August 28, 2021, Sat, 36:08:16
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
श्री पूर्णब्रह्म शास्त्री, महाराजजीसँगको मेरो भेट र सहकार्य
श्री पूर्णब्रह्म शास्त्री, महाराजजीसँगको मेरो भेट र सहकार्य
Share on email
Share on print
Share on telegram
Share on pinterest
Share on facebook
Share on twitter
Share on whatsapp
श्री पूर्णब्रह्म शास्त्री, महाराजजीसँगको मेरो भेट र सहकार्य
श्री पूर्णब्रह्म शास्त्री, महाराजजीसँगको मेरो भेट र सहकार्य
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
2021-08-28
श्री पूर्णब्रह्म शास्त्री, महाराजजीसँगको मेरो भेट र सहकार्य

Shree Navatan Dham (SND)

श्री पूर्णब्रह्म शास्त्रीको जन्म कोटेश्वरमा भएको थियो ।
वि.सं. २०१३-०१४ तिरको कुरा हो । एक जना तेजस्वी साधु कोटेश्वरका गुरुवर दीप्तजङ्ग सिजापतिको कुटीमा आउनु भयो । उहाँ ‘प्रेमपाठ’ नामको ग्रन्थ छापेर प्रणामी समाजमा वितरण गर्दै आउनु भएको रहेछ। मैले पनि मुफ्तमा एउटा किताब पाएँ । त्यसमा तारतम सागरबाट विभिन्न प्रकरण छानेर छापेको रहेछ । सबैले प्रेमपूर्वक पढ्न्‌ भन्ने उद्देश्यले त्यसको नाम ‘प्रेम पाठ’ राखिएको रहेछ। त्यस ग्रन्थको प्रकाशनमा खरेल बन्धुहरू, पं. लक्ष्मीकान्त शर्मा आदिको सहयोग रहेको पाइयो । तिनताका तारतमसागर ग्रन्थ छाप्नुमा प्रतिबन्ध थियो । छापेमा जघन्य अपराध मानिन्थ्यो । छाप्ने व्यक्तिलाई अनुदारवादी प्रणामीजन वा संस्थाले पनि तिरस्कृत गर्दथ्यो । मुद्दा लगाउने, देश निकाला गर्ने वा देशभित्र पस्न नदिने अनेकौँ धम्की दिइन्थ्यो । त्यस्तो परिस्थितिमा तेजस्वी साधुले सो “प्रेम पाठ’ पछि “पूजा पाठ’ नामको अर्को ग्रन्थ छपाउनु भयो । त्यसमा तारतम 2: सागरका छानिएका चौपाइको नेपाली र संस्कृतमा पद्यानुवाद समेत गरिएको थियो । ती दुईवटाग्रन्थले प्रणामी समाजमा साहित्यिक र धार्मिक क्रान्तिको सूत्रपात गरे ।

पूर्णब्रह्य शास्त्रीको जन्म पश्चिम नेपालको वल्थुम गाउँमा भएको थियो । उहाँले दयालदास । महाराजसँग तारतम सागर ग्रन्थको तालिम लिनुको साथै संस्कृतमा शास्त्रीसम्मको अध्ययन गर्नु भएको थियो । उहाँ संस्कृतमा गद्य पद्य दुवैमा लेख्न सक्नु हुन्नथ्यो । पूर्णब्रह्चको स्वभाव चञ्चल खालको थियो । उहाँ एकै ठाउँमा आसन जमाएर बस्न सक्नुहुन्नथ्यो । प्रणामी साधुहरूमा सबभन्दा बढ्ता नेपाल र भारतमा भ्रमण गर्ने सायद उहाँ नै हुनुहुन्थ्यो । शास्त्रीजी संस्कृत र वाणी आदिका प्रकाण्ड विद्वान्‌ हुनाले उहाँले प्रणामी समाजमा सुधारात्मक सन्देश दिनु हुन्थ्यो । धार्मिकक्षेत्रमा राजनीति नहोस्‌ भन्ने उहाँको चाहना थियो ।

पूर्ण ब्रह्मशास्त्री स्पष्ट वक्ता हुनुहुन्थ्यो । आफूलाई मनमा लागेका कुरा स्पष्ट रूपमा व्यक्त गर्नु हुन्थ्यो । उहाँ भारत मध्य प्रदेशको सतना मन्दिरमा धेरै वर्षसम्म गादीपति भएर रहनु भयो । तर वर्षभरि नैउहाँ सतनामा बस्नु हुँदैनथ्यो । उहाँलाई भ्रमण गर्ने ठूलो सौख थियो । तसर्थ उहाँ भारत र नेपालका प्रणामी मन्दिरहरूको भ्रमण गरी रहनु हुन्थ्यो ।

तारतमसागर ग्रन्थलाई नेपाली भाषामा शब्दार्थ तथा भावार्थ सहित रूपान्तर गर्ने कार्य सुरु भएपछि मलाई उहाँले नचिनेको भए पनि मैले उहाँसँग पत्राचार गरेँ । यो सायद वि.सं. २०४१- ०४२ तिरको कुरा थियो । नेपालमा छापिएका शाश्वत सन्देश जस्ता किताब उहाँ छेउ पठाइ दिएँ। शाश्वत सन्देशमा देवचन्द्र महाराज र गौँगजी भाइ बीचको परिसंवाद चित्रण गरिएको थियो । त्यस किताबलाई उहाँले निकै मन पराउनु भयो । पछि उहाँले सतनाको गादीपतिको पद छोडेर नेपालमै बस्ने मन गरेर नेपाल आउनु भयो । त्यसपछि हाम्रो नेपाली रूपान्तरको काममा उहाँले संशोधन गर्ने काम खुशीसाथ गरी दिनुभयो । हामी कृतकृत्य भयौँ ।

पूर्णब्रह्म शास्त्री महाराज चूप लागेर बस्नु हुन्नथ्यो । उहाँ केही न केही पढी रहने वा केही लेखी रहने गर्नुहुन्थ्यो । उहाँलाई महामति प्राणनाथको समन्वयवादी नीति मन पर्दैनथ्यो । शास्त्रीजी प्राणनाथलाई भन्दा बढ्ता सद्गुरु देवचन्द्र महाराजलाई मान्नु हुन्थ्यो । उहाँ लेख लेख्दा “कृष्ण प्रणामी न पुनर्भवाय’ भन्ने वाक्यांशबाट सुरु गर्नु हुन्थ्यो । पहिले भारतमा ‘प्रणामी मन्दिर’ वा “परनामी मन्दिर” भनेर लेखिन्थ्यो । यत्तिसम्म कि नवतनपुरी धामबाट प्रकाशित हुने मासिक पत्रिकाको नाम समेत “प्रणामी धर्म पत्रिका’ भन्ने थियो । शास्त्रीजीले महाभारतबाट “एकोपि कृष्णस्य …. नपुनर्भवाय’ भन्ने श्लोक खोजेर निकाले पछिर त्यसको प्रचार गरेपछि “प्रणामी मन्दिर’ को सट्टा ‘श्री कृष्ण प्रणामी मन्दिर’ भनेर लेखियो । भर्खरै जस्तो आएर “प्रणामी धर्म पत्रिका’ को नाम पनि ‘श्री कृष्ण प्रणामी धर्म पत्रिका’ भनेर लेख्न थालिएको छ। यसको श्रेय श्री पूर्णब्रह्म शास्त्रीजीलाई जान्छ ।

पूर्ण ब्रह्मशास्त्री महाराज व्यासासनमा बसेर पाठ गर्नु भन्दा अर्थ गर्न बढी रुचाउनु हुन्थ्यो । तारतम सागरको पाठ गर्ने व्यक्ति मिलेपछि उहाँ अर्थ गर्न बस्नु हुन्थ्यो । शास्त्रीजीमा सङ्ग्रह गर्ने बानी थिएन । पारायणबाट प्राप्त हुने रकम पनि उहाँ कसै न कसैलाई राख्न दिनु हुन्थ्यो । राख्न दिएको रकम फिर्ता माग्ने तर्फ उहाँको ध्यान जाँदैनथ्यो ।

श्रीकृष्ण प्रणामी धर्ममा उहाँको दृढ विश्वास थियो । उहाँले नेपाल र भारतमा गरी धेरै चेला चेली बनाउनु भयो । ब्रह्ललीन भन्ने शब्द उहाँ प्रायशः प्रयोग गर्नु हुँदैनथ्यो । ब्रह्ललीन भएपछि ब्रह्यमै मिल्दछ । परमात्माको सेवा गर्ने र सेवाको आनन्द प्राप्त गर्ने अवसरबाट वञ्चित हुनुपर्ने हुनाले शास्त्रीजी परम धाममा स्वतन्त्र अस्तित्वको आवश्यकता पर्ने कुरा बताउनु हुन्थ्यो । इहलीला समाप्त गरेर जाने आत्माको लागि उहाँ परमधामबासी शब्द प्रयोग गर्न रुचाउनु हुन्थ्यो ।

प्रणामी धर्मको प्रचार गर्ने व्यक्ति दक्ष हुन नसकेकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्थ्यो । अध्ययन पूरा नगरेका र टापरिपे ज्ञान मात्र पाएका व्यक्तिले व्यासासनमा बसेर अर्थको अनर्थ गरेकोमा शास्त्रीजी चिन्ता व्यक्त गर्नु हुन्थ्यो । सेवापूजा पनि समय अनुसारको हुनुपर्छ भन्ने उहाँको विचार थियो । उहाँ देशकाल, परिस्थिति अनुसारको सेवा पूजाको पद्धति चलोस्‌ भन्ने इच्छा गर्नु हुन्थ्यो ।

खानपानमा उहाँ सात्विक भोजनका पक्षमा हुनुहुन्थ्यो । उहाँले लसुन, प्याज, गोलभेंडा आदि सेवन गर्नेलाई अबुझ ठहराउनु हुन्थ्यो । सबैलाई सात्विक भोजन गर्न गराउन आग्रह गर्नुहुन्थ्यो ।
जीवन पर्यन्त शास्त्रीजीले प्रणामी साहित्यमा कलम चलाउनु भयो । सायद ‘प्रमाणता’ नामक पुस्तिका नै उहाँको अन्तिम रचना हो । यस पुस्तिकामा शास्त्रीजीले धेरै कुराको प्रमाण दिनु भएको छ । धार्मिक साहित्यको अनवरत रूपमा सेवा गर्ने, प्रणामी धर्म सिद्धान्तका यस्ता वरिष्ठ विद्वान पूर्ण ब्रह्माशास्त्री महाराजले वि.सं. २०६१ को चैत्र महिनामा पूर्व नेपालको पशुपति नगरमा आफ्नो इहलीला समाप्त गर्नुभयो । अस्तु ।
Enable Notifications    Subscribe No thanks