August 8, 2021, Sun, 39:08:48
By डा. छविलाल गजुरेल, काठमाडौं, (SND)
पं. कमलप्रसाद शर्मा आचार्यलाई मैले जस्तो जालैँ

2021-07-15
Shree Navatan Dham (SND)
पं. कमल प्रसाद आचार्य काभ्रेपलाञ्चोक जिल्लाको सुब्बा गाउँमा जन्मिनु भएको थियो । उहाँ पर
महंस श्री दयालदास महाराजका प्रमुख शिष्य मध्येका एक हुनुहुन्थ्यो । उहाँलाई मैले वि.सं. २०१३-०१४
सालतिर देखेको थिएँ। उहाँ पनि कोटेश्वरमा गुरुवर दीप्तजङ्ग सिजापतिको कुटीमा समय समयमा आउनु
हुन्थ्यो । उहाँ प्रणामी धर्म प्रचार गर्ने काममा लाग्नु भएको थियो । उहाँ पारायणको माध्यमबाट धर्म प्रचार
गर्नुहुन्थ्यो । गुरुवर आचार्य सरल व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँ कसैलाई पनि भनी बिभाउनु
हुन्नथ्यो ।
मैले उहाँलाई समय समयमा भेट्दा उहाँ प्रणामी धर्म सम्बन्धी कुरा सुनाउनु हुन्थ्यो । कहिले तारतम सागर, कहिले बीतक, कहिले विराटको वर्णन र कहिले परम धामको वर्णन सुनाउनमा व्यस्त हुनुहुन्थ्यो । यो बाहेक प्रणामी धर्म सम्बन्धी अनेकाँ गुप्त रहस्य पनि उहाँ बेला मौकामा सुनाउनु हुन्थ्यो । श्रीमद्तारतम सागर ग्रन्थ त उहाँलाई मुखाग्र जस्तै थियो । अठार हजार सातसय अन्ठाउन्न चौपाई भएको सो ग्रन्थको कुनै पनि चौपाईको अग्रभाग उच्चारण गर्ने बित्तिकै उहाँ पूरै चौपाई कण्ठ सुनाउनु हुन्थ्यो । यस्तो लाग्थ्यो मानौँ उहाँले समस्त ग्रन्थलाई घोटेर पिउनु भएको छ। चौपाईका भावार्थ, गूढार्थ आदि गर्नमा उहाँ अत्यन्त कुशल हुनुहुन्थ्यो । तारतम सागर वा बीतक आदि ग्रन्थको अर्थ गर्दा उहाँ फुर्माउने भन्दा ग्रन्थको विशेष आशय र अर्थको गहिराइमा जानु हुन्थ्यो ।
पं. कमल प्रसाद आचार्यको जीवन सादा थियो । उहाँमा शास्त्र ज्ञानको न कुनै अभिमान थियो न कुनै तडक भडक । उहाँ सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो । यो नै पण्डितजीमा निहित विशेषता थियो ।
पं. कमल प्रसादजीले मेरो दाइ झकनाथ गजुरेललाई परमहंस युगलदास महाराजले लेख्नु भएको बडीवृत्त भन्ने परम धामको वर्णन भएको ग्रन्थलाई नेपालीमा अर्थ गरेर लेखाइ दिनु भएछ । त्यो ग्रन्थको भाषा मिलाउन मकहाँ ल्याइयो । परमधामको वर्णनको तालिम नलिएको व्यक्तिले त्यसमा भाषा सच्याउन नसक्ने मैले ठहस्याएँ र नेपालीकरण गरिएको पाण्डुलिपी फिर्ता पठाएँ । पछि २०३६-०३७ तिर तारतमसागर नामक ग्रन्थको नेपालीकरण गर्ने काम सुरु भएपछि मैले कमल प्रसाद गुरुलाई नेपालीमा भावार्थ गरिदिन अनुरोध गरेँ । उहाँले आनाकानी गर्नु भयो । सन्त मोहन मुकुन्दले शब्दार्थ मात्र गर्नुहुन्छ, तपाइँले भावार्थ गरिदिनोस् भनेर धेरै अनुनय विनय गरेपछि मात्र उहाँले मौन स्वीकृति दिनुभयो |
त्यसपछि शब्दार्थ लेखी सकेका ग्रन्थको भावार्थ लेख्ने काम सुरु भयो । उहाँलाई समय समयमा ठाउँ ठाउँबाट पारायणको लागि निम्तो आउँथ्यो । पारायणको कामबाट फुर्सद भएको समयमा उहाँ स्वयं मकहाँ आएर भावार्थ लेखाउने काम गराउनु हुन्थ्यो । मैले चौपाई पढेपछि उहाँ नअकमकिइकन भावार्थ गर्नुहुन्थ्यो । उहाँले भन्दा भन्दै म भावार्थ लेख्दै जान्थे । उहाँ यत्ति छिये अर्थ गर्नु हुन्थ्यो कि मलाई पूरापूर लेख्न धौ धौ पर्दथ्यो । अर्थ गर्न बसेपछि उहाँ मानौँ संसार नै बिर्सनु हुन्थ्यो । उहाँले कहिल्यै मलाई कहीँ जानु छ, आजलाई यत्ति मात्र अर्थ गरौँ भन्नु भएन । वरु म नै लेख्दा लेख्द्वा थाक्थेँ र आजलाई यनत्तिमै विश्राम गरौँ भन्थे । एक बिहानमा उहाँले एकसय चौपाई सम्मको अर्थ गर्नुहुन्थ्यो । भारतीय विद्वान्ले गरेका अर्थ पनि उहाँ सच्याउनु हुन्थ्यो ।
यसरी भावार्थ लेख्ने काम धेरै वर्षसम्म चलिरहयो । ग्रन्थहरू छापिँदै पनि गए । अर्थाभावले छाप्न नसकेका ग्रन्थका पाण्डुलिपी मैले सुरक्षित गरेर राखेँ । धेरैपछि अर्थात् झण्डै तीस वर्षको अन्तरालमा ती १४ वटै ग्रन्थ शब्दार्थ र भावार्थ सहित छापिए । उहाँले सबै छापिएका ग्रन्थ देख्न पाउनु भएन । महामतिका १४ वय ग्रन्थको अलावा उहाँले सेवा पूजा नामक ग्रन्थको पनि भावार्थ गरिदिनु भयो । यी सबै कार्यद्वारा उहाँले प्रणामी समाजमा अत्यन्त सञ्हानीय काम गर्नु भएको छ।
एक परक रास ग्रन्थको अर्थ गर्दै जाँदा उहाँ रोकिनु भयो र भन्नु भयो । म रासका ४२-४३ -यी प्रकरणका अर्थ गरेर तिमीलाई सुनाउन्न भन्नुभयो । अहिलेसम्म यी चौपाइको अर्थ कसेले छापेको छैन, तसर्थ यिनको अर्थ गरेर छाप्ने अनुमति पनि म दिन्न भनेर उहाँ मेरो घरबाट एकाएक उठेर जानु भयो | त्यसपछि धेरै दिनसम्म उहाँको र मेरो भेट भएन ।
धेरै दिन पछि पं. कमल प्रसादजीले मलाई एउय पत्र पठाउनु भयो । त्यो पत्र खोलेर हेर्दा उहाँले त्यसमा अर्थ गर्दिन भनेका प्रकरणको अर्थ लेखेर पठाउनु भएको रहेछ । सो पाउँदा मेरो आश्चर्यको सीमा रहेन । मैले उहाँलाई डाकी पठाएँ । उहाँ आउनु भयो । हामी बीचको असमझदारी मेटियो । हामी दुवै पूर्ववत् तारतम सागरको भावार्थलाई लिपिबद्ध गर्ने काममा लाग्यौँ । यसरी धेरै वर्षको प्रयासबाट तारतम सागरका सबै जसो ग्रन्थको भावार्थ लेख्ने काम पूरा भयो ।
भावार्थ गर्ने शिलशिलामा एक दिन उहाँले परमधामका पशुपक्षी बीच हुने क्रीडाको चर्चा गर्दै मलाई सोध्नु भयो- परमधामको हात्ती अत्यन्त बलशाली हुन्छ त्यस्तै त्यहाँको खरायो पनि । भन, यी दुई बीच लडाइँ हुँदा कसले जित्दछ ? मैले उत्तर दिन सकिन ।अनि अर्को दिन उहाँले व्रजमा कृष्णले लीला गरेको समय ११ वर्ष ५२ दिनको रहस्यबारे बताउनुभयो। श्री कृष्णको उमेर ११ वर्ष पूरा वर्ष भए पछि कृष्ण जन्माष्टमीको दिनमा रास लीला गर्न गोपिनीसँग श्रीकृष्णले आग्रह गर्नु भएको थियो । परन्तु गोपिनीले मानेनन्। त्यसपछि ५२ दिन अर्थात् कृष्णजन्माष्टमीको दिनदेखि शरद पूर्णिमाको दिनसम्मको समयपछि श्रीकृष्णले वृन्दावनमा गएर वंशी बजाउनु भयो । प्रत्येक गोपिनीले वंशीको ध्वनिमा आफूलाई नै बोलाएको ठाने र सबै संसारी वस्तु त्यागेर रातको बीचमा वृन्दावन तर्फ लागे ।
परमात्माका नाम र रूप अनेकाौँ हुन्छन् भन्ने करामा प्रकाश पार्दै उहाँले परमधाममा ब्रह्यको स्वरूप कृष्ण वर्णको छैन, साथै व्रजमण्डलमा जस्तो उहाँले वंशी पनि धारण गर्नु हुन्न भन्ने कुराको जानकारी दिनुभयो ।
एक दिन पण्डितजीका छोरा आफ्ना पिताजीलाई भेट्ने शिलशिलामा म कहाँ आउनु भयो । मेरो र पण्डितजीको बीचमा भएको प्रश्नोत्तरको भिडियो रेकर्डिङ गर्ने उहाँको इच्छा रहेछ । यसको प्रबन्ध म मिलाउँछु भन्दै उहाँले विदा लिनुभयो । पण्डित कमल प्रसाद आचार्य पनि आफ्नो पहाडतिरको घरमा बस्न जानु भयो । त्यत्तिखेर उहाँ बुढ्याँइको कारण अत्यन्त कमजोर देखिनु हुन्थ्यो ।
पण्डितजी आयुर्वेदिक औषधि विज्ञानको पनि थोर बहुत ज्ञान राख्नु हुन्थ्यो । उहाँले बनाएका शक्तिबर्धक औषधिको सेवन गर्नेहरूले स्वास्थ्य लाभ गरेको दावी उहाँ गर्नुहुन्थ्यो । पहाडतिरको घरमा बस्न जानु भएपछि उहाँको खबर आउन छाड्यो । करिब २,३ महिनापछि पण्डितजीको धामगमन भयो भन्ने समाचार आयो । प्रश्नोत्तरको भिडियो रेकर्डिङ गर्ने इच्छा अधुरै रहयो।
पं. कमल प्रसाद शर्माजीले पाठ पारायणको माध्यमद्वारा श्रीकृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो । उहाँका थुप्रै चेला चेली भए । उहाँ समिति आदिमा रहे पनि त्यत्ति सक्रिय हुनुभएन । पण्डितजीको ध्यान मन्दिर, आश्रमको निर्माण गर्ने, लेख लेख्ने आदि भन्दा पनि पारायण गर्नेतर्फ बढी झुकाव थियो । उहाँ प्रत्येक चौपाइको पाठ इमानदारीपूर्वक गर्नु हुन्थ्यो । उहाँले गृहस्थ जीवन व्यतीत गरे पनि श्री कृष्ण प्रणामी धर्ममा उहाँको दृढ आस्था थियो । उहाँ प्रणामी समाजका मूर्धन्य विद्वान् हुनुहुन्थ्यो । उहाँले ९० वर्षको उमेरमा इहलीला समाप्त गर्नु भयो । अस्तु !