August 8, 2021, Sun, 43:08:56
By लोकनाथ दाहाल, बुधबारे, (SND)
धर्मदास सापकोटाको सम्झनामा
धर्मदास सापकोटाको सम्झनामा
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
धर्मदास सापकोटाको सम्झनामा
धर्मदास सापकोटाको सम्झनामा
By लोकनाथ दाहाल, बुधबारे, (SND)
2021-08-08
धर्मदास सापकोटाको सम्झनामा

Shree Navatan Dham (SND)

पिताश्री ब्रम्हलाल, माताश्री हरीप्रिया सापकोटका ज्येष्ठपुत्र श्रीधर्मदास सापकोय पूर्वी नेपाल इलाम जिल्लाको पूर्वोत्तरमा पर्ने एक सुन्दर तर विकट “हुतुलुङ्ग” भन्ने ठाउँमा वि.सं. १९६५ साल माघ स्वस्थानी पूर्णीमाको दिन जन्मिनु भयो। बेलुका मान्छेहरूका घरघरमा बत्ती बल्नु, पूर्वा ,काशमा पूर्णचन्द्र झुल्कनु यस्तो संयोगको समयमा शिशुको रोदन सुन्दा नजिकका नारीहरू प्रसूतिगृहमा भेला हुन पुगे ! कोही प्रसूति महिलाका स्याहार गर्ने त कोही शिशुको सुसार, गर्ने र कोही शिशु देख्नासाथ छोरै रहेछ, बधाई ! बधाई !! भन्दै बाहिर निस्कनेको जमातले आज घरै उज्यालो र रमाइलो देखिन्थ्यो । नवजात पुत्र र पतिको प्रवेशले मातामा हुने प्रसूतिको पीडा समेत धेरै कम भएको अनुमान गरेर सबै जना आ-आफ्ना घर गए । जेठी छोरी कौशिला र माइली डम्मराले आमाको सेवा गरे । ११ औं दिनमा जात कर्म भयोर शिशुको नाउँ नन्दलाल रह्यो ! नन्द यशोदाका नन्दलाल झैं बह्यलालका नन्दलाल पनि दिनानुदिन बढ्दै गए, किशोर अवस्थाका भए । सुम्मेक गाउँका माङदिङ्गे नाउँले चिनिने उन्कै भिनाजु भन्डारीगुरुका साथ बसी, संस्कृतमा मध्यमा सम्मको पढाइ पूरा गरे । उमेरमा कलिलै भए तापनि बढाइ र पढाइमा नन्दुको क्षमता बेजोडको थियो | त्यसैले होला गाउँकै पुरोहित खनाल बाजेका ढीपिले उनकै छोरी “गोपी” नाउँकी किशोरीका साथ उनको विवाह भयो । यता माता पिताबाट दैवका वरदान स्वरूप नन्दुका माइला ग्रतुकान्त, साइला मित्रलाल, कान्छा नरपति गरी ३ भाइ र बहिनीमा साइली देवका, काइली मोहना, कान्छी कृष्णा समेत्‌ छ जना सन्तान पैदा भए। बुहारी सहित १ दर्जनको जहान्‌ पाल्न गाह्रो हुँदा त्यो परिवार जन्मस्थान छोडी कर्मभुमीको खोजमा इलाम जिल्लाकै पूर्वदक्षिणमा पर्ने सलकपुर भन्ने ठाउँमा बसाँइ सर्न पुग्यो । त्यहाँपनि सन्तोष नहुँदा पूर्वोत्तर सिद्धिगाउँ भन्ने ठाउँमा गै बसेपछि गरी खान गाह्रो भएन । परिवारमा केही सन्तोष भयो । भाइ बहिनीहरू सबैको विवाह भयो, भाइहरू सबै सन्तानका धनी र सुखी बन्दै गए । नन्दुलाई सन्तान्‌को बन्धनले बाधेन । बहिनीहरूबाट सन्तान नहुँदा सुखको समाचार आएन ।

त्यसो हुँदा नन्दुले चारधामको दर्शन गर्ने र सन्तानको वरदान मागेर अरू जस्तै गरीखाने विचार गरे । भोलिपल्ट घरबाट निस्कने तैयारीमा थिए, बेलुकीपख एक वैराग्य भेषकी बृद्धा आँगनमा आइ मलाई बास दिन सक्छौ नानी हो भनिन्‌ । भाइहरू माता पितालाई सोध्नु पर्छ भनि भित्र पसे । नन्दुले भने आट्मा बेरेर राखेको गुन्द्री फिँजाई लौ बस्नोस्‌ भन्दा उनी “राजश्यामाजी” भन्दै बसिन्‌ । यत्तिकैमा सबैजना बाहिर निस्केर कान्छोले सोधे- आमै । कसलाई बोलाउनु भएको ? राजश्यामाजी भन्या को हो ? वृद्धाले जवाफदिइन- हेर, यो भूलोकमा कतिदेश होलान्‌, एउय देशको राज्य गर्ने मान्छेलाई “राजा” भन्छन्‌, चौध लोक ब्रम्हाण्डका अनन्त कोटि देशको राज्य गर्नेलाई “राजश्यामाजी” भन्नुपर्छ बुभ्यौ ? यत्तिकैमा सत्‌सङ्गको माहोल चल्यो ! ती बृद्धा रहिछन्‌ निजानन्दीः श्रीकृष्णप्रणामी धर्मको प्रचारिका राधाबाई माता । केही दिन त्यहाँ नै बसी नन्दु बाहेक घर गाउँमा निक्कैको जागनी गरी माता अर्को गाउँतिर लागिन्‌ । नन्दु संस्कृतका विद्यार्थी हुँदा तर्क वितर्क गर्दै तर्केरै बसे, बढी तर्क गर्नाले पाउने ज्ञानबाट बञ्चित भए ! माता पितार गाउँका बृद्धहरूले समेत नराम्रो माने । नन्दुको मन अरू बिग्रियो । पूर्व निर्णयानुसार ४ धाम गर्न उनी निस्के । सूर्यले ओह्वाली मार्ग ली सकेका थिए । फिक्कल आहालेका “क्रषु” सुवेदीका घर बास्‌ बस्न पुग्दा उनै राधा माता र क्रषुकी आमा बेन्‌बाई सन्ध्या समयको, गौरी आरतीबोल्दै रहेछन्‌- “मोह तत्व उपज्योहँ सोई, जो उपज्यो सो तो रह्यो नही कोही” को व्याख्या समेत गरी बसेकालाई नन्दुले नमस्कार गरे । उनीहरूले प्रणाम भनी बस्ने इसारा गरे । “ग्रषु” पनि आए ती तीन मूर्ति प्रणामी धर्मका ज्ञाता र प्रचारकथिए । त्यो भेगमा तिनको प्रशस्त जागनी थियो, तर तिनका नाम भने आजसम्म ओभेलमै परेका छन्‌ |

उक्त गौरीको अर्थबाट प्रभावित भै नन्दु पनि उनै राधा माताबाट त्यसै दिनमा दीक्षित भए । वृद्धाले भनिन्‌ आजदेखी तिम्रो नाम – “धर्मदास भयो, एकपल्ट नवतनपुरी, महामंगलपुरी र पद्मावतीपुरीको दर्शन गर्नू आचारमा रहनु, हीन्‌ कर्मबाट दूर हुनु, अब जाउ भन्ना साथ उनी हिँडी हाले । कहीँ पैदल, कहीँ गाडी गर्दै हरिद्वार पुगे । त्यहाँबाट क्रषिकेश हुँदै पहाड चढ्दै प्रथम धाम ब्रद्रीनाथ एवं केदारनाथ, दोस्रो जगन्नाथ, तेस्रो रामेश्वर, चौथो द्वारिका आदिको दर्शन पश्चात्‌ गुरु माताले भनेको नवतनपुरीधाम पुग्दा, उनलाई स्वप्नाको आपत्बाट बिउभेँको अनुभव हुनगयो ! केहीमास त्यहाँ बसी सूरत मन्दिरको पूजारीमा नियुक्त भए । पूजा सकेर तारतमसागर ग्रन्थ आफैं लेखी १ को १८ भाग गर्दै १०८ थान र पूर्ण; ग्रन्थ, १5७५८ चौपाईका ५ ग्रन्थ तैयार गरी सुन्दरसाथका सेवामा अर्पी १ पूर्णग्रन्थ आफू नेपाल घर आउँदा लिएर आइ सेवा पूजागर्ने गरेपछि गोपीको समेत रायले उनै क्रषु सुवेदीकी छोरी भजन्‌कुमारीका साथ विवाह गरी २ छोरा र ४ छोरीका पिता भए । सबै भाइ सरह गृहस्था5 श्रम र धर्मको जागनी समेत गरि बि.सं. २०५० को माघ महिनामा उनी जन्मेकै तिथि मिति स्वस्थानी पूर्णिमाकै दिन ‘झापा जिल्लाको धुलावारी मन्दिरमा सत्सङ्ग चलीरहँदा बोल्दाबोल्दै उनको धामगमन्‌ भयो । यसरी जन्मेकै तिथि मितिमा मृत्यु हुने मानिस बिरलै मात्र हुन्छन्‌ । मैले देखेकामा यिनै धर्मदास र तेह्रथुम परेवा दिनका ईश्वरदास ओझा मात्र छन्‌ – जसले “कृष्णतत्वामृत” नामक पुस्तक छापि कृष्णधर्मको महिमा जनजनमा पुय्याए । धर्मदासले कृष्णधर्मको सम्पूर्ण मूलग्रन्थ अत्यन्त कलात्मक ढङ्गले सुन्दर अक्षरमा लेखी भारत गुजरात्‌ देखि नेपालसम्म सेवा पुन्याएको कुरा प्रत्यक्ष देख्न सकिन्छ । उक्त ग्रन्थ नवतन्‌धाम निकट बसोबास गर्ने रमेश र प्रेमा पौडेलका घरमा सुरक्षित छ। धर्मदासको कला र मिहिनेतलाई एक पटक हेरी दिनु हुनसबैलाई अनुरोध गर्दै यो लेखलाई यहीँ नै विश्राम दिन्छु। प्रणाम्‌ !
Enable Notifications    Subscribe No thanks