August 8, 2021, Sun, 09:08:21
By पं. देवकृष्ण शास्त्री, बनेपा, (SND)
सन्त श्री युगलदासजी महाराज
सन्त श्री युगलदासजी महाराज
सन्त श्री युगलदासजी महाराज

By पं. देवकृष्ण शास्त्री, बनेपा, (SND)
2021-07-15

Shree Navatan Dham (SND)
सन्त श्री युगलदासजी महाराजको जन्म काभ्रे जिल्ला ढुंखर्कमा भएको थियो ।
नेपालमा श्री कृष्ण प्रणामी धर्मको प्रचार कहिले र कसरी भयो भन्ने बुभन वि.सं. १७३५ को
हरिद्वारको महाकुम्भबाट सुरु गर्नु पर्ने हुन्छ । त्यस महाकुम्भमा भएको शास्त्रार्थमा महामति स्वामी श्री
प्राणनाथ विजयी हुनु भएपछि सबै सम्प्रदायहरूले उहाँलाई बुद्ध निष्कलंक अवतारको पदले विभूषित गरी
उहाँको आरती गरे । नेपालको दैलेख जिल्लाबाट महाकुम्भमा सहभागी हुन पुगेका केही व्यक्तिहरू पनि
प्राणनाथजीबाट प्रभावित भई श्री कृष्ण प्रणामी धर्ममा दीक्षित भए ।
नेपालको काभ्रे जिल्ला ढुंखर्क निवासी साहिँला दयालदास (न्वारनको नाम दयाराम) र अन्तरे सेवादास (न्वारनको नाम लक्ष्मण) दाजुभाइ हुन् । दाजु दयालदासको विवाह होक्सेकी ढुंगाना परिवारको छोरी राजबाईसँग भयो । राजबाई श्री कृष्ण प्रणामी धर्ममा दीक्षित हुनु हुन्थ्यो । दयालदासजी पनि पलीको भक्ति भावबाट प्रभावित भइ श्रीकृष्ण प्रणामी धर्म बुझ्ने हिसाबले पद्मावतीपुरी पुग्नुभयो । त्यहाँ उहाँ पनि श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभयो । आफू पद्यावतीपुरी जाँदा उहाँले श्रीमती राजबाईलाई भारतको पटना मन्दिरमा छोड्नु भएको थियो । दयालदासको अन्तरे भाइ सेवादास दाजुसँगै पद्यावतीपुरी गई प्रणामी धर्ममा दीक्षित हुनुभएको थियो । दयालदासजीले पद्मावतीपुरीबाट फर्केर कालिम्पोङमा इच्छे मन्दिरको स्थापना गर्नुभयो । आफू बृद्ध भएपछि राजबाई मातालाई सो मन्दिरको गादीपति बनाउनु भयो । उहाँहरूले आजीवन फकिर भएर जीवन व्यतीत गर्नुभयो । उहाँहरूबाट कुनै सन्तान भएनन् । उता 1 भाइ सेवादास पद्मावतीपुरीमै रहिरहँदा दैलेखबाट गएका सुन्दरसाथहरूसँग उहाँको भेट भयो । त्यसपछि दैलेखका सुन्दरसाथहरूले धर्म प्रचारको लागि सेवादासजीलाई लिएरै दैलेख फर्के । त्यतै बराल थरको एक कन्यासँग उहाँको विवाह भयो। “जहाँ आफनो उहीँ आगो ताप्नु” भने झैँ विवाह पछि उहाँ कालिम्पोङ्ग इच्छे बस्तीमा फर्की गृहस्थ जीवन व्यतीत गर्न थाल्नु भयो । उहाँहरूबाट सात भाइ छोराहरू भए जसमध्ये साइँलो छोरा हुनुहुन्छ युगलदासजी महाराज |
परमहंस युगलदासजी महाराजको जन्म वि.सं. १९५३ आश्विन महिनामा कालिम्पोङमा भएको हो। उहाँका मावली बराल हुन र मामाघर दैलेखमा पर्दछ। उहाँको दीक्षा गुरु उहाँकै साइली आमा राजबाई माता हुनुहुन्छ भने शिक्षा गुरु हुनुहुन्छ बलथुमका परमहंस दयालदासजी महाराज । दयालदास महाराजका जेष्ठ शिष्य नै युगलदास महाराज हुनुहुन्छ । उहाँले दयालदास महाराजसँगै रहेर नवतनपुरी, पद्मावतीपुरी, खम्भात, गणदेवी बडसालमा बसेर वाणीको शिक्षा पूरा गर्नुभयो । उहाँका सहपाठीहरूमा धाम वासी पूर्ण ब्रहम शास्त्री, धामवासी कमलदास आचार्य, सतना मन्दिरका महन्त धामवासी कृष्णमणि महाराज, आदि हुनुहुन्छ । उहाँ केही समय कालिम्पोङ इच्छे मन्दिरको महन्त भएर रहनु भयो । गुरुजी परमहंस दयालदासजी महाराजले नेपालमा गएर धर्म प्रचार गर्नु भनी दिएको आज्ञा बमोजिम उहाँ इच्छे मन्दिरको महन्त पद त्याग गरी नेपाल प्रवेश गर्नुभयो ।
जतिखेर उहाँ नेपाल प्रवेश गर्नु भयो त्यतिखेरको वातावरण अत्यन्त कठीन थियो । राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक अन्धकारले छोपिएको थियो त्यसबेलाको नेपाल । नेपाल धर्मान्धताको राज्य थियो। त्यसबेला आफूलाई शिक्षित भनाउँदाहरू प्रायः साधु सन्त फकिरहरूलाई ठगी खाने पात्रको रूपमा हेर्ने गर्थे। यस लेखका लेखक वि.सं. २०२३ सालमा नवतनपुरीबाट नेपालमा आउँदा पनि यो अवस्था विद्यमान थियो । धर्मको लागि समर्पित भएर वसुधैव कुटुम्बकमलाई आत्मसात् गरेर हिँड्ने एकमात्र सन्त हुनुहुन्थ्यो युगलदासजी महाराज । धर्म प्रचार र मन्दिर स्थापनाको लागि प्रयासरत रहँदा उहाँले ठूलो कष्ट भोग्नु प्यो। उहाँ जेल सम्म पर्नुभयो तर कहिल्यै हार खानु भएन । उहाँको सम्पूर्ण जीवन नै एक तपस्या बन्यो ।
एकदिनको घटना सम्झेर म अहिले पनि भावविव्हल हुन पुग्छु । महाराजजीले एउय बोरा देखाउँदै भन्नुभयो “हेर देवकृष्ण, मैले मन्दिर बनाउने सामग्री जम्मा गरेर यस बोरामा राखेको छु। खोलेर हेर्दा त्यहाँ घोडाका यप, किल्ला….आदि रहेछन् । महाराजजीको त्यो आकांक्षा र प्रयास भित्र लुकेको निश्चल भावले मलाई जीवनमा गहिरो प्रेरणा प्रदान गरेको छ।
एकातिर एक सन्तको यस्तो प्रयास त अर्कातिर समाजका केही चंख चतुराहरूले उहाँलाई अनेक बहानामा कति ठगेछन् कति । मन्दिर निर्माणको लागि सुका मोहर गरी जम्मा गरेको रकम तिनीहरूले महाराजजीबाट फुत्काई आफ्नो स्वार्थ सिद्धिको निम्ति प्रयोग गरेछन्। महाराजजीले मलाई बताउनु भएको दुःखेसोको आधारमा मैले यो कुरा यहाँ उल्लेख गरेको हुँ। युगलदासजी महाराज तारतम सागरका ज्ञाता हुनुहुन्थ्यो । यस कारण तारतम सागरको प्रथम प्रकाशनमा तत्कालीन धर्माचार्य श्री धर्मदासजी महाराजले उहाँलाई निम्तो पठाउनु भएको थियो । यो नै युगलदासजी महाराजको विशिष्ठताको पहिचान हो ।
श्रीकृष्ण प्रणामी मन्दिर मोतियरको उद्घाटनको लागि युगलदासजी महाराज (त्यतिखेर उहाँ श्रीकृष्ण प्रणामी सेवा समितिको अध्यक्ष पदमा हुनुहुन्थ्यो) धर्मदासजी महाराजलाई निमन्त्रणा दिन नवतनपुरी पुग्नु भयो । धर्मदासजी महाराजले नेपालको वातावरण बुझ्न भनी मलाई काठमाडौँ पठाउनु भयो । युगलदासजी महाराजसँगै म नेपाल आएँ । महाराजश्रीको सवारीको लागि यहाँको वातावरण अनुकूल भएको सन्देश नवतनपुरी पुगेपछि धर्मदासजी महाराज मन्दिर उद्घाटनको लागि नेपाल आउनु – भयो । यसरी यी दुई महामनालाई नजिक ल्याउनुमा यस लेखका लेखकले सेतुको काम गरेको छ। श्री युगलदासजी महाराजले पुल्चोक आश्रमको शिलान्यास पनि धर्मदासजी महाराजबाटै गराउनु भयो । त्यतिबेला धर्मदासजी महाराजले भन्नुभएको थियो “यो चाहिँ आश्रम भयो, नवतनपुरीको प्रतीकको रूपमा यस क्षेत्रमा छुट्टै मन्दिर बन्नुपर्छ” । उहाँको यस चाहनालाई वर्तमान आचार्य श्री १०८ कृष्णमणिजी महाराजले नवतनधाम स्थापना गरी पूर्ण गराउनु भएको छ।