July 27, 2021, Tue, 14:07:08
By Shree Navatan Dham (SND), (SND)
आहार शुट्ठि
आहार शुट्ठि
आहार शुट्ठि
By Shree Navatan Dham (SND), (SND)
2021-07-27
आहार शुट्ठि

Shree Navatan Dham (SND)

स्वस्थ सुखी जीवनको आधार । .
सन्तुलित गरौं भोजन शुद्ध शाका हार ॥

मानिसले शुद्ध र सात्विक आहार लिनु पर्दछ । माछा-मासु,जाँड-रक्सी र चुरोट-बिडी जस्ता सुर्तीजन्य पदार्थ एवं लागु पदार्थसेवन गर्दा मानिसलाई फाइदा त छँदै छैन तर नोक्सान भने अवश्यहँदो रहेछ । यस्तो आहारले मुख, शरीरमा दुर्गन्ध आउने, शरीर दिनप्रतिदिन अस्वस्थ भई दुर्बल हुँदै जाने अनि दुर्बलता आएपछि अनेकप्रकारका रोगहरूलेः आक्रमण गर्ने अवस्था हुन: जान्छ । यी चीजहरूकोसेवन गर्नाले कति सम्म हानी हुँदो रहेछ भन्ने कुरा जान्न अत्यन्तआवश्यक छ । ब्लड प्रेसर, डायबिटिज, क्यान्सर जस्ता रोग लाग्ने, धेरैटेन्सन हुने, बिर्सने अर्थात्‌ चेतना हराउने, निन्द्रा नलाग्ने, साना-सानाकुरामा छिट्टै रिस उठ्ने, हमेशा चिन्तामा नै डुबी रहने, साँचो र झुठोछुट्याउन नसक्ने, आँखा कमजोर हुने, संधै मन विक्षिप्त रहने, मुटुकोधड्कन अनियमित भई मुटु सम्बन्धी रोग लाग्ने, मुर्छा हुने, बेहोसी पनआउने; महिलाहरूमा गर्भपतन हुने, गर्भ भित्रको सन्तान कमजोर हुने,सन्तानको जन्म पछि संस्कार बिग्रिएर छोरा छोरी अनुशासनहीन हुने,मातापिताले भनेको कुरा नमान्ने हुने, दुर्व्यसनी हुने, नपुंसकता बढ्ने,मृगौला(किड्नी) सम्बन्धित रोग लाग्ने, कब्जियत-ग्याष्ट्रिक जस्ता रोगलाग्ने, रुघा-खोकी-मर्की बारबार लाग्ने श्वास-दम सम्बन्धी रोग लाग्नेअवस्था सिर्जना हुन्छ । यसका साथै पेट भित्र आन्द्रामा घाउ भएरअल्सर: जस्ता रोग लाग्ने, फोक्सो-कलेजोमा अनेक प्रकारका रोग लागिश्वास लिन अप्ठ्यारो हुने र अन्तिममा अकाल मृत्युको मुखमा पर्नेजस्ता खतरा देखिन्छन्‌ । त्यसैले हामीले हाम्रो शरीरको सुस्वास्थ्य आफैंबनाऔं, शारीरिक दुःख कष्ट हुने रोगबाट बचौं अनि डाक्टरसँगकोउपचार खर्चबाट पनि पैसा बचाऔं ।
विशेष गरी हाम्रो गाँउ घर र समाजमा धर्मकोमाताका मन्दिर वा शक्तिपीठहरूमा कुखुरा, हाँस, परेवा नाममा देवीपशुपन्छीहरूको बलि दिने प्रथा छ, यो प्रथा अनजान २ बोका आदिकारणले चलि आएको हो । देवीको मन्दिरमा गएर हामी नस्सशेताको
भ्या देवी सर्वभूतेषु मातृ रूपेण सांस्थिता” भन्ने सूक्तिद्वारा गर्दैअर्चना र कामना गर्दछौं । हे जगत्जननी माता ! म दीर्घ, । पूजामेरो बीमार ठीक होस्‌, मेरो छोरो राम्ररी पास होस्‌ अनि विदेश भए,राम्रो नोकरी गरी धेरै पैसा कमाओस्‌, मलाई गाँउ धेरैसम्मान इज्जत मिलोस्‌, म प्रति चमत्कार गरिदिनोस्‌ ताकि दुनिदमलाई वाह वाह गरुन्‌ । हजुर मसँग प्रशन्न हुनुहोस, म हजुरलाईपशु बलि चढाउँदै छु भनेर कुखुरा, हाँस, बोका बलि दिन्छौ ।हामी विचार गरौं त जगत्जननी माता भनेर माताको सकगरेपछि ती निरीह अबोध प्राणी कुखुरा, हाँस, बोकाहरूकी पनि त उहाँमाता नै हुनु भयो नि । एक जानकार बाठोटाठो दाजुले आफ्नै लाटोसीधासाधा नबोल्ने भाइलाई आफ्नै आमाको समक्ष बलि दिंदा के तीमाता खुशी हुन्छिन्‌ होला त ? आफ्नै सीधासाधा सन्तानको वध आफ्नैअगाडि हुँदा कुनै पनि माता(आमा) खुशी हुनुहुन्न । तात्पर्यमा के बभनपर्छ भने अबोध पशु प्राणीलाई हिसापूर्वक बलि दिँदा ठूलो पाप लाग्नेछ।
यहीं हामी विचार गरौं, ठूलो दाजुले साना भाइबहिनीहरूलाईकृद्ता पिट्ता आमाले कराउनु हुन्छ कि ‘ए ! तँ दाजु भएरभाइबहिनीलाई कुट्छस ? न कुट ।’ ठुलाले सानुलाई हेप्दा आमालाईदुःख लाग्छ भने जगत्जननी देवीमाताका अगाडि निमुखा प्राणीहरूकोहत्या गर्दा ती आमालाई कति दुःख पीडा हुँदो होला ! तिनै माताकोअन्तर पिडाको कारणले गर्दा नै वर्तमानमा मानव समाज दुःखी छ,मनमा शान्ति छैन, परिवारमा सुख /मेलमिलाप छैन, सबै दुःख, पीडार वेदनाको आगोमा मानिसहरु पिल्सिरहेका छन्‌ । यस्तो परिवेश हत्याहिंसाको कारणले भएको हो भन्ने कुरामा विचार पुगिरहेको छैन । योकुरामा हामी अन्तरमनबाट बिचार गरेर सोचौं /सम्झौं, यीदुःख /अशान्ति, घरघरमा झंगडा/कलह आदि हामीतनिनिलाम्त्तिई निम्त्याएका होइनौं त ? यति कुरा हामिले मनन गर्न सक्यौं भने हामीसुखी हुन्छौं ।
हत्या हिंसा पापको कारणले नै मानिस संसारमा दुःखी छ ।शारीरिक दुःख, मानसिक दुःख र पारिवारिक दु:खको संजालमा मानिसफसेको छ र दिनानुदिन फस्दै गइरहेको छ । यस्ता अनेक पीडा वेदनार तनावले मानिस अत्यधिक छटपटाइरहेको छ । आज कोही मानवदुःखी छ भने आफैँले गरेका हत्या, हिंसा र पाप कत्यहरूद्वारा नैभएको छ । यदि कोही सुखी वा आनन्दित छ भने अहिंसा, सत्कर्म रपरमात्माको कृपाले नै भएको छ । यी दुई कुरालाई आफ्नो व्यवहारिकजीवनमा कहिल्यै नबिर्सिएमा मानिसले दुःखी हुनु पर्दैन । हत्या हिंसाछोडदेखि, पछि गएर आत्माले नरकगामी बन्नु पर्दैन । नत्र त पछिगएर जीवनोपरान्त नरकको दुःख भोग्नु नै पर्ने छ । यो शाश्वत्‌ सत्यहो । अत: कुनै पनि मठ, मन्दिर, शक्तिपीठ र देवालयहरूमा काटमारनगरौं, सबै तिर अहिंसाको वातावरण सिर्जना गरौं । जानी बुझी आफैँपापको भागीदार नबनौं ।
बलि दिने मानवहरु भन्दछन्‌ कि-शास्त्रहरूमा भनिएको छ किहामीले केही चीज खाने बेलामा पहिले भवगती मातालाई अथवाआफ्ना इृष्टदेवलाई समर्पण गरेर मात्र खानुपर्छ । त्यसैले प्रथमतःभगवती मातालाई समर्पण गरिएको (बलि चढाएको) हो । बलि प्रथाअर्तात सोचनीय कुरा के छ भने भगवतीलाई चाँहि भूत्लै सहितकोरगत र काँचो मासु अर्पण गर्ने अनि आफू चाँहि भूत्ला रौंहरूलाईसाफ गरेर घ्यू, तेलमा फ्राई गरी मसला लगाएर पकाई तुल्याई मीठोस्वादिलो बनाएर खाने गरेको देखिन्छ । यसमा परमात्मा प्रतिको श्रद्धा,भक्ति र निष्ठाभाव कत्तिको रहेछ भन्ने कुरा स्पष्टै जान्न सकिन्छ । होएक प्रकारले एक छिनका लागि मन बुझाउने बाटो हुन सक्दछ किपकाई तुल्याई मीठो बनाएर सुनचाँदीको थाली वा कुनै सफा पात्रमासजाएर भवगती मातालाई बलि अर्पण गरे राम्रो श्रद्ढा झल्किएला तरयसो गरे पनि आफ्नै सन्तानको रगत मासु त स्वयं भगवती मातालेपक्कै ग्रहण गर्नु हुन्न किनभने दुर्गा पाठमा “या देवी सर्वभूतेषु मातृ
रूपेण सांस्थिता” भन्ने स्पष्ट उल्लेख छ । सारमा भन्नु पर्दा बलिप्रथाले मान्छेको स्वाद र स्वार्थका लागि निरन्तरता पाएको छर्लङ्गहुन्छ।हे सज्जनवृन्द ! कुनै पनि शक्तिपीठ, मठ-मन्दिर, देवलआदिमा अबोध प्राणीको हत्या हिंसा गर्ने प्रथा छोडेर धर्मको महानताशिष्ट सामाजिकता र सुसभ्यता साथै आदर्श धर्मका सुन्दर परिचयबिश्वमा पुतस्थापन गराऔं । यसले नै मानव हुनुको सार्थकता रसुन्दरपन झल्कन्छ ।मासुको बलि चढाउने प्रथा त अज्ञानी, अल्पज्ञ धूर्त व्यक्तिहरूलेचलाएको हो भन्ने कुरा महाभारतको शान्तिपर्वमा उल्लेख छु :

शुरामत्स्या: पर्शोमांसं द्विजातिनां बलिस्तथा ।
धूतै प्रर्वतितं यज्ञे नैतद्‌ वेदषु कथ्यत्ये ॥

यजुर्वेदले पनि पशुहिंसा नगर्नू भन्ने आदेश गरेको छ “पशुमाहिंसी:” आजका मान्छेको दिल दिमागमा यस्तो एक अज्ञानता र भ्रमलेघर बनाई सकेको छ कि माछा, मासु र अण्डाहरू खानाले नै शरीरबलियो हुन्छ, तर यो सोचाई अहिलेको वैज्ञानिक अनुसन्धानबाट पनिगलत सिद्ध भएको छ । मासुमा २९ प्रतिशत प्रोटिन पाइन्छ भनेगेडागेडीहरूमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भन्ने कुरा खाद्यअनुसन्धाताहरूले बताएका छन्‌ । संसारमा सबै भन्दा बलियाशक्तिशाली पशुहरू हात्ती, गैंडा, जिराफहरू हुन्‌, यी शाकाहारी प्राणीहुन्‌ । यिनले जन्मजात मासु खादैनन्‌ र,पनि ठूला, बलिया, शक्तिशालीर स्वस्थ छन्‌ । बाघ, भालु, सिंह जस्ताले पनि यिनलाई क्षति गर्नसक्दैनन्‌ । अरु शाकाहारी पशु घोडा, कंकारु, जिराफ त बाघ, भालु,चितुवा, सिंहहरू भन्दा धेरै,बलिया र फुर्तिला हुन्छन । यिनका खुट्टामायति शक्ति हुन्छ कि सिंह जस्ता हिंस्रक जनावरलाई एक लात हाने भनेत्यहीं पुर्लक्क ढल्दछन्‌ । जंगली अर्ना, बाघ, भालुहरू भन्दा धेरै बलियाहुन्छन्‌, यी पनि शाकाहारी हुन्‌ । त्यसैले मांशाहरीमा भन्दा शाकाहारीमाशक्ति ‘बढी.भएको देखिन्छ । सिंहलाई वनको राजा भनिन्छ, तर बल-
शक्तिको कारण होइन । उसमा शिकार खेल्ने र अर्कालाई जित्ने, मार्नेकला धेरै भएकाले त्यो वनको राज कहलाएको हो ।सृष्टिकाल देखि नै परमात्माले मांसाहारी र शाकाहारीकोशारीरिक बनावट र आहारादि अलग-अलग बनाइदिएका छन्‌ ।मांसाहारी प्राणीलाई घाँस खुवाइयो भने त्यो जानवर बिरामी हुन्छ ।त्यस्तै शाकाहारी प्राणीलाई माछा मासु खुवाइयो भने त्यो पनि बिरामीहुन्छ । एक पल्ट लण्डनमा हजारौं गाईहरूलाई बलियो र दुधालुबनाउनका लागि मासुको पाउडर बनाएर खुवाइयो तर ती गाईहरूमाक्षणिक प्रभाव देखिए पनि दीर्घकालीन साइड इफेम्ट पर्न गई कतिगाई बिमार भए, अधिकांश गाईहरू मरे । गाई-गोरु, घोडा, भेडा,बाख्रा, उँट हात्ती यी सबै शाकाहारी प्राणी हुन्‌ ।
आज यो संसारमा अरुलाई पीडा दिइएको आँसुले कसलाई पोसुख शान्ति दिएको छ र ? पशुपंक्षी जनावरका पीडाको आँसुले पनिकसैलाई सुख दिदैन । त्यसैले त पशु पीडकहरू सधैँ दुःखी, अशान्तहुन्छन्‌ । जसले पशुपंक्षी मारेर तिनको मासु खाएको हुन्छ उसलाईपशु काट्ने बेलाको ती पशुहरूका अन्तर पीडा, बेदना, चिच्चाहट रछदट्पटाहटका आँसुले पिर्न थाल्छ । यस प्रसङ्गमा कविहरूका केहीमार्मिक भनाइ स्मरण गरौं त !
एक शिकारीद्वारा मारिन लागेको चराको अन्तरआत्माले भन्दै छ -नसक्छौ यी आँसु टपटप टिपी चप्प पिउननसक्छौ मासुले दिनभर अघाएर जिउननसक्छौ यी भुत्ला लिइकन कुनै वस्त्र सिउनचुँड्यौ व्यथै मेरो मनुज तिमिले जीवन किन ? (लेखनाथ पौड्याल)नछोप्वू है चरीबरी दया र धर्म भाग्दछनमार्नु है जीव कुनै सराप आँसु लाग्दछ ॥ (लक्ष्मीप्रसाद देवकोटा)अर्को कुरा मासु पचाउने शक्ति शाकाहारी प्राणीमा हुदैन ।जन्मत: शाकाहारी प्राणी मान्छेले मासु खान्छन्‌ भने पचाउनका लागि
पेट भित्रका आमासय, फोक्सो, मृगौला, पेन्क्रियाज, जठरागिन जस्ताअंगहरूलाई धेरै गाह्रो पर्दछ । किनकि तिनिहरूले धेरै बैसक्रियतापूर्वक कार्य गर्नुपर्ने हुन्छ । आफ्नो कार्य क्षमता भन्दा धेरैमेहेनत गर्नुपर्दा भित्रका अरु अंग-अवयवहरूलाई नोक्सान पुग्याउँछ ।जसले गर्दा आन्द्रामा घाउ भएर अल्सर हुने, फोक्सो सुन्निने,रक्तचापको सन्तुलन बिग्रने, अनावश्यक क्याल्सियम जम्मा भएरपथरी हुने, पाचन शक्तिमा कमी हुने, अपच भई मुखबाट अमिलोपानी हुलुक हुलुक आउने, एसीडीटी, ग्यास्ट्रिक जस्ता रोग लागेरमानिसको आयु क्षीण हुँदै जाने हुन्छ ।
वैज्ञानिकहरूको अनुसन्धान र खोज अनुसार पशुपंक्षीजनावरको मासुले मानिसलाई ७२ घण्टासम्म तागत त दिन्छ,त्यसपछि त्यही मासुले नै शरीरमा रोग प्रतिरोधात्मक शक्तिको कमीगराइदिन्छ । रोग प्रतिरोधात्मक शक्तिको कमी हुने वित्तिकै अनेकप्रकारका रोगहरूले शरीरमा आक्रमण गर्नाले मानिस रोगी बन्नजान्छ । रोग, बीमार जस्ता कुरा कसैले बाहिरबाट हामीलाई दिने लिनेचिज होइनन्‌ । यो त हामी आफैँले खानपानहरूबाट नै निम्त्याएकारहेछौं भन्ने कुरा बुभ्नु नै पर्ने हुन्छ । हामीले माछा-मासु, जाँड रचुरोटबिडीहरू खाएर आफ्ना खुट्टामा आफैं बन्चरो हानी रहेका छौं ।यी सबै चीजहरू अखाद्य अपेय र असेवनीय बस्तु मान्छिन्‌ । त्यसैलेत्यस्ता बर्जित पदार्थहरूको सेवन नगरी शुद्ध, सात्विक शाकाहारीभोजन गर्यौं भने हामी निरोगी भई दीर्घ जीवन यापन गर्न सक्दछौं ।हस्पिटलमा गएर हेर्ने हो भने त्यहाँका बिरामीहरू मध्ये रक्सी खाएरनै ९५ प्रतिशत जति रोगी भएका पाइन्छन्‌ । अखाद्य र अपथ्यआहारका कारणले नै यस्तो. भएको हो शास्त्रले पनि हामीलाईआहारको विषयमा निर्देश गरेको छ “आहार शुद् सत्वशुद्धि सत्वशुदध्रुवस्मृति” हामी मनुष्य जाति विवेहशील प्राणी भएका हुनाले आफ्नोविवेकको प्रयोग गरी सचेततापूर्वक आफ्नो आहार विहारलाई शुद्धसात्विक बनाइरहनु पर्दछ र यसले रोग, दुःख-कष्टादिबाट बचाउँछ ।अत: शाकाहारी बनौं, यो हाम्रो प्रकृति प्रदत्त गुण हो, यही हाम्रो धर्मपनि हो ।
शुद्धशाकाहारी मानिसहरू पनि त बिरामी हुन्छन्‌ नि भन्ने तर्कस्वभाविक उठ्छ । त्यौ त भोजनमा सन्तुलन न भएर हुने परिणतिहो । कहिले धेरै खाने, कहिले थोरै खाने, कहिले भोकै बस्ने, कहिलेलामो समयसम्म व्रत बस्ने, कहिले अपच हुने गरी खाने, टायम टेबलअनुसार समयमा भोजन नगर्ने, अमिलो, पिरो, मसलाहरूको बढीप्रयोग गर्ने, बासी भोजनको सेवन गर्ने जस्ता असन्तुलनहरूले पनिमानिस बिरामी हुन्छ । यसमा भोजनको दोष होइन, भोजन गर्नेव्यक्तिको अनियमितताको दोषले त्यसो भएको हुन्छ । तर माछा, मासु,जाँड, रक्सी आदि. अपथ्य आहार गर्ने व्यक्ति बिमार हुन्छ भनेव्यक्तिको दोष होइन, त्यो चाँहि खाद्य पदार्थको दोषले हो ।
जो शुद्ध सात्विक शाकाहारी भोजन गर्दछ, निरन्तर परिश्रम, व्यायामवा योगाभ्यास गर्छ, प्रभुको भजन, कीर्तन, भक्ति, सेवा-पूजा, परोपकारआदिमा निमग्न हुन्छ भने त्यसलाई कर्मका बन्धनले पनि छुदैन, कर्मबन्धनबाट मुक्त हुन्छ । हामीले हत्या हिंसाबाट दूर रहेर प्रभुको भजन,सेवा, परोपकार गर्दै शुद्ध शाकाहारी भोजन सेवन गरौं । यसले यसलोकमा पनि स्वस्थ जीवन प्राप्त गरी परलोकमा पनि आनन्द मिल्ने छ।मानव हुनुको परम सत्य धर्म कर्म भन्नु नै यही हो।

Enable Notifications    Subscribe No thanks