August 28, 2021, Sat, 22:08:49
By पं. देवकृष्ण शर्मा, (SND)
आवाल ब्रह्ृमचारी मोहन मुकुन्द महाराजको जीवनी र योगदान

2021-08-28
Shree Navatan Dham (SND)
मोहन मुकुन्द महाराजको जन्म वि.सं. १९६५ मा
दार्जीलिङ तकभर कमानको ओखलढुंगामा भएको थियो ।
धार्मिक प्रवृत्तिको भावनाले प्रेरित उहाँ बाल्यकालदेखि नै धार्मिक
खोजी र अनुसन्धानमा दत्तचित्त हुनुहुन्थ्यो । १२ वर्षको उमेरमा
नै कालिम्पोङ्गको इच्छे मन्दिरमा युगलदास महाराजबाट श्रीकृष्ण
प्रणामी धर्ममा दीक्षित भई श्री मन्निजानन्द सम्प्रदायको अध्ययन,
पठन पाठनमा दत्तचित्त रहनुभयो । सम्प्रदाय सिद्धान्त र नीति नियम
अध्ययन गर्न यस धर्मका धर्मपीठमा गई अध्ययन गर्ने मनसायले
घरमा बाबुआमा समेतलाई थाहा नै नदिइ भागेर भारतको श्री १
नवतनपुरीधाम जामनगरमा पुग्नुभयो । नवतनपुरीमा बसेर विराट
चर्चनी, स्वरूपसाहेब एवं बीतकको तालिम पूरा गरी अव्वल
विद्यार्थीको रूपमा परिचित हुनुभयो ।
वाणी, चर्चनी र विराटको तालिम पूरा भइसकेपछि पुनः संस्कृत विद्या हासिल गर्न पाए हुन्थ्यो भन्ने विचार आयो र आफना सँगैका सँगीहरूसित सल्लाह गर्न लाग्नुभयो । त्यतिखेरका साथीहरूमध्ये मिलनसार पं. कृष्णप्रसाद (जुरेली पण्डित) सहित ४ जनाले बेलुका सरसल्लाह गर्न लागे कि हामी संस्कृतको अध्ययन गरौँ, तर त्यसबेलाको प्रचलन अनुसार नवतनपुरीधामका विद्यार्थीहरूलाई संस्कृत पढ्न वर्जित थियो । संस्कृत पढ्ने व्यक्तिले तारतम वाणीमा कम विश्वास गर्छ भन्ने मान्यता राखिन्थ्यो । तर उहाँहरू चारै जना राति राति महाराजश्रीलाई पनि थाहा नदिइ संस्कृत अध्ययन गर्न लाग्नुभयो । नवतनपुरीधामको नियम अनुसार मन्दिरमा आश्रय लिने व्यक्ति र । विद्यार्थीले बिहान बेलुकाको सेवा पूजा र निरतमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नियम थियो र छँदै छ तर ४ जना विद्यार्थी किन निरतमा सामेल हुँदैनन् भन्ने शंका पैदा भयो । सायद कसैले चुक्ली लगाएर होकि महाराजश्रीले शंका गर्न थाल्नुभयो । एकदिन बेलुका मोहनमुकुन्द महाराज लगायत ४ जना संस्कृत पाठशालाबाट मन्दिर प्रवेश गर्न लागेका बखत महाराजश्रीले देख्नुभयो र सबैजना मध्ये जेहेन्दार भएका कारण मोहन मुकुन्द महाराजलाई डाक्नु भयो । आफू सँगै महाराजले आफनो खोपीमा लगेर सबै वृत्तान्त सोध्नुभयो । त्यतिखेर मोहन मुकुन्द लगायत चारैजनाले महाराजश्रीका सामू आफूहरू संस्कृत विद्या हासिल गर्न गएको वृत्तान्त भनिसकेपछि महाराजश्रीले तिमीहरूले नवतनपुरीको नियम तोड्यौ अब यहाँ एकछिन पनि बस्ने अधिकार छैन भनेर गाली गर्नु भयो । त्यसको भोलिपल्ट नै नवतनपुरीबाट विदा भएर ४ जना साथीहरूमध्ये मोहन मुकुन्द महाराज र कृष्णप्रसाद (जुरेली पण्डित) नेपाल तिर लाग्नु भयो ।
नेपालमा त्यतिखेर राणाशासन विरुद्ध प्रजातन्त्रका लागि जनक्रान्ति उर्लिरहेको थियो । भीमफेदी हुँदै काठमाडौँ आउँन लाग्दा भीमफेदीमा नै पक्राउ पर्नुभयो । हामी विद्यार्थी हौँ, कुनै जासुस होइनौँ भनेर कत्ति अनुनय विनय गर्दा पनि सिपाहीले छोडेनन् । पछि एकजना हाकिम आए । उनलाई फेरि विन्ती गरियो-हामी विद्यार्थी हौं हामीलाई छाडी दिनुहोस् भन्दा उनले तिमीहरू विद्यार्थी हौ भन्ने के प्रमाण छ भनी कागजात मागे । कृष्णप्रसादजीसित प्रमाणपत्र रहेछ उहाँले त्यही देखाउनुभयो । उहाँलाई चाहिँ छाड्ने निर्णय भयो तर मोहन मुकुन्द महाराजसँग केही प्रमाण भेटिएन । उहाँलाई नछाडिने भयो । पण्डितजीले भन्नुभयो हामी दुवैजना साथी हौं, सँगै पढ्न गएका थियौँ, उहाँको प्रमाण पत्र बायेमा हरायो । उहाँलाई पनि छाडिदिनुहोस् होइन भने मलाई पनि उहाँसँगै राख्नुहोस्, हामी दुई जना छुट्टिदैनौँ भनेपछि हाकिमलाई विश्वास लागेछ र एकरात थुनेर उसले तिमीहरूबाट कहीँ कतै गल्ति भयो भने बाँकी राख्ने छैन भन्ने चेतावनी दिँदै दुवैजनालाई छाडी दियो।
त्यसपछि कुलेखानी , हुँदै काठमाडौँ तर्फ लाग्नु भयो । द्वन्द्वको समय भएकाले जहीँकहीँ बास मिल्ने अवस्था थिएन । बल्ल बल्ल अनुरोध गरेर एकजनाको घरको छिँडीमा बास बस्नुभयो । बेलुका । निरत गाउने आदत परेकाले दुईजना मिलेर छिंडीँमै श्री राजजीलाई स्मरण गर्दै निरत गायन गर्न लाग्दा घरबेटीले बेलुका के को आवाज हो भनी सुन्न लागेछन् । केही समय सुनिसकेपछि परमधामका शब्दहरू कानमा परेर तपाइँहरू को हुनुहुन्छ कहाँबाट यसरी आइपुग्नुभयो भनी सोधेछन् । हामी नवतनपुरीबाट आएका हौं । बायेमा यस्तो घटना भयो भनी सम्पूर्ण वृत्तान्त बताए पछि घरबेटी पनि प्रणामी हुनाले बास दिएछन् । हामीले गल्ति गच्यौँ चिनिएन, माफ गर्नु होला भनेर माथी कोठामा लगेर पाहुनाको सत्कार गरेछन् । काठमाडौँ पुगेर त्यहाँ केही समय रही काभ्रेको भ्रमण गरी पुनः दार्जिलिङ्ग पुगी सुन्दरसाथको जागनी गर्दै तकभर कमानमा प्रणामी मन्दिरको स्थापना गर्नुभयो । मोहन मुकुन्द भारत तथा नेपालका केही क्षेत्रमा जागनी गरी भारतका अन्य स्थानहरूको यात्रा गर्दै पद्यावतीपुरीधाम पुग्नुभयो । त्यहाँबाट सतना हुँदै इलाहाबाद आइ नेहरू नगरमा जागनी गर्न थाल्नुभयो । धेरै पंजाबी सुन्दरसाथको जागनी भयो । इलाहाबादमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो । उहाँलाई त्यसै मन्दिरको गादीपति समेत बनाइयो । वि.सं. २०२२ मा मोहन मुकुन्दले स्वरूप साहेब सर्वप्रथम छपाउने कार्यको थालनी गर्नुभयो । बीतक, सेवापूजा लगायतका ग्रन्थ पहिलो पटक प्रेसबाट छापी निकाल्ने हिम्मत गर्नुभयो । त्यो ठूलो चुनौतीपूर्ण प्रयासमा सफल हुनुभयो । इलाहाबादलाई प्रणामी साहित्य प्रकाशनको इतिहासमा स्वर्णिमअक्षरमा लेखाउन सफल हुनुभयो ।
धेरै समयसम्म इलाहाबादमा बसेर मन्दिरको विकास निर्माणका साथै साहित्यको सेवा गरेर नेपालमा पनि केही गर्ने उद्देश्यले पुनः नेपाल फर्कनुभयो । वि.सं. २०३० सालमा टिकौली मन्दिरको महन्तका रूपमा बसी सेवापूजा, चर्चनी, विराटको तालिम संचालन गरी प्रणामी धर्मको जागनी अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । वि.सं. २०३१ सालमा श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलमा बीतक कथामा सहभागी भइ विराट र चर्चनीको तालिम संचालन गर्नुभयो । वि.सं. २०३३ सालमा मूल मन्दिर संचालक समितिको अध्यक्षमा निर्वाचित भइ सेवा कार्य सम्हाल्नुभयो । समय व्यतीत हुँदै गयो । केही समय त्रिवेणी मन्दिरमा पनि बसी वाणी चर्चनी, विराट र सेवापूजाको तालिम संचालन गर्नुभयो । कोटेश्वरमा बसेर वाणीको नेपालीमा शब्दानुवाद गर्ने कार्य अगाडि बढाउनुभयो । उहाँबाट चुनिखेल मन्दिरमा पनि तालिम संचालन गरिएको थियो । अधिक समय लुभुमा रामगोविन्द महर्जन र इमाडोल मन्दिर नजिकै मीनाजीको घरमा बसी तारतम सागरका १४ वय ग्रन्थको नेपालीमा शब्दानुवाद गर्ने काम पूरा गर्नुभएको थियो । उहाँ डिल्लीबजारमा पनि उपचारका क्रममा ३ वर्ष बस्नुभयो । डिल्लीबजार मन्दिर सञ्चालक समितिले आर्थिक संकलन गरी उपचारको व्यवस्था मिलाएको थियो । पछि सिङ्गताम रानीपुल मन्दिरमा केही समय व्यतीत गरी जीवनको अन्तिम यात्रा पूरा गरी तकभर कमान मन्दिरमा नै नश्वर देह त्याग गरी सबैबाटविदा लिनुभयो ।