August 8, 2021, Sun, 14:08:41
By हरिप्रसाद बजगाँई, (SND)
वृजदास बाबा (वैरागी)
वृजदास बाबा (वैरागी)
वृजदास बाबा (वैरागी)

By हरिप्रसाद बजगाँई, (SND)
2021-08-08

Shree Navatan Dham (SND)
प्रेमदास बाबाले वेश धारण गर्नु पूर्व नै बजगाँई परिवारमा प्रणामी जागरण भइसकेको थियो ।
पश्चिमको तीगाङँ, काठमाडौंको नरदेवी मन्दिर आदिको प्रभावले प्रणामी धर्मको विस्तार भइसकेको
थियो । यसको प्रत्यक्ष प्रमाणमा वृजदास बाबा (वैरागी) हुनुहुन्थ्यो ।
वृजदास वैरागी इलमी र तालिम प्राप्त भएतापनि उहाँले साधु भेष लिनुभएको थिएन । उहाँ गृहस्थी हुनुहुन्थ्यो । उहाँका घर परिवार सबै थिए । उहाँले तत्कालीन परिस्थितिमा आफ्ना स्वजन लगायत यढा टाढासम्म आफूले सकेजति धर्म जागरण गर्नुभएको थियो । उहाँ दया, माया, प्रेम, सद्भावको अपार खानी हुनुहुन्थ्यो । उहाँ आँगनमा बसिराखेको बेलामा आफ्नै अथवा अरूकै गाई-वस्तुले सुकाइराखेको अन्नको बिस्कुन खाइदियो भने पनि त्यसलाई धपाउनु हुन्नथ्यो ।
उहाँ पण्डित्याइ गरेर त्यति विधि हिँड्नु भएन । उहाँले सामान्यतया धर्म प्रचार गरेको प्रमाण त्यति विधि पाइँदैन । तत्कालीन नेपालको राजनीतिक र सामाजिक अवस्था पनि प्रणामी धर्मको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न लायकको थिएन । तत्कालीन वैष्णवहरूले शासक समक्ष प्रणामी धर्मको बारेमा नचाहिँदो चुक्ली लगाउने र तीनै व्यक्तिहरूले सकेसम्मको दुःख दिने गर्दथे ।
विद्वताको कुरा गर्दा उहाँ तात्कालीन अवस्थाको प्रकाण्ड विद्वान हुनुहुन्थ्यो । उहाँले प्रणामी धर्म दर्शन अर्थात् ‘कुलजम स्वरूप’ हातैले लेखेर तयार गर्नुहुन्थ्यो । १5७५८ चौपाईको कुलजम स्वरूप हातैले महिनौ लगाएर लेख्नु ठूलो काम थियो । उहाँले लेख्नु भएको ‘कुलजम स्वरूप’ हालसम्म श्रीकृष्ण प्रणामी मन्दिर होक्सेमा सुरक्षित छ।
समग्रमा भन्नुपर्दा धर्म प्रचारक भएता पनि उहाँले कम मात्रै धर्म प्रचार गरेको तर आफ्नो जीवनलाई दीन दुःखी माझ समर्पण गरि लेखन कार्यलाई प्राथमिकता दिइ २-३ वटा स्वरूप लेखी विभिन्न ठाउँमा वितरण गरि प्रणामी धर्ममा अपूर्व योगदान दिनुभएको देखिन्छ।