August 29, 2021, Sun, 58:08:10
By डा. छविलाल गजुरेल, काठमाडौँ, (SND)
गुरूजी श्री मंगलदास महाराज
गुरूजी श्री मंगलदास महाराज
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
गुरूजी श्री मंगलदास महाराज
गुरूजी श्री मंगलदास महाराज
By डा. छविलाल गजुरेल, काठमाडौँ, (SND)
2021-08-28
गुरूजी श्री मंगलदास महाराज

Shree Navatan Dham (SND)

गुरुजी श्री मंगलदास महाराजको जन्म वि.सं १९५३आश्विन शुक्ल द्वादशीका दिनमा पूर्व नेपाल इलाम जिल्लाअन्तर्गतको मेहेलबोटे भन्ने स्थानमा भएको थियो । उहाँकोपिताको नाम कल्याणदास सापकोय र माताको नाम नर्वदा थियो । तिनताका नेपाल र भारतका विभिन्न भागमा प्रणामी धर्मको प्रचारहुँदै थियो । यस्ता प्रचारकमा श्री पीताम्बरदास महाराज, श्रीदयालदास महाराज, श्री रंगीदास महाराज आदि अग्रगण्य विद्वान्‌हुनुहुन्थ्यो । काठमाडौँ भइँमालका पं. गोवर्धन सञ्जेल पनि धर्मप्रचारमा सम्मिलित हुनुहुन्थ्यो । बालक मंगलको उमेर डेढ वर्षकोभएपछि कल्याणदासजी नेपालबाट बसाइँ सरेर सपरिवार आसामपुग्नुभयो। त्यहाँ गुरु पीताम्बरदासजीसँग भेट भयो। आसाम रांशालीमागुरुजी सपरिवार निजानन्द धर्ममा दीक्षित हुनुभयो । बालक मंगलको उमेर पाँच वर्षको भएपछि पिताजीले उहाँलाई अक्षरारम्भ गराउनुभयो । पिता पुत्रको मिलन धेरै कालतक रहन पाएन । वि.सं. १९५८ मै पिता कल्याणदासको धामगमन भयो । परिवारमा ठूलो आघात पस्यो। दयनीय अवस्थामा केही वर्ष बिते। उहाँको परिवार रांशालीबाट तेजपुर आयो । त्यहाँबाट महात्मा श्री रंगीदाससँगै मंगलदासजीको परिवार पन्ना धाम पुग्यो। करीब १२ वर्षको उमेर भएपछि गुरुजीको खोजमा मंगलदासजी महामंगलपुरी धाम सूरत जानुभयो । त्यहाँ गुरु पीताम्बरदासजीलाई भेट्न पाउँदा अत्यन्त खुसी हुनुभयो । सुरुमा उहाँले गुरुसँग वाणीको तालिमलिनुभयो ।

केही समयपछि मंगलदासजी सूरतबाट भागेर जामनगर पुग्नुभयो । त्यहाँ पुगेर गादीपति श्री सुखलाल महाराजको छत्रछायामा रही तारतमसागरको तालिम लिनुभयो । ६ महिनापछि उहाँ पद्मावती पुरी, पन्नामा फर्किनुभयो । त्यहाँ रहँदा गुरु पीताम्बरदासको पत्र आयो । उहाँ बीतकको पाठ छोडेर सूरत जानुभयो । सूरत पुग्दा गुरुजी धाम गइसक्नु भएको पाउनुभयो । हृदयमा दुःख भयो। गुरुजीको सम्झनामाअखण्ड पारायण गर्नुभयो । सूरतका गादीपति पीताम्बरदास महाराजको धाम गमनपछि श्री रंगीदास महाराजलाई सूरतका गादीपति बनाइयो ।

गुरुजीको धाम गमन पश्चात्‌ माताजीसँगै ब्रह्मचारी मंगलदास मातृ भूमि नेपालमा फर्किनुभयो । केही समय नेपालमा रहेर कालिम्पोङ्‌ इच्छे वस्तीमा माताजी राजबाईलाई भेट्न जानुभयो । पुनः सूरत फर्केर गणदेवी, वलसाड, अंबाला, बहावलनगर, नागौर आदि नगरका प्रणामी मन्दिरमा पुजारीको रूपमा रहनुभयो । पछि मेडतामा पुगेर वि.सं. १७३१ देखि रेखदेख नगरिएको मन्दिरको जीर्णोद्धार गर्नुभयो । त्यहाँबाट ब्रह्यचारी मंगलले बनारस र चारै धामको पैदल यात्रा गर्नुभयो । हरिद्वार पुगेर गंगा किनारमा दिगम्बर वेशमा रहनुभयो । त्यहाँ रहँदा उहाँलाई भारतको पूर्वोत्तर दिशामा गएर जागनी गराउने प्रेरणा मिल्यो । हरिद्वारमै उहाँकी माताजीसँग भेट भयो । त्यहाँबाट दुवैजना पन्ना धाम जानुभयो । पन्नाबाट नेपाल हुँदै उहाँहरू कालिम्पोङको इच्छे वस्ती पुगो र कृष्ण प्रणामी मन्दिर सम्हाल्नु भयो ।

मंगल गुरुजीले अनेकौं सुधारका काम गर्नुभयो । उहाँले गौशाला र विद्यार्थीको लागि आश्रमको निर्माण गराउनु भयो। उहाँले दार्जीलिङ्ग, सिक्किम, आसाम, नेपाल, भुटान आदि स्थानको भ्रमण गरेर धर्म प्रचार गर्नुभयो । कालिम्पोङ्‌ बजारमा मन्दिर स्थापना गर्नुभयो । मंगल गुरुजीले अनेकौँ तह र तप्काका व्यक्तिलाई प्रणामी धर्ममा दीक्षित गराउनुभयो । उहाँले वि.सं. २००१ मा ‘प्रणामी बालिका विद्या मन्दिर’को स्थापना गर्नुभयो । गुरुजीले बेला बेलामा भारतका अन्य स्थानको पनि जागनी कार्य हेतु भ्रमण गर्नुभयो । बम्बइको भुलेश्वर मन्दिरमा रहेर उहाँले ‘प्रार्थना पुष्पाञ्जालि’ र ‘आत्म सोपान’ नामका किताब लेखेर प्रकाशन गराउनुभयो । गुरुजीले पैदलै हिँडेर अमरनाथको यात्रा पूरा गर्नुभयो । त्यहाँबाट फर्केर लुधियाना, अमृतसर, जालन्धर आदि स्थानमा कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो । वि.सं. २०१३ मा उहाँकी जननीको धाम गमन भयो ।

वि.सं. २०२२ मा गुरुजीले सिलिगुडीमा मन्दिर निर्माण गराउनु भयो। सिलिगुडी मन्दिरमा स्वस्थानी पूर्णिमाको दिनमा वार्षिक मेला गर्ने परम्परा रह्यो । उहाँले अनाथ आश्रमको सुरुवात गराउनु भयो । वि.सं. २०२५ मा गुरुजीले धर्म प्रचार गर्न पूर्वी नेपालका धुलावारी, बुधबारे, शनिश्चरे, दुवागढी आदिको भ्रमण गर्नुभयो ।

गुरुजीका हजारौं शिष्य भए । तिनमा पं. हिमकर शास्त्री, पं, भवानी शंकर सापकोटा, पं. सूर्यभक्त सापकोट, श्री माणिकदास, श्री राजदास, श्री राधिकादास, श्री सदानन्द महाराज, श्री टहल किशोर, श्री मोहन प्रियाचार्य, डा. तिलक चैतन्य आदि प्रमुख प्रचारकका रूपमा प्रतिष्ठित हुनुभयो । त्यस्तै उहाँले अनेकौं महिला प्रचारिका पनि तैयार गराउनुभयो । तिनमा माताजी प्रभावती बाई, गुरुमा वसन्त प्रभा, माताजी सरस्वती बाई, गीता बाई, सेवा बाई, भीमा बाई, शान्ति सिंह, तारा घिमिरे, मीरा बाई, शकुन्तला बाई, कृष्णा बाई, लक्ष्मी बाई आदि महिला प्रचारिका तैयार हुनुभयो ।

वि.सं. २०२९ मा गुरुजीले “गुरुजी प्रणामी मिसन ट्रष्टको’ स्थापना गर्नुभयो । गुरुजीले ‘तुम प्रेम सेवासे पाओगे पार’ मार्गलाई अगाडि बढाउनुभयो । गुरुजीले सबैलाई समाज सेवा गर्न प्रेरणा दिनु हुन्थ्यो। उहाँले मन्दिरको साथै स्कूल, आश्रम, धर्मशाला, गौशाला, अस्पताल आदिको स्थापना गराउनुभयो। वि.सं. २०३५ मा गुरुजीले इटहरीमा बुढी गंगाको किनारमा श्रीकृष्ण प्रणामी मुक्ति धामको स्थापना गर्नुभयो । भारतस्थित पन्नामा पनि धर्मशालाको निर्माण वि.सं. २०३५ मै गराउनुभयो । उहाँले सिलिगुडीमा वि.सं. २०३८ मा १०८ पारायण गराउनु भयो । वि.सं. २०३९ मा गुरुजीबाट मासिक पत्रिका ‘राजविद्या’को प्रकाशन सुरु गरियो ।

यसरी श्री कृष्ण प्रणामी समाजमा अनेकौँ सेवा कार्य गरेर गराएर, समाजलाई पथ प्रदर्शन गरेर पूज्य गुरुजीले वि.सं. १९४२ मा कालिम्पोङ्गमा इहलीला समाप्त गर्नुभयो । उहाँको पार्थिव शरीर संसारमा नरहेपनि उहाँको कीर्ति युग युग तक नेपाल तथा भारतमा फैलिरहने छ।
(मंगल स्मति ग्रन्थबाट साभार उद्धत वार सक्षेप)
Enable Notifications    Subscribe No thanks