August 8, 2021, Sun, 52:08:00
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
नेपालमा मा श्रीकृष्ण प्रणामी धर्म प्रचारमा व्यवधान, (समीक्षा)
नेपालमा मा श्रीकृष्ण प्रणामी धर्म प्रचारमा व्यवधान, (समीक्षा)
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
नेपालमा मा श्रीकृष्ण प्रणामी धर्म प्रचारमा व्यवधान, (समीक्षा)
नेपालमा मा श्रीकृष्ण प्रणामी धर्म प्रचारमा व्यवधान, (समीक्षा)
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-08-10
नेपालमा मा श्रीकृष्ण प्रणामी धर्म प्रचारमा व्यवधान, (समीक्षा)

Shree Navatan Dham (SND)

वि.सं. १७३५ मा भारत उत्तराखण्डको हरिद्वारमा महाकुम्भको मेला लागेको थियो । त्यस मेलामाविभिन्न धर्मावलम्वी साधु सन्तको ठूलो जमघट भएको थियो । सबै मतका धर्मगुरुहरू आ-आफ्ना शिष्यमण्डलीका साथ त्यहाँ उपस्थित थिए । सबै आ-आफ्ना मतका प्रचारमा व्यस्त थिए । त्यस अवसरमाश्रीकृष्ण प्रणामी धर्मका द्वितीय धर्माचार्य महामति प्राणनाथ पनि आफ्ना शिष्य मण्डली सहित त्यसज्ञानयज्ञमा सम्मिलित हुन दिल्लीबाट हरिद्वार पुग्नुभयो । उहाँ ज्ञान यज्ञमा सरिक हुनु भयो। विभिन्न मतरसिद्धान्तका विद्वान्‌सँग शास्त्रार्थ भयो। सबैले आ-आफ्ना सिद्धान्त प्रतिपादन गरे । महामति प्राणनाथ त्यसधर्म सभामा विजयी हुनुभयो । सबैले उहाँको विलक्षण प्रतिभा र ब्रह्म सम्बन्धी विश्लेषणलाई स्वीकारगरे। उहाँलाई विजयाभिनन्द बुद्धको उपाधि प्राप्त भयो । त्यसै समयदेखि विजयाभिनन्द बुद्धजीको सम्वत्‌ चल्न सुरु भयो।

त्यस कुम्भ मेलामा नेपालबाट पनि केही श्रद्धालु भक्तजन हरिद्वारमा कुम्भ स्नान तथा सत्संग गर्नगएका थिए। तिनमा दैलेखबाट कृष्णदास भण्डारी नामक व्यक्ति आफ्ना सहयोगी सहित हरिद्वारमा पुगेरत्यहाँको धर्म सभामा सम्मिलित भए । उनले महामतिको सिद्धान्त श्रवण गरेपछि उहाँलाई गुरुको रूपमावरण गरे । शायद कृष्णदास नै वि.सं. १७३५ मा श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुने पहिलो नेपालीथिए । तिनै कृष्णदासले हरिद्वारबाट फर्केर दैलेख आइ कृष्ण प्रणामी धर्मको प्रचार गर्न थाले । तसर्थकृष्णदासलाई पहिलो नेपाली प्रणामी सन्त भनेर मान्न सकिन्छ। साथै श्री कृष्ण प्रणामी धर्मको नेपालमाप्रवेश पनि वि.सं. १७३५ मै दैलेख जिल्लामा भएको स्पष्ट हुन आउँछ । दैलेखमा कृष्ण प्रणामी धर्मकोप्रवेश भएपछि त्यहाँ यो धर्म सिद्धान्त स्वीकार गर्नेको संख्या क्रमशः बढ्दै गयो ।

पछि राणा कालमा युगलदास महाराजका पिता लक्ष्मण शर्मा (सेवादास)लाई दैलेखका सुन्दर साथले विशेष गरेर नन्द किशोर बरालले बम्बईबाट दैलेख लगे र त्यहाँ धर्म प्रचारमा तीव्रता ल्याए। उनले आफ्नी बहिनी सुन्दरबाईलाई सेवादाससँग विवाह गराइदिए । प्रणामी धर्ममा प्रवेश गर्ने मानिसहरूको संख्या बढ्दै गयो ।

(१) श्रीकृष्ण प्रणामी धर्म प्रचारमा पहिलो व्यवधान
देलेखमा श्री कृष्ण प्रणामी धर्मको प्रचार जोड तोडले हुन थाल्यो । सेवादासले धर्म प्रचारमा ठूलो योगदान पुस्याए । प्रणामीहरूको आचार विचार परम्परागत रूपको नभएर अलि फरक देखेका स्थानीय व्यक्तिले प्रणामी धर्मको विरोध गर्न थाले । उनीहरूले प्रणामी धर्मलाई विदेशी धर्म, परम्परा विरोधी धर्म, मुसलमानी धर्म, नेपालीको संस्कार नमान्ने धर्म भनेर राणा सरकार छेउ उजुर गरे । फलस्वरूप सरकारले नन्द किशोर बराललाई पक्रेर लग्यो । नन्द किशोर बराल सेवादासका जेठान थिए । उनलाई अनुसन्धानको क्रममा काठमाडौँ पुन्याइयो । त्यहाँ सोधपुछ र केरकार हुँदा नन्द किशोरले श्रीकृष्ण प्रणामी धर्म हिन्दू धर्म अन्तर्गतकै सनातन धर्म हो भनेर जिकिर गरे । उनको जिकिर प्रति राणा सरकारले विरोधीको चुक्लीको अगाडि विश्वास गरेन र उनलाई तोपले उडाएर मार्ने फैसला सुनायो । त्यो समाचारले दैलेख वासी उनका परिवार र प्रणामी जनलाई दुःखी बनायो । तर नन्द किशोर भने दृढताका साथ आफ्नो सिद्धान्तमा अडिग रहे, कत्ति पनि विचलित भएनन्‌ ।

आखिर नन्दकिशोर बराललाई तोपले उडाएर मार्ने दिन आइपुग्यो । राणा सरकारले नन्दकिशोरलाई अन्तिम इच्छा के छ भनि सोद्धा उनले “सत्य धर्मको विजय होस्‌’ भने । यत्ति भनेर उनी परमात्माको स्मरण गर्दै तोपको मोहोरी नजिक करबद्ध प्रणाम गर्दै उभिइ रहे । तोप पड्काउने आदेश दिइयो, तर तोप पड्केन । तोप पड्काउने दोश्रो प्रयास गरियो, तर पनि तोप पड्केन । तेश्रो प्रयासमा पनि तोप नपड्के पछि सैनिक अधिकृत र जवान आश्चर्यमा परे । मार्न नहुने कृष्ण भक्तलाई मार्न खोजिएछ भनेर उनीहरूले त्यो कुरो उच्च अधिकारी छेउ विन्ती चढाए । उच्च अधिकारीले नन्द किशोरलाई निर्दोष ठहस्यायो र छोडी दियो। बराल कालको मुखमा परेका र मृत्युलाई अत्यन्त निकटबाट देखेका नन्द किशोरमा तीव्र वैराग्य उत्पन्न भयो । उनी त्यहाँबाट दैलेख नफर्की फकिरी भेषमा मानिसहरूको हुलबाट वेपत्ता भए । त्यसपछि नन्द किशोरलाई कसेले देख्न पाएन । उनी मानव सागर भित्रै अलप भए । यो थियो नेपालमा प्रणामी धर्म प्रचार गर्ने क्रममा भएको पहिलो व्यवधानको रूपरेखा ।

(२) श्रीकृण प्रणामी धर्म प्रचारमा खडा भएको दोश्रो व्यवधान (वि:सं. १९५८ सालको काण्ड)
वि.सं. १९५० ताका राणा प्राइमिनिष्टर श्री ३ वीर शमसेर ज.ब.रा.को पालामा श्री कृष्ण प्रणामी धर्म प्रचारमा दोश्रो व्यवधान खडा भयो । पहिलो व्यवधान दैलेखबाट सुरु भयो भने दोश्रो व्यवधान लमजुङमा सुरु भयो । तिनताका परमहंस दयालदास महाराज लमजुङमा कृष्ण भक्तिको प्रचार गर्दै हुनुहुन्थ्यो । उहाँले लमजुङको बल्थुम नयाँ गाउँमा वि.सं. १९४५ सालमा कृष्ण प्रणामी मन्दिरको स्थापना गर्नुभयो । उहाँले दैलेख र कास्की बहुमारामा पहिले स्थापना भएका र दीन हीन अवस्थामा रहेका तर प्राचीन इतिहास बोकेका कृष्ण प्रणामी मन्दिरलाई लमजुङमा स्थानान्तरण गरी पुनर्जीवन दिनुभयो । साथै उहाँले अनेकौं व्यक्तिलाई वाणी, वीतक, विराट र चर्चनीको तालिम दिएर प्रणामी धर्मको वरिष्ठ विद्वान्‌ पनि बनाउनु भयो । उहाँको बहुआयामिक प्रतिभाको प्रभाव नेपाल, भारत सबैतिर पर्न थाल्यो । प्रणामी धर्ममा भएको तीव्र प्रचारबाट समाजका केही पुरातनवादी व्यक्ति हतोत्साहित भए र दयालदास महाराजको विरुद्धमा आवाज उठाउन थाले । उनीहरूले निम्न प्रकारको आरोप लगाएर राणा सरकार समक्ष उजुरी दिए ।

“प्रणामीहरूले कुलदेवताको पूजा नगर्ने, मूर्ति पूजा नगर्ने, स्वहा स्वधा नगर्ने, आफ्ना देवताको प्रसाद अरूलाई नदिने, हिन्दू धर्मका मौलिक र शाश्वत नियम नमानी विदेशी धर्मको अनुसरण गर्ने” भनेर मिथ्या आरोप लगाइ उजुरी पत्र दायर गरे । यस्तो उजुरी परेपछि राणा सरकारले धर्म प्रचारक परमहंस दयालदास महाराजलाई गिरफ्तार गरी सोधपुछको क्रममा काठमाडौँको, डिल्लीबजार चारखालमा ल्याइ नजरबन्दमा राख्यो । दयालदास महाराजलाई सरकारले हिरासतमा राखेपछि त्यसको नराम्रो प्रभाव जिल्ला जिल्लामा प्य्यो । प्रणामी धर्म विरोधीहरूले सुन्दरसाथको कण्ठडी र माला छिनाउने, हस्त लिखित तारतम सागर ग्रन्थ जलाउने, प्रणामीलाई सामाजिक रूपमै बहिस्कार र तिरस्कार गर्ने जस्ता घृणित कार्य जिल्ला जिल्लामा भए । यता नजरबन्दमा पर्नु भएका दयालदास महाराजले थुनाभित्रै अनेकौँ भजन, पूजाविधि, स्तुति आदिको रचना गर्नु भयो । उहाँले कृष्ण प्रणामी धर्म वैदिक सनातन हिन्दू धर्म हो भनेर तर्कपूर्ण प्रस्तुति गर्नुभयो । कप्तान कटकङबहादुरले नेतृत्व गरेको सत्र जना लमजुङका ब्राह्राणहरूको दलले दयालदास विरुद्ध चकों आवाज उठाए । तर परमहंस दयालदासजीले प्रणामीहरूको वकालत गर्दै भन्नुभयो– “प्रणामीहरू शिखा सूत्र धारण गर्छन, घाँटीमा तुलसीको माला लाउँछन्‌, प्रतिदिन स्नान गरी भगवान कृष्णको आराधना गर्छन्‌, अहिँसालाई परम धर्म मान्दछन्‌, मादक पदा र्थ एवं चुरोट, बिंडी पान गर्दैनन्‌; प्रेम लक्षणा भक्ति गर्दछन्‌, गोपिहरूको जस्तो माधुर्य भावलाई सर्वोपरि मान्यता दिन्छन्‌ भने यी कसरी हिन्दू धर्मावलम्बी होइनन्‌ ।” यस्तो तक पूर्ण व्याख्या दयालदासजीले न्यायाधीश समक्ष पेश गर्नुभयो । उहाँले यस्ता प्रमाण प्रस्तुत गरेर साक्षीहरूलाई पनि उपस्थित गराउनुभयो । साक्षी र तर्कपूर्ण प्रमाणको आधारमा उहाँलाई तारेखमा छोडियो ।

लमजुङदेखि काठमाडौँसम्म तारेखमा आउन जान राणा सरकारले उहाँलाई उलिनकाठमा बोकेर ओहोर दोहोर गर्न छः जना डोलेको व्यवस्था गरिदियो । तिनीहरू तीन दिनमा काठमाडौँबाट लमजुङ पुग्दथे र त्यत्ति नै दिनमा फर्केर काठमाडौँ आइपुग्थे । यसरी धेरै पटक दयालदासजीले तारेखमा धाउन काठमाडौँ-लमजुङ-काठमाडौँको यात्रा गर्नुभयो । अन्त्यमा मुद्दाको फैसला हुँदा दयालदासजीले सफाइ पाउनु भयो । उहाँको विद्वताको उच्च मूल्यांकन भयो । वि.सं. १९५० साल वैशाख १ गते उहाँलाई इज्जतका साथ सफाइ दिइयो । निर्दोष सावित भएपछि परमहंस दयालदास महाराज विजयोत्सव मनाउँदै पाँच दिन लगाएर काठमाडौबाट लमजुङ पुग्नुभयो । विरोधीहरूले घुँडा टेके । यसरी दोश्रो पल्ट श्री कृष्ण प्रणामी धर्म प्रचारमा भएको व्यवधान साम्य भयो ।

(२) श्रीकृष्ण प्रणामी धर्म प्रचारमा भएको तेश्रो व्यवधान (वि.सं. १९८५ सालको काण्ड) प्रणामी धर्मानुयायीले वि.सं. १९५५ सालमा धर्म प्रचारको क्रममा तेश्रो व्यवधानको सामना गर्नु पन्यो। यस पटक पनि विरोधीहरूको मुख्य तारो परमहंस दयालदास महाराज नै हुनुभयो । धर्म प्रचारको सिलसिलामा दयालदास महाराज काठमाडौँ नरदेवी येलको साह्व भवानी श्रेष्ठले स्थापना गरेको मन्दिरमा धेरै वर्ष रहनुभयो । त्यहाँ बसेर उहाँले धेरै जिज्ञासुलाई वाणी, वीतक आदिको तालिम दिनुभयो । यसरी तालिम लिनेमा भवानी साहका दाजुभाइ पट्टिका छोरा चरणदास पनि थिए । उनले गुरु दयालदासबाट वाणी, वीतक, विराट, चर्चनी सबै विषयको तालिम लिए। बाउ्ह वर्षसम्म उनले गुरुको सेवा गरे। भवानी साहको मृत्युपछि मन्दिर सञ्चालन गर्न गुठी राखेको एकसय रोपनी जमिन र मन्दिरका सामानमा चरण दासका आँखा लागे । उनी लालची भएर निस्के । उनले मन्दिरका सामान पनि हिनामिना गरे । गुरु दयालदासले सम्भझाउँदा उल्टै गुरुमाथि खनिए । भवानी साहृकी एकमात्र बुहारी जमुना जीवित थिइन । उनी वनेपाका साहू भीमबहादुर बादे श्रेष्ठकी दिदी थिइन । भवानी साहको मृत्यु पश्चात्‌ नरदेवीको घर जग्गा बुहारी जमुनाको स्वामित्वमा आयो । चरणदासले त्यो सम्पत्तिमा आँखा गाडे।

आखिर चरणदासले जमुनाको स्वामित्वमा रहेको घर जग्गामा हक दावी गर्दै मुद्दा लगाए । साथै उनले श्रीकृष्ण प्रणामी धर्म, विदेशी धर्म हो, मुसलमानी धर्म हो, प्रणामीहरू मूर्ति पूजा गर्दैनन्‌, यस धर्मको प्रचार नेपालमा हुनु हुँदैन भनेर गुरु दयालदासलाई पनि मुद्दा लगाइ दिए । मुद्दा चल्दा चल्दा सो मुद्दा वनेपाका भीमबहादुर श्रेष्ठको घरसम्म पनि पुग्यो । बनेपाको घरको खान तलासी लिइयो र पूजा गरी रहेका तारतम सागर र लड्डु गोपाल तथा बाँके विहारी कृष्णका गरी दुईवटा दुर्लभ मूर्ति समेत वरामद गरियो । त्यो मुद्दाको अभिभारा भीमबहादुर वादे श्रेष्ठले उठाउनु भयो । साथै विदेशी धर्मप्रचार गरेको भनेर दयालदास महाराजलाई पक्रेर नजरबन्दमा राखियो । सो मुद्दा चल्दा मोहन शमशेर तात्कालीन लाठ साहेब थिए ।

नरदेवी मन्दिरमा किचलो सुरु भएपछि दयालदास महाराज बाँसवारीमा ८ रोपनी जमिन किनेर मन्दिर बनाइ उतै सर्नुभयो। बाँसवारीमै बसेर मुद्दाको तारेख खेप्नु भयो । त्यतिखेर उहाँ उलिनकाठ चढेर तारेख लिन जानु हुन्थ्यो र कृष्ण भक्तिको सनातन पक्षमा प्रकाश पार्नु हुन्थ्यो । उहाँका सहायक बाँसवारीका कृष्ण बहादुर खत्री थिए। मुद्दा चल्दै गयो । मुद्दाको किनारा लगाउन लाठ साहेब मोहन शमशेर समक्ष पेश गरियो । भीमबहादुर वादे श्रेष्ठले पूजा गर्ने गरेका लड्डु गोपाल र बाँके विहारी कृ्‌ष्णका मूर्ति वरामद भइ आएका थिए । सो मूर्ति देखेपछि मोहन शमशेरले प्रणामीले मूर्ति पूजा गर्दैनन्‌ भनेको कुरा झुट्टा रहेछ एवं लान्छना पनि आधारहीन रहेछन्‌ भन्ने कुरा बुझे । उनले प्रणामीलाई लगाएको आरोप खारेज गरी दिए। वि.सं. १९०५ सालमा यस्तो फैसला भयो । वि.सं. १९४५ साल देखि १९८५ सालसम्म मुद्दा झेल्दै आउनु भएका दयालदास महाराजले मुद्दाबाट सफाइ पाउनुभयो । प्रणामीहरूले कृष्णभक्तिको प्रचार गर्न पाउने भए । नरदेवी मन्दिरको घर जग्गाको स्वामित्वको मुद्दा भने चली नै रह्यो । यसरी श्री कृष्ण प्रणामी धर्म प्रचारमा आएको तेश्रो व्यवधान पनि किनारा लाग्यो ।

(४) श्रीकृष्ण प्रणामी धर्म प्रचारमा चौथो व्यवधान (वि.सं. २००२ सालको काण्ड) श्रीकृष्ण प्रणामी धर्म प्रचारकले चौथो पटक राणा सरकारको वर्वरताको शिकार हुनु पन्यो। यो थियो वि.सं. २००२ सालको घटना । तिनताका नेपालमा प्राइमिनिष्टर श्री जुद्ध शमशेरको शासन थियो । काठमाडौँदेखि करिव ३५-४० किलोमिटर दढा काभ्रे कुश गाउँ र फूलवारीमा प्रणामी भक्तहरू वीतक श्रवण गर्ने एक दिन अगाडि रातमा फलाहार मात्र गरी श्रीकृष्णको भजन कीर्तन गरिरहेका थिए । गाउँका छुल्याहाहरूले श्रीकृष्ण प्रणामी धर्म उपर विदेशी धर्म प्रचारको लाञ्छना लगाइ राणा सरकार समक्ष उजुर गरेकाले पुलिसले रातको दुई बजे भजन घरलाई घेरा हाल्यो । तुलसीको माला धारण गर्ने जतिलाई पक्रेर डोरीले बाँध्यो । प्रक्राउ पर्नेमा ७ देखि ७० वर्ष सम्मका थिए । ठूला ठूलालाई पाता फर्काएर डोरीले बाँध्यो। यसरी बाँधेर करिव २०० जना जतिलाई पैदलै हिँडाएर धुलिखेल, बनेपा हुँदै भक्तपुर माल अड्डामा ल्याएर एक रात राख्यो। त्यसको भोलिपल्ट पुनः हिँडाएर डिल्लीबजार खोरमा ल्याएर थुन्यो। तेश्रो दिन भक्तजनलाई प्राइमिनिष्टर श्री ३ जुद्ध शमशेर कहाँ उपस्थित गराइयो । जुद्ध शमशेरले बुझनु भनेर हरि शमशेरलाई आदेश दिए । हरि शमशेरले पुलिसले ज्यादती गरेको कुरा थाहा पाए । प्रणामीको मन्दिर भत्काएको, नारी, पुरुष दुवैथरीलाई कुटेको, धनमाल हिनामिना गरेको आदि कुरा बुझ बुझारथ हुँदा खुल्न आयो।

बनेपाका भीमबहादुर वादे श्रेष्ठले वि.सं. १९५५ को फैसलामा प्रणामीले सफाइ पाएको नजिर पेस गरे । साथै श्रीकृष्ण प्रणामी धर्म वैदिक सनातन कृष्णको उपासना गर्ने भक्ति मार्ग भएको कुरा विन्ती चढाए । सबै कुरा बुझेपछि हरि शमशेरले सबै भक्तजनलाई छुटकारा दिए र पक्राउ गर्ने ब्रिगेड कमाण्डरको जागीर खोसी रु ३००।- जरिवाना गर्नुको साथै पाँच कोर्रा समेत लगाए । यसरी प्रहरीको क्रुरताबाट प्रणामीले मुक्ति पाए । यसमा गौंडाबाट बुभनु भन्ने हरि शमशेरको आदेश हुँदा चौतारा अड्डाले पुनः छुल्याहाहरू तर्फ लागेर युगलदास महाराज र लल्लु कुमार शाहीलाई जनही ५०- ५०।- रूपैयाँ जरिवाना गरी पूर्वका होक्से, भींडावरी, काभ्रे, वल्थली आदि ठाउँमा धर्मप्रचार गर्न नपाउने भनि वन्देज लगायो । प्रणामीहरूलाई समाजले पनि वहिष्कार गच्यो । तर समय बित्दै गए पछि र नेपालमा प्रजातन्त्र आएपछि सबै सामसुम भयो ।

(५) श्रीकृष्ण प्रणामी धर्म प्रचारमा पाँचौं व्यवधान (राणा शासन कालको काण्ड)
श्रीकृष्ण प्रणामी धर्माबलम्बीले राणा शासन कालमा विभिन्न प्रकारका यातना भोग्नु पस्यो । परम्परावादी पण्डितहरूले बेला बेलामा यस धर्मका विरुद्धमा राणा सरकार छेउ उजुर गर्थे । त्यस्तो उजुरी कहिले नेपालको पश्चिम भागमा त कहिले मध्यभाग एवं कहिले पूर्वतिर पर्थ्यो । प्रणामी धर्ममा दीक्षित हुनु खतरा उठाउनु जस्तै थियो । राज्यको उच्च ओहदाबाट समय समयमा सफाइ पाए पनि तल्लो तहका कर्मचारी एवं परम्परावादीले प्रणामी विरुद्ध अनेकौँ भ्रामक प्रचार गर्थे । समाजमा एक प्रकारको आंतक जस्तै फैलिन्थ्यो । प्रणामीका घरको खान तलासी लिइन्छ भन्ने हल्ला फिजाइन्थ्यो। भयभीत भएका प्रणामीहरू आफ्नो मूल ग्रन्थ तारतम सागरलाई लुकाउन बाध्य हुन्थे । सप्ताह व्यापी पारायण लगाउँदा पनि सर्तक हुनुपर्थ्यो । वि.सं. १९९० को दशकमा पूर्वी नेपालको फिक्कल (इलाम)बाट पारायण भएकै ठाउँबाट तारतम सागर ग्रन्थलाई सरकारले जफत्‌ गस्यो र तात्कालीन वीर पुस्तकालयमा राख्यो । पछि सो ग्रन्थलाई राष्ट्रिय संग्रहालयमा राखियो । त्यसरी नै बनेपाबाट वि.सं. १९९० को दशकमै भीमबहादुर वादे श्रेष्ठको घरमा पूजा गरी राखेको स्वरूप साहेब वरामद गरियो । उक्त ग्रन्थलाई पहिले वीर पुस्तकालयमा र पछि राष्ट्रिय संग्रहालयमा राखियो । तिनको विवरण निम्न प्रकारको छ-
१) वेदान्त दर्शन अन्तर्गत क्र.सं १९० पाना नं. १५, कुलज (कुलजम स्वरूप) पाना नं २१२ चतुर्थ लगत पृष्ठ ७७८ पोका नं. २३, माइक्रोफिल्म, रिल नं. ८ 895/3, ८ 696/3 (आंशिक), वि.सं. १९९८ कार्तिक सुदी बुधबार (पृष्ठ १२६६)
२) क्र.सं. २३ पाना नं. 5० च २६१, कुलजम पुष्ठ ७३९ पोका नं. २३ (ख) (विविध) माइक्रोफिल्म रिल नं. & 838/8 वि.सं. १९०९ को ग्रन्थ । प्रणामीहरूको ग्रन्थ जफत गर्ने, उनीहरूलाई थुन्ने, कुटपिट गर्ने, तर्साउने आदि काम सरकारी तहबाटै भएको हुँदा कतिपय सुन्दर साथले पूर्वको अरुण नदीको उर्लदों भेलमा हाम्‌फालेर देह त्याग गरे । आतंकित भएर बाँच्नुभन्दा धर्म जोगाउन मर्नु नै निको भन्ने सम्झेर धेरै नरनारीले आत्म बलिदान गरे । बचे खुचेका प्रणामीले पारायण लगाउँदा पनि घरको बुझ्गलमा वा बन्द कोठामा सीमित भक्तजन राखेर कार्य पूरा गरे। यो क्रम वि.सं. २००७ सालमा प्रजातन्त्रको अभ्युदय नहुञ्जेल सम्म चली रह्यो ।

(६) श्रीकृष्ण प्रणामी धर्म प्रचारमा छैठौं व्यवधान (वि.सं. २०१८ सालको काण्ड)
नेपालमा प्रजातन्त्रको उदय भएपछि पनि समाजले प्रणामीहरूलाई खेद्न छोडेन । वि.सं. २०१८ सालमा संसारको अन्त्य हुन्छ, अनेकौं दैवी विपत्ति पर्न सक्छ भनेर ज्योतिषहरूले भविष्य वाणी गरेका थिए। त्यसैले नेपाली समाजका प्रायशः धेरैजसो मानिस भूकम्प, जल प्लावन, उल्का आदिको डरले घर छोडेर खुला ठाउँमा पाल वा छाप्रो हाली भजन कोर्तन गर्न थाले । प्रणामी भक्तजनले पनि खुला ठाउँमा छप्पर हालेर स्वरूप साहेवको पारायण गर्न थाले । काभ्रेको बल्थलीमा लगाइएको पारायणमा प्रणामी इतरका विद्वान्‌ले बौद्धिक रूपमा विरोध जनाउँदै प्रणामी पण्डितसँग शास्त्रार्थ गरे । तीन दिन दुई रात विराटको प्रसंगमा शास्त्रार्थ भयो । प्रणामीका तर्फबाट सप्रमाण भिड्ने पूर्ण ब्रह्मशास्त्रीले विरोधीलाई ज्ञान चर्चामा हराए । विरोधी पण्डितहरू लाचार भएर फर्के । शास्त्रार्थमा हारेपछि विरोधीहरूले रातको २ बजे नै गएर जिल्ला पुलिस समक्ष उजुर गरे । त्यसरी उजुर गर्नेमा काभ्रेका पं. मीन प्रसाद कोइराला र कृष्ण प्रसाद कोइराला थिए । पूर्ण ब्रह्माले त्यो विरोधको पनि डटेर सामना गरेर हराएपछि विरोधी पण्डितहरूले अब उप्रान्त विरोध गर्दैनौं भनी कागज गरेर छुटकारा पाए ।

(७) श्रीकृष्ण प्रणामी धर्म प्रचारमा सातौं व्यवधान (वि.सं. २०३२ सालको काण्ड)
भारतको आसाम राज्यमा बसोबास गर्ने नेपाली मूलका प्रणामीले शिवलिङ्ग उखेलेर मिल्काएउनीहरूले पीठोको गाई बनाएर गौवध गर्छन, मूर्तिपूजा गर्दैनन्‌ भन्ने कथित आरोप लगाई प्रणामी समुदायलाई वैदिक सनातन धर्म इतरको मुसलमानी धर्म हो भनेर सिद्ध गर्ने उद्देश्यले धरानमा वि.सं. २०३२ सालमा प्रणामीहरूलाई तेजोवध गर्ने उद्देश्यले छलफलको कार्यक्रम राखियो । छलफलमा प्रणामीलाई हराएर प्रणामी धर्ममा प्रतिवन्ध लगाउने कुत्सित मनसाय समेत राखेर काठमाडौँ तथा पूर्वाञ्चलका परम्परावादी पण्डितहरूले प्रणामीलाई धर्म युद्ध गर्न आव्हान गरे । प्रणामीहरूले पनि नेपाल तथा भारतका प्रणामी विद्वान बोलाएर शास्त्रार्थ गर्न कम्मर कसे । त्यस धर्म युद्धमा परम्परावादीपण्डित कौरव जस्ता र प्रणामीहरू पाण्डव जस्ता देखिन्थे । आखिर शास्त्रीय प्रमाणहरू दुवै तर्फबाट पेस हुँदै गए । सहमतिमा विवाद टुङ्गियो । दुवै पक्षले संयुक्त घोषणामा “हामी सबै सनातनी हौं’ भनेर युद्ध विराम गरे । पछि परम्परावादीले “विवरण पत्र’ भनेर पुनः आरोप लगाउँदै कालो मसीले पोत्दै त्यस छलफलको विषय प्रकाशमा ल्याए । प्रणामी वन्धुले पनि “विवरण पत्रको समीक्षा’ निकालेर परम्परावादी आक्रमणकारी पण्डितहरूलाई मुख भरीको जवाफ दिए । यसरी पञ्चायती कालमा समेत प्रणामी धर्म र प्रणामी भक्तजनको विरोध गर्ने काम भइ नै रह्यो । प्रत्येक पल्टको दुष्प्रयासमा प्रणामी धर्म, सुनलाई आगोमा पोल्दा विकार हटेर चम्केझै खरो रूपमा उत्रियो ।

(८) श्रीकृष्ण प्रणामी धर्म प्रचारमा आठौ व्यवधान (वि.सं. २०४२ सालको काण्ड)
पुल्चोक खड्ग जोगिनी थुम्कोमा श्रीकृष्ण प्रणामी सेवा समिति अन्तर्गतको निजानन्द आश्रमको२०३९ मा निर्माण पूरा भएपछि महात्मा युगलदास रुक्मिणी श्रेष्ठको पुल्चोक दमकल अगाडिकोघरबाट आश्रममा सर्नुभयो । आश्रममा केही वृद्ध वृद्धा र विद्यार्थी बस्दथे । त्यस थुम्कोमा निजानन्द आश्रम बनेको स्थानीय व्यक्तिलाई मन परेको थिएन । इन्द्र बहादुरले भजन गर्ने गरेको टहरालाई स्थानीय वासीले पहिले कब्जा गरी आश्रमको प्राङ्गणमा ल्याएर शिवलिङ्ग स्थापना गरी आधा जग्गामा आफ्नो हक जमाउने कार्य गरे । प्रणामीले विरोधै गर्न नसक्ने गरी आधा जग्गा स्थानीय व्यक्तिले आफ्नो अधिकारमा बलजफती लिए। यत्तिले पनि नपुगेर स्थानीय उदण्ड व्यक्तिहरूको जमातले भौतिक कारवाही ग्यो। त्यो उश्रृंखल जमातले महात्मा युगलदासजीलाई कुटपिट ग्यो। वृद्धवृद्धाहरूको भागदौड मच्चियो। निजानन्द आश्रममा तोडफोड भयो।नशाले चूर ठूलो जनसमुदायले नियोजित रूपमा त्यस्तो वर्वर आक्रमण गयो । रगताम्य भएर पनि युगलदासजी महाराजले त्यो सब अत्याचार सहनु फ्यो। पञ्चायतकालमा पनि प्रणामी धर्म उपर यसरी बारम्बार आक्रमण भइ नै रह्यो। राणाकाल र पञ्चायतकाल दुवैमा प्रत्येक बौद्धिक वा भौतिक आक्रमणको सामना गर्दै श्रीकृष्ण प्रणामीधर्म निरन्तर अगाडि बढिरहेको छ।
Enable Notifications    Subscribe No thanks