August 8, 2021, Sun, 41:08:10
By केशव के.सी., (SND)
धामवासी गुरूजी तेजबहादुर के.सी.ज्यू (कटुज्जे लप्टन वुवा) को जीवनी
धामवासी गुरूजी तेजबहादुर के.सी.ज्यू (कटुज्जे लप्टन वुवा) को जीवनी
धामवासी गुरूजी तेजबहादुर के.सी.ज्यू (कटुज्जे लप्टन वुवा) को जीवनी
By केशव के.सी., (SND)
2021-08-08
धामवासी गुरूजी तेजबहादुर के.सी.ज्यू (कटुज्जे लप्टन वुवा) को जीवनी

Shree Navatan Dham (SND)

भक्तपुर कटुञ्जे गा.वि.स. वडा नं. ८५ मा विक्रम सम्वत १९६१ साल आश्विन शुक्ल चौथी बुधबारको दिन सूर्योदयमा पिता रणबहादुर के.सी. र माता कृष्ण कुमारीको कोखबाट गुरुजी तेजबहादुर के.सी.को जन्म भएको थियो ।

उमेरमा पिताको धामगमन भएपछि माता कृष्ण कुमारीबाटै हुर्काउने बढाउने काम भयो | सात वर्षकै उमेरमा गुरुबाट संन्यास दीक्षा लिइ सानैदेखि सत्‌संगतमा लाग्नु भएको गुरुजीले १३ वर्षकै उमेरमा देवानी अड्डामा जागिर खानुभयो । त्यसपछि १९७८ सालमा १७ वर्षको उमेरमा जंगी तर्फ सिपाहीमा भर्ना हुनुभयो । जागिरमा रहँदा पनि सत्‌संगत गर्नुका साथै विभिन्न थरीका वैष्णव, वैरागी, नानक, बुद्ध, जैन, आर्य, तान्त्रिक, वैदिक, अवधुत, कबीर, इशु प्रतिपादित धर्म मार्गका अनुयायी सबैसँग संगत गरी वेद, वेदान्त, भागवत, गीता, षड्शास्त्र, रामायण, महाभारत, अठारपुराण आदि शास्त्रको अध्ययन गर्नुभएको कुरा उहाँले आफ्नो जीवनीमा दर्शाउनु भएको छ । तर कतैबाट पनि उहाँको आत्म शान्ति भएन, तत्व खुलेन । वेदान्तहरूको अध्ययन पश्चात्‌ पनि उहाँलाई आत्ष शान्ति मिलेन । आखिर १०१५ साल माघ महिनामा निजानन्द सम्प्रदायका गुरुमाता श्री जमुनाबाईजीसँगको भेटमा आत्मा परमात्मा विषयक छलफल हुँदा मनको भ्रान्ति हटेर तारतम मन्त्र ग्रहण गर्नुभयो । तीन वर्षको गहन अध्ययन पश्चात्‌ वि.सं. २०१५ सालबाट संसारमा भुले भट्केका आत्मालाई जगाउने कार्यको थालनी गर्नुभयो । यसै क्रममा २०३१।३२ सालबाट हरेक महिनाको पहिलो हप्ताको शनिबारको दिन आफ्नै निवासमा आयोजना गरेको ब्रह्यसभा नामक सत्‌संगको माध्यमबाट जागनी कार्यको विस्तार हुँदैगयो र ३४३५ सालबाट यही कार्य प्रत्येक सुन्दरसाथको घरमा गर्ने कार्यक्रमको थालनी उहाँबाटै भयो । ९ दिनमा नौलो हुन्छ २० दिनमा बिर्सिन्छ, त्यसैले हर हमेसा सतृसंग गर्नुपर्दछ भनी उहाँ बारम्बार सम्झाउनु हुन्थ्यो । यसरी भक्तपुर जिल्लामा निजानन्द धर्म जागनीको कार्य आरम्भ गरी यस धर्मलाई अगाडि बढाउने कार्य अन्य जिल्लामा समेत गरी करिब ३०० भन्दा बढी सुन्दरसाथको जागनी गरी आफ्नो सम्पूर्ण जीवन यसै धर्ममा समर्पण गर्नु भयो । अन्ततः गुरुजी २०५१ साल पुस २६ गते मंगलबारका दिन साँझपख परमधाम तर्फ लाग्नुभयो ।गुरुजीको आकांक्षा अनुसार धाम गमन पश्चात्‌ पनि गुरुजीकै शिष्यहरू तथा पुत्रबाट सतसंग कार्यलाई निरन्तरता दिनका लागि ब्रह्यसभा र बाह्रै महिना मेला सुचारु नै राखि अन्ततः गुरुजीकै सम्झनामा वि.सं. २०५७ साल वैशाख १७ गते भक्तपुर कटुञ्जे ८ को सार्वजनिक जग्गामा श्री मन्निजानन्द ब्रह्मसभा तथा श्री कृष्ण प्रणामी मन्दिर बनाउने कामको शुभारम्भ भयो । हाल दुई तल्लाको मन्दिर तयार भएको छ। सो ब्रह्मसभा तथा कृष्ण प्रणामी मन्दिर निर्माणको शुभारम्भ देखि नै पण्डित तुलसी प्रसाद कोइरालाज्यूले संरक्षण दिँदै आउनु भएको छ । धामवासी आरदणीय गुरुजी एक सिद्ध पुरुष हुनाका साथै विशिष्ट व्यक्तित्वका धनी हुनुहुन्थ्यो । जसरी सद्गुरु श्री देवचन्द्र महाराजले विभिन्न सम्प्रदायमा आवद्ध भइ आत्मा र परमात्माको सम्बन्धको पहिचान गर्ने प्रयल गर्नु भएको थियो त्यसै गरी धामवासी गुरुजीले पनि विभिन्न सम्प्रदायमा आवद्ध भइ आम्मा र परमात्माको पहिचान गर्ने प्रयल गर्नुभयो तर आत्मा सन्तुष्ट भएन अन्त्यमा माता जमुनामाईको सत्‌संगबाट आत्मा र परमात्माको पहिचान भयो । निजानन्द सम्प्रदायमा आवद्ध भइ जीवन भरि खोजी गरी आत्मा र परमधामको तत्वञज्ञान खुल्ने गरी भागवत्‌ कुञ्जको लयमा र गोपी गीतको लयमा गर्भोदक समुद्रदेखि लिएर परमधाम अखण्ड भूमिसम्म स्पष्ट हुने गरी नेपाली भाषामा करिव १३०० चौपाइको तत्वञ्ञान शब्द (डोरी)को रचना गर्नुभएको छ। श्रीकृष्णको व्रज लीला, लेखकको विचार जस्ता थुप्रै शिर्षकमा अन्य लेख पनि लेख्नु भएको छ । गुरुजीकै पथ प्रदर्शनमा हामी सम्पूर्णसुन्दरसाथ हिँडीरहेका छौं ।
Enable Notifications    Subscribe No thanks