

Shree Navatan Dham (SND)
नेपाल सरकार
डा. युवराज नैपाल् सरकार अर्थ मन्त्रालय ९ सिंहदरबार, काठमाडौं
मानवीय चेतना, सत्य, निष्ठा, अहिंसा र सदाचारमा उत्प्रेरणा र जागरणको माध्यमबाट
युवाहरुको सक्षमता र सेवाको भावना जागृत गर्दै सामाजिक विकासको क्षेत्रमा क्रियाशील श्री
कृष्ण प्रणामी युवा परिषद् नेपालको २८ औं वार्षिक साधारण सभाको पूर्ण सफलताको
शुभकामना दिन चाहन्छु । “
मुलुकभर ५६ जिल्लामा कार्यक्षेत्र विस्तार रहेको यस संस्थाले नेपाली समाजमा विद्यमान हिंसा,
विभेद, अन्धविश्वास- र क्रीति विरुद्धको सचेतना एवं दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै
विपद् तथा जोखिममा रहेका समुदायका लागि राहत, उद्धार र सहयोगका कार्यहरु गर्दै आएकोमा
मलाई खुशी लागेको छ । युवाहरुमा दिन प्रतिदिन बढ्दै गएको लागूऔषध, लागूपदार्थ र
धुमपानको प्रयोग विरुद्ध यस संस्थाले सचेतना कार्यक्रम सञ्चालन गर्दै युवाको क्षमता विकास
गरी उनीहरुलाई सामाजिक सेवामा स्वंयसेवाको भावनाले काम गर्न उत्प्रेरित गराउँदै आएको
छ । सामाजिक सेवाका कार्यहरुको अतिरिक्त युवाको क्षमता विकास सम्बन्धी विभिन्न कार्यक्रम
सञ्चालन गरी उनीहरुलाई आर्थिर्क रुपमा समेत सबल र सक्षम बनाउन पहल गर्दै आएको
यस संस्था सामाजिक र सांस्कृतिक विकास तथा सभ्य समाज निर्माणमा नमूना संस्थाको रुपमा
आफूलाई स्थापित गर्ने दिशामा सफल हुँदै ताएको देखिन्छ ।
आजको भौतिक विकासको वैज्ञानिक युगमा युवाहरुलाई पूर्वीय दर्शन र नैतिकतावारे अनुभूत
गराउँदै उनीहरुलाई सामाजिक विकास र सेवाका कार्यमा परिचालन गर्दै मुलुकको समृद्ध
नेपाल सुखी नेपाली को सोचलाई हासिल गर्न समेत यस संस्थाको महत्वपूर्ण योगदान पुग्ने .
अपेक्षा राख्दै संस्थाको २८ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाको निरन्तर सफलताको
शुभकामना व्यक्त गर्दछु ।
२०७६ असोज
डा. युवराज खतिवडा
अर्थमन्त्री