August 6, 2021, Fri, 40:08:40
By रूपराज शर्मा, पन्नाधाम, पन्ना, (SND)
श्री ५ पद्यावतीपुरीमा धामको कामदार एवं धर्मशुरू परम्परा

![](https://i0.wp.com/shreekrishnapranami.org/wp-content/uploads/2021/08/IMG_1809-scaled-1.jpg?fit=2560%2C1920&ssl=1)
By रूपराज शर्मा, पन्नाधाम, पन्ना, (SND)
2021-08-06
![श्री ५ पद्यावतीपुरीमा धामको कामदार एवं धर्मशुरू परम्परा](https://i0.wp.com/shreekrishnapranami.org/wp-content/uploads/jet-engine-forms/1/2021/08/श्री-५-पड्लावतीपुरी-धामको-कामदार-एवं-धर्मशुरू-परम्परा.jpg?resize=1024%2C650&ssl=1)
Shree Navatan Dham (SND)
महामति प्राणनाथजी श्रीकृष्ण प्रणामी धर्मको जागनी अभियानमा श्री ५ नवतनपुरीधाम जामनगरबाट
विभिन्न सामुद्रिक प्रदेशको यात्रा सम्पन्न गरी वि.सं. १७२९ मा सूरत पुग्नुभयो । कैयौं स्थानमा ठेगाना
बनाउने प्रयास गर्नुभयो परन्तु पद्मावतीपुरी धाम, पन्ना पुगेपछि त्यस स्थानमा आफ्नो झण्डा गाड्नु भयो।
महामति प्राणनाथजी पन्ना पुग्दा उहाँका साथमा धेरै सुन्दरसाथ थिए । तिनले श्री बंगलाजी दरबार र गुमटजी मन्दिरको निर्माणमा रेखदेख गरे र मन्दिरको चारैतिर आफू बस्ने निवास बनाए। श्री गुमटजीको गादीमा आज पनि श्री प्राणनाथजी आफ्नो नूरी (प्रकाशमय) शरीरले विराजमान हुनुहुन्छ भन्ने अटल जन विश्वास छ। यसैले पद्यावतीपुरीमा गादी परम्परा रहेन । जब श्रीजी, दिल्लीमा औरङ्गजेब बादशाहलाई धर्मको सही मार्ग बताउने प्रयास गरी रहनुभएको थियो तब श्री प्राणनाथजीले सुन्दरसाथहरू बस्ने, खाने, पिउने आदिको व्यवस्था गर्ने कामको जिम्मा श्रीनागजी भाइलाई दिनुभएको थियो जसलाई प्रेमपूर्वक गरिबदास खानसामा भनिन्थ्यो । सुन्दरसाथको बीचमा उहाँलाई कामदार भनिन्थ्यो । गरिबदासजीले उक्त दायित्व रामनगरसम्मको यात्रामा सम्हाल्नुभयो । यसपछि आग्रह हुँदा लालदासजीलाई कामदारी (दीवानगिरी)को कार्य स्वामीजीले सुम्पिनुभयो । लालदासजीलाई बाहिर जाने हुकुम भएपछि त्यो दायित्व श्रीवुन्दावनजीलाई सुम्पियो। फेरि पन्नामा फर्की आएपछि पुनः त्यो कार्य श्रीलालदासजीलाई नै सुम्पियो । त्यस बेलादेखि श्री प्राणनाथजी मन्दिर ट्रष्ट नबनुन्जेलसम्म सबै व्यवस्थाको भार कामदारमाथि नै रहन्थ्यो । समय समयमा कामदारको पदमा रहेर कार्य गर्ने महानुभावहरूको सूची निम्न प्रकारको छ–
(१) श्री गरिबदासजी महाराज, (२) श्री लालदासजी महाराज, (३) श्री वृन्दावनजी महाराज, (४) श्री लालदासजी महाराज, (५) श्रीमती लालबाईजी महाराज, (६) श्री मल्लाजी महाराज, (७) श्री नोनेजु महाराज, (८) श्री मन्नाजू महाराज (९) श्री खुमानदासजी महाराज, (१०) श्री कल्लूजी महाराज (११) श्री उत्तमतदासजी महाराज, (१२) श्री निर्मलदासजी महाराज, (१३) श्री छविलदासजी महाराज, (१४) श्री गोपालदासजी महाराज, (१५) श्री राजववसजी महाराज, (१६) श्री सुन्दरदासजी महाराज, (१७) श्री भजनदासजी महाराज, (१०) श्रीजुगलदासजी महाराज, (१९) श्री नन्दकुमारजी महाराज, (२०) चेतनदत्तजी महाराज ।
वि.सं. २०१७ (सन् १९६०) मा “श्री प्राणनाथजी मन्दिर ट्रष्ट’ बनेपछि उपरोक्त कामदारको पद समाप्त गरी प्रबन्धक एवं महाप्रबन्धकको व्यवस्था गरियो । गादी परम्परा नहुनाले पद्मावती पुरीको प्रतिनिधि सुश्चित गर्न कठिनाई आएकोले पछि गएर धर्मगुरु पद स्थापित गरियो जसमा निम्न महानुभावहरू रहनुभयो–
धर्मगुरु (१) पं. श्री प्यारेलालजी महाराज, (२) श्री धामी बाबाजी महाराज, (३) श्रीकृष्णदासजी महाराज, (४) पं. श्री चेतनदत्तजी महाराज, (५) डा. दिनेश एम. पण्डित (वर्तमान)