July 31, 2021, Sat, 42:07:22
By Shree Navatan Dham, (SND)
नेपालमा श्रीकृष्ण प्रणामी धर्म: संस्थागत संरचना स्थापना तथा कार्यगत तर्जुमा
नेपालमा श्रीकृष्ण प्रणामी धर्म: संस्थागत संरचना स्थापना तथा कार्यगत तर्जुमा
नेपालमा श्रीकृष्ण प्रणामी धर्म: संस्थागत संरचना स्थापना तथा कार्यगत तर्जुमा
By Shree Navatan Dham, (SND)
2021-07-31
नेपालमा श्रीकृष्ण प्रणामी धर्म: संस्थागत संरचना स्थापना तथा कार्यगत तर्जुमा

Shree Navatan Dham (SND)

श्री विवावन्द म्प्रदाय थीक्ष्ण प्रणामी धर्मको पृष्ठभूमि
“अपना धनी श्री श्यामा श्याम, अपना वासा है निजधाम” झट्ट हेर्दा साधारण लाग्ने यो महान वाणीको वास्तविकता जान्न आजभन्दा चार शताव्दी अघि श्री निजानन्दाचार्य सद्गुरु धनी श्री देवचन्द्रजी महाराजलाई चार दशक पूर्ण भक्ति भावले चिन्तन मनन गर्नु परेको थियो । द्वापर युगमा व्रज र रासलीलाका माध्यमबाट श्रीकृष्ण प्रणामी धर्मको अनौपचारिक संस्थापना करिब पाँच हजार वर्ष पहिले भएको थियो । तर, यसको विस्तार भने श्री निजानन्दाचार्य सद्गुरु
धनी श्री देवचन्द्रर्ज महाराजले गर्नु भयो । सद्गुरु महाराजको अतुलनीय दिब्य साधनाको फलस्वरुप अक्षरातीत पूर्णव्रह्म सच्चिदानन्द परमात्मा श्रीकृष्णले वि.सं. १९७८ आश्वीन कष्णपक्ष चतुर्दशी रविवारका दिन साक्षात दर्शन दिएर आत्मा मोक्षदायी श्रीमत्तारतम महामन्त्र प्रदान गर्नु भएको थियो । तारतम्येन जानाति सच्चिदानन्दलक्षण्‌म । आत्मा ज्ञानबाट नै
व्रह्म ज्ञान हुने भएकोले म को हुँ, कहाँबाट आएको र यो संसारको रचनाकार को हो? जस्ता अमूर्त प्रश्नहरुको सवाल जवाफ र आफू को हुँ भन्ने परिचय प्राप्त गरेपश्चात सद्गुरु महाराजले सम्पूर्ण जगतलाई सो कुराको बोध गराउन श्री निजानन्द सम्प्रदायको आद्यधर्मपीठको रुपमा बि.सं.१६८७ मा श्री ५ नवतनपूरीधाम स्थापना गर्नु भएको थियो । तत्पश्चात
उहाँले आफूले प्राप्त गरेको ज्ञान संसारभर फैलाउने जिम्मा आफना प्रमुख पात्र शिष्य महामति श्री प्राणनाथजीलाई हस्तान्तरण गर्नु भयो । सद्गुरु महाराजको त्यो दिब्य ज्ञान जनजनलाई बुझाई “सुख शीतल करुं संसार को लक्ष्य प्राप्त गर्न “पहेले आप पहेचानो रे साधो, पहले आप पहचानो । विना आप चिन्ह पारव्रह्म को कौन कहे मैं जानो ॥’ को सुत्राधार गर्दै सबै धर्मशास्त्रको निचोड खिचेर अक्षारातीत पूर्णब्रह्म सच्चिदानन्दस्परुप परमात्मा प्र प्तिका लागि मार्गप्रसस्त गर्न “श्रीमत्तारतरम सागरको रचना गर्नु भयो जसलाई श्रीकृष्ण प्रणामी समाजले साक्षात श्री राजश्यामाजीको प्रतिमूर्ति वाड०गमय स्वरुपमा दैनिक सेवापृजा गर्ने गर्दछन । उहाँले भारतका बिभिन्न स्थानका अतिरिक्त अरबराष्द्हरुको भ्रमण गरेर श्रीकृष्ण प्रणामी धर्मको बिस्तार गर्नु भयो । यसै अवधिमा सुरतमा आद्यजागनीपीठ

श्री ५ महामंगलपुरीधाम र पन्नामा मुक्तिपीठ श्री ५ पद्मावतिपुरीधामको स्थापना भए र श्रीकृष्ण प्रणामी धर्मको तिन महत्वूर्ण पुरीहरु रहेका छन । महामति श्री प्राणनाथजीले आध्यात्मिक तथा राजकौशलको शिक्षा दिएर बुल्देलकेशरी महाराज श्री छत्रशाललाई धर्मको
रक्षा तथा विस्तारका लागि जिम्मेवारी सुम्पिनु भयो । श्री ५ नवतनप्रीधामको गादि परम्परामा १४औ गादिपतिका रुपमा वर्तमान सद्गुरु स्वरुप परमपूज्य परम बन्दनीय प्रातःस्मरणीय आचार्यश्वी क्ष्णमणिजी महाराजश्री हुनुहुन्छ ।
थ्रीक्ष्ण प्यानी धर्मको वेपान प्रवेग नेपालमा श्रीकृष्ण प्रणामी धर्मको प्रवेश हालसम्म प्राप्त दस्तावेजहरुको आधारमा वि.सं. १७३५ तिर भएको देखिन्छ । सो बखत आयोजना भएको महाकम्भ मेलामा जानु भएका दैलेखका श्री कृ्‌ष्णदास (प्रसाद) भण्डारी महामति श्री प्राणनाथजीबाट प्रभावित भई उहाँबाट श्रीमत्तारतरम महामन्त्र लिन्‌ भएको थियो । उहाँ नै सम्भवत पहिलो प्रणामी हुनुहुन्छ र उहाँले नै नेपालमा श्रीकृष्ण प्रणामी धर्म प्रवेश भएको मान्न सकिन्छ । तत्पश्चात, परमपूज्य श्री जुगलदास महाराजका पिता श्री लक्ष्मण शर्मा (सेवादास)ले दैलेखबाट श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा तिव्रता ल्याउनु भएको थियो । श्रीक्ष्ण प्रणामी सेवा समिति नेपालले बि.सं.२०७१ सालमा प्रकाशनमा ल्याएको “सन्त दर्शन”नामक पुस्तकमा उल्लेख भए अनुसार नेपालमा श्रीकृष्ण प्रणामी मन्दिरहरुको स्थापना बि.सं.१5००मा आटराई, फुगुवा, ताप्लेजुंग, बि.सं.१८१०, मध्यवर्ती तराईका क्षेत्रहरुमा र बि.सं.१९४५, वल्धुम, लम्जुंगमा भएको देखिन्छ । तत्पश्चात बिभिन्न स्थानहरुमा क्रम मन्दिरहरुको स्थापना र धर्मको प्रचार प्रसार हन थाल्यो । मङ्व्न पगामी वर्गको स्वागत ,रठुयात र हात म्मको प्रगति श्रीकृष्ण प्रणामी धर्म प्रचारमा यसको प्रवेशसंगसंगै दैलेखदेखि नै व्यवधान शुरुभयो र अपेक्षितरुपमा फौलिन सकेन ।

यसै कारण वि.सं. २०१२ सालमा काठमाण्डौंको नरदेवीमा रहको श्रीकृष्ण प्रणामी मन्दिरमा श्री जुगलदासजी महाराज श्री पूर्णव्रह्म शास्त्रीजी महाराज एवं अन्य अगुवा सुन्दरसाथहरू उपस्थित भई श्रीकष्ण प्रणामी समाजको रूपमा सगठन खोल्ने निधो गरिएको थियो । तत्कालिन राज्य ब्यवस्थाका कारण कानूनीरुपमा संगठन खोल्न सहज थिएन । तसर्थ बि.सं.२०२३ साल पौष ५ गते तत्कालिन अञ्चलाधीशको कार्यालयमा तेश्रो संस्था एवम्‌ सम्भवत पहिलो धार्मिक संस्थाको रुपमा परमहंस श्री १०८ जुगलदासजी महाराजको पहल र अध्यक्षतामा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल विधिवत दर्ता गरिएको थियो । श्रीकृष्ण प्रणामी सेवा समितिको प्रथम साधारणसभा विसं २०२४ साल जेष्ठ २४गते लायक मञ्च बनेपामा सम्पन्न भएको थियो । तत्पश्चात धर्म प्रचारमा सहजता आएकोले श्रीकृष्ण प्रणामी धार्मवलम्वीहरुको संख्या वृद्धिहन थाल्यो र मन्दिर, धर्मशाला, सत्संग समिति स्थापना तथा विभिन्न धार्मिक र सामाजिक कार्यहरु हुन्न थाले ।

समितिले गरेका मुख्य मुख्य निर्णयहरुमा १) बि.सं.२०२५ सालमा मूख्य केन्द्र डिल्ली बजारमा रहने र देशका विभिन्न स्थानमा चलिआएका तथा स्थापना हुने शाखा मन्दिरलाई केन्द्रीय निर्देशन अनुरूप देशभर सञ्चालनको निर्णय गरिएको थियो । २) बि.सं. २०४७ सालमा विधानमा पहिलो संशोधन गरी समितिको दायरा वैधानिक रूपमा बढाउने प्रयास गरिएको थियो । ३) तत्कालिन समितिले २०४७ आषाढ ९ गते श्रीकृष्ण प्रणामी युवा परिषद्‌ नेपालको विधान अनुमोदन गरी युवा परिषद्‌ गठन गर्ने निर्णय गरेको थियो र २०४७ साल मंघ १८ गते सेवा समितिको भातृ संगठनको रूपमा श्रीकृष्ण प्रणामी युवा परिषद्‌ गठन भएको थियो । ४) बि.सं.२०५१ चैत्रमा वर्तमान आचार्यश्ची कृ्‌ष्णमणिजी महाराज, श्री तारतम ज्योतिजी महाराज र श्री टहलकिशोरजी महाराजबाट विभिन्न स्थानको निरीक्षण गरी जमिन खरिद कार्य सुरु भई
वि.सं.२०११ चैत्र २० गते उहाँहरुकै समृपस्थितिमा सुन्दरसाथहरूको भैला सहितको केन्द्रीय समितिको बैठकवाट श्री नवतनधामको नामाकरण भएको थियो । १) बि.सं.२०५४ सालमा संशोधित विधानले स्थानीय मन्दिरासत्संग इकाई, जिल्ला तथा केन्द्रीय तहको निकायहरूको स्पष्ट व्यवस्था, प्रमुख सरक्षक, श्री नवतनधामका महन्त तथा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिको स्थापना विधान अन्तर्गत गरिएको थियो । ६) वि.सं.२०६० साल मंसिर २२ गते श्री नवतनधाम मन्दिरको शीलान्यास परमपूज्य आचार्यश्वी क्ष्णमणिजी महाराजश्ीबाट भएको थियो । ७) बि.सं.२०६६ साल चैत्र १६ गतेदेखि २२ गतेसम्म १२०० श्रीमत्तारतम सागर पारायणका साथ श्री नवतनधामको समुद्घाटन परमपृज्य आचार्य महाराजश्चीको समुपस्थितिमा नेपालका प्रथम महामहिम राष्दपति श्री रामबरण यादवबाट भएको थियो ।
८) बि.सं.२०६७ सालमा विधानमा पाचौं संशोधन गरी नेपालभरका श्रीकृष्ण प्रणामी संघ संस्थाहरू समेतको छाता संगठनको रूपमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल रहने ब्यवस्था गरिएको थियो र सोको कार्यान्वयन २० ६८ चैत्र १५ गते सबैको सहभागिता गठित राष्ट्ब्यापी केन्द्रीय कार्य समितिबाट भएको थियो ।

जसको फलस्वरुप हालसम्म श्रीकष्ण — प्रणामी सेवा समिति नेपालको सिधा पहुँच २२ जिल्ला समिति र १४० भन्दा बढि मन्दिर इकाई समितिमार्फत भएको छ भने यसका संस्थागत सदस्य संस्थाहरुको पूर्ववत क्षेत्रमा प्राय सबै अञ्चल तथा जिल्लाहरुमा उपस्थिति रहेको छ । साथै, काठमाण्डौस्थित श्री नवतनधाम केन्द्रीय धाम, इटहरीस्थित श्री मूक्तिधाम र चितवनस्थित श्री धर्मधाम क्षेत्रीय धामका रुपमा स्थापित भएका छन र बिभिन्न स्थानहरुमा धाम, मन्दिर, धर्मशाला, सेवाश्रम तथा सत्संग भवन, सेवा सदन, पार्क, घाट, संग्राहलय, आदि स्थापना भएका वा हुनेक्रममा छन ।
शरीढ्व्ण प्रणामी वा मिति वेपाबको मुब्य बस्ताबेगहरु श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको बिधानमा अहिलेसम्म सातौ पटक संसोधन गरि श्रीकृष्ण प्रणामी धर्मको व्यवस्थित प्रचार प्रसार कार्यमा तिव्रता ल्याइएको छ । जसको लागि बिभिन्न नियम, कार्यबिधि तथा निर्देशनहरु जरी गरिएका छन जसमध्ये निम्न प्रमख दस्तावेजका रुपमा रहेका छनः

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधान (संसोधन सहित) २०२३

आर्थिक नियमावली २०६०

मन्दिर इकाई सञ्चालन नियमावली २०६९

कार्य समिति बैठक सञ्चालन कार्यबिधि २०६९

केन्द्रीय विभाग गठन तथा सञ्चालन कार्यबिधि २०७०

निर्वाचन नियमावली २०७०

सम्मान सम्बन्धी नियमावली २०७०

श्रीकृष्ण प्रणामी केन्द्रीय कोष सञ्चालन कार्यविधि २०७५

भ्रीढ्ष्ण एणामी बा मिति वेपातको गठवात्मक स्वतप

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधान अनुसार यसको संगठनात्मक स्वरुपलाई निम्नानुसार दुई भागमा प्रदर्शित गर्न सकिन्छ जसले सम्पूर्ण सुन्दरसाथहरुलाई शीर्षस्थानमा राखेको छ भने धार्मिक पक्षको प्रशासनिक पक्षसंगको सम्बन्ध कार्य समिति, विशेषत: केन्द्रीय समितिमाफत गर्ने गरी ब्यवस्था गरिएको छ ।

विधानको दफा १९ (१) र (२) मा कार्य समितिको काम, कर्तब्य र अधिकार तोकिएका छन। जस अनुसार मन्दिर सञ्चालक समिति अर्थात इकाई कार्य समितिको मूख्य काम मन्दिर, आश्रम, सत्संग समितिको दैनिक कार्य सञ्चालन गर्न आवश्यक कार्य गर्ने, जिल्ला कार्य समितिको मूख्य कार्य जिल्लास्तरीय समन्वय एवं काम कार्यवाही सञ्चालन तथा आन्तरिक लेखापरीक्षणको ब्यवस्था मिलाउने र केन्द्रीय कार्य समितिको मूख्य काम राष्टिय नीति निर्माण, समन्वय, केन्द्रीय स्तरको काम कार्यवाही, राष्ट्रिय कार्यक्रम सञ्चालन, सूपरीवेक्षण, नियन्त्रण, अन्तराष्टिय र राष्ट्यि सघसंस्थाहरुसंग सम्बन्ध, आदि रहेका छन ।

साथै, संस्थागत कार्यहरुलाई ब्यवस्थित गर्न नौवटा बिभागको ब्यवस्था गरिएको छ भने भातृभगिनी र संस्थागत सदस्य संस्थाहरुको कार्यसमितिहरुमा सहभागिता सुनिश्चित गरिएको छ । संस्थाले संस्थागत सुशासन कायम गर्दै नेपाल सरकारका नियम कानूनहरुको पालना तथा साधारणसभा गर्ने, लेखापरीक्षण गर्ने र संस्था नविकरण गर्ने कार्य अद्यावधिक गर्दै आएको छ । साथै, धार्मिक तथा सामाजिक कार्यहरुलाई प्रभावकारी र सुब्यवस्थित गर्न श्रीकृष्ण प्रणामी केन्द्रीय कोष स्थापना तथा सञ्चालन प्रारम्भ गरेको छ।

Enable Notifications    Subscribe No thanks