August 8, 2021, Sun, 34:08:30
By उद्वप्रसाद आचार्य, (SND)
श्रीकृष्ण प्रणामी सम्प्रदायका प्रखर व्यक्तित्व वाणी आचार्य श्री कमलदास आचार्यको सङ्क्षिप्त जीवनी र योगदान
श्रीकृष्ण प्रणामी सम्प्रदायका प्रखर व्यक्तित्व वाणी आचार्य श्री कमलदास आचार्यको सङ्क्षिप्त जीवनी र योगदान
श्रीकृष्ण प्रणामी सम्प्रदायका प्रखर व्यक्तित्व वाणी आचार्य श्री कमलदास आचार्यको सङ्क्षिप्त जीवनी र योगदान
By उद्वप्रसाद आचार्य, (SND)
2021-07-15
श्रीकृष्ण प्रणामी सम्प्रदायका प्रखर व्यक्तित्व वाणी आचार्य श्री कमलदास आचार्यको सङ्क्षिप्त जीवनी र योगदान

Shree Navatan Dham (SND)

पिताजी कमलदास आचार्यको जन्म विक्रम सम्वत्‌ १९६० साल श्रावण ६ गते शुक्रवारका दिन काभ्रेपलाञ्चोक जिल्लाको सुब्बा गाउँमा भएको थियो । पिता श्री दीनानाथ शर्मा आचार्य माता श्री रुक्मिणी आचार्यका पुत्रको रूपमा उहाँको जन्म भएको हो । उहाँका दुईवटी दिदीहरूमा एउटी सहोदर दिदी र अर्की जेठी आमा तर्फकी हुनुहुन्थ्यो । कमलदासका पिता जन्मेको ठाउँ काभ्रेपलाञ्चोक जिल्लाको बुचाकोट रहेछ । त्यहाँ उहाँका बुबाको पहिलो विवाह श्री बलीराज बन्जाराकी छोरीसँग भएको रहेछ। श्रीमतीका तर्फबाटएकजना छोरीको जन्म पश्चात्‌ श्रीमतीको धामगमन भएका कारण श्री बलीराज बन्जाराले नै ज्वाँईलाई काभ्रेपलाञ्चोक जिल्ला बल्थलीका श्री खडानन्द सापकोटकी छोरी श्री रुक्मिणी सापकोटासँग दोश्रो विवाह गराइदिएका रहेछन्‌ । रुक्मिणी तर्फबाट जन्मेका कमल एक वर्षको हुँदा पिताजी र माताजी दुवै कमलदासलाई टुहुरो पारी संसारबाट बिदा हुनुभयो । उता पुर्ख्यौली थलोतर्फ बालक कमलको संरक्षणका लागि कोही नहुनु यता श्रीबलीराज बन्जाराका सबै परिवारको पनि धामगमन भइसकेको अवस्था हुँदा कमललाई बल्थली लगेका रहेछन्‌ । नाबालकको संरक्षण गर्ने घर तर्फ कोही नभएकाले आफ्नो श्रीसम्पत्ति जायजेथा घरखेत हुँदाहुँदै पनि परिस्थिती वश बाध्य भई उहाँले मामाघरमा शरण लिनुभयो ।

नाबालकको संरक्षण गर्ने काम मामाघर अर्थात्‌ काभ्रेपलाञ्चोक जिल्लाको बल्थलीमा सुरु भयो । मावलीका तर्फबाट सुब्बा गाउँमा रहेको घर र खेतबारी सबै विक्रम सम्वत्‌ १९६७ सालमा रु ३000 |- तीनहजारमा सुक्री बिक्री गरी हिनामिना गरी दिएछन्‌ । दिन त्यसै गरि बितिरहेका थिए । मावलीले नौ वर्षको उमेरमा व्रतबन्ध गरिदिए । मामाघरका सबै आइमाइ ल्याइते भएका कारण १७-१८ जनाको परिवारलाई खाना बनाउने काम व्रतवन्धपछि उहाँले नै गर्नु पन्यो । त्यतिबेला ल्याइते र व्याइतेमा ठूलो भेदथियो । किशोर अवस्थामा पुगेपछि उहाँमा आफ्नो भविष्यबारे पनि सोच आउन थाल्यो । अरूले खटाएको जमिनले जीवन निर्वाह नहुने कुरा उहाँको मनमा खेल्न थाल्यो । मामाघरमा नौला नौला मानिसको आवत जावत बढ्न थालेपछि उहाँका मनमा कौतुहल झन्‌ बढ्न थाल्यो । उहाँ करिब पन्ध्र वर्षको हुँदा साक्षरसम्म हुनुभएको थियो ।

उहाँ पन्ध्रौं वसन्त पार गरी सोज्हौंमा प्रवेश गर्न लाग्दा काभ्रेपलाञ्चोक जिल्लाको कलाती निवासी श्रीरामनाथ हुमागाँई तथा श्रीमती श्री चन्द्रकुमारी हुमागाँईकी ७ वर्षीया सुपुत्री श्री हरिमाया हुमागाँईका साथ विक्रम सम्वत्‌ १९७७ साल वैशाख महिनामा विवाह गराइ दिए ।

वैवाहिक सम्बन्ध गाँसिएपछि पनि उहाँलाई घर व्यवहार चल्नुभन्दा शिक्षा आर्जन कसरी होला भन्ने चिन्ताले सधैं सताई रहन्थ्यो । मनमा शिक्षा सम्बन्धी चाहना बढीरहेको अवस्थामा उहाँका साहिला मामा श्री नन्दीकेशर सापकोटाले भानिज ! तिमी पढ्न जान्छौकी ? म जाउँ भनी सोध्नु भएछ । उहाँलाई “के खोज्छस काना आँखो” भने जस्तो भएछ र म जान्छु भन्नुभएछ । आफ्नो सम्पत्ति पहिले नै हिनामिना भइसकेकोले त्यस तर्फ ध्यान दिन जरुरी नदेखि विद्या आर्जन गर्ने तर्फ लाग्नुभएछ ।

विक्रम सम्वत्‌ १९७७ साल भाद्र महिनामा जगुदास नामका पण्डित मामाघरमा आएछन्‌ र उनेका पछि लागी शिक्षा आर्जन गर्न भारततर्फ लाग्नुभएछ। मामाघरमा साक्षरसम्म भएता पनि मामाहरूले दिएको केही खेतबारी तथा आफ्नी नव विवाहिता पली समेत छोडी अध्ययन गर्न जानुभएछ । उहाँलाई भारतको गुजरात स्थित श्रीकृष्ण प्रणामी मोय मन्दिरमा रही गुरु परमहंस श्री १०५ दयालदास महाराजबाट शिक्षा ग्रहण गर्ने अवसर प्राप्त भयो । त्यति बेला उहाँसँग शिक्षा ग्रहण गर्नेमा कानपुर भारतका पं. श्री कृष्णदत्त शास्त्री थिए भने नेपालका आवाल ब्रह्यचारी श्री युगलदास हुनुहुन्थ्यो । त्यहाँ रहँदा उहाँले विभिन्न हिन्दू धर्मग्रन्थहरू, उर्दु, फारसी, सिन्धी, गुजराती, हिन्दी, जाटी आदि भाषा मिश्रित ग्रन्थ श्रीमद्तारतम सागरको पूरै ज्ञान प्राप्त गर्नुभयो भने जोतिष विज्ञान र आयुर्वेदीय ज्ञान समेत हासिल गर्नुभयो ।

उहाँ भारतमा पढ्न नजाँदैमा गुरु श्री माइला पौडेलबाट तारतम मन्त्र प्राप्त गरिसक्नु भएको थियो । उहाँ भन्नुहुन्थ्यो “मन्त्र दिने गुरुभन्दा शिक्षाको उज्यालो दिने गुरु ठूलो हुन्छ” किनभने उसले भित्र बाहिर सबैतिरको कालो पर्दा हटाइ दिन सक्छ । उहाँले परमहंस श्री १००५ दयालदास महाराजको पासमा रही शिक्षा हासिल गर्ने क्रममा करिब ११ वर्ष बिताउनु भयो । उहाँले जीवनमा भोग्नु भएको दुःखलाई महसुस गरी बल्थलीमा रहेका आफ्ना हितैषी मित्र श्री दुर्गाप्रसाद हुमागाँईलाई विक्रम सम्वत्‌ १९८७ मा लेख्नुभएको चिट्ठीबाट यो कुरा स्पष्ट हुन्छ।

भारतमा रहँदा उहाँलाई नेपालबाट पठाइएका केही पत्रहरू पनि आजसम्म सुरक्षित छन्‌ । उहाँ भारतमा रहँदा उहाँले लेखेका (सार्नुभएको) रास किताब तथा अन्य केही सामग्री फेला परेका छन्‌। उहाँको पढ्ने सिक्ने काम सकिएपछि उहाँका गुरु परमहंस श्री १०५ दयालदास महाराजबाट अब यहाँ बसेर हुँदैन, तैँले नेपालमा गएर श्रीकृष्ण प्रणामी धर्म प्रचारको काम गर्नुपर्दछ भन्ने आज्ञा भएअनुसार विक्रमसम्वत्‌ १९८८ सालमा उहाँ नेपाल फर्कनुभयो । काठमाडौंमा बाँसवारी (महाराजगञ्ज)मा बनेको श्रीकृष्ण प्रणामी मन्दिरमा रही गुरुकै आज्ञा मुताबिक धर्म प्रचार गर्न थाल्नु भयो । विक्रम सम्वत्‌ १९९० साल माघ २ गते गएको महाभूकम्पले सो मन्दिर भत्कन गयो । तत्‌पश्चात्‌ मन्दिर पुनः निर्माण तथा सञ्चालनबारे सञ्चालकहरूसँग प्रसंग उठाउँदा मन्दिर प्रतिको दृष्टिकोण नकारात्मक देखिएकोले बस्न मन लागेन । यसपछि मावलीले जे जति दिएका थिए सो काभ्रेपलाञ्चोक जिल्लाको बल्थलीमा गइ सानो बासस्थान निर्माण गरी उहाँले गृहस्थ जीवन सुरु गर्नुभयो । धर्मप्रचारको कामसँगै गृहस्थी आश्रम पनि चलाउनु पर्ने भयो । उहाँको जीनवको पहिलो प्राथमिकता भने धर्म प्रचार नै थियो । त्यसकासाथै ज्योतिषको काम र आयुर्वेदिक पद्दतिबाट दीन दुःखी र रोगीहरूको उपचार गरी सेवा पुन्याउनु भयो । उहाँले निर्माण गर्ने प्रमुख औषधीमा सिंहसार्दुलगोली, धन्वनतरीवटी, एरण्डीपाक, महा अस्गन्धपाक, मेथीपाक, पिपलीपाक लगायत महिलाको रक्तप्रदर, श्वेतप्रदर र गानु गोला, बाथ, कृष्ट, सितज्वरो, कालज्वरोका अतिरिक्त निसन्तान महिला पुरुषको उपचारबाट समाज सेवा गर्नुभयो । भाचिएको, घाउ, खटिरा आदिको पनि उपचार गर्नुभयो ।

धर्म प्रचारको क्रममा ललितपुरको कटुवा लगायत विभिन्न ठाउँमा श्रीमद्तारतम सागरको तालिम दिने काम पनि गर्नुभयो भने बल्थलीमा निरक्षर जनतालाई साक्षर बनाउने अभियान थाली केही समय शिक्षा दिने कार्य पनि निःशुल्क गर्नुभयो । उहाँले व्यक्तिगत रूपमा धन सम्पत्ति थुपारी मालिक बन्ने चाहना कहिल्यै पनि राख्नु भएन । धर्म प्रचारसँग सगै समाज सेवामा कहिल्यै नथाकी, अन्य कुरामा नअल्मलिइ अविरल रूपमा लागिरहनु भयो । धर्म प्रचारको क्रममा सुन्दरसाथहरू कहाँ पाठ पारायण, सप्ताह आदिमा मकै, भटमास, ढिडो, पिठो, रोटी मात्र खाएर पनि लागि नै रहनुभयो । कहिल्यै पनि आफ्नो कर्तव्यबाट पन्छिनु भएन, अनवरत रूपमा लागिरहनुभयो । उहाँलाई घर व्यवहार, छोराछोरी, श्रीमती र धन सम्पत्तिको माया मोहले कहिल्यै बाँधेर राख्न सकेन ।

यसैगरी धेरै धर्म प्रचार, थोरै घर व्यवहार गरि दिन बितिरहेका थिए । यस्तैमा विक्रम सम्वत्‌ २०२२ साल असोज २८ गतेका दिन रौतहट जिल्लाको चेतनगरमा हाम्री ममतामयी माता आफ्ना आठ जना छोराछोरीलाई छाडेर यस संसारबाट सदाको लागि विदा भइ श्री परब्रह्ममा लीन हुनुभयो । नरसिंह मेहताको भनाइ “भलु थयुं भांगी जन्जाल: सुखथी भजुश्री गोपाल जस्तै उहाँलाई पनि पत्नी वियोग पछि धर्म प्रचार गर्न झन सजिलो भयो । ततृपश्चात्‌ करिब २ वर्षजति घरव्यवहारका बारेमा आफ्ना सन्ततीलाई सिकाइ सम्पूर्ण घर व्यवहार सुम्पी विक्रम सम्वत्‌ २०२४ सालदेखि पूर्ण रूपमा धर्म प्रचारको काममा लाग्नुभयो । यसै क्रममा धर्म प्रचार मात्र गरेर पुग्दैन नेपाली सुन्दरसाथहरू तथा समस्त धर्म प्रेमी व्यक्तिहरूलाई निजानन्दाचार्य श्री देवचन्द्र माहाराजद्वारा प्रतिपादित श्रीकृष्ण प्रणामी धर्म दर्शन र श्री प्राणनाथजीबाट निःसृत ब्रह्यवाणीलाई सबैले बुझुन्‌ भनि सरल नेपाली भाषामा अनुवाद गर्ने काममा लाग्नुभयो । सबै नेपालीले बुभने गरी सरल नेपाली भाषामा श्रीमद्तारतमसागर ग्रन्थको अनुवाद गर्न डा. श्री छविलाल गजुरेलज्यूले बुबा समक्ष कुरा उठाउनु भएछ र बुबा वृद्ध भइसक्नु भएका कारण अब मेरो समय धेरै छैनभन्ने तर्फ विचार गरी गजुरेलजीको आग्रह स्वीकार गरी विक्रम सम्वत्‌ २०३७ बाट सुरु गरेर उक्त ग्रन्थको भावार्थ गरी दिनुभयो । आवाल ब्रह्यचारी श्री मोहन मुकुन्दज्यूले सो ग्रन्थको शब्दार्थ गर्नुभयो । भावार्थ र शब्दार्थ भएका ग्रन्थहरू मध्ये केही उहाँ जीवित छठदैं र बाँकी ग्रन्थहरू उहाँको धामगमन पश्चात्‌ प्रकाशित भएका छन्‌ ।

धर्म प्रचारको शिलशिलामा भारतका विभिन्न ठाउँहरूको अलावा उहाँ नेपालका विभिन्न भागहरूको भ्रमण गर्दै हिँड्नु भयो । पूर्वतर्फ धुसाल, रातामाटे, होक्से, मण्डन, ढोडीनी, काभ्रे, बनेपा, पनौती, बिहावर, ढुंखर्क, लाप्वे, फलामेयर, महादेवयर, सतभैया, कोदाखोरीया, सानो पुर्लुङ्ग, साँगा, त्यस्तै काठमाडौं उपत्यकाभित्र दुवाकोट, कटुञ्जे, सरस्वतीखेल, सिस्नेरी, आरुबोट, लुभू, इमाडोल, ढेचो, भैमाल, कोटेश्वर, वानेश्वर, नैकाप, मातातीर्थ, कीर्तिपुर, फर्पिङ्ग आदि पश्चिम तर्फ नुवाकोट, थापागाउँ, तिगाउँ, बट्टार रौतहटको नजरपुर, चेतनगर, बिनुवायेल, बारा, सिमरा, कलैया, हेदैडा, सामारी आदि स्थानमा पुगी धर्म प्रचार गर्नुभयो । उहाँका नेपाल र भारतमा गरी करिब दश हजारको हाराहारीमा चेलाचेली थिए र तिनमा अधिकांश अद्यापि छँदैछन्‌ ।

विक्रम सम्वत्‌ २०२२ सालमा भारत कानपुरका श्रीकृष्णदत्त शास्त्रीले छपाउनु भएको साना स्वरूपसाहेबको छपाइको क्रममा उहाँले राय सुझाव सहित सक्रिय सहयोग पुन्याउनु भएको थियो । विभिन्न श्रीकृष्ण प्रणामी मन्दिरहरूमा सक्दो आर्थिक सहयोग गर्नुभएको थियो । श्रीकृष्ण प्रणामी सेवा समितिमा पनि समसामयिक सल्लाह सुझाव दिनु हुन्थ्यो ।

उहाँ स्वाभिमानी एवं स्वावलम्बी हुनुहुन्थ्यो । कहिल्यै पनि आफ्ना लागि अरूलाई दुःख दिने काम गर्नु भएन । छोरा छोरीहरूलाई समेत सक्दो सहयोग गर्नुहुन्थ्यो तर कसैको सहयोग लिन रुचाउनु भएन ।

आफ्नो शरीरको अवस्था बुढ्याँइको कारण कमजोर बन्दै जाँदा पनि निराश हुनु भएन । आफ्नो निमित्त अरूलाई दुःख दिनु हुँदैन, आफ्नो लागि आफैँले गर्नुपर्छ भन्ने आदर्श उहाँमा कायमै थियो । काम भनेको सानो, ठूलो अथवा यो यसले गर्नुपर्छ, आफूले गर्नु हुँदैन, महिलाले नै गर्नुपर्छ, पुरुषले गर्नु हुँदैन भन्ने मानसिकता पनि राख्नु हुन्नथ्यो । उहाँ ज्यादै सहनशील हुनुहुन्थ्यो । के बालक, के बुढाबुढी, के महिला, के पुरुष, के धनी, के गरीब सबैसँग समान व्यवहार गर्नुहुन्थ्यो । उहाँमा जातीय विभेद थिएन । उहाँ भन्नुहुन्थ्यो- “संसारका सबै प्राणीहरू (मानिस, पशुपंक्षी, जीवजन्तु)लाई समान दृष्टिले हेर, सबैलाई प्रणाम गर, कुनै प्रकारको हिंसा नगर, कसैमाथि पनि अन्याय, थिचोमिचो, भेद-भाव नगर, दीन दुःखी, अबोध प्राणीहरू माथि दया गर, कुनै जीवको चित्त दुख्ने काम नगर ।” उहाँले छोराछोरी लगायत अन्य सबैलाई यही सन्देश दिनु भएको छ।

उहाँले जीवनको पूर्वार्ध ज्यादै कष्टपूर्ण र ज्यादै संघर्षपूर्ण रूपमा व्यतीत गर्नुभयो भने उत्तरार्ध पनि विभिन्न उतार चढावका साथ श्रीकृष्ण प्रणामी धर्मको प्रचारमै व्यतीत भयो । जीवनको अन्त्यमा अर्थात्‌ विक्रम सम्वत्‌ २०४९ साल असार १२ गतेका दिनदेखि उहाँ माइला छोरा विक्रमराज आचार्य, ठाइलो छोराशक्तिवल्लभ आचार्य, कान्छो छोरा उद्धव प्रसाद आचार्य बसोबास गरेको स्थान काभ्रे जिल्लाको होक्से गा.वि.स. वडा नं. ६ बेसी राताडिहीमा गएर बस्नुभयो । उहाँका जेठा छोरा शिवप्रसाद जो हाल दिंवगत भइसक्नुभयो, बल्थलीमा बस्नुहुन्थ्यो भने साँहीलो छोरा रामप्रसाद आचार्य रौतहटको चेतनगरमा, काँइलो छोरा मोहनप्रसाद आचार्य मकवानपुरको आरामपुरमा बस्नु हुन्थ्यो ।

पं. कमलप्रसाद आचार्य विक्रम सम्वत्‌ २०५० वैशाख २५ गते शुक्रवार बिहान ७:१५ बजे (वैशाख कृष्ण प्रतिपदा)का दिन आफ्नो जीवनको यात्रा पूरा गरी यस संसारबाट सदाका लागि विदा भइ धाम जानुभयो ।

ठिक ८९ वर्ष पहिले अर्थात्‌ विक्रम सम्वत्‌ १९६१ साल वैशाख २५ गते शुक्रवार कै दिन उहाँका पिताजीको धाम गमन भएको थियो । पं. कमल प्रसादजी पनि सोही महिनाको सोही गते, र सोही दिनमा इहलीला समाप्त गरी धाम पाल्नुभयो । यसलाई विधि रचित संयोग नै मान्नुपर्छ ।

उहाँको समाधि काभ्रेपलाञ्चोक जिल्ला होक्से गा.वि.स. वडा नं ४ स्ववर्णेश्वर महादेव मन्दिरको प्राङ्गणमा अवस्थित छ।
रामायण

Shree Navatan Dham (SND)

सन्त कृष्णदास भट्टराईसँगको छोटो मिलन

लालदास श्रेष्ठ जन्म बनेपामा भएको थियो ।

Enable Notifications    Subscribe No thanks