August 29, 2021, Sun, 07:08:03
By प्रा. विनोद शर्मा, काठमाडौं, (SND)
पं. श्रीकमल कृष्ण शर्मा - (एक सङ्क्षिप्त चिनारी)
पं. श्रीकमल कृष्ण शर्मा - (एक सङ्क्षिप्त चिनारी)
पं. श्रीकमल कृष्ण शर्मा - (एक सङ्क्षिप्त चिनारी)
By प्रा. विनोद शर्मा, काठमाडौं, (SND)
2021-08-28
पं. श्रीकमल कृष्ण शर्मा – (एक सङ्क्षिप्त चिनारी)

Shree Navatan Dham (SND)

वि.सं १९८२ भदौमा काभ्रेपलाञ्चोक जिल्लाको काभ्रे भञ्ज्याङ देवीस्थान कुशबिर्तामा आमा जसोदाबाई र बुबा गोपीलाल बजगाँईको कोखलाई पावन बनाउँदै एउय दिव्य चेतना परमधामबाट यस धराधाममा अवतरित हुन्छ । सांवला रंगका उक्त दिव्य चेतनायुक्त शरीरलाई ‘कृष्ण’ नामबाट सम्बोधन गरिन्छ। समयसँगै ‘कृष्ण’ हुर्कदै जानुहुन्छ । ‘हुने विरुवाको चिल्लो पात’ भनेझैँ उहाँको अध्ययन, मनन, चिन्तनप्रति रुचि बढ्दै जान्छ तर त्यसबेला अहिलेको जस्तो जताततै स्कूल, कलेजको व्यवस्था थिएन । शहरमा पनि ज्यादै सीमित मात्रामा विद्यालय थिए, ती पनि शाह र राणाहरूको शिक्षाको लागि मात्र । जनताहरू अध्ययनको अवसरबाट वञ्चित थिए । तर पनि “खाने मुखलाई जुंगाले छेक्दैन! भनेझैँ स्वाध्यायको आधारमा नेपाली अक्षर सजिलैसँग पढ्न र लेख्न सक्षम बन्नुहुन्छ “कृष्ण! ।

उहाँको सुन्दर हस्ताक्षर देखेर एकजना छिमेकी लेखनदासले उहाँलाई १३ वर्षको उमेरमा सदरमुकाम धुलिखेलस्थित अड्डा, अदालतमा दर्खास्त, विन्तिपत्रहरू लेख्ने काम सुम्पिएछन्‌ । त्यसै बेला १४ वर्षको उमेरमा हुलाकको काम पनि सुम्पिएछन्‌। विधिको विधानलाई त्यतिमात्र मञ्जुर थिएन। उहाँको माध्यमबाट धर्म जागनीको काम गराउनु पर्ने नियति परमात्माले पहिले नै सोचिसकेका थिए । फलस्वरूप उहाँको मनमा वैराग्य उत्पन्न भयो । शायद बाल्यकालमै चेतनामा धार्मिक संस्कारले प्रवेश गरिसकेको भएर होला ं विशेष आध्यात्मिक अध्ययनको लागि उहाँमा भारततर्फ प्रयाण गर्ने योजना मनमनै बनिसकेको थियो र त्यस उद्देश्य पूर्ति हेतु रकम संकलन गर्न सुरु गर्नुभयो । आवश्यक रकम जम्मा भइसकेपछि करिव ११ वर्षको किशोर अवस्थामा कृष्ण घरबाट दाप्चा निवासी आशाकाजी श्रेष्ठसँगै भागेर भारतको जामनगर गुजरातस्थित श्री ५ नवतनपुरी धाममा पुग्नुहुन्छ। तिनताका काठमाडौँबाट वीरगञ्जसम्म हिँडेरै जानुपर्थ्यो । असाध्यै कष्टप्रद बाये थियो । कहिले खाल्डोमा खस्दै, कहिले ढुङ्गामा ठोकिकिदै, थकित हुँदै हुँदै वीरगञ्ज पुग्नुभयो । पथले पथीकलाई थकाएर चूर पारेको थियो तर उहाँको मनमा एक अदभूत्‌ आनन्दको लहरउठिरहेको थियो । उहाँ सोच्दै हुनुहुन्थ्यो- “दुनियाँसे छुय नाता, भइ प्रभु मिलन कि आशा”

त्यसबेला सात दिन सात रात लगाएर नवतनपुरी धाम पुग्नुभयो र तत्कालीन आद्यपीठाधीश्वर अनन्त श्रीविभूषित ब्रह्ालीन श्री १०५ धर्मदासजी महाराज र सन्त शिरोमणि गुरुजी श्री लक्ष्मीदास बाबाजीको सानिध्यमा रही, गुरुकुलको परिवेशमा श्री कुलजमस्वरूप (तारतम सागर), बीतक, विराटपर, चर्चनी आदिको तालिम पूरा गर्नुको साथै विभिन्न शास्त्रहरूको अध्ययनमा निमग्न रहनुभयो । त्यसेवेला आचार्य श्रीको हजुरी पद समेत सम्हाली ३-४ वर्ष अविछिन्न रूपमा गुरुकूल आश्रममा रही वाणी विशारद बनेर गुरुजनहरूको आशीर्वाद शिरोधार्य गर्दै धर्म प्रचारमा लाग्नुभयो । भारत र नेपालका विकट पहाडी र दुर्गम स्थानहरूको समेत भ्रमण गरी श्री कृष्ण प्रणामी धर्म (निजानन्द सम्प्रदायको) सिद्धान्तको आधारमा जागनी गर्दै विभिन्न स्थानहरूमा मन्दिरहरू समेत स्थापना गर्दै आफ्नो युवा अवस्थालाई अध्यात्मको यञ्ञमा होम्नुभयो ।

नेपालमा पनि श्री कृष्ण प्रणामी समाजको संस्थागत दर्ता गर्नुपर्छ भन्ने दूरदर्शिता राख्दै नवतनपुरी धाममै रहेर नेपालको लागि २०१९ सालमा श्री कृष्ण प्रणामी मन्दिर (नेपाल)को विधान बनाइ प्रणामी धर्म पत्रिकामा प्रकाशित गर्नुभयो । त्यतिञ्जेलसम्ममा “कृष्ण वाणी विशारद पं. श्री कमलकृष्ण शर्मा भइसक्नु भएको थियो । “परमपूज्य श्री मन्निजानन्द सम्प्रदायका आद्यधर्म पीठाधीश्वर आचार्य श्री १०० धर्मदासजी महाराज व्याख्यान वाचस्पति सद्धर्म भूषणले श्री कृष्ण प्रणामी धर्म समिति (नेपाल) यस विधान बमोजिमको नियममा रही काम गर्न सकोस्‌ भन्ने आशीर्वाद दिनुभयो । निर्माण कार्य गर्दै जाँदा केही नपुग भएको आर्थिक कमजोरीलाई पनि हल गर्ने गराउने आश्वासन पनि बक्सनु भयो । उहाँको त्यो आश्वासन र आशीर्वाद प्रति आभार मान्दै उहाँको दीर्घायुको कामनाका साथ कमलकृष्ण नेपाल फर्किनुभयो ।

साथै कमलकृष्णलाई पूज्य आचार्यश्रीले मन्दिर निर्माण गर्ने/गराउने कार्य पूर्ण नभएसम्म नछोड्ने भन्ने प्रतिज्ञा गराउनु भएको थियो । अतः उहाँकै साम्ने त्यो काम बीचमै छोडेमा श्री राजजी र सुन्दरसाथको दोषी हुँला भन्ने प्रतिज्ञा पनि कमलकृष्णले सबै सुन्दरसाथको अगाडि करबद्ध भएर गर्नुभयो । यसरी संकल्पकृत बनेर उहाँ नेपाल प्रवेश गर्नुभयो । उहाँको अग्रसरतामा वि.सं. २०१० साल माघ महिनामा अष्टग्रही दोष निवारण र विश्वशान्तिका निमित्त डेढ महिनाको पारायण र कीर्तनको आयोजना इमाडोलमा गरियो । फलस्वरूप इमाडोल मन्दिरको शिलान्यास भयो । वि.सं. १७३५ सालतिर नेपालमा प्रचार भएको श्रीकृष्ण प्रणामी धर्मले धेरै ओरालो-उकालो पार गर्दै आजका मितिसम्म आइपुगेको छ। यस यात्राका साक्षी एवं सहयोगी रहनुभयो पं. श्री कमलकृष्ण शर्मा । यसरी वि.सं. २०१९ को विधान अनुसार सोही विधानको परिधिमा रहेर काम गर्ने/गराउने संकल्पका साथ ल.-पु जि. इमाडोल श्रीकृष्ण प्रणामी मूल मन्दिरको वि.सं. २०२२ सालबाट निर्माण कार्य सुरु गरी २०२९ सालमा निर्माण पूरा भएपछि आचार्य श्री धर्मदास महाराजको करकमलबाट उद्घाटन गराउनमा पं. कमलकृष्णको महत्वपूर्ण योगदान रहेको थियो । नेपालमा यस धर्मका आद्यधर्म पीठाधीश्वर आचार्यहरू मध्ये जगद्गुरु आचार्य श्री १०५ धर्मदासमहाराजश्रीको त्यो पहिलो पटकको नेपाल पदार्पण भएको अवसर थियो । जगद्गुरुको नेपालमा पदार्पण पं. श्रीकमलकृष्ण शर्माको पहलमा भएको थियो । वि.सं. २०२३ सालमा आफ्ना तारतम गुरु आवाल व्रह्यचारी श्री युगलदास महाराजले अन्य प्रणामीय गण्यमान्य व्यक्तिहरूसँग सरसल्लाह गरी श्रीकृष्ण प्रणामी सेवा समिति नामक संस्था श्री ५ को सरकारको सम्बन्धित निकायमा दर्ता गराउनुभयो । नेपालमा कृष्णप्रणामीको संस्थाले कानूनी मान्यता प्राप्त गच्यो ।

प्रखर वक्ता, वाणी विशारद्‌ पं. श्री कमलकृष्ण शर्मा आफ्नो सिद्धान्तमा अत्यन्त दृढ हुनुहुन्थ्यो । कसेले सिद्धान्त विपरीत कुरा गरेमा शास्त्रीय आधारमा उसलाई बुझाउने हर सम्भव प्रयास गर्नुहुन्थ्यो। उहाँ हक्को, निडर, प्रखरवक्ता तर नरम हृदय भएका एउय गृहस्थ साधक हुनुहुन्थ्यो । ३-४ वर्ष नवतनपुरीमा बसेर महाराजश्रीको हजुरी बन्नु भएता पनि सद्गुरु देवचन्द्रजी महाराज, महामति प्राणनाथ प्रभुका अनुयायी पं. श्री कमलकृष्ण शर्मा भन्नुहुन्थ्यो-प्रभुको अनुभूतिको लागि ब्रह्मचर्य आश्रममै रहनुपर्छ भन्ने छैन, गृहस्थ आश्रममा रहेर पनि त्यो परम, अनादि, अक्षरातीत तत्वको बोध हुन सक्छ । यसै विचारलाई हृदयंगम गरेर उहाँ स्वदेश फर्कि गृहस्थ आश्रममा प्रवेश गर्नुभयो ।

वि.सं. २०२०-२२ सालतिर काभ्रेबाट बाँसबारी, महाराजगञ्जतर्फ बसाइँ सर्दै चितवनलाई आफ्नो कार्य क्षेत्र बनाउनुभयो । भाइ, घनश्याम शर्मा, बहिनी राधा, पिता गोपीलाल बजगाँईँ, आमा जसोदाबाई समेत आफ्ना परिवारहरू ५ छोरा, २ छोरी र धर्मपलीहरूसँगै चितवनमा गई बसोबास गर्न थाल्नुभयो | पुत्रहरूमा जेष्ठ पुत्र मोहन शर्मा (हाल अमेरिका), माइला विनोद शर्मा (पंक्तिकार), साइला मदन शर्मा (हाल श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष) अनि राजु शर्मा र गोपाल शर्मा हुनुहुन्छ । छोरीहरूमा सुन्दरी शर्मा भट्टराई र ललिता शर्मा ढकाल हुनुहुन्छ । आफ्नो गृहस्थ धर्म निभाउँदै पं. कमलकृष्णले धर्मको जागनी कार्यमा निरन्तरता दिइनै रहनुभयो ।

महामति श्री प्राणनाथ प्रभु प्रणीत आध्यात्मिक ग्रन्थ श्री तारतम सागरका १८५७५८ चौपाईहरूलाई नुवाकोट, नवतनपुरी, कालिम्पोङ्ग, होक्से आदि विभिन्न स्थानमा बसेर आफैंले कलम र मसी बनाएर १८ वय पूर्णग्रन्थ लेख्नुभयो । त्यसताका समाजमा छापाखानाको अभाव थियो । यसरी एकै स्थानमा बसेर ग्रन्थ लेख्नु एउटा महान तप नै थियो । सँगसँगै जिविकोपार्जनको लागि व्यवसायको पनि थालनी गर्नुभयो । कसरी आफ्नो भौतिक र आध्यात्मिक जिम्मेवारीहरू पूरा गर्न सकिन्छ भन्ने कुराको चिन्तनमा रात दिन निमग्न रहनुहुन्थ्यो । आज उहाँको तपश्चर्या र पुण्यको फलस्वरूप उहाँका सबै परिवार भौतिक | र आध्यात्मिक रूपमा सम्पन्न भएका छन्‌ । आफ्ना सन्ततिका साथै आध्यात्मिक शिष्यहरू पनि सँगसँगै जाग्दै गए यात्राका क्रममा । त्यसमध्ये श्याम बहादुर के.सी. (काठमाडौँ) शिव पौडेल (आरुबोट), केशव (गोपाल) काफ्ले काठमाडौं, गुरुप्रसाद खतिवडा (हेटौडा) आदि मुख्य र पुराना शिष्यहरू हुनुहुन्छ ।

यसै बीच २०२८/२९ सालतिर पिताश्री र पं. श्रीदेवकृष्ण शास्त्रीले म र मेरा दाजुलाई अध्ययन हेतु नवतनपुरीधाममा छोडिदिनुभयो । त्यसैको परिणाम स्वरूप आज महामतिको सन्देश जन-जनमायो पंक्तिकार सक्षम भएको छ। यसरी भौतिक र आध्यात्मिक जिम्मेवारी पूरा गर्दै जाँदा उहाँको भौतिक शरीर शिथिल बन्दै गयो र कहिलेकाहीँ उहाँले मलाई भन्नुहुन्थ्यो- “विनोद । मैले छोयो समयमा यो शरीरबाट यति धेरै श्रम लिएँ कि शायद यो शरीर अब धेरै समय रहँदैन होला ।” नभन्दै आँखाहरू कमजोर हुँदै गए । जागनी यात्राको क्रममा प्रसादको रूपमा ग्रहण गरिएका गरिष्ठ भोजनको परिणाम स्वरूप लिभर बिग्रदै गएछ। शरीर शिथिल हुँदै गए पनि आत्मज्योति भने धपधप बलेभैँ लाग्दथ्यो ।

बिमारीले अत्यन्त गाँजे पछि जीवनको उत्तरार्धमा उहाँलाई शिक्षण अस्पतालमा भर्ना गरियो । लिभर सिरोसिस भएको थाहा भयो । पेटमा पानी जम्न थाल्यो । प्रारम्भमा अत्यन्त कष्टप्रद अवस्था देखियो । त्यही बीचमा करिब ३६ घण्य जति बेहोस हुनुभयो । त्यसबेला उहाँको साथमा यो माइलो पुत्र (पंक्तिकार) रहेको थियो । जब ३६ घण्टाको बेहोसीबाट उठ्नुभयो तब मस्त देखिनुभयो । मृत्युभय कारण नबनेर पूर्णतः स्वीकृत र उत्सवपूर्ण बनेको थियो । धाम गमनको बेला मृत्युलाई आलिङ्गन गर्न तत्पर भएझै देखिनुहुन्थ्यो, प्रवचन गरिरहनु हुन्थ्यो । मलाई भन्नुहुन्थ्यो कि- “बाबु ! आमा, भाइ, बहिनीहरूलाई सम्हाल निमित्त बनेर ।” म टल्पलाएको आँखाले, भाव विभोर हृदयले “हुन्छ” भन्थें । हामीलाई डा. गोपाल आचार्यले पूर्व सूचना दिइसक्नुभएको थियो कि पिताजीको आत्मा यो कृश कायामा अब लामो समयसम्म रहँदैन भनेर !

यसरी मृत्युको पूर्वबोध हुँदा मृत्युको समयमा त्यसको प्रहारले धेरै ठूलो चोट पुन्याउन सक्दो रहेनछ। म कृष्ण प्रणामी सम्प्रदायमा जन्मिएको भएतापनि अध्यात्मको वास्तविक ज्ञान थिएन मलाई । “खोज बडी संसार रे साधो तुम खोजो” भन्ने महामतिको आदेश अनुसार जब वास्तविक अध्यात्मको खोज सुरु भयो, अन्ततोगत्वा मेरो अन्तर प्रज्ञाले भन्यो, ‘के खोजेको ? जे खोजेको हो त्यो त तै भित्र छ।’ म अन्तरआत्मासँग आत्मालाप गर्ने गर्थे- मृत्युलाई कसरी स्वीकार्ने तर जब पिताश्रीको धाम गमन भयो, त्यो दिन मैले स्वाध्याय गरेँ र भित्र आफ्नो अन्तरआत्मालाई सोधेको प्रश्नको जवाफ पाएँ अर्थात्‌ मृत्युको परम स्वीकृति । अन्त्यमा पिताश्रीको भौतिक मुख हेर्ने मेरो एउटा परम्परागत लालसा आध्यात्मिक बोधले मेटिदियो। शायद आमालाई चाहीँ आफ्नो पति, जीवन साथी, अध्यात्मको पथप्रदर्शकको अन्तिम समयमा दर्शन गर्ने धोको चाहीँ बाँकी थियो होला । यसरी २०४३ साल मंसिर १६ गतेको दिन शिक्षण अस्पतालको प्राङ्गणमा पिताश्री इहलीला समाप्त गरी दिव्य धामतर्फ प्रयाण गर्नुभयो ।
Enable Notifications    Subscribe No thanks