस्तो छ। अब यिनलाई अन्य कार्यमा लगाएर साधनाबाट मन हटाई दिनु पर्दछ। यसर्थ यिनलाई अरब पठाई दिनुहोस्‌ । उहाँ गएर हाम्रा भ्राता खेता भाईलाई सम्झाएर फर्काएर लिएर आउन्‌ । उनले धेरै सम्पत्ति आर्जन गरेका छन्‌ त्यो पनि काममा आउँनेछ र यिनको वैराग्य पनि कम हुनेछ । सद्गुरुले तथास्तु भनेर महामतिलाई अरब जाने आज्ञा गर्नु भयो । वि.सं. १७०३ मा महामति अरब जानु भयो । गांगजीभाईका भाई खेताभाई धेरै वर्ष देखि अरबको बसरा नामक बन्दरगाहमा बस्ने गर्दथे । बसरा आज पनि इराक देशको ठूलो बन्दरगाह मानिन्छ । त्यहाँ उनको व्यापार फैलिएको थियो । त्यसलाई समेट्दा समेट्दै चार वर्ष व्यतीत भए । अचानक खेताभाईको देहान्त भयो । त्यहाँका हाकिमहरूले उनको सम्पत्ति हडप गर्ने प्रयत्न गरे । महामतिजीले बगदाद (इराकको राजधानी) गएर सुल्तानलाई भेटेर फरीयाद गर्नु भयो । सुल्तानले मानिस पठाएर सम्पत्ति त दिलाई दिए तर बसराका हाकिमहरूको कृदृष्टि भने बदलिएन । उनीहरूले गोदाम, कार्यालय आदिमा आगो लगाएर सबै सम्पत्ति जलाई दिए । महामति शेष कार्य समेटेर फर्किनु भयो । केही समय घरमा रहे पछि उहाँ भ्रोल गएर कलाजी ठाकुरको मन्त्री हुनु भयो । यता सद्गुरुले शरीर छोड्ने विचार गरेर महामति श्रीप्राणनाथजीलाई बोलाउनु भयो अनि धर्मको सम्पूर्ण दायित्व उहाँलाई सुम्पिएर वि.सं. १७१२ भाद्र शुक्ल चतुर्दशीका दिन देह त्याग गरेर महामति श्रीप्राणनाथजीको हृदय कमलमा विराजमान हुनु भयो ।

त्यस पछि सद्गुरुको आज्ञा अनुसार महामति श्रीप्राणनाथजीले धर्मकार्यलाई अगाडि बढाउनु भयो । सद्गुरुको स्मृतिमा ठूलो मेला गर्ने उहाँको विचार थियो । त्यसका लागि सम्पत्ति कमाउने विचार लिएर जाम राजाका दरबारमा जागीर खान लाग्नु भयो । धामधनी श्रीराजजी उहाँबाट अन्य विशेष कार्य गराउन चाहनु हुन्थ्यो त्यसले गर्दा त्यसबेला त्यो मेला हुन सकेन जो इ.सन्‌ २००६ मा श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव १२००० पारायणका रूपमा श्री ५ नवतनपुरीधाममा सम्पन्न हुन गयो । धामधनी महामतिबाट ब्रह्ववाणी श्रीतारतम सागरको अवतरण गराउन चाहनु हुन्थ्यो त्यसका लागि विरह वेदनाको अनुभव गर्न महामतिले एक वर्ष सम्म राजदरबारमा नजरबन्द रहनु पस्यो । त्यसबेला महामतिलाई सद्गुरुको विरहले व्यथित बनायो । सद्गुरुले उहाँलाई शक्ति दिएर पुनः कार्यरत हुने क्षमता प्रदान गर्नु भयो । यसै विरहमा उहाँलाई श्रीश्यामाजी, श्रीराजजी एवं ब्रह्यात्माहरूको स्वरूप, सिनगार तथा रासलीलाको दर्शन भयो । रासलीलाको वर्णन गर्दै ब्रह्ववाणीको अवतरण भयो जो अगाडि गएर रास, प्रकाश, षल््रतु, कलश, सनंध, किरंतन, खुलासा, खिलवत, परिकमा, सागर, सिनगार, सिन्धी, मारफत सागर, क्यामतनामा ग्रन्थहरूको संवलित रूप श्रीतारतम सागर महाग्रन्थको रूपमा प्रसिद्ध भयो । ब्रह्मज्ञानको अवतरण भएको हुनाले त्यस ठाउँलाई प्रबोधपुरी भनियो। श्रीतारतम सागरमा कुल १५७५८ चौपाईहरू छन्‌ जो प्रबोधपुरीबाट आरंभ भएर देश देशान्तरको यात्रामा अवतरित हुँदै गए अनि अन्तमा पद्मावती पुरीमा गएर पूर्ण भए ।

सद्गुरुको धामगमन पछिबालबाई आदि सुन्दरसाथहरूको भावना अनुसार महामति श्रीप्राणनाथजीले सद्गुरुले कच्छबाट जामनगर आएर रहनु भएको घर अनि गांगजीभाईले सद्गुरूलाई अर्पण गर्नुभएको घर यी सबै भौतिक सम्पदाको मसनन्द विहारीजीलाई सुम्पिदिनु भयो जो आज कमशः राज मन्दिर एवं चाकला मन्दिरका नाममा प्रसिद्ध छन्‌ । विहारीजीका सन्तान न हुनाले उनकी बहिनी जमुनाबाईका छोरा नागजीभाईका दुई छोराहरू मध्ये श्रीबालचन्द्रजीलाई राज मन्दिर र श्रीप्रेमानन्दजीलाई चाकला मन्दिरको दायित्व सुम्पिएको थियो । पछि गएर उनीहरूकै सन्तानले यी दुवै स्थानहरूको हेरचाह गर्न थाले । गुजरातीमा सानो आसनलाई चाकला भनिन्छ। यो सर्व विदितै छ कि सद्गुरूले गांगजीभाईको घर छोडेर नवतनपुरी धामको स्थापना गर्नु भएको हो । श्रीगांगजीभाईको घरमा रहेर सत्संग चर्चा गर्दा त्यहाँ सद्गुरूको आसन राखिएको हुन्थ्यो । श्रीविहारीजीलाई सम्मान दिनु पर्दा उहाँलाई त्यसै आसनमा बसाएर सम्मानित गरेको हुनाले श्रीप्राणनाथजीले भन्नु भएको छ,

‘बैठे विहारीजी चाकले ।’
यिनै चाकलाको कारणले यस घरको नाम चाकला मन्दिर हुन गयो । यसै गरी श्रीदेवचन्द्रजीको घरलाई राजमन्दिर भन्न थालियो । आज पनि यी स्थानहरू श्रीराज मन्दिर एवं श्रीचाकला मन्दिरका रूपमा प्रसिद्ध छन्‌ । धामधनी श्रीराजजीले निजानन्दाचार्य सद्गुरु श्रीदेवचन्द्रजीद्वारा श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठको रूपमा श्री ५ नवतनपुरी धामको स्थापना गराएर धर्मको आचार्य गादी त्यहाँ स्थापित गराउनु भयो जो आज गादी मन्दिरको रूपमा प्रसिद्ध छ । धर्मको सम्पूर्ण दायित्व सद्गुरुले महामति श्रीप्राणनाथजीलाई सुम्पिनु भएको हुनाले महामति श्रीप्राणनाथजीले जीवन पर्यन्त धर्मलाई अगाडि बढाउने काम गर्नु भयो । आरंभमा जामराजाको जागिर खानु भयो । उहाँको कार्यक्षमतालाई देखेर जामराजाले उहाँलाई मन्त्री बनाएर विशेष कार्यभार सुम्पिए । जूनागढमा नयाँ नगर बसाउनका लागि उहाँलाई नै पठाइयो । यसै अवसरमा धोराजी निवासी प्रेमजी थावरचन्दले आफ्नी सुपुत्री श्रीतेजकुवरी महामतिलाई अर्पण गरे । महामतिले उनलाई स्वीकार गर्नुभयो । पछि गएर तेजकुंवरीजी श्रीबाइजीराज महारानीका रूपमा प्रसिद्ध हुनुभयो । उहाँले आजीवन महामति श्रीप्राणनाथजीको सेवा गर्नुभयो । सुन्दरसाथ प्रतिको उहाँको स्नेहले उहाँलाई समस्त सुन्दरसाथ मातृत्वभाव राख्ने गर्दथे ।

वि.सं.१७२० का अवसरमा दिल्लीमा सत्ता परिवर्तन भएपछि औरंगजेबले गुजरातका लागि नयाँ सुबेदार नियुक्त गरे । उनी अहमदाबाद आएपछि एक एक गरेर राजाहरूलाई बोलाई कर बढाउने कुरो गर्न थाले । यस्तो समाचार प्राप्त गरे पछि जामराजाले महामति श्रीप्राणनाथजीलाई जूनागढबाट बोलाएर सुबेदार सँग सम्झौता गर्न अहमदाबाद लिएर गए । त्यस समयमा अहमदाबाद आउन जान धेरै समय लाग्दथ्यो । अनि यसप्रकारका कार्यका लागि पनि महिनौं समय लाग्दथ्यो । बातचीतका अन्तमा सम्झौता अनुसार श्रीप्राणनाथजीले धरौटीका रूपमा सुबेदारकोमा रहनु पर्ने भयो । जामराजाले जामनगर फर्किए पछि मुगल सुबेदार सँग युद्ध गर्नु प्यो जसमा मुगलहरू विजयी भएर नौ वर्ष सम्म जामनगरमा मुगलको शासन रह्यो । नौ वर्ष पछि जामराजाले पुनः सत्ता हस्तगत गरे ।

महामतिजी सुबेदारका नजरबन्दमा हुनुहुन्थ्यो । त्यसबेला उहाँलाई धेरै विरह भयो । उहाँलाई लाग्यो, “मैले सद्गुरूलाई वचन दिएको थिएं कि अब म मायाको कार्यमा जाने छुँइन। तर मैले सद्गुरूको भावनालाई बुभन सकिनछु। धर्मकार्यलाई अगाडि बढाउनका लागि मायाको काम हाथमा लिएँ जसले गर्दा धर्मकार्यमा सफलता मिलेन । अब म पूर्ण रूपले धर्मकार्यमा लाग्नेछु।” त्यसै बेला उहाँलाई धामधनीको आज्ञा भयो, “अब तिमी नवतनपुरी गएर शहरमा कसैले पनि थाहा नपाउने गरी त्यहाँको सम्पूर्ण व्यवस्था गर । प्रबोधपुरीमा अवतरित भएका ब्रहृमवाणीलाई मेरो वाङ्मय स्वरूप सम्झेर सिंहासनमा पधराएर युगल स्वरूपको सेवापूजाको व्यवस्था गर । मोहनदास नामक सुन्दरसाथलाई नवतनपुरी धामको संचालन गर्न लगा । पछि गएर अन्य सहयोगीलाई पठाई भविष्यमा योग्य व्यक्तिलाई उत्तराधिकार दिनू। उपर्युक्त व्यवस्था गरेर तिमी त्यहाँबाट दीव जार ।”

महामति अहमदाबादमा सुवेदारका नजरबन्दमा हुनुहुन्छ भन्ने सुनेर जूनागढ निवासी कान्हजीभाईले त्यहाँ गएर भेष परिवर्तन गरी महामतिलाई बाहिर निकाले । परिस्थिति विकट थियो। श्रीराजजीको मार्गदर्शन अनुसार महामतिजी त्यहाँबाट जामनगर जानुभयो । धेरै व्यक्तिहरूलाई थाह न दिईकन नवतनपुरी धामको व्यवस्था गरेर वि.सं. १७२२ मा दीव पुग्नु भयो । दीवमा त्यसबेला पोर्टगीज शासन थियो । धामधनी श्रीराजजीले नै उहाँलाई मुगलहरूको प्रभाव न भएको ठाउँमा पठाउनु भएको हो।

महामतिजी दुई वर्ष सम्म दीवमा रहनु भयो । बेहदवाणी जस्ता प्रकरणहरूको अवतरण त्यसै बेला भएको हो । धामधनी उहाँलाई धर्मप्रचारको लागि यात्रा गराउन चाहनु हुन्थ्यो । त्यस कारण त्यहाँ पनि एउय निमित्त बन्यो । श्रीबाईजीराज सहित अनेक सुन्दरसाथलाई अरबी अपहरणकर्ताहरूले अपहरण गरे । उनीहरूलाई खोज्नका लागि महामतिजी समुन्द्र किनारका प्रत्येक शहर एवं बन्दरगाहको यात्रा गर्दै अरबमा मस्कत तथा अब्बास बन्दर सम्म पुग्नु भयो । यो यात्रामा उहाँले प्रत्येक नगरमा गएर नगरजनलाई जागृत गर्नुभयो कि स्थानीय व्यक्तिहरूको सहयोग भए मात्र बाहिरबाट आउने अपहरणकर्ता आफ्नो कार्यमा सफल हुन सक्छन्‌ । त्यसबेला समुन्द्र किनारका नगरहरूमा यस्ता अपहरणका अपराधहरू भई रहन्थे । महामतिजीका उपदेशले गर्दा ती नगरका स्थानीय व्यक्तिहरू एकजूट भए जसले गर्दा अपहरणका अटनाहरू बन्द भए । महामतिले त्यो बेला समुन्द्र किनारका नगरमा हुने आपराधिक घटनाहरूलाई यसरी निर्मूल गर्नु भएको थियो । अबासी बन्दरका ठूला व्यापारी भैरव शेठले धन खर्च गरेर बाईजीराज सहित अन्य सुन्दरसाथलाई छुटाएका थिए । उनले श्रीप्राणनाथजी त्यहाँ पुगेपछि सत्संग राखे । उनको आत्मामा पनि जागृति आयो ।

महामति अरबबाट फर्किएर कच्छ हुँदै धोराजी पुग्नुभयो त्यहाँ बाट सुरत जानु भयो । विहारीजीका विचारहरू सद्गुरुद्वारा निर्दिष्ट सिद्धान्त सँग अनुकुल न देखिएकोले अब महामति धर्मको सम्पूर्ण दायित्व आफ्नो शिरमा लिएर अगाडि बढ्नु हुन्छ । मुगल शासक औरगंजेबको अत्याचारबाट हिन्दू प्रजालाई छुटाउने संकल्प गरेर औरगंजेब सँग भेट गर्न त्यहाँबाट दिल्ली प्रस्थान गर्नुहुन्छ । महामतिको मंगल संकल्पको स्मृतिमा सूरतमा महामंगलपुरीधाम बनिन गयो ।

त्यो समयमा भारतीय हिन्दु समाज एकातिर विभिन्न मत मतान्तर एवं वर्ण वर्ग व्यवस्थामा विभक्त थियो भने अर्कोतिर मुगलहरूद्वारा धर्मको नाममा अत्याचार गरिन्थ्यो । यी दुबै कुराहरूलाई हटाउनका लागि महामतिले आजीवन प्रयल गर्नु भयो। भेटमा औरंगजेबले भूल स्वीकारे पनि मुगलहरूको व्यवहारमा आउनुपर्ने परिवर्तन आएन । महामति दिल्लीबाट हरिद्वार गएर वि.सं. १७३५ को कुम्भ पर्वमा उपस्थित धर्माचार्य एवं विद्वानहरूलाई ‘एकमेवाद्वितीयम्‌’ अर्थात एक परमात्माको कुरो गर्नु हुन्छ। उपासना पद्धति एवं ईष्टका नाममा मतभेद राखेर समाजलाई खण्डित गर्नु हुँदैन । हिन्दू समाजमा बाह्य आक्रमणको भय बढिरहेको छ। हिन्दूप्रजाको संगठनले नै हिन्दूसमाजलाई विभिन्न भयबाट मुक्त राख्नेछ। महामतिको समय सापेक्ष एवं ब्रह्म सम्बन्धी स्पष्टता सुनेर कुम्भमेलामा उपस्थित धर्माचार्य एवं विद्वानहरूले उहाँलाई ” विजयाभिनन्द बुद्ध निष्कलंकको रूपमा स्वीकार गरेर सम्मानित गरे । त्यस दिन देखि बुद्धजी शाका आरंभ भएको हो।

त्यस पछि महामति श्रीप्राणनाथजीले हिन्दू राजाहरूलाई एकत्रित एवं संगठित गर्न दिल्ली, राजस्थान, महाराष्ट्र, मध्य प्रदेश आदि विभिन्न स्थानको यात्रा गर्नु भयो । मुगल साम्राज्यको प्रभावमा आएका राजाहरू उनीहरूको सामना गर्न समर्थ भएनन्‌। अन्तमा श्रीप्राणनाथजी बुन्देला राजा छत्रसाललाई आफ्नो सन्देश दिनुहुन्छ। छत्रसालले महामतिको आदेश स्वीकार गरे अनि मुगल शासनको विरूद्ध युद्ध गर्न तयार भए। उनीसँग सम्पत्तिको कमी थियो। महामतिले हीराको वरदान दिनु भयो जसले गर्दा पन्नामा हीराका खानीहरू प्राप्त भए । आज पनि पन्नामा हीराका खानीहरू छन्‌ । हीरा प्राप्त गरेर छत्रसालले सैन्यबल बढाए अनि महामति श्रीप्राणनाथजीको शिष्य बनेर उहाँकै मार्गदर्शनमा बुन्देल खण्ड नामक राज्य स्थापित गरे । महामतिले अब आफ्नो स्थायी निवास पन्नामा बनाउने विचार गर्नुभयो । धामधनी श्रीराजजीको मार्गदर्शनमा उहाँले वि.सं. १७४० मा पन्नामा पद्मावतीपुरी धामको स्थापना गर्नुभयो अनि जीवनका अन्तिम एघार वर्ष त्यहीँ व्यतीत गर्नु भयो ।

महामति श्रीप्राणनाथजी श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठ श्री ५ नवतनपुरीधाम जामनगरमाधर्मको आचार्यको रूपमा प्रतिष्ठित गर्नका लागि योग्य उत्तराधिकारीको खोजी गरी रहनु भएको थियो ।यसैबीच वि.सं. १७४६ शरद पूर्णिमाको अवसरमा श्री ५ नवतनपुरी धामबाटै प्रेरणा प्राप्त गरेर आएको साध्वी केसरबाईलाई मन्त्रदीक्षा प्रदान गरेर तिलक गर्नु भयो अनि उहाँका साथमा आएका सन्त तेजस्वी बाबालाई आचार्या केसरबाईज्यूका उत्तराधिकारीको रूपमा नियुक्त गरी दुबै जनालाई श्रीकृष्ण प्रणामी धर्मका आचार्यपीठको महत्व सम्झाएर धर्मको प्रचार-प्रसार गर्ने आदेश दिई नवतनपुरीधाम तफ पठाउनु भयो ।

यसरी धामधनी श्रीराजजीको मार्ग दर्शनमा धर्मको प्रचार-प्रसार गर्दै समाज सुधारका साथमाआत्माहरूको जागृति गर्दै धामधनीबाट सद्गुरुलाई अनि सद्गुरुबाट आफुलाई प्राप्त भएको दायित्व पुनः धामधनीका चरणमा अर्पित गर्दै आफुसंग आएका सुन्दरसाथहरूको हेरचाह गर्ने दायित्व महाराजा छत्रसालज्यूलाई सुम्पिएर वि.सं. १७५१ श्रावण कृष्ण चतुर्थीका दिन महामतिले देह त्याग गर्नु भयो । धामगमन भन्दा पूर्व उहाँले आफ्ना शिष्य स्वामी लालदासलाई परमधाम, व्रज, रास अनि जागनी यी चारै लीलाहरूको वृतान्त (वीतक) तैयार गर्ने एवं स्वामी केशवदासञज्यूलाई विभिन्न स्थानमा अवतरित भएका ब्रह्वावाणी श्रीतारतम सागर ग्रन्थलाई एकत्रित गरी सबै ग्रन्थहरूलाई एक जील्दमा सम्पादित गर्न दायित्व सुम्पिनु भएको थियो । उहाँको धामगन पश्चात्‌ पनि उहाँका शिष्यहरूले उनीहरूलाई सुम्पिएको दायित्वपूरा गरे ।

आचार्या श्री १०८ केसरबाईजी महाराज
श्रीकृष्ण प्रणामी धर्म – निजानन्द सम्प्रदायको आचार्य परम्परामा महामति श्रीप्राणनाथजी पश्चात्‌ आचार्या श्री १०८ केसरबाईजी महाराजको स्थान छ। उहाँको जन्म जूनागढ (गुजरात)का उच्च ब्राह्मण नागर परिवारमाभएको थियो । उहाँ बाल्यकाल देखिनै श्रीकृष्ण भक्ति परम्परामा हुनु हुन्थ्यो । उहाँले आजीवन ब्रह्यचर्य व्रत धारण गर्नु भएको थियो । उहाँ सुशील, सद्विवेकी, विदुषी साध्वी महिला हुनुहुन्थ्यो । सदैव परमात्माकोखोजमा साधनामय जीवन व्यतीत गर्नुहुन्थ्यो । उहाँको दर्शन मात्रले पनिथाले । उहाँ पुनः ध्यानमा बस्नु भयो । ध्यानमा थाहा भयो कि महामति श्रीप्राणनाथजी उहाँलाई बोलाउंदै हुनुहुन्छ । ध्यानबाट जागृत भएर उहाँले मन्दिरको परिकमा गर्नुभयो अनि सहयात्रीहरूलाई बोलाएर भन्नुभयो, “मेरा गुरुजी मलाई बोलाई रहनु भएको छ। अब मेरो नयाँ यात्रा आरंभ हुनेछ । तिमीहरू पूर्व निर्धारित कार्यकम अनुसार द्वारका तफ प्रयाण गर । म गुरुजीको दर्शन गर्न बुन्देलखण्ड जाँदैछु ।” सोही दिन उहाँले पन्नाको यात्रा आरंभ गर्नुभयो । उहाँका साथमा तेजस्वी बाबा जानु भयो । दुबैजना पैदलयात्रा गर्दै करीब पचास दिनमा पन्ना पुग्नु भयो । त्यसबेला महामति श्रीप्राणनाथजी चित्रकूटबाट फर्कदै हुनुहुन्थ्यो । साध्वी केसर बाईजीको महाराजा छत्रसालजी संग भेट भयो । छत्रसालज्यूले समाचार दिनुभयो कि महामति श्रीप्राणनाथजी दुई दिन पछि आइपुग्दै हुनुहुन्छ । केसरबाईजी एवं तेजस्वी बाबा त्यहीँ बस्नु भयो । महामति श्रीप्राणनाथजीले हीराको वरदान दिएको एवं बुन्देलखण्डको एकीकरणको लागि आदेश एवं मार्गदर्शन दिएको कुरा छत्रसालजीले सुनाउँदै धर्मका सिद्धान्तहरू सम्झाउनु भयो ।

महामति श्रीप्राणनाथजीको आगमन भए पछि उहाँको दर्शन गरेर साध्वी केसरबाई उहाँका चरणमा लोटपोट हुनुभयो । यो घडी उहाँको लागि जीवनमा सर्वाधिक प्रसन्नताको घडी थियो । नवतनपुरीधाममा भएको अनुभवको वृत्तान्त सुनाएर केसरबाईले भन्नुभयो, ‘हजुरले मलाई आफ्नो चरण-शरणमा बोलाएर कतकृत्य बनाउनु भयो । म नवतनपुरीधामबाट नै हजुरकी मानसिक शिष्या बनेको हुँ । अब प्रत्यक्षरूपमा दीक्षा प्रदान गरेर मलाई धामको दर्शन गराउनु होस्‌, ।

महामति श्रीप्राणनाथजी पनि साध्वी केसरबाईको साधना एवं भक्तिबाट अत्यन्त प्रसन्न हुनुभयो । उहाँले गुरुपूर्णिमाको अवसर पारेर मन्त्रदीक्षा प्रदान गर्नुभयो अनि परमधाम, व्रज, रास एवं जागनीलीलाको सम्पूर्ण वृत्तान्त संक्षेपमा स्पष्ट गर्नु भयो । सद्गुरुको जीवन वृत्तान्त सुनाउँदा उहाँको साधना एवं दर्शनको प्रसंगलाई स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पूर्णब्रह्म परमात्मा धामधनी श्रीकृष्णजीले सद्गुरुलाई दर्शन दिएर मंत्र प्रदान गर्नुभयो अनि ब्रह्मात्माहरूको जागनीको दायित्व सुम्पिएर धर्मको स्थापना गरी आचार्यपीठ श्री १ नवतनपुरीधामको स्थापना गराउनु भयो । अक्षरातीत श्रीकृष्णजीले स्थापना गरेको हुनाले यसलाई श्रीकृष्ण प्रणामी धर्म भनिएको हो । निजानन्दाचार्य सद्गुरु श्रीदेवचन्द्रजीद्वारा प्रत्यक्ष रूपमा प्रकट गरिएकोले निजानन्द सम्प्रदाय पनि भनिन्छ। यसका मूलमा पूर्णब्रह्म परमात्मा श्रीकृष्णजी हुनुहुन्छ। उहाँकै प्रकाशले सर्वत्र प्रकाश फैलिएकोले उहाँलाई सबैका राजा अर्थात श्रीराजजी भनिएकोहो। उहाँ हामी सबैका सर्वस्व हुनहुन्छ । उहाँले नै सद्गुरुलाई दर्शन दिएर आज्ञा गर्नुभएको हो । उहाँकैआज्ञा अनुसार सद्गुरु कार्य गर्नुहुन्थ्यो । उहाँकै आज्ञाले सद्गुरुले मलाई धर्मको दायित्व सुम्पिनु भएको हो । उहाँले तिमीलाई यहाँ पठाउनु भएको हो । उहाँको आज्ञा छ कि तिमी धर्मको आचार्यपीठ श्री ५ नवतनपुरीधामको दायित्व सम्हाल ।”

तब साध्वी केसरबाईले प्रार्थना गर्नुभयो, हे सद्गुरु ‘मलाई लोक व्यवहारको ज्ञान छैन, अब शरीर पनि शिथिल हुँदै गयो। धर्मको यत्रो ठूलो दायित्व म कसरी निभाउन सक्छु र’ श्रीप्राणनाथजीले भन्नुभयो, “यो दायित्व त स्वयं धामधनी श्रीराजजीले नै पूरा गर्नुहुन्छ। हामीलाई उहाँले निमित्त मात्र बनाउनु भएको हो । निर्मल हृदय भएका सरल स्वभावका व्यक्तिहरूबाट नै धामधनी धर्मको विशेष कार्य गराउनुहुन्छ । तिमी सरल छौ, तिम्रो हृदय भक्तिले ओतप्रोत छ । तिम्रो हुदयबाट पूर्णब्रह्य परमात्माको प्रेम छचल्किने छ। याद राख, “श्रीकृष्ण प्रणामी धर्मको आचार्यपीठको रूपमा नवतनपुरी धामको स्थापना स्वयं धामधनीले गराउनु भएको हो । अहिले सम्म यसको संचालन उहाँले नै गराउँदै आउनु भएको छ अनि भविष्यमा पनि गराउनु हुनेछ । हामीलाई निमित्त मात्र बनाएको हो । सर्वप्रथम सद्गुरुलाई निमित्त बनाउनु भयो त्यस पछि मलाई बनाउनु भयो, अब तिमीलाई बनाउँदै हनुहुन्छ। हामी सबै तिम्रो साथमा छौँ, हाम्रो आशीर्वाद तिमीसंग रहनेछ। भविष्यमा कुनै समयमा कठिनाई आयो अथवा बाये देखिएन भने धामधनीका चरणमा समपित हुनु, हामीलाई याद गर्नु, बाटो अवश्य देखिनेछ ।”

यसरी तीन महिना सम्म आफ्ना शरणमा राखेर महामति श्रीप्राणनाथजीले साध्वी केसरबाईलाई धर्मको सिद्धान्त, पद्धति एवं परम्पराको ज्ञान दिनुभयो, आत्माको अनुभव गराएर परमधामको अनुभव गराउनु भयो एवं शरदपूर्णिमाको दिन ललाटमा तिलक लगाई, शाल ओढाई श्रीकृष्ण प्रणामी धर्मको आचार्यको रूपमा विधिवत नियुक्त गरेर आचार्य परम्परालाई अगाडि बढाउनु भयो । साथमा तेजस्वी बाबालाई पनि मन्त्र दीक्षा प्रदान गरेर तिलक विधि गरी, शाल ओढाई आचार्या केसरबाईजीका उत्तराधिकारीको रूपमा नियुक्त गर्नुभयो अनि भन्नुभयो, “केसरबाई आजसम्म यिनले तिम्रो साथ दिँदै आएका छन्‌ भविष्यमा अझै साथ दिनेछन्‌ । सद्गुरुले नवतनपुरीमा परमधामको प्रेम प्रकट गर्नुभएको छ यसलाई तिमीले बाँड्नु । धामको व्यवस्था एवं प्रचार प्रसारको सम्पूर्ण कार्य तेजस्वी बाबाले गर्नेछन्‌’ ।

यसरी आचार्या केसरबाईज्यूलाई महामति श्रीप्राणनाथजीले विधिवत धर्माचार्य बनाएर वि.सं. १७४६ मा आचार्यपीठ श्री ५ नवतनपुरीधाम पठाउनु भयो साथमा ब्रह्मवाणी श्रीतारतम सागर पठाएर सिंहासनमा पधराउने आज्ञा गर्नु भयो । आचार्या केसरबाईजीलाई ससम्मान नवतनपुरीधाम पुन्याउनका लागि धनजनको व्यवस्था गर्ने निर्देशन महाराजा छत्रसालजीलाई दिनुभयो । महाराजा छत्रसालजीले जामनरेशको नाममा एउटा पत्र, धनराशि एवं साधन सामग्रीका साथ केही बुन्देला क्षत्रिय परिवारलाई सेवाका लागि श्रीतेजस्वीबाबाका साथमा पठाउनु भयो.। ती परिवार जामनगरमै बसे । उनीहरूलाई आज पूर्विया राजपूत भनिन्छ ।

आचार्या श्रीकेसरबाईजी महाराज वि. सं. १७४६ पौष शुक्ल तृतीयाको दिन श्रीतेजस्वी बाबा तथा अन्य बुन्देला सहयोगीहरूका साथमा जामनगर पुग्नु भयो । महामति श्रीप्राणनाथजीद्वारा धर्मका आचार्याको रूपमा श्रीकेसरबाइजीको नियुक्ति भएको सुनेर पुजारी धनीदासजी सहित सबै सुन्दरसाथ प्रसन्न भए । महाराजा छत्रसालज्यूले पठाएको पत्र जामराजालाई दिइयो । जाम नरेश तमाची तगड संग सल्लाह गरेर मकर संकान्तिका दिन प्रथम प्रहरमा सद्गुरुको गादीको बायाँ भागमा गादी बिछाएर आचार्या केसरबाईजीको गादी अभिषेक गरियो । पुजारी धनीदासजीले तिलक लगाएर प्रणाम गरे अनि जामराजाले शाल ओढाएर महामति श्रीप्राणनाथजीद्वारा उहाँको धर्माचार्यको रूपमा नियुक्ति भएको घोषणा गरे । आचार्या केसरबाईजी महाराजको गादी आरोहणको एक वर्ष पश्चात श्रीविहारीजी महाराजको धामगमन वि.सं. १७४७ वैशाख शुक्ल प्रतिपदाका दिन भएको थियो ।

आचार्या केसरबाईजी भक्तिमती हुनुहुन्थ्यो । उहीँ भजन, भक्ति, साधनाका साथमा नियमितरूपले श्रीतारतम सागर, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता, उपनिषद्‌ जस्ता धर्मग्रन्थहरूको आधारमा सत्संग चर्चा गर्नुहुन्थ्यो । उहाँको वाणीबाट अमृतको वर्षा भए जस्तो प्रेमपूर्ण वचन निस्कन्थे । उहाँको वचनामृत श्रवण गर्न टाढा-दाढा देखि सुन्दरसाथहरू आउन थाले । सद्गुरु तथा महामतिको समयमा जस्तै धर्मचर्चा हुन थाल्यो । धार्मिक उत्सवहरू पनि धुमधामका साथमा मनाइन थाले । तेजस्वी बाबा मन्दिरको सम्पूर्ण व्यवस्था गर्नुहुन्थ्यो । महामति पनि नवतनपुरीधामको समाचार लिई रहनु हुन्थ्यो । आफ्ना सदगुरु महामति श्रीप्राणनाथजीको धामगमनको पूर्व संकेत आचार्या केसरबाईजीलाई ध्यानावस्थामा प्राप्त भएको थियो । ध्यानमा महामतिले भरपूर आशीर्वाद दिँदै उहाँलाई भन्नुभएको थियो, अब म शरीर छोड्दै छु। तिँमी दुःखी नहुनु । जब मेरो स्मरण गर्छौ तब म तिम्रो अगाडि नै रहने छु। तेजस्वी बाबालाई पठाएर ब्रह्ववाणी श्रीतारतम सागरको पूरा प्रति मंगाउनु । यो घटना पछि आचार्या श्रीकेसरबाईजीले श्रीतेजस्वीबाबा तथा अन्य सुन्दरसाथलाई पन्ना पठाएर सम्पूर्ण तारतमवाणी मंगाउनु भयो । उहाँ नवतनपुरी धामबाट बाहिर जानु भएन तर तेजस्वी बाबालाई विभिन्न स्थानमा पठाएर धर्मको प्रचार प्रसारलाई अघि बढाउनु भयो । महामति श्रीप्राणनाथजीको आज्ञा अनुसार उहाँले आफ्ना उत्तराधिकारी श्रीतेजस्वी बाबालाई धर्मको दायित्व सुम्पिएर वि.सं. १७५५ चैत्र पूर्णिमाका दिन प्रथम प्रहरमा देह छोडेर लौकिक लीलाको संवरण गर्नु भयो । उहाँ श्रीकृष्ण प्रणामी धर्मको मात्र नभएर समग्र हिन्दु धर्मकै प्रथम महिला धर्माचार्य हुनुहुन्थ्यो ।

आचार्य श्री १०८ तेजस्वी बाबाजी महाराजआचार्य श्री १०८ तेजस्वी बाबाजी महाराजको जन्म गुजरात प्रान्तको जूनागढ नगरमा उच्च ब्राह्मण परिवारमा भएको थियो । उहाँ बाल्यावस्था देखिनै यथा नाम तथा गुण जस्तै अत्यन्तै तेजस्वी हुनुहुन्थ्यो । उहाँको प्रतिभा पनि अति प्रखर थियो । उहाँले बाल्यकाल देखिनै आफ्नो प्रतिभालाई परम तत्वको खोजीमा लगाउनु भयो । उहाँलाई किशोर अवस्थामा एक अवधूत योगिनी भक्तिमति साध्वी केशरबाइजीको दर्शन प्राप्त भयो । त्यसै समय देखि उहाँको मन भक्ति प्रति आकृष्ट भयो र उहाँले साध्वी श्रीकेशरबाइजीको शिष्यत्व ग्रहण गरेर उहाँकै सेवामा रहेर साधना गर्न थाल्नुभयो । गुरु सेवा र साधनाको साथ साथमा अन्य साधकहरूको हेरचाह, सत्संग एवं दर्शनार्थ आउने आगन्तुकहरूको व्यवस्था पनि उहाँ सुन्दर ढंगले गर्नुहुन्थ्यो । उहाँले आफ्ना गुरुजी श्रीकेसरबाइजी महाराजको साथमा विभिन्न तीर्थहरूको यात्रा पनि गर्नुभएको थियो ।

एक समय श्रीतेजस्वी बाबाजी महाराज गुरुजी श्रीकेसरबाइजीका सँग जामनगर हुँदै द्वारकाको यात्रामा निस्कनु भएको थियो तर जामनगरमा श्रीकृष्ण प्रणामी धर्मको आचार्य पीठ श्री ५ नवतनपुरी थाममा रात्रि विश्राम गरेपछि श्रीकेसरबाइजी महाराजलाई दिव्य अनुभूतिहरू भए अनि उहाँले यात्राको दिशा परिवर्तित गर्ने निर्णय गरेर अन्य सहयात्रीहरूलाई निर्धारित यात्राको लागि विदा दिई गुरु शिष्य दुवै बुन्देल खण्ड स्थित पन्ना नगरीमा महामति श्रीप्राणनाथजीको दर्शनार्थ पुग्नु भयो । महामति श्रीप्राणनाथजीले उहाँहरूलाई पाताल देखि परमधाम पर्यन्तको ज्ञान दिलाएर दुबै जनालाई श्रीतारतम महामन्त्रको दीक्षा प्रदान गर्नु भयो अनि साध्वी श्रीकेसरबाइजी महाराजलाई श्रीकृष्ण प्रणामी धर्मको आचार्यको रूपमा नियुक्ति गरेर श्रीतेजस्वी बाबाजीलाई उहाँको उत्तराधिकारी नियुक्त गरी दुबै जनालाई श्री ५ नवतनपुरीधाम पठाईदिनु भयो । आचार्य श्री १०० केसरबाइजी महाराजको उत्तराधिकारीको रूपमा उहाँले श्रीकृष्ण प्रणामी धर्मको आचार्य पीठ श्री ५ नवतनपुरीधाममा रहेर धामको सम्पूर्ण व्यवस्था सम्हाल्नु हुन्थ्यो ।

पन्ना नगरीबाट नवतनपुरीधाम आउँदा मार्गमा सहयोग एवं व्यवस्थाको लागि महाराजा छत्रसालजीले केही बुन्देला राजपूतहरूलाई साथमा पठाउनु भएको थियो । कालान्तरमा कैयौं परिवारहरू आइ सबै जामनगरमा स्थायी भए । पूर्वबाट आएका हुनाले उनीहरू जामनगरमा पूर्विया राजपूतको रूपमा प्रसिद्ध भए । आजपनि पूर्विया राजपूत परिवार जामनगर एवं आसपासका क्षेत्रमा रहने गर्दछन्‌ । प्रायः उनीहरू सबै श्रीकृष्ण प्रणामी धर्मका अनुयायी छन्‌।

श्रीतेजस्वी बाबाजी महाराजले जामनगरमा आएर आचार्य श्री १००५ केसरबाइजी महाराजको आज्ञामा रहेर श्रीकृष्ण प्रणामी धर्मको आचार्य पीठ श्री ५ नवतनपुरीधामको सम्पूर्ण व्यवस्था सम्हाल्नु भयो । उहाँ सत्संग, धर्म चर्चा एवं आगन्तुक सुन्दरसाथहरूको हेरचाह आदि व्यवस्था सुचारु रूपले चलाउँदै निरन्तर साधना गर्नहुन्थ्यो । निजानन्दाचार्य सद्गुरुश्रीदेवचन्द्रजी महाराजका शिष्यहरू जुन जुन ठाउँमा रहन्थे एवं महामति श्रीप्राणनाथजीले जागनी यात्राको अवसरमा जुन जुन स्थानहरूको भ्रमण गरेर सुन्दरसाथहरूलाई जागनी गर्नु भएको थियो ती ठाउँहरूमा गएर उनीहरू सँग धर्मचर्चा गरी नियमित सम्पक कायम गर्नु भएको थियो । उहाँ आचार्य श्री १०८ केसरबाइजी महाराजको दायाँ हात हुनुहुन्थ्यो । उहाँले श्री ५ नवतनपुरीधामको सम्पूर्ण व्यवस्था सम्हाल्दै धर्म प्रचार प्रसारको कार्यलाई निरन्तर अगाडि बढाउनु भयो।

वि.सं. १७५५मा आचार्य श्री १०८५ केसरबाईजी महाराजको धामगमन पछि उहाँ श्रीकृष्ण प्रणामी धर्मको आचार्य हुनुभयो । आचार्य श्री १०८ श्रीतेजस्वी बाबाजी महाराजले आचार्यपीठ श्री ५ नवतनपुरीधाममा अनेक प्रकारका सुविधाहरूको वृद्धि गर्दै दीव, कच्छ आदिका साथ साथ सौराष्ट्रका विभिन्न क्षेत्रहरू लगायत मध्य षुजरात, उत्तर गुजरात तथा दक्षिण गुजरातमा गएर धर्मको प्रचार प्रसार गर्दै सुन्दरसाथहरूको जागृति गर्नुभयो। श्री ५ नवतनपुरीधाममा श्रीतारतमसागर, वीतक, चर्चनी, सेवापूजा आदिको प्रशिक्षणको व्यवस्था पनि उहाँकै समयमा आरम्भ भएको हो जुन परम्परा आजसम्म पनि चली नैरहेको छ। धार्मिक शिक्षा प्राप्त गर्न आउने विद्यार्थी, साधु सन्त तथा साधक सुन्दरसाथहरूको आवास तथा भोजनको व्यवस्था पनि त्यसै समय देखिनै चलिआएको हो । उहाँ विद्वान तथा सिद्ध महात्मा हुनुहुन्थ्यो । साथमा महामति श्रीप्राणनाथजी एवं आचार्य श्रीकेसरबाइजी महाराजको वरदहस्त पनि उहाँ माथि सधैंनै रहेको थियो । उहाँले आफ्नो जीवनकालमा विभिन्न साधकहरूलाई साधना, ज्ञान एवं भक्तिमा परिपक्व बनाएर धर्म प्रचारको लागि पंजाब, उत्तर प्रदेश, मध्य प्रदेश, आसाम तथा नेपाल आदि विभिन्न क्षेत्रमा पठाउनु भएको थियो । उहाँको आचार्यकालमा धर्मको प्रचार प्रसार चारैतिर फैलिएको थियो । यसरी ४२ वर्षसम्म श्रीकृष्ण प्रणामी धर्मको आचार्यको रूपमा रहेर उहाँले चारै दिशामा धर्म प्रचार

प्रसार गर्नुभयो अनि समर्पित साधक शिष्य श्रीब्रह्मचारीजी महाराजलाई धर्मको दायित्व सुम्पी वि. सं. १७९७ मा धामगमन हुनुभयो ।

आचार्य श्री १०८ ब्रह्यचारीजी महाराज
आचार्य श्री १०५ तेजस्वी बाबा महाराजपछि आचार्य श्री 108 ब्रह्वचारीजी महाराज श्रीकृष्ण प्रणामी धर्मको आचार्यको रूपमा वि.सं. १७९७ देखि १८३२ सम्म रहनुभयो । उहाँले ३५ वर्षसम्म त्यस प्रतिष्ठित गादीमा रहेर धर्मको प्रचार-प्रसारलाई अगाडि बढाउनु भयो । उहाँ आचार्य तेजस्वी बाबाका शिष्य हुनुहुन्थ्यो । उहाँ बाल ब्रह्यचारी, भजनानन्दी, सरल स्वभावका असल व्यक्ति हुँदा उहाँलाई आचार्यको रूपमा नियुक्त गरियो । उहाँको समयमा भारतवर्षमा श्रीकृष्ण प्रणामी | धर्मको खुब प्रचार भयो । उहाँको कार्यकालमा श्री ५ नवतनपुरी धामको प्रगतिको सुगन्ध सर्वत्र फैलियो ।

आचार्य श्री १०८ ध्यानदासजी महाराज
आचार्य श्री १०० ब्रह्यचारीजी महाराज पछि उहाँका तेजस्वी शिष्य प्रखर विद्वान्‌ र चिन्तनशील महात्मा आचार्य श्री १०८ ध्यानदासजी महाराज श्रीकृष्ण प्रणामी धर्मको आचार्य बन्नु भयो । उहाँको कार्यकाल वि.सं. १८३२ देखि १८४६ साल सम्म लगभग १५ वर्षको रह्यो । मृदुवाणी, सादगी , संयम, नग्रता आदि सद्गुणका कारण उहाँ सुन्दरसाथबीच अत्यन्त लोकप्रिय हुनुभयो । उहाँको कार्यकालमा धर्मको प्रचार र सुन्दरसाथको जागनीमा विशेष प्रगति भयो ।

आचार्य श्री १०८ मोहनदासजी महाराज
आचार्य श्री १०८ मोहनदासजी महाराजले वि.सं. १८४६ देखि1858 सम्म करीव १२ वर्ष सम्म श्रीकृष्ण प्रणामी धर्मको आचार्य पदमा रहेर धर्म प्रचार कार्यमा तीव्रता ल्याउनु भयो । उहाँले साधना एवं सत्संगद्वारा धर्मको गौरव बढाउनु भयो ।

आचार्य श्री १०८ फकीरचंदजी महाराज
आचार्य श्री १०८ मोहनदासजी महाराजका धेरै शिष्यहरू मध्ये श्रीफकीरचंदजी महाराजको शील, स्वभाव र विद्वता देखेर उहाँलाई श्रीकृष्ण प्रणामी धर्मको आचार्य गादीमा आसीन गराइयो । आचार्य श्री १०८० फकोरचंदजी महाराज वि.सं. 1858 देखि 1870 सम्म लगभग बाह वर्षसम्म श्रीकृष्ण प्रणामी धर्मको आचार्य रहनुभयो । उहाँले पूर्ववर्ती आचार्यहरू जस्तै धर्मको प्रचार- प्रसारलाई अगाडि बढाउनु भयो ।

आचार्य श्री १०८ अमरदासजी महाराज
आचार्य श्री १०८ अमरदासजी महारजले वि.सं. १८७० देखि १९०० सम्म लगभग २० वर्ष श्रीकृष्ण प्रणामी धर्मको आचार्य पदमा रहेर धर्म प्रचारगर्नु भयो । उहाँको समयमा भारत वर्षमा धर्म प्रचारको कार्य तिव्र रूपमा अगाडि वढ्यो । उहाँले श्रीकृष्ण प्रणामी वाङ्मयको पनि प्रचार गर्नु भयो।

आचार्य श्री १०८ जीवरामजी महाराज
परमपूज्य आचार्य श्री १०५ जीवरामजी महाराज वि.सं. १९०० देखि १९३६ सम्म लगभग २६ वर्ष श्रीकृष्ण प्रणामी धर्मको आचार्य पदमा रहनु भयो। उहाँ सौराष्ट्रका सुसंस्कारी एवं धार्मिक ब्राह्मण भट्ट परिवारका हुनुहुन्थ्यो। उहाँ सरल, शान्त, उदार वृत्ति युक्तर कार्यकुशल व्यक्ति हुनुहुन्थ्यो । उहाँको समयमा श्रीकृष्ण प्रणामी धर्मको अधिक प्रचार-प्रसार देश विदेशमा भयो । उहाँले आफ्नो निजी पूँजी लगाएर मन्दिरको आसपासमा भवन बनाउनुभयो। उहाँको कार्यशैली र सहृदयताको कारण श्री ५ नवतनपुरी धामको समृद्धिमा वृद्धि भयो । उहाँले सुन्दरसाथ समूहका साथ श्री ५ पद्मावती पुरी धामको यात्रा गर्नुभयो । त्यसपछि काशी, मथुरा, वृन्दावन आदि स्थानमा श्रीकृष्ण प्रणामी धर्मको ध्वजा फहराउनुभयो । उहाँको कार्यकालमा नवतनपुरी धामको भौतिक विकास हुनुको साथै समाजसेवा र धर्म प्रचारमा तीव्रता आयो । उहाँले उत्तर भारतमा श्रीकृष्ण प्रणामी धर्म जागृतिको महान कार्य गर्नुभयो । उहाँले धर्म प्रचारकहरूलाई देशका विभिन्न क्षेत्रमा पठाएर प्रचार-प्रसार गर्नु भयो ।

आचार्य श्री १०८ विहारीदासजी महाराज
आचार्य श्री १०८ विहारीदासजी महाराज वि.सं. १९३६ देखि १९४५ पर्यन्त लगभग १० वर्ष श्रीकृष्ण प्रणामी धर्मको आचार्य रहनु भयो। उहाँ धर्मका मर्मज्ञ सरल हृदय एवं विलक्षण बुद्धियुक्त सिद्ध सन्त हुनुहुन्थ्यो। उहाँको जीवनमा अनायास चमत्कार हुने गर्दथे । मुम्बइ यात्रामा उहाँले भूलेश्वर स्थित श्रीकृष्ण प्रणामी मन्दिरको निर्माण गराउनु भयो । धर्म प्रचारलाई अगाडि बढाउँदै उहाँले विभिन्न स्थानमा मन्दिरहरूको निर्माण गराउनु भयो । श्री तारतम सागरका प्रतिलिपि तयार गरेर धेरै स्थानमा पठाउनु भयो ।:जामनरेश पनि उहाँबाट अत्यन्त प्रभावित रहन्थ्ये।

आचार्य श्री १०८ सुखलालदासजी महाराज आचार्य श्री १०५ सुखलालदासजी महारजले वि.सं. १९४५ देखि १९७३ सम्म लगभग २१ वर्ष श्रीकृष्ण प्रणामी धर्मको आचार्य पदमा रहेर हिकदा धर्म प्रचार गर्नु भयो । उहाँको जन्म मध्ये गुजरातस्थित मित्राल गाउँमा भएको थियो । बाल्यकाल देखिनै वैराग्य वृत्तिमा लागेको हुनाले उहाँ नवतनपुरीधाम गएर आचार्य श्री १०८ विहारीदासजी महाराजको सेवामा रहनु भयो । उहाँबाट नै शिक्षादीक्षा प्राप्त गरेर साधनालाई अगाडि बढाउँदै धर्म प्रचार-प्रसारमा संलग्न हुनुभयो । उहाँको धर्म साधना, निष्ठा, प्रेम एवं प्रतिभा देखेर आचार्य श्री १०० विहारीदासजी महाराजले उहाँलाई वि.सं. १९४५ मा आफ्नो उत्तराधिकारी बनाएर निजधाम प्रयाण गर्नुभयो ।

राजकोट जिल्लाको रामोद गाउँको निकटस्थ बंगला मन्दिरको कुनै तान्त्रिकले पूज्य आचार्य महाराजश्रीलाई हानि पु्याउन आकाश मार्गबाट एउद ठूलो कालो पत्थर पठाएको थियो । महाराजश्रीलाई त्यसको जानकारी हुनासाथ उहाँले पत्थरलाई आकाशमै रोक्नुभयो । ध्यानदृष्टिले हेर्दा त्यो पत्थर फिर्ता पठाउँदा तान्त्रिक मर्ने देखियो । आफ्नो अहित गर्नेलाई पनि करुणा गर्ने महाराजश्रीले त्यो पत्थरलाई श्री १, नवतनपुरी धामको मुख्य प्रवेशद्वारमा उतार्नु भयो ताकि सन्त एवं श्रद्धालु सुन्दरसाथ र भक्तजनको चरणको धूलोको स्पर्श हुँदा त्यस तान्त्रिकको कल्याण होस्‌ । त्यो पत्थरलाई अद्यापि मुख्य प्रवेशद्वार नजिक देख्न पाइन्छ। यस्ता अनेक चमत्कारपूर्ण घटना त्यस समयमा देखिने गर्दथे ।

आचार्य श्री १०८ धनीदासजी महाराज
आचार्य श्री १०८ धनीदासजी महाराज वि.सं. १९७३ देखि २००१ सम्म लगभग २८ वर्ष श्रीकृष्ण प्रणामी धर्मको आचार्य गादीमा विराजमान हुनुभयो । उहाँको जन्म नेपालको लमजुङ जिल्लाको बल्थुम गाउँमा वि.सं. १९२२ मा भएको थियो । उहाँका दीक्षा गुरु परमहंस दयालदासजी महाराज हुनुहुन्थ्यो । दीक्षा गुरुकै सान्निध्यमा रहेर उहाँले बाल्यावस्थादेखि नै श्री तारतम वाणी, चर्चनी, विराट, बीतक आदिको ज्ञान प्राप्त गर्नुभयो । उहाँ आचार्य भएपछि श्रीकृष्ण प्रणामी धर्मको चौतर्फी विकास भयो । त्यस समयमा नवतनपुरीधाममा भौतिक निर्माणका कार्यहरू धेरै भए । कैयौँ नयाँ भवन बने, पुराना भवनको जीर्णोद्धार भयो । उहाँ साहित्य प्रेमी हुनुहुन्थ्यो । आफ्नो कार्यकालमा उहाँले श्रीकृष्ण प्रणामी धर्मका विद्वान प्रचारकहरू तैयार गर्नुभयो र दुर्लभ साहित्यको प्रकाशन गराउनु भयो । प्रिन्टिङ प्रेसको स्थापना गरेर महत्वपूर्ण ग्रन्थको प्रकाशन गराउनुभयो । उहाँकै पालामा ‘प्रणामी धर्म पत्रिकाको’ प्रकाशन शुरु भयो । पत्रिकाको माध्यमद्वारा उहाँले धर्म प्रचार एवं जागनीको कार्यलाई गतिशील बनाउनुभयो ।

उहाँ तेजस्वी, मेधावी, निडर र उत्साही सन्त हुनुहुन्थ्यो । मानिसहरू आज पनि उहाँको अनुशासन र ओजस्विता सम्झिन्छन्‌ । जाम नरेशसँग उहाँको राम्रो सम्बन्ध थियो । मन्दिरको विशेष उत्सवमा जाम नरेश संलग्न हुन्थे । आचार्य श्री १०८ धनीदास महाराजले समाज र धर्मको उन्नतिको लागि अनेकाँ क्रान्तिकारी कार्य गरेर श्रीकृष्ण प्रणामी समाजलाई नयाँ दिशा तर्फ डोहोप्याउनु भयो । जाम नरेशले उहाँलाई राजगुरु मानेर पूज्य भावले हेर्दथे ।

आचार्य श्री १०८ धर्मदासजी महाराज

पूज्य आचार्य महाराजश्री वि.सं. २००१ देखि २०४८ सम्म करीब ४८ वर्ष श्रीकृष्ण प्रणामी धर्मको आचार्य रहनु भयो । उहाँको जन्म सिविकमको वेन गाउँमा विसं. १९६४ मा भएको थियो । उहाँको पिताको नाम पं. श्री लीलादास घिमिरे र आमाको नाम छायादेवी घिमिरे थियो । उहाँको परिवार पूर्वि नेपालको ताप्लेजुङ निवासी थियो । सो परिवार त्यहाँबाट सिक्किममा बसाइँ सरेर केही वर्षपछि आसाम गयो । पूज्य महाराजको प्राथमिक शिक्षा घरमै भयो । उहाँ ११ वर्षसम्म सिक्किममा र १२ वर्ष सम्म आसाममा रहनुभयो। २३ वर्षको उमेरमा उहाँले गृहत्याग गर्नुभयो । त्यहाँबाट मल्काहांस पंजाब तथा श्री ५ पद्यावतीपुरी धाममा रहेर धार्मिक शिक्षा लिनुभयो ।

उहाँ २९ वर्षको उमेरमा श्री ५ नवतनपुरी धाम जामनगर जानुभयो । आचार्य श्री १०५ धनीदास महाराजको सान्निध्यमा रहेर उहाँले श्रीकृष्ण प्रणामी वाङ्मयको साथै संस्कृत भाषाको पनि अभ्यास गर्नुभयो । ३९ वर्षको उमेरमा उहाँले वैराग्य भेष धारण गर्नुभयो र श्री ५ नवतनपुरी धामको गादीमा आसीन भएर श्रीकृष्ण प्रणामी धर्मको आचार्य हुनुभयो । आचार्य परम्परामा पूज्य आचार्य महाराजजीको स्थान अद्वितीय छ । उहाँबाट धेरैले प्रेरणा पाएका छन्‌ । उहाँ महान्‌ व्यक्ति हुनुहुन्थ्यो । उहाँ सरल चित्त एवं स्वच्छ हृदयी हुनुहुन्थ्यो । उहाँको कार्यकालमा श्रीकृष्ण प्रणामी समाजको सर्वाङ्गीण विकास भयो । वि.सं. १९२२ मा प्रणामी समाजमा सर्वप्रथम श्री तारतम सागरको १०० पारायण भयो । धर्म प्रचार, साहित्य प्रकाशन र त्रिशताब्दी एवं चतुर्थ शताब्दी जस्ता महान्‌ महोत्सवको आयोजना उहाँको कार्यकालमा भयो । सर्वप्रथम १०५ पारायण गर्ने श्रेय पनि पूज्य आचार्य महाराजश्रीलाई नै जान्छ। धर्मप्रचारको सीलसीलामा उहाँले विदेशी धर्ती अफ्रिका सम्म पुगेर जागनी कार्य गर्नुभयो ।

उहाँले प्राचीन र अर्वाचीन दुवै प्रकारका साहित्यको प्रकाशन गराउनुभयो । श्री तारतम सागरलाई सरल र सुबोध हिन्दी भाषामा अनुवाद उहाँले नै गर्नुभयो । उहाँले निजानन्द गुरुकुल, प्रणामी हाई स्कूल, विद्या मन्दिर, बाल मन्दिर जस्ता संस्थाको स्थापना गर्नुभयो । नवतनपुरी धाममा आवास कक्ष र विशाल भोजन कक्षको निर्माण पनि उहाँले नै गराउनु भयो । यस्ता परमपूज्य महाराजले वि.सं. २०४८ श्रावण पूर्णिमाको दिन हामी सबैलाई छोडेर परमधाम तर्फ प्रयाण गर्नुभयो । उहाँको पार्थिव शरीरलाई निजानन्द गुरुकुलको परिसरमा समाधिस्थ गरियो ।

उहाँको गौप्रेम सदैव स्मरणीय रहने छ। विशाल गौशालाका गाईहरू नाम लिना साथ पूज्य आचार्य महाराजश्रीका पासमा पुग्ने गर्दथे । एक समयको कुरो हो पूज्य आचार्य महाराजश्री केही दिनका लागि धर्मप्रचारमा उत्तर गुजरातको यात्रामा जानु भयो । यता गौशालाको एउटा गाईले घाँस, चारा खाना छोड्यो। यो समाचार लिएर जाने सुन्दरसाथका हातमा एउय पत्र लेखेर पठाउनु भयो । पूज्य आचार्य महाराज श्रीको निर्देशन अनुसार ती सुन्दरसाथले त्यो पत्र पढेर गाईलाई सुनाए । तब गाईले घाँस खान थाल्यो । पूज्य आचार्य महाराजश्रीका मार्ग दर्शनमा विभिन्न गाउँहरू बसाइएका छन्‌ । उहाँका दिव्य प्रवचन, श्लोकगायन तथा विरह गायन श्रवण गर्न सुन्दरसाथ लालाहित रहन्थे । उहाँको मार्गदर्शनमा भारत, नेपाल आदि विभिन्न देशमा धर्मको प्रचार प्रसार बढ्यो।

आचार्य श्री १०८ कृ्‌ष्णमणिजी महाराज
बाल्यकाल देखि नै धार्मिक संस्कार र सन्त महात्माबाट मार्ग दर्शन पाउनु भएका आचार्यश्रीले १७ वर्षको उ आचार्य श्री धर्मदास महाराजबाट तारतम मन्त्रको दीक्षा लिनुभयो । उहाँले संस्कृत विषयमा साहित्याचार्य र एम.ए. को उपाधि प्राप्त गर्नुभयो । हिन्दी विषयमा पनि आचार्यश्रीले साहित्य रत्नको उच्च उपाधि प्राप्त गर्नुभयो । उहाँ सेवा परायणता, नम्रता, विनय, सादगीपना, मितभाषिता आदि सदगुणले विभुषित हुनुहुन्छ। उहाँ वि.सं. २०४८ मा श्रीकृष्ण प्रणामी धर्मको आचार्यको रूपमा श्री ५ नवतनपुरीधाममा पदासीन हुनुभयो ।

आचार्य पद ग्रहण गरेपछि उहाँले श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसारमा ध्यान केन्द्रित गर्नुभयो । धर्म प्रचारको लागि भारतका विभिन्न स्थान र नेपाल, अमेरिका आदि देशको भ्रमण गर्नुभयो । भ्रमण गरेका विभिन्न स्थानमा धर्म महोत्सव मनाइयो । साथै प्रशिक्षण शिबिरको आयोजना गरेर मार्ग दर्शन गर्नुभयो । श्री तारतम सागरको पाठ पारायण घर घरमै होस्‌, सबैले धर्मको आशय बुभन सकुन भन्ने उद्देश्यले अभिप्रेरित भइ आफ्ना गुरु आचार्य श्री १०५ धर्मदास महाराजजीले गर्नुभएको श्री तारतम सागरको हिन्दी टीकाको प्रकाशन गराउनुभयो । पाँच भागमा सो टीका मूल सहित प्रकाशित भएको छ । उहाँले आफ्नो कार्यकालमा नवतनपुरी धाममा १२,००० पारायणको आयोजना सफलताका साथ पूरा गराउनुभयो । वरिष्ठ विद्वान्‌ विदुषीका वक्तव्यलाई भारतको आस्था च्यानल मार्फत्‌ प्रसार गराउनु भयो । साथै उहाँले बीतकको ऐतिहासिक वर्णनलाई श्रव्यदृश्य चल-चित्र तयार गरी क्रमिक रूपमा सञ्चार माध्यमद्वारा जनजनमा पुन्याउनु भयो । यो कार्य अद्यापि चल्दै छ । उहाँकै प्रेरणाबाट विशिष्ट प्रकारको ज्ञान यज्ञका कार्यक्रम विश्वविद्यालय, महाविद्यालय आदि प्राज्ञिक स्थानमा सञ्चालन गरेर विद्वान्‌ विदुषीलाई प्रणामी धर्म दर्शनको परिचय दिने कार्य भइरहेको छ। आचार्यश्रीले मानव सेवालाई सर्वोपरी महत्व दिनुभएको छ । धर्म प्रचारको सिलसिलामा अमेरिकाको टेनेसीमा श्रीकृष्ण प्रणामी मन्दिर स्थापना गरी विदेशी भूमिमा प्रणामी धर्मको झण्डा फहराउनु भएको छ। साथै नेपालको राजधानी काठमाडौंमा एक दिव्य र भव्य नवतनधामको स्थापना गर्नका लागि सुन्दरसाथहरूलाई मार्ग दर्शन एवं सत्रेरणा प्रदान गर्नु भएको हो। म वि.सं. २०६६ साल चैत्र १६ गतेका दिन नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवज्यूबाट श्रीकृष्ण प्रणामी मन्दिर नवतनधामको समुदघाटन गराई आचार्य महाराजश्रीका करकमलबाट सिंहासनमा श्री राजजीको सेवा पदरावनी सुसम्पन्न भयो ।


नोट- उपयुक्त ‘श्री ५ नवतनुपरीधामको आचार्य परम्परा’ आलेख तयार पार्नका लागि श्री रामप्रसाद पाठक र श्री तुतुकाजी प्रणामी श्रेष्ठबाट सहयोग पाप्त भएको छ ।
वसन्त प्रशा

Shree Navatan Dham (SND)

Enable Notifications    Subscribe No thanks