August 6, 2021, Fri, 58:08:08
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल - सङ्श्षिप्त चिनारी
श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल - सङ्श्षिप्त चिनारी
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल - सङ्श्षिप्त चिनारी
श्रीकृष्ण प्रणामी सेवा  समिति, नेपाल – सङ्श्षिप्त चिनारी
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-08-06
श्रीकृष्ण प्रणामी सेवा  समिति, नेपाल – सङ्श्षिप्त चिनारी

Shree Navatan Dham (SND)

नेपालमा एकतन्त्रीय राणा सरकारको १०४ वर्षको शासनकालमा श्रीकृष्ण प्रणामी धर्मको प्रचारमा वि.सं. १९५० साल, १९८५ साल र २०० २ सालमा एकपछि अर्को गरी व्यवधान उत्पन्न गरियो । प्रणामीलाई धर्म प्रचार गरे वापत तोपले उडाउने, पक्रेर नजर बन्दमा राखी मुद्दा लगाउने, मन्दिर भत्काइ दिने, भजन कोर्तनमा संलग्न हुनेलाई पाता फर्काएर बाँध्ने र कुटपिट गर्ने, बाल, बृद्धबृद्धा र नारी जाति समेतलाई अमानवीय यातना दिने आदि काम भए । पुरातनवादी पण्डित र कर्मकाण्डी पुरोहित तथा छुल्याहाहरूको उजुरलाई आधार बनाएर राणा सरकारले कृष्ण भक्तिको प्रचारमा रोक समेत लगायो । प्रत्येक पल्टको उजुरीमा प्रणामीजनले सफाइ पाए पनि प्रणामीलाई हेयको दृष्टिले हेर्ने, सामाजिक रूपमा वहिष्कार गर्ने आदि काम भए । वि.सं. 1९५० र १९०५ को काण्डलाई एक्ला दयालदास महाराजले लडेर साम्य पार्नुभयो । वि.सं. २००२ को काण्डमा सर्व साधारण प्रणामी र युगलदास महाराजले दुःख पाउनुभयो । वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भइ प्रजातन्त्रको स्थापना भएपछि मात्र प्रणामी बन्धुले स्वतन्त्र रूपले धर्मको प्रचार गर्न पाए।

वि.सं. २००७ सालपछि नेपालमा संघ, संस्थाहरू धमाधम खुल्न थाले । श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरू पनि संगठित रूपमा अगाडि आउने जमर्को गर्न थाले । त्यत्तिखेर नरदेवी येल, काठमाडौंको प्रणामी आश्रम धर्म प्रचारको केन्द्र विन्दु थियो । त्यहाँ युगलदास महाराज, पूर्णब्रह्य शास्त्री आदि प्रणामीजन जम्मा भएर नयाँ मार्ग अवलम्बन गर्न कुरा सोच्दथे । यसरी विचार विमर्श हुँदा प्रणामी समाजको सुधारको आवश्यकता महसुस गरियो । त्यहाँ उपस्थित सबैले सङ्क्षिप्त वक्तव्य दिएर प्रणामी हा समाजलाई देशव्यापी रूपमा सञ्चालन गर्न ष्डय कृष्ण प्रणामी समाज (संस्था) खोल्ने निधो गरियो । त्यस संस्थाका पदाधिकारीलाई समाजसेवक भनियो । प्रणामी समाजको त्यो २०१२ मा गठन गरिएको संस्था नै वर्तमान श्रीकृष्ण प्रणामी सेवा समितिको प्रारूप थियो (परिशिष्ट – १ क)।

उक्त प्रणामी समाजले पुस्तकालय, विद्यालय, औषधालय, गोशाला, दस्तकारी घरेलु कृषि विज्ञानको स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो । यसरी वि.सं. २०१२ सालदेखि सांगठनिक रूपमा श्रीकृष्ण प्रणामी समाजलाई अगाडि बढाउने क्रममा पहिलो पाइला चालियो ।

युगलदास महाराज वि.सं. २००३ सालमा काठमाडौँ आएर बस्नुभयो । डिल्लीबजारमा कालुराम मारवाडीको घरमा बसेपछि उहाँले श्रीकृष्ण प्रणामीहरूको हितार्थ सेवा समितिको आवश्यकता महसुस गर्नुभयो । वि.सं. २०१२ मा गठन गरिएको प्रणामी समाज संस्था त्यति क्रियाशील हुन सकेन । त्यसैले महात्मा युगलदासजीले एउय सेवा समितिको परिकल्पना गर्नुभयो । दुर्भाग्यवस मुख्य हर्ताकर्ता कार्याध्यक्ष भएका राजदास वादे श्रेष्ठको हवाइजहाज दुर्घटनामा परि मृत्यु भयो । यसबाट प्रणामी समाज (संस्था)लाई ठूलो धक्का लाग्यो ।

युगलदास महाराजले श्रीकृष्ण प्रणामी मन्दिर स्थापनार्थ रामचन्द्र गुठीको धनसार घर चेतबहादुर बस्नेतसँग रु.७0001- (सात हजार)मा किनी घरसारको कागज गराउनुभयो । पछि चेतबहादुरले सो घर रजिष्ट्रेशन पास गरी दिएनन्‌ । घर पास गरी पाउन मुद्दा गर्नु पत्यो । युगलदास महाराज र चेतबहादुरलाई नचाउनेहरूले सो घर खड्गदास नामका अर्का साधुका नाममा पास गराइ दिने प्रपंच रचे । आखिर त्यस्तै भयो । खड्गदासको नाममा घर पास भएपछि खड्गदासले युगलदास महाराजको नाममा घर नामसारी गरी दिन आनाकानी गर्न थाले । खड्गदासलाई अनेकाँ प्रलोभन देखाएपछि वल्लतल्ल युगलदासजीको नाममा घरको नामसारी भयो । यसमा प्रमुख भूमिका पं. देवकृष्ण शास्त्रीको थियो । देवकृष्णशास्त्रीले खड्गदासलाई सम्झाइ बु’फाइ डिल्लीबजारको घर युगलदासजीको नाममा ल्याए। पछि सो घर समितिको नाममा हुने भनेपछि मात्र साधु खड्गदासले नामसारी गरी दिन मानेका थिए ।

डिल्लीबजारको त्यस घरमा मन्दिर स्थापना गरी आउनु भएका महाराज युगलदासले प्रणामी समाजको लागि समितिको आवश्यकता महसुस गरी विभिन्न मानिससँग परामर्श गर्न थाल्नुभयो । समिति खोल्ने कुरामा सबै सहमत थिए तर पञ्चायती शासनका सुरुका वर्षमा सामाजिक वा धार्मिक संघ संस्था खोल्न गाञ्हो थियो । राजनैतिक पार्टीहरू प्रतिवन्धित थिए । यस्तो अवस्थामा अगाडि सर्ने कोही थिएन । तर पनि समय समयमा तदर्थ समिति बनाएर काम सुरु गरिएको थियो (परिशिष्ट – १ ख) । युगलदास महाराजले वि.सं. २०२२ तिर त्रिचन्द्र कलेजका तात्कालीन उप-प्राध्यापक छविलाल गजुरेलसँग पनि परामर्श गर्नुभयो । उनले ‘श्रीकृष्ण प्रणामी सेवा समिति’ नाम चयन गरी विधानको खेस्रा तयार गरी महाराजजीलाई बुझाए । महाराजजीले सो खेस्रा विधानलाई पछि वि.सं. २०२३ सालमा अञ्चलाधीश अफिसबाट रजिष्ट्रर गराउनुभयो । विधानलाई तत्कालीन श्री ५ को सरकारबाट रजिष्टर गर्ने सम्बन्धमा परमधामवासी पदमबहादुर अधिकारीको ठूलो योगदान भयो । संस्था रजिष्टर भएको जानकारी युगलदास महाराजलाई यसरी दिइएको थियो । त्यसको फोटोकपी र सक्कलको उतार यहाँ समेटिएको छ।

यसरी विधिवत रूपमा ‘श्रीकृष्ण प्रणामी सेवा समिति’को स्थापना भयो । युगलदास महाराज अध्यक्ष भए पनि कार्यकुशल व्यक्ति पाउन गाज्हो थियो । समिति सञ्चालन गर्ने अनुभव कसैमा थिएन । अध्यक्ष, महासचिव, कोषाध्यक्ष, सदस्य आदि नाम राखेर संस्था सुरु गरिए तापनि समिति क्रियाशील हुन सकेन । पढेलेखेका मानिस प्रणामी धर्ममा आवद्ध थिएनन्‌ । आवत जावतमा पनि कठिनाइ थियो। बाँसवारीका पदम बहादुर अधिकारी, देवकृष्ण शास्त्री, वनेपाका गोपालदास वादे श्रेष्ठ, माणिकदास प्रणामी, नानीकाजी बस्नेत, आरुवोटका शिव पौडेल, शिव सुवेदी आदि यस्तै व्यक्तिहरूको जमघट हुन्थ्यो । महाराज युगलदासले छानेका मानिस नै समितिका पदाधिकारी हुन्थे । चुनावको आवश्यकता नै थिएन । उहाँले छानेको व्यक्तिलाई जम्मा भएका सुन्दरसाथले ताली बजाएर समर्थन जनाउँथे । समितिको प्रारम्भिक अवस्था यस्तै थियो । वि.सं. २०२३ सालमा गठन गरिएको समितिमा निम्न महानुभाव थिए-

युगलदास महाराज अध्यक्ष, कार्य समितिका अन्य व्यक्तिमा गोपाल वादे श्रेष्ठ, पदमबहादुर अधिकारी, पीताम्बर ध्वज खाती, देवीप्रसाद उप्रेती, पं. देवकृष्ण शास्त्री, गजेन्द्र बहादुर अमात्य, तेजबहादुर के.सी., तिलकबहादुर के.सी. आदि थिए ।

श्रीकृष्ण प्रणामी सेवा समितिको प्रथम महाधिवेशन वि.सं. २०२४ साल जेष्ठ २४ गते लायक मञ्च बनेपामा भएको थियो । त्यस महाधिवेशनको उद्घाटन तात्कालीन राज्य मन्त्री नेत्र विक्रम थापाबाट भएको थियो । त्यस समारोहमा भेला भएका सुन्दरसाथको आतिथ्य बनेपाका गोपालदास वादे श्रेष्ठले गर्नुभएको थियो । अधिवेशन पश्चात्‌ समिति (परिशिष्ट -१ ग र घ) विस्तार विस्तार अगाडि बढ्यो । वि.सं. २०२२ सालदेखि नै युगलदास महाराज पुलचोक दमकल अगाडिको रुक्मिणी श्रेष्ठको घरमा गएर बस्न थाल्नुभयो । डिल्लीबजार मन्दिर सञ्चालन गर्न पुजारीको व्यवस्था गरियो । डिल्लीबजार मन्दिरमा हुने सुन्दरसाथको आवतजावत घट्यो । युगलदास महाराज जता जानुभयो सुन्दरसाथको ओइरो उतै लाग्दथ्यो । उहाँ पुलचोकको घर मन्दिरमा बस्दा निजानन्द आश्रमको आवश्यकता महसुस भयो । त्यही पुलचोकको घर मन्दिरमा बस्ने सुब्बा गजेन्द्रबहादुर अमात्य र रुक्मिणी श्रेष्ठले पुलचोक खड्गजोगिनी थुम्कोको एक रोपनी पर्ती जग्गा ललितपुर नगर पञ्चायतबाट निजानन्द आश्रम बनाउन पाउने स्वीकृति प्राप्त गराए। सो स्वीकृति मिलेपछि श्रीकृष्ण प्रणामी सेवा समितिको ध्यान आश्रम निर्माण गर्ने तर्फ गयो। चन्दा उठाउने काम प्रारम्भ भयो । युगलदास महाराज स्वयंले चन्दा उठाउन नेपाल तथा भारतका विभिन्न स्थानको भ्रमण गर्नुभयो । समितिको थोर बहुत पुनर्गठन हुँदै गयो (परिशिष्ट -१ ङ) ।

वि.सं. २०२९ सालमा इमाडोलमा श्रीकृष्ण प्रणामी मन्दिरको उद्घाटन गर्न पाल्नुभएका आचार्य श्री १०८ धर्मदास महाराजका कर कमलबाट पुलचोकमा निजानन्द आश्रम निर्माण कार्यको शिलान्यास गरियो । त्यसपछि चन्दा संकलन गर्ने काममा तीव्रता आयो । श्रीकृष्ण प्रणामी धर्मका आचार्य काठमाडौं आएका बखत श्रीकृष्ण प्रणामी सेवा समितिको पनि पुनर्गठन गरियो (परिशिष्ट – १ च) । नवगठित समितिमा अध्यक्ष श्री युगलदास महाराज नै रहनुभयो । त्यो समितिको बैठक डिल्लीबजार मन्दिरमा बस्न थाल्यो । युगलदास महाराज चाँही पुलचोकमै बस्नुहुन्थ्यो । उहाँ समितिको मिटिङमा आउनु हुन्नथ्यो । पुलचोकको घर मन्दिरमा युगलदास महाराजको उपस्थितिको कारणले सधैँ मेला जस्तो लाग्दथ्यो । भक्तजनहरूको आवत जावत भइरहन्थ्यो । कोही युगलदास महाराजलाई भेट्न आउँथे, कोही वाणी सिक्न आउँथे, कोही भजन कीर्तन र आरतीमा सम्मिलित हुन्थे । पुलचोकको घर मन्दिरमा ठूलो चहलपहल थियो ।

यस्तैमा वि.सं. २०३२ साल लाग्यो । पूर्वोत्तर भारतमा प्रणामीले शिवलिङ्ग भत्काए भन्ने आरोप प्रणामीलाई लगाए । त्यो आरोपमा कति सत्यता थियो सो थाहा हुन सकेन । आसामबाट अमूक व्यक्तिले त्यो आरोपित सन्देश नेपालमा ल्याएर प्रचार गरेछ। त्यसको अत्यन्त नराम्रो प्रभाव प्रणामी समाजमा फ्यो। परम्परावादी पण्डितहरूले प्रणामी धर्म, मुसलमानी धर्म हो, प्रणामीहरू गहुँको पीठोको गाई बनाएर बध गर्छन्‌, हिन्दू संस्कार अनुसारको कार्य गर्दैनन्‌, मूर्ति पूजा गर्दैनन्‌, यिनीहरूलाई सामाजिक रूपमै बहिष्कार गर्नुपर्छ भनेर धरानमा २०३२ साल कार्तिक ९, १० र ११ गतेको दिन छलफलको कार्यक्रम राखे । प्रणामी बन्धुहरू पनि आफ्ना समाजका विद्वान्‌हरू जुटाएर छलफलमा सरिक भए । धरानको धर्म युद्धको वातावरण कोरव र पाण्डवको युद्ध जस्तै थियो । परम्परावादी पण्डितहरू बढी आक्रामक थिए भने प्रणामी बन्धुहरू प्रतिरक्षामा थिए । आरोप प्रत्यारोप बीच छलफल चल्दै गयो । आखिर श्रीकृष्ण प्रणामी धर्म, हिन्दू सनातन धर्म नै ठहरियो । अनि दुवै पक्ष बीचमा “हामी सबै सनातनी हौँ’ भन्ने सहमति गर्दै वार्ता टुङ्गियो उक्त अवसरमा भएको निर्णय र सहभागीको नाम यस प्रकारको छ –

निर्णय
हामी सबै सनातन वैदिक धर्मावलम्बी हौं । हामी वैदिक धर्मका सबै मान्यतालाई पालना गर्दछौं । भागवत तथा वेदमा उल्लेखित देवी देवता तथा तीर्थको मर्यादा तथा मान्यतामा हाम्रो समान विश्वास छ, यसैबाट नेपाली समाजमा पारस्परिक एकता बढी राष्ट्रको र समाजको कल्याण हुन्छ भन्ने हाम्रो समान विश्वास छ।
श्रीकृष्णप्रणामी पक्षबाट- (१) श्री पूर्णब्रह्म शास्त्री (२) पं. श्री लक्ष्मीकान्त शास्त्री (३) पं. श्री वंशीधर शास्त्री (४) पं. श्री हिमकर सापकोटा (५) पं. श्री कृष्णप्रसाद सापकोटा (६) पं. श्री हरिहर शास्त्री (७) श्रीमती विमला मेहता (८) महन्त श्री लखनदासजी र (९) श्री श्यामविहारी दुवे ।

तथा वैदिक सनातन धर्म पक्षबाट- (१) श्री स्वामी ईश्वरानन्दज्यू (२) श्री योगी नरहरीनाथज्यू
(३) पं. श्री खेमराज केशवशरणज्यू (४) पं. श्री छविलाल पोखरेलज्यू (५) पं. श्री कृष्णप्रसाद वस्तीज्यू
(६) पं. श्री टंकप्रसाद शास्त्रीज्यू सम्मिलित हुनु हुन्थ्यो ।

छलफल टुङ्गिएपछि परम्परावादी पण्डितले छलफलको “विवरण पत्र’ भनेर पुस्तिका निकाले त्यसमा लगाइएका आरोपलाई कालोमसीले पोतेर छोप्ने प्रयल गरिएको थियो । प्रणामीहरूले पनि “विवरण पत्रको समीक्षा प्रकाशित गराएर लगाइएका झुट्टा लाञ्छनाको मुखतोड जवाफ दिए । यसरी पञ्चायती शासन कालमा पनि श्रीकृष्ण प्रणामी धर्मले अनेकौँ आरोपको सामना गर्नु पन्यो । यसबाट श्रीकृष्ण प्रणामी सेवा समितिको विकास एवं विस्तारमा धक्का लाग्यो ।

यसरी नै श्रीकृष्ण प्रणामी सेवा समिति विभिन्न आरोह अवरोह पार गर्दै धिमे चालमा अगाडि बढ्दै थियो । समितिलाई गतिदिन अध्यक्ष युगलदास महाराजले वि.सं. २०३५ तिर एउय भेलाको आयोजना निजानन्द आश्रम पुलचोकमा गर्नुभयो । त्यो भेलामा करीव एकसय जना जति प्रणामी थिए । त्यहाँ सभा सञ्चालन गर्दै महाराज युगलदासजीले भन्नुभयो– ‘अब म बूढो भएँ, वि.सं. २०२३ देखि अहिलेसम्म सेवा समितिको अध्यक्ष पद पनि सम्हाले । अब म यो कार्यभार तिमीहरू मध्ये कसैलाई सुम्पिन चाहन्छु। महाराजजीको त्यो कुरा सुनेपछि उपस्थित सबैले एक स्वरले भने– “हजुरले जसलाई विश्वास गरेर अध्यक्ष पद सुम्पिन चाहनु हुन्छ त्यो हामीलाई स्वीकार्य छ।’ सभाको त्यो कुरा सुनेर महाराजजीले पुनः भन्नुभयो– त्यसो हो भने, अध्यक्षको पद म डा. छविलाल गजुरेललाई सुम्पिन्छु।’ महाराजजीको त्यो वाक्य सुन्ने वित्तिकै उपस्थित सबैले ताली बजाएर उहाँको प्रस्तावलाई स्वीकार गरे ।

यसै बीच डा. छविलाल गजुरेलले उठेर त्यो सभालाई सम्बोधन गर्दै भने– ‘महाराजजीले असीम कपा र विश्वास गरेर अध्यक्ष पद मलाई सुम्पिनु भयो । म कृतकृत्य भएको छु। तर म एक गृहस्थ आश्रममा रहेको, संस्कृत भाषाको ज्ञान नभएको, तारतम सागर, बीतक आदि ग्रन्थको गहिरो अध्ययन नगरेको व्यक्ति महाराजजी जस्तो मूर्धन्य व्यक्तिले चलाइ आएको संस्था चलाउन असमर्थ छु । यो अध्यक्षको पदमा साधु, सन्तलाई राख्ने परम्परा कायम गर्न पाए संस्थाको विकास हुने थियो भन्ने मेरो विचार छ ।’ उनको कुरा सुनेर सभाले प्रति प्रश्न गच्यो– ‘त्यस्तो साधु, सन्त हाम्रो समाजमा को छ त ?’ गजुरेलले मोहन मुकुन्दको नाम प्रस्ताव गरे । सभाले श्रीकृष्ण प्रणामी सेवा समितिको अध्यक्ष पदमा सन्त मोहन मुकुन्दलाई सर्व सम्मतिले चयन ग्यो । त्यतिखेर मोहन मुकुन्द त्रिवेणी धाममा हुनुहुँदो रहेछ। उहाँलाई काठमाडौं झिकाएर अध्यक्ष पदको जिम्मेवारी सुम्पिने निधो गरी त्यो सभा त्यहीँ विसर्जन भयो । सन्त मोहन मुकुन्दलाई श्रीकृष्ण प्रणामी सेवा समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएपछि उहाँलाई त्रिवेणीबाट काठमाडौं झिकाएर अध्यक्षको पदभार सुम्पियो (परिशिष्ट-१ छ) ।

मोहन मुकुन्दले अध्यक्षता गरेको समितिले आफ्नो कार्यकाल वि.सं. २०३५।४।७-२०३७।४१७ मा नेपालका प्रणामीहरूको जनसंख्या लिने कामको थालनी गग्यो । धार्मिक साहित्य प्रकाशनको निमित्त आवश्यक पर्ने प्रेस स्थापना गर्ने पनि प्रयास गच्यो। यस बाहेक समितिमा अरू भइपरी आउने काम त्यस समयमा यथावत रूपमै चलेको बुझिन्छ । प्रणामीहरूको गणना गर्ने कामको श्रीगणेश मात्र हुन सक्यो । त्यस्तै प्रेस स्थापनाको निर्णयले पनि मूर्तरूप लिन सकेन । सायद यिनै सपना पूरा गर्न सक्ने अवस्था नदेखेर सन्त मोहन मुकुन्दले कार्यकाल पूरा हुनु अगावै अध्यक्ष पदबाट राजीनामा दिनुभयो ।

मोहन मुकुन्दले राजीनामा दिएपछि अध्यक्षको कार्यभार पुनः संरक्षकको हैसियतले महात्मा युगलदासजीले लिनुभयो । युगलदास महाराजले वि.सं. २०३७।४१०५ देखि २०३०८।४।३० सम्म स्वयं समिति सञ्चालन गर्नुभयो ।

नेपाल सरकारको मन्त्री पद सम्हाली सकेका पीताम्बरध्वज खातीले वि.सं. २०३८।४।३१ मा सातौंअधिवेशनको निर्णयअनुसार समितिको अध्यक्ष पद सम्हाल्नु भयो (परिशिष्ट-१ ज) । त्यस समितिकोकार्यकालमा निजानन्द आश्रम पुलचोकको निर्माण पूरा भइ त्यसको समुद्घाटन आचार्य श्री १०८ धर्मदास महाराजबाट हुन गयो । निजानन्द आश्रम व्यवस्थित रूपमा चल्न थाल्यो । वि.सं. २०४४ मा महाराज युगलदासजीको दुःखद निधन भयो । प्रणामी समाज शोकाकुल भयो । महाराजजीको पार्थिव शरीरलाई समाधिष्ट गर्ने काममा पुलचोकका गजेन्द्र बहादुर अमात्यले ठूलो योगदान गर्नुभयो । श्रीकृष्ण प्रणामी सेवा समितिका संस्थापक अध्यक्षको निधनले प्रणामी समाजमा अपूरणीय क्षति यसै काल खण्डमा भयो । यसले समितिको विकासमा झन शिथिलता ल्यायो । यो समितिको कार्यकाल २०४४।१२।३० सम्म रत्यो।

तिलक बहादुर खत्रीले वि.सं. २०४५१॥१ बाट श्रीकृष्ण प्रणामी सेवा समितिको अध्यक्ष पद सम्हाल्नुभयो (परिशिष्ट-१ झ) । समितिले वि.सं. २०२३।९।५ मा नेपाल सरकारबाट स्वीकृत भएको विधानको पहिलो संशोधन गन्यो । साथै वि.सं. २०४७ साल माघ १८ गतेबाट सेवा समितिको भातृ संस्थाको रूपमा श्रीकृष्ण प्रणामी युवा परिषद्को जन्म भयो । त्यो परिषद्को संस्थापक अध्यक्षमा कल्याण कुमार कार्को रहनुभयो । धार्मिक संस्थालाई सामाजिक सेवामा पनि उन्मुख गराउने उद्देश्यले त्यो भातृ संगठनको गठन गरिएको थियो । प्रायशः लथालिङ्ग अवस्थामा रहेको श्रीकृष्ण प्रणामी सेवा समितिको जग मजवुत पार्ने काम उपरोक्त समितिको कार्यकालमा भयो । व्यवस्थापन पक्ष सुदृढ हुँदै गयो । समितिमा जागरुक नयाँ पुस्ताको प्रवेश हुन थाल्यो।

दशौं साधारण सभाले वि.सं. २०४८ देखि समितिको सचिवको पद सम्हाल्नु भएका कृष्णप्रसाद खतिवडालाई वि.सं. २०५१॥१।१ मा अध्यक्ष पदमा स्थापित गन्यो । खतिवडाजीले सेवा समितिको अध्यक्षको रूपमा तीन कार्यकाल बिताउनु भयो (परिशिष्ट-१ अ) । श्रीकृष्ण प्रणामी सेवा समितिको बासस्थानको ठेगाना नहुनाले समितिका मिटिङ्ग कहिले डिल्लीबजार, कहिले पुलचोक, कहिले इमाडोलमा गर्नु पर्ने बाध्यता थियो। यी तीनै ठाउँमा श्रीकृष्ण प्रणामी धर्मको केन्द्रीय धाम बनाउने जग्गाको अभाव थियो । यही कुरालाई महसुस गरेर समितिले जग्गाको खोजी गन्यो । खोजीको क्रममा गोठायरको कथुरे डाँडो समितिको दृष्टिमा प्यो र त्यस क्षेत्रको भविष्य उज्ज्वल हुने देखेर मन्दिर निर्माणार्थ त्यो डाँडोको जग्गा खरिद गरियो । त्यो जग्गा खरिद गरिएपछि त्यसलाई नवतनधाम निर्माण गर्ने थलोको रूपमा त्यसको भूमि पूजन र शिलान्यास गरी त्यसको ‘नवतन धाम’ नामाकरण गरियो । यसबाट प्रणामी समाजमा नयाँ उत्साह पैदा भयो। जंगललाई मंगल बनाउने सपना बोकेको श्रीकृष्ण प्रणामी सेवा समितिको यो दूरदर्शी र सकारात्मक कदम थियो । साथै वि.सं. २०५३ सालमा प्रणामी महिलाहरूको संगठन श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नामक भगिनी संस्थाको उदय भयो । यसरी संस्थागत रूपमै श्रीकृष्ण प्रणामी सेवा समिति सुदृढ हुँदै गयो ।

वास्तवमा वि.सं. २०४० साल देखि नै केन्द्रीय धाम स्थापनाको लागि जग्गा खोज्ने काम गरियो । करीब तीस चालीस ठाउँको जग्गा हेरेपछि गोठायरको कथुरे डाँडाको जग्गा उपयुक्त ठहस्याइयो र वि.सं. २०४९ सालमा सो जग्गा खरिद गर्ने पहिलो निर्णय गरियो । २०५१ सालमा सो ठाउँको १३ रोपनी जग्गा खरिद गर्न बैना बट्टा गरियो । वि.सं. २०५२ सालमा १३ रोपनी जग्गा समितिको नाममा पास गरियो । वि.सं. २०५३ मा ९ रोपनी पर्ती जग्गा सरकारसँग माग गरियो जुन २०५८ सालमा आइपुग्दा समितिको नाममा दर्ता भयो । २०५४ साल सम्ममा जम्मा २४ रोपनी जमिन खरिद गरियो । वि.सं. २०५५ मा अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म महोत्सव नेपालको आयोजना गरियो जसमा ५२ वटा गैर प्रणामी संस्थाको सहभागिता थियो । त्यो गोठाटार कथुरे डाँडाको नाम २०५१ साल फागुन २० गते नवतनधाम राखी त्यसको भूमि पूजन प्रमुख अतिथि तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट गराइयो । उक्त समारोहमा श्री ५ नवतनपुरी धामका धर्माचार्य श्री १०५ कृष्णमणि महाराजको सुखद उपस्थिति रहेको थियो । त्यस समारोह पश्चात्‌ मन्दिर निर्माणार्थ रु. एक करोड पचास लाखको चन्दा लेखाइयो । मन्दिर निर्माणार्थ चन्दा प्रदान गर्ने वचन बध्दता प्राप्त भएपछि निमार्ण समिति गठन गरियो । मदन कृष्ण शर्माको अध्यक्षतामा गठित निर्माण समितिले तीव्रताका साथ काम सुरु गच्यो (परिशिष्ट-१ ट) । २०५० सालमा नेपाल सरकारबाट प्राप्त ९ रोपनी र २०६९ सालमा पुनः खरिद गरिएको दुई रोपनी ८ आना समेत गरी हाल मन्दिर परिसरको जग्गा ३५ रोपनी ८ आना छ। यसमा बायेले ओगटेको २ रोपनी समेत जोड्दा कुल क्षेत्रफल ३७ रोपनी ८ आना हुन आउँछ।

तीन कार्य कालका समितिले जग्गा खरिद गर्ने बाहेक अन्य महत्वपूर्ण काम पनि गरेका छन्‌ । २०५१ मा गोशाला र अस्थायी टहराबाट निर्माण सुरु भएको नवतनधाममा ५६-५७ मा प्राणनाथ भवनको निर्माण भयो । यस वाहेक केन्द्रीय तथा शाखा मन्दिरहरूको निर्माण तथा जीर्णोद्धार पर्दछन्‌ । नयाँ निर्माण भएका मन्दिरहरूमा गोठाटारको मन्दिर (५१-५२ साल), दहचोकको मन्दिर (५३-५४ साल), तीनकुने, कोटेश्वरको मन्दिर (२०५० साल), नजरपुरको मन्दिर, आवु खैरेनीको मन्दिर, पोखरा वैदामको मन्दिर आदि पर्दछन्‌। साथै केही मन्दिरको पुनः निर्माण गरिएको छ। तिनमा इमाडोलको मन्दिर (५५-५६साल), ‘टिकौलीको मन्दिरको पुनःनिर्माण (५५-५६) भयो । साथै बुङ्मतीको मन्दिरको पनि पुनःनिर्माण गरियो ।

अन्य सम्पादन गरिएका कार्यमा नेपालका २२ वय जिल्लामा समितिका शाखाहरू खोलिए । वि.सं. २०४७ मा संशोधन गरिएको संविधान २०५४ सालमा पुनः लेखन गरि नयाँ विधानको तर्जुमा गरियो । वि.सं. २०५३ सालमा श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिको गठन गरियो, जसको प्रथम अध्यक्ष राधादेवी अधिकारी हुनुभयो । प्रकाशनको क्षेत्रमा ‘नवतन प्रकाश’ नामक त्रैमासिक पत्रिका चलाइयो जुन करीव तीन वर्ष जति मात्र चल्न सक्यो ।

श्री पूर्णप्रसाद अधिकारीले वि.सं. २०५९।११।९ बाट अध्यक्षको कार्यभार सम्हालेपछि श्रीकृष्ण प्रणामी सेवा समिति, केन्द्रीय मन्दिर निर्माणको युगमा प्रवेश गप्यो (परिशिष्ट – १ ठ) । यस समितिको कार्यकालमा मन्दिर, बृद्धाश्रम, भाञ्छाघर लगायतका भवनको निर्माण गर्न आवश्यक पर्ने नाप, नक्शा आदिको काम पूरा गरियो । समितिले मन्दिर र मन्दिर परिसरको पूरा डिजाइन तयार पाय्यो । पूर्ववत्‌ समितिका पालामा भएका थोर बहुत निर्माणलाई पनि उक्त समितिले अगाडि बढाउँदै नयाँ निर्माणको काम पूरा गरायो । मूल मन्दिरको नक्शालाई नवतनपुरीका ॥10॥(७००४। इन्जिनियरले समेत संशोधन गरी पठाएको हुँदा मन्दिर निर्माणको कार्य शीघ्रताका साथ सम्पन्न हुने वातावरण तयार भयो । यस समितिको कार्यकाल २०६२।१२।११ सम्म रह्यो ।

अधिवक्ता हरिकेशव फुँयाल अध्यक्ष हुनुभन्दा अगाडि पनि सेवा समितिको विभिन्न पदमा रही काम गरी सक्नुभएको र कानूनमा विशेष दख्खल भएको हुँदा समिति र यस अन्तर्गतका अन्य मन्दिर तथा आश्रममा परि आएका कानूनी कुराको समाधान निकाल्न पहिलेदेखि नै सक्रिय हुनुहुन्थ्यो । उहाँको अध्यक्षतामा गठित दुई समितिका कार्यकाल भित्र नवतनधाम, गोठाटरमा श्रीकृष्ण प्रणामी मूल मन्दिरको निर्माण सम्पन्न भयो (परिशिष्ट – १ ड) । मूल मन्दिर निर्माणमा मन्दिर निर्माण समितिको अहं भूमिका रह्यो । श्री ५ नवतनपुरी धाम, गुजरातको समर्थन र सहयोग पनि आद्योपान्त रहिरह्यो । नवतनपुरीका वर्तमान गादीपति … श्री १०५ कृष्णमणि महाराजको समर्थन, आशीर्वाद एवं सहयोग सबै रहेकोले मन्दिर निर्माणको कामले चाँडै नै पूर्णता पायो । मन्दिर निर्माणार्थ चन्दा उठाउने कार्यदेखि लिएर सबैको सहयोग प्राप्त गर्ने काममा समिति अत्यन्त क्रियाशील रह्यो । समितिले १२०० पारायणको आयोजना नवतनधाम, गोठाटारमा गच्यो । त्यस पारायणमा प्रणामी धर्मका विद्वान्‌ विदुषीले प्रवचन दिएर श्रीकृष्ण प्रणामी ‘ धर्मको सैद्धान्तिक पक्षमा प्रकाश पार्नुभयो । यसबाट प्रणामी धर्मलाई नजिकैबाट निहाल्न प्रणामी इतरका व्यक्तिलाई सजिलो हुन गयो । त्यस पारायणमा धेरै जिज्ञासुहरू प्रणामी धर्ममा दीक्षित भए ।

समितिका अन्य काममा यसले तलैबाट जग उठाएर सभाहलको निर्माण गरायो । बाटो पीच गरियो। नवतन धामको दक्षिणपट्टि वारपार 10101119 ५४/9॥ (संरक्षणीय पर्खाल) लगाइयो । माथि मूल मन्दिर नजिके ५० हजार लिटरको खानेपानी सुरक्षित गर्ने ट्यान्क बनाइयो। त्यसपछिवि.सं. २०६८ चैत्र१५ गतेपेशाले मदनकृष्ण शर्मा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय कार्य समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चुनिनु भयो । साथै वर्तमान केन्द्रीय कार्य समितिको अध्यक्ष पदमा उहाँनै पदासिन हुनुहुन्छ। |
Enable Notifications    Subscribe No thanks