August 8, 2021, Sun, 18:08:17
By सुश्री मालती ओझा, (SND)
राजबाई माताजीको जीवनी र योगदान
राजबाई माताजीको जीवनी र योगदान
राजबाई माताजीको जीवनी र योगदान
By सुश्री मालती ओझा, (SND)
2021-08-07
Shree Navatan Dham (SND)
काभ्रे जिल्लाको होक्से बुच्चाकोट भन्ने गाउँमा पहिलेदेखि
नै श्रीकृष्ण प्रणामी धर्मको प्रचार हुँदै आएको थियो । यसै गाउँको
ढुङ्गाना परिवारमा वि.सं. १९०० सालमा एक कन्याको जन्म भयो
जसको नाम राजक्मारी राखियो । पछि गएर यिनै राजकुमारी
राजबाई माताजीको नामले प्रसिद्ध भइन् ।
राजकुमारी दिनप्रतिदिन बढ्दै गइन् । मातापिताको काखमा रमाउँदै घर आँगनमा छमछम नाच्ने बालिका सबैको आँखाको पुतली बन्दै गइन् । उनको सुन्दर बनोट र प्रेमभावले सबैलाई आकर्षण गर्दथ्यो । त्यो कलकलाउँदो विरुवाले भविष्यमा महान् बन्ने लक्षण दर्शाउँदै थियो । उनका बाल्यावस्थाका क्रियाकलाप देखेर परिवार लगायत छिमेकीहरू पनि प्रभावित भएका थिए । बिहान सबेरै उठ्ने र हातमुख धोइ पूर्व दिशातर्फ फर्केर हात जोडेर प्रार्थना गर्ने उनको बानी थियो । त्यसपछि मातापितालाई प्रणाम गरी केही समय शान्त मुद्रामा मौन रहन्थिन् । उनको बाह्य व्यवहारमा पनि सद्गुणको भावना झल्कन्थ्यो ।
जब राजकुमारी चार वर्षमा प्रवेश गरिन् तब उनका पिताले आफनी धर्मशील सुपुत्री कस्तो कुलमा विवाह गरी दिउँ भनी राम्रो धार्मिक प्रवृतिको वर खोज्न थाले । त्यस समयमा जति सानो उमेरमा छोरीलाई कन्यादान गयो त्यति राम्रो हुन्छ भन्ने परम्परा थियो । सोही अनुसार कन्यालाई घर खोज्दै जाँदा राजकुमारीका पिताको काभ्रे जिल्लाकै दाप्चा भन्ने स्थानमा ब्रह्मज्योतिषसँग भेट भएछ । ब्रह्यज्योतिष श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित दामोदर ज्योतिषका छोरा थिए । ब्रह्माज्योतिषका सात जना छोराहरू थिए। जेठा र माहिला छोराहरूको विवाह भइसकेको थियो । त्यसैले ब्रहाज्योतिष, श्रीकृष्ण प्रणामी धर्मका कुटुम्ब भेटिएका हुनाले साहिँला छोरा दयालदासको विवाह गरिदिनु पन्यो भन्ने सोचमा परेछन् । दुवैतर्फ कुराकानी मिल्दै जाँदा राजकुमारीको दयालदाससँग विवाह सम्पन्न हुने निधो भएछ।
राम्रो लगन हेरेर विवाहको टुङ्गो भएपछि चार वर्षकी कन्या राजकुमारीको दाप्चा निवासी ब्रह्मज्योतिष प्रणामीका छोरा दयालदाससँग अञ्जान अवस्थामै विवाह सम्पन्न भएछ । त्यस जमानामा विवाह भएपछि उमेर नपुगुञ्जेल छोरीलाई माइतीमा बाबुआमाले हुर्काउने चलन भए बमोजिम विवाहको लगत्तै राजकुमारीलाई उनका मातापिताले माइतीमा ल्याएर पालनपोषण गरेछन् ।
राजकुमारीको माइतीमा लालनपालन हुँदै गयो । उता दयालदास आफना दुई दाजुभाइका साथ ढुङ्गखर्कमा गाई गोठ राखेर बसेका थिए । कहिलेकाहीँ उनीहरूको घरमा पाठ पारायण हुने गरेको रहेछ । सोही बमोजिम एक दिन उनको घरमा सत्संग हुँदा एकजना गुरुजीले परमात्मा प्राप्तिको बारेमा निकै सारगर्भित चर्चा गर्नुभएछ। त्यस चर्चाबाट दयालदास महाराज लगायत तीन दाजुभाइको मनमा धर्मप्रतिको जिज्ञासा बढेर विरक्ति उब्जेछ । एकदिन ढुङ्गखर्क गाई गोठमा रहेको बेला तीनै जना दाजुभाइले सल्लाह गरी अब तीर्थ तर्फ शास्त्राभ्यास गर्न जाउँ, सधैभर गाई पालेर अमूल्य जीवन नगुमाउँ भनी घरमा समेत जानकारी नदिइ भारततर्फ प्रस्थान गरेछन् ।
यता धेरै वर्षसम्म माइतमा रहँदा राजकुमारी कुरा बुभने हुँदै गइन् । घरमा आमालाई काममा सघाउने, सेवा पूजामा सरिक हुने, पूजाका भाँडा माभने आदि काम गर्दथिन् । आफू चौध पन्ध्र वर्षकी हुँदा गाउँका दिदी बहिनीहरूको विवाह भइ उनीहरूले घर माइत गरेको देख्दा राजकुमारीलाई आश्चर्य लाग्दोरहेछ । आफूसँगैका दिदी बहिनीहरू विवाह भइ घरमा गए तर आफूनो विवाह किन नगरिदिएको होला भनी उनी सोच्न थालिछन्। पुनः दुई/चार वर्षसम्म पनि आमाबाबुले आफूनो विवाहको बारेमा प्रसंग नउठाउँदा उनले आमासँग प्रश्न गरिछन् । आमाले राजकुमारी चार वर्षको हुँदा नै काभ्रे दाप्चा निवासी ब्रह्वाज्योतिषका छोरा दयालदाससँग विवाह भएको तर ज्वाई तीन दाजुभाइ सहित ढुङ्गखर्क गोठबाट हराएको खबर सुनाइछन् । कोही व्यक्तिले श्रीकृष्ण प्रणामीहरूको मुख्य तीर्थ श्री ५ नवतनपुरीधाम जामनगरतिर गएका थिए रे भन्ने खबर ल्याए तापनि वास्तवमा उनीहरू कहाँ गएका छन् भन्ने एकिन नहुँदा केही कुरा पत्ता लाग्न नसकेको सम्पूर्ण वृत्तान्त आमाले बताइछन् ।
राजकुमारीको मनमा झनै खुल्दुली बढ्न थालेछ। विवाह त भएको रहेछ तर श्रीमानको पत्ता लाग्न नसक्ने अवस्था देखेर उनी छक्क परिछन् र यस्तो आँट निकालिछन् कि अब म श्रीमानको पत्तो लगाएरै छाड्छु भनी माइतीबाट ठेगाना लिइ दाप्चास्थित घरमा पुगिछन्। घरमा सासु ससुरासँग परिचय गरी दर्शन भेट पश्चात् आफनो श्रीमान् सहित तीनैजना दाजुभाइको नाम ठेगाना र हुलिया समेतको जानकारी लिइ खोजको योजना बनाइछन् ।
यसै समयमा दाप्चा फूलवारीका दुई/चार सुन्दरसाथहरू तीर्थ जाने तयारीमा रहेछन् । तिनीहरूको योजना थाहा पाएकी राजकुमारी, मातापितालाई “म श्रीमानूलाई भेटेरै आउँछु, नभए पनि कहाँ हुनुहुन्छ केही खबर बुझेर आउँछु” भनी तीर्थ जाने सुन्दरसाथको साथमा नवतनपु